स्वास्थ्य

    Showing २१-३० of ५९५ items.
  • मैवा खोला गाउँपालिकास्थित साँघु स्वास्थ्य चौकीको दुई वटा भवन एकसाथ निर्माण

    इटहरी ।  ताप्लेजुङको मैवा खोला गाउँपालिकास्थित साँघु स्वास्थ्य चौकीको दुई वटा भवन एकसाथ निर्माण गरिएको छ । गाउँपालिकाको आर्थिक स्रोतबाट साँघु स्वास्थ्य चौकीको दुई वटा भवन निर्माण गरिएको हो । उक्त भवनहरु निर्माण सम्पन्न भएसँगै शुक्रबार औपचारिक रूपमा उद्घाटन गरी भवन सञ्चालनमा ल्याउनुका साथै स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । कुल एक करोड १७ ला ७७ हजार १८७ रुपियाँको लागतमा स्वास्थ्य चौकी भवनहरू निर्माण गरिएको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार एउटा ११ कोठा र अर्को पाँच कोठा भएको स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । बर्थिङ सेन्टर ९प्रसूति कक्ष० र २४ घण्टा नै स्वास्थ्य सेवा

    • प्रकाशित मितिः जेठ २, २०८३
    • ३०२ पटक पढिएको
  • ताप्लेजुङमा घुम्ती शिविरमार्फत पाँच हजार सेवाग्राही लाभान्वित

    इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सञ्चालित घुम्ती शिविरमार्फत पाँच हजार बढी सेवाग्राही लाभान्वित भएका छन् । गाउँपालिकाले वडा वडामा पुगेर सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमार्फत उक्त सङ्ख्यामा सेवाग्राही लाभान्वित भएका हुन् । पालिकाका छ वटै वडामा घुम्ती शिविर सम्पन्न हुँदा कुल पाँच हजार २४ जनो सेवाग्राही लाभान्वित भएका गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । अध्यक्ष वनेमका अनुसार गाउँपालिकाबाट प्रवाह हुने सबै किसिमका सेवाहरु घुम्ती शिविरमार्फत प्रवाह गरिएको थियो । बुधबार अन्तिम दिनको घुम्ती शिविर पालिकाको प्रशासकीय केन्द्र रहेको वडा ३ साँघुमा सञ्चालन गरिएको छ । साँघुमा सञ

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • ४७० पटक पढिएको
  • फिक्कलमा सञ्चालित फिक्कल अस्पतालमा इको सेवा सञ्चालन

    इटहरी । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा सञ्चालित फिक्कल अस्पतालमा इको सेवा सञ्चालनमा ल्याइएको छ । थप स्वास्थ्य सेवा विस्तार गरी नागरिकलाई सेवा प्रदान गर्नका लागि अस्पतालमा इको सेवा सञ्चालन गरिएको हो । वार्षिक ६० हजारभन्दा बढी नागरिकले सेवा लिँदै आएको अस्पतालले स्थानीयस्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले इको सेवा सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख डा। सरोज दर्नालले जानकारी दिनुभयो । अस्पतालमा आयोजित कार्यक्रममा सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बराल र प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । कार्यवाहक नगर प्रमुख बरालले इको मेसिन सञ्चा

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • १३४ पटक पढिएको
  • फुङ्लिङमा सञ्चालित आँखा शिविरमार्फत ७३ जनाको आँखाको शल्यक्रिया

    इटहरी ।  ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चालित आँखा शिविरमार्फत ७३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । शनिबार सम्पन्न भएको तीन दिने शिविरमा मोतिविन्दु भएकासमेत ७३ जनाको आँखाको शल्यक्रिया गरिएको हो । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीका अनुसार ६० जना मोतिविन्दु भएका र १३ जनाको आँखाको साधारण शल्यक्रिया गरिएको छ । फुङ्लिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा मेची आँखा अस्पताल बिर्तामोडकी नेत्र विशेषज्ञ डा। विनिता थापा नेतृत्वको टोलीले विरामीहरुको आँखाको शल्यक्रिया गरेको उपसभापति अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • १४२ पटक पढिएको
  • “रक्त सञ्चार सेवा तत्काल सुरु गरिन्छ, अस्पतालको ढिलासुस्ती अन्त्य गरेर नागरिकलाई उच्चस्तरीय सेवा दिन पहल गर्छौँ” : मन्त्री पराजुली

    धनकुटा । जिल्ला अस्पताल धनकुटाको ११२औँ वार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नीरेन तामाङको अध्यक्षता तथा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका उपप्रमुख, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले दुर्गम तथा पहाडी क्षेत्रका नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • १२७ पटक पढिएको
  • झापामा रक्तदातामै एचआईभी संक्रमण फेला

    इटहरी । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको रगतमा एचआईभी संक्रमण (रिएक्टिभ) फेला परेको छ । सुरक्षित रगत आपूर्तिका लागि सोसाइटीले झापाको भद्रपुर, बिर्तामोड र दमकमा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । सङ्कलित रगत बिरामीलाई चढाउनुअघि एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र सिफिलिसजस्ता सरुवा रोगहरूको अनिवार्य प्रयोगशाला परीक्षण गर्ने क्रममा यी तथ्य बाहिर आएका हुन् । रगत परीक्षणका क्रममा आर्थिक वर्ष २०७८र७९ मा एक जना, आव २०७९र८० मा दुई जना, आव २०८०र८१ मा छ जना, आव २०८१र८२ मा १४ जना

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • १९७ पटक पढिएको
  • अटिजम र सिकाइ कठिनाइ भएकाका लागि ‘वेदा एकेडेमी’

    इटहरी ।  वेदा एकेडेमी अहिले विशेष आवश्यकता भएका बालबालिकाका लागि आशाको केन्द्र बन्दै गएको छ । इटहरी–९ मा स्थापित एकेडेमी कोशी प्रदेशमा समावेशी शिक्षाको क्षेत्रमा एउटा महत्वपूर्ण उपलब्धि बनेको हो । अटिजम, सिकाइ कठिनाइ तथा न्युरोटिपिकल (सामान्य विकासक्रम भएका) बालबालिकालाई एउटै शैक्षिक वातावरणमा समेट्ने उद्देश्यसहित स्थापना गरिएको यसै शैक्षिक सत्रबाट सञ्चालन प्रारम्भ गरिएको विद्यालयलाई प्रदेशमै पहिलो समावेशी मोडेलका रूपमा लिइएको छ । नेपाल सरकारले समावेशी शिक्षा, प्रारम्भिक बालविकास (इसिडी) तथा विशेष आवश्यकता भएका बालबालिकाको शिक्षामा जोड दिँदै नीति तथा कार्यक्रम अगाडि सारेको सन्दर्भमा वेदा

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • १२३ पटक पढिएको
  • वडामै घुम्ती शिविर सञ्चालन गरेपछि स्थानीय सेवाग्राही खुसी

    इटहरी । इलाम जिल्लाको पश्चिमी क्षेत्रमा रहेको फाकफोकथुम गाउँपालिकाले वडामै घुम्ती शिविर सञ्चालन गरेपछि स्थानीय सेवाग्राही खुसी भएका छन् । भौगोलिक रुपमा दुुर्गम क्षेत्र रहेको गाउँपालिकामा गाउँपालिका केन्द्रसम्म सेवा लिन आउन समस्या भएपछि पालिकाले वडा–वडामै घुम्ती शिविर सम्पन्न गरेको हो ।  गाउँपालिकाले आफ्ना सातवटै वडामा पालिका अन्तर्गतका स्वास्थ्य, कृषि, पशुुपन्छी, पन्जीकरण लगायतका शाखाका सबै सुविधा प्रदान गरेको छ । वडा तहमै स्वास्थ्य सुविधा आउँदा सामान्य जाँच गर्न र औषधी लिन देउमाई नगरपालिकाको मंगलबारेसम्म जानुपर्ने झन्झट टरेको वडा नम्बर–६ का सेवाग्राही निलकण्ठ अधिकारीले बताउनुुभयो । यस्तै

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • १६६ पटक पढिएको
  • मैवाखोलामा घुम्ती शिविरबाट २ दिनमै १,७२१ जनाले सेवा पाए

    इटहरी ।  ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सोमबारदेखि सुरु भएको एकीकृत घुम्ती सेवा शिविरमा दुई दिनमा एक हजार ७२१ जना सेवाग्राहीले सेवा लिएका छन् । सोमबार र मङ्गलबार दुई दिन वडा नं। १ र २ ढुङ्गोसाँघुका नागरिकहरूले सेवा लिएका हुन् । पालिकाको कार्यालयमार्फत प्रदान हुँदै आइरहेको सेवा हरेक वडामा नागरिकलाई प्रदान गरि सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो । उहाँका अनुसार सोमबारदेखि सुरु भएको घुम्ती सेवा शिविरमा पालिकाको आयुर्वेद तथा औषधालय सहित १४ ओटा शाखाले सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । त्यस्तै सोही शिविरमार्फत सामाजिक सुरक्षा भत्ता स

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १६७ पटक पढिएको
  • मोरङमा बँदेल पालनका लागि ‘रोयल कृषि फार्म’लाई अनुमति

    मोरङ | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ले मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित रोयल कृषि फार्मलाई व्यवसायिक रूपमा बँदेल प्रजातिको वन्यजन्तु पालन तथा प्रजनन गर्न अनुमति दिएको छ।विभागले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० अनुसार मिति २०८१ चैत २६ गतेको विभागीय निर्णयका आधारमा उक्त अनुमति प्रदान गरेको हो।सुन्दरहरैँचा नगरपालिका–३ (साविक दुलारी–९/घ) मा रहेको निजी जग्गामा सञ्चालन हुने फार्मका सञ्चालक सानु कार्की रहेका छन्। अमृत कार्की, सानु कार्की, आरोन कार्की र पदमावती नेउपानेको नाममा दर्ता रहेको कि.नं. ९५३, ८८८,

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • २१३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]