स्वास्थ्य

    Showing २१-३० of ६०१ items.
  • लगातार ३ दिन बिदापछि बीपी प्रतिष्ठानमा भीड व्यवस्थापन गर्न थप काउन्टर सञ्चालन गरिँदै

    इटहरी । लगातार तीन दिन अस्पताल बन्द रहेपछि विरामीको बढ्दो चापलाई व्यवस्थापन गर्न बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ले ओपीडी पुर्जा वितरणका लागि थप काउन्टर सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानका निमित्त उपकुलपति डा. ईन्द्र लिम्बु का अनुसार स्वास्थ्य बीमामार्फत सेवा लिने विरामीका लागि जीओडी बीचको भवनमा १२ वटा काउन्टर सञ्चालन गरिनेछ। त्यसैगरी, अन्तिम भवनमा स्वास्थ्य बीमा नभएका तथा शुल्क तिरेर पुर्जा लिने सेवाग्राहीका लागि ५ वटा काउन्टर सञ्चालनमा ल्याइनेछ । शुक्रबार, शनिबार र आइतबारको बिदापछि सोमबार अस्पताल खुल्दा विरामीको अत्यधिक चाप हुने अनुमान गरिएको छ । उपचार सेवालाई सहज र व्यवस्थित बना

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • १८३ पटक पढिएको
  • सेवा सहकारी संस्था तथा समता युथ ग्रुप को सहकार्यमा स्त्री रोग तथा गुप्तरोग स्वास्थ्य जाँच शिविर सम्पन्न

    सुनसरी / जडेज माबिमा बराहक्षेत्रमा महिलाहरूको स्वास्थ्य समस्यालाई लक्षित गर्दै निःशुल्क स्त्रीरोग तथा गुप्तरोग स्वास्थ्य जाँच शिविर सम्पन्न गरिएको छ। सेवा बचत तथा ऋण सहकारी संस्था को आयोजनामा तथा समता युथ ग्रुप र समता गुप्तरोग स्वास्थ्य सेवा संस्था को प्राविधिक सहयोगमा, साथै बराहक्षेत्र नगरपालिका को सहकार्यमा आयोजना गरिएको उक्त शिविर जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय मा सम्पन्न भएको हो।ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गर्दै आयोजना गरिएको शिविरमा स्त्रीरोग, गुप्तरोग, पाठेघरको समस्या, पाठेघरको मुखको क्यान्सर लगायतका विषयमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको आयोजकले जनाएको छ

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • २६१ पटक पढिएको
  • धनकुटास्थित सल्लेरीमा प्रभावकारी बन्दै शिरोधारा उपचार

    इटहरी  । जिल्ला सदरमुकाम धनकुटास्थित सल्लेरीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा शिरोधारा उपचार पद्धति प्रभावकारी बन्दै गएको छ । पछिल्लो समय केन्द्रले नयाँ उपचार विधि अपनाउँदै सेवा विस्तार गरेसँगै शिरोधारा आकर्षण बढ्न थालेसँगै शिरोधारा उपचार पद्धति प्रभावकारी बन्दै गएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा विस्तार गरेसँगै सेवाग्राहीको समेत सङ्ख्या उल्लेखनीय रूपमा बढेकोे पाइएको छ । आयुर्वेदिक पञ्चकर्म विज्ञान अन्तर्गत पर्ने शिरोधारा लोकप्रिय सुख चिकित्सात्मक उपचार पद्धति हो । शिरोधारा निधार वा शिरमा निरन्तर स्नेहन द्रव्य धारा दिएर उपचार गर्ने गरिन्छ । बिरामीको प्रकृति हेरे

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • १३३ पटक पढिएको
  • ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा

    इटहरी ।  ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरि कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूको उपस्थितिमा जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।एक नगरपालिका र आठ गाउँपालिका गरि जम्मा नौ स्थानीय रहेको जिल्लाका प्रत्येक वडा र स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका भए सँगै ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको हो । जन्मेदेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • १९७ पटक पढिएको
  • ताप्लेजुङमा अस्पतालका बिरामीलाई फलफूल वितरण

    इटहरी । ताप्लेजुङमा ३३ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । आइतबार स्मृति दिवसका अवसरमा नेकपा ९एमाले० ताप्लेजुङले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो । एमाले जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष दीपेन्द्र पोमु ९दिपेन०का अनुसार ताप्लेजुङ अस्पतालमा उपचाररत रहेका २६ जना बिरामीलाई फलफूल वितरण गरिएको छ । अस्पतालमा उपचार सेवा लिइरहेका विरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको कार्यबाहक अध्यक्ष पोमुले जानकारी दिनुभयो । एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बो, केन्दीय सदस्य तथा प्रतिनिधिसभा सदस्य क

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • २७५ पटक पढिएको
  • मधुमल्ला अस्पतालमा आँखा उपचार सेवा सुरु, डा. सन्दुक रुइतद्वारा निरीक्षण

    इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका–९ स्थित मधुमल्ला अस्पतालमा आँखा उपचार सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ ।मंगलबारदेखि तिलगंगा आँखा अस्पताल काठमाडौंको व्यवस्थापन तथा रामलाल गोल्छा आँखा अस्पताल अस्पताल विराटनगरको सहकार्यमा सेवा सुरु गरिएको हो । सेवा शुभारम्भको अवसरमा आयोजित शिविरमा १५० जनाको आँखा परीक्षण (स्क्रिनिङ) गरिएको तथा २२ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको मधुमल्ला अस्पतालका प्रमुख भुपेन्द्र अधिकारीले जानकारी दिनुभयो । सुरु गरिएको आँखा उपचार सेवाको अनुगमन तथा निरीक्षण वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत ले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै रामलाल गोल्छा आँखा अस्पतालक

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • ३१७ पटक पढिएको
  • मैवा खोला गाउँपालिकास्थित साँघु स्वास्थ्य चौकीको दुई वटा भवन एकसाथ निर्माण

    इटहरी ।  ताप्लेजुङको मैवा खोला गाउँपालिकास्थित साँघु स्वास्थ्य चौकीको दुई वटा भवन एकसाथ निर्माण गरिएको छ । गाउँपालिकाको आर्थिक स्रोतबाट साँघु स्वास्थ्य चौकीको दुई वटा भवन निर्माण गरिएको हो । उक्त भवनहरु निर्माण सम्पन्न भएसँगै शुक्रबार औपचारिक रूपमा उद्घाटन गरी भवन सञ्चालनमा ल्याउनुका साथै स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । कुल एक करोड १७ ला ७७ हजार १८७ रुपियाँको लागतमा स्वास्थ्य चौकी भवनहरू निर्माण गरिएको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार एउटा ११ कोठा र अर्को पाँच कोठा भएको स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । बर्थिङ सेन्टर ९प्रसूति कक्ष० र २४ घण्टा नै स्वास्थ्य सेवा

    • प्रकाशित मितिः जेठ २, २०८३
    • ३२६ पटक पढिएको
  • ताप्लेजुङमा घुम्ती शिविरमार्फत पाँच हजार सेवाग्राही लाभान्वित

    इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सञ्चालित घुम्ती शिविरमार्फत पाँच हजार बढी सेवाग्राही लाभान्वित भएका छन् । गाउँपालिकाले वडा वडामा पुगेर सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमार्फत उक्त सङ्ख्यामा सेवाग्राही लाभान्वित भएका हुन् । पालिकाका छ वटै वडामा घुम्ती शिविर सम्पन्न हुँदा कुल पाँच हजार २४ जनो सेवाग्राही लाभान्वित भएका गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । अध्यक्ष वनेमका अनुसार गाउँपालिकाबाट प्रवाह हुने सबै किसिमका सेवाहरु घुम्ती शिविरमार्फत प्रवाह गरिएको थियो । बुधबार अन्तिम दिनको घुम्ती शिविर पालिकाको प्रशासकीय केन्द्र रहेको वडा ३ साँघुमा सञ्चालन गरिएको छ । साँघुमा सञ

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • ४८७ पटक पढिएको
  • फिक्कलमा सञ्चालित फिक्कल अस्पतालमा इको सेवा सञ्चालन

    इटहरी । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा सञ्चालित फिक्कल अस्पतालमा इको सेवा सञ्चालनमा ल्याइएको छ । थप स्वास्थ्य सेवा विस्तार गरी नागरिकलाई सेवा प्रदान गर्नका लागि अस्पतालमा इको सेवा सञ्चालन गरिएको हो । वार्षिक ६० हजारभन्दा बढी नागरिकले सेवा लिँदै आएको अस्पतालले स्थानीयस्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले इको सेवा सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख डा। सरोज दर्नालले जानकारी दिनुभयो । अस्पतालमा आयोजित कार्यक्रममा सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बराल र प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । कार्यवाहक नगर प्रमुख बरालले इको मेसिन सञ्चा

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • १५७ पटक पढिएको
  • फुङ्लिङमा सञ्चालित आँखा शिविरमार्फत ७३ जनाको आँखाको शल्यक्रिया

    इटहरी ।  ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चालित आँखा शिविरमार्फत ७३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । शनिबार सम्पन्न भएको तीन दिने शिविरमा मोतिविन्दु भएकासमेत ७३ जनाको आँखाको शल्यक्रिया गरिएको हो । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीका अनुसार ६० जना मोतिविन्दु भएका र १३ जनाको आँखाको साधारण शल्यक्रिया गरिएको छ । फुङ्लिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा मेची आँखा अस्पताल बिर्तामोडकी नेत्र विशेषज्ञ डा। विनिता थापा नेतृत्वको टोलीले विरामीहरुको आँखाको शल्यक्रिया गरेको उपसभापति अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • १६२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]