All Posts By कोशी प्रेस

    Showing १०,७६१-१०,७७० of १३,७४३ items.
  • इटहरीमा खोला–पैनी मिचेर बनाएका भौतिक संरचना भत्काउन ३५ दिनको उर्दी जारी

    सुनसरी / इटहरी उपमहानगरपालिकाले खोला-पैनी मिचेर बनाएको भौतिक संरचना  भत्काउन निर्देशन जारी गरेको छ । इटहरी स्थित टेंग्रा खोला,खेती खोला र सुकुमारी पैनीको क्षेत्राधिकार भित्रको जग्गा खाली गर्न मेयर ३५ दिने सुचना सार्वजनिक भएको छ  ।  टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६–६ मिटर छोडेर मात्र भवन बनाउन उपमहानगरपालिकाले जारी गरेको सुचनामा भनिएको छ । मेयर पौडेलले इटहरीलाई बाढीमुक्त बनाउनको लागि धेरै कामहरु अघि बढेको भन्दै खोला, पैनी मिचेर बनाएका संरचना भत्काउने अभियान पनि सँगै सञ्चालन गरिने बताएका छन् । उनले योसँगै सार्वजनिक ऐलानी जग्गाको संरक्षणसमेत व्यवस

    • प्रकाशित मितिः असार ३१, २०८०
    • २०१ पटक पढिएको
  • मनमोहन विश्वविद्यालयमा पाँच बर्से रणनीतिक योजना तयार

    सुनसरी / देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पाँच बर्से रणनीतिक योजना तयार गरेको छ ।कोसी प्रदेश सरकारले चार वर्षअघि स्थापना गरेको मोरङको बूढीगङ्गा गाउँपालिका- ४ हात्तीमुढास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८० देखि ०८५ सम्मका लागि आफ्नो रणनीतिक योजना तयार गरेको हो ।मनमोहनले पाँच वर्षभित्र कुन–कुन विषयको के कसरी पठनपाठन गराउने, भौतिक पूर्वाधार अनि दक्ष जनशक्ति के कसरी र कस्तो तयार गर्ने र शिक्षक र कर्मचारीहरूलाई कुन मूल्याङ्कनको आधारमा पुरस्कृत गर्ने भन्नेबारे छलफल गरेर पाँच बर्से रणनीतिक तयार गरेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले बताए ।उपकुलपति पो

    • प्रकाशित मितिः असार ३१, २०८०
    • २४२ पटक पढिएको
  • निःसहाय बालबालिका सेवा आश्रमलाई १ लाख ११ हजार नगद सहयोग

    इटहरी / दाताहरुको सहयोगबाट सञ्चालन हुदै आएको इटहरीमा रहेको निःसहाय बालबालिका सेवा आश्रमलाई १ लाख ११ हजार नगद सहयोग गरिएको छ ।अमेरिकामा बसोबास गर्दै आएका आचार्यले आश्रममा एक लाख एघार हजार एक सय एघार रुपैया नगद सहित बालबालिकाहरुलाई लत्ताकपडा लगायत सहयोग गरेका छन् ।आश्रमका बालबालिकाहरुलाई सहयोग गर्न अमेरिकामा बसोबास गर्ने नेपालीहरुले स्थापना गरेको लायन्स क्लब अफ क्वीन्समा रहेका तथा आफु काम गर्ने होटलका साथीहरु समेतबाट संकलित रकम र आफुले थप गरेर सहयोग उपलब्ध गराएको आचार्यले बताए ।वि.स.२०४४ सालमा स्थापित निःसहाय बालबालिका सेवा आश्रममा दाताहरुको सहयोगले ठुलो महत्व राख्ने बताउदै आश्रमकी सञ्चालिका गित

    • प्रकाशित मितिः असार ३१, २०८०
    • १०९ पटक पढिएको
  • आज रतुवामाईमा अत्यावश्यक काम बाहेकका अन्य स्थगित हुने

    सुनसरी / मोरङको रतुवामाई नगरपालिकामा आज  अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा प्रवाह स्थगित हुने भएको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजय बहादुर राजलवटले एक सूचना जारी गर्दै नगरपालिकाको १२ औँ नगरसभाको दोस्रो बैठक हुने भएकाले सेवा प्रवाह स्थगित हुने भएको हो ।नगरसभाको बैठक आइतबार रतुवामाई ८ स्थित दाम्राभिट्टा सामुदायिक भवनको हलमा बस्दैछ

    • प्रकाशित मितिः असार ३१, २०८०
    • ९८ पटक पढिएको
  • नासा नेपालको कोशी प्रदेश संघ गठन

    इटहरी । मोटर स्पोर्ट्समा काम गर्ने संख्या नासा नेपालको कोशी  प्रदेश संघ गठन भएको छ ।मोटर स्पोर्ट्स र अटोमोबाइल मोबिलिटी, टुरिजम , रोड सेफ्टी र खेलकुद  क्षेत्रमा संलग्न युवाहरुको भेलाले सनिबार इटहरीमा १६  सदस्यीय प्रदेश संघ गठन गरेको हो । नासा नेपालका सचिब निरज खड्का क्षेत्रिको अध्यक्षता  तथा कोशी प्रदेश खेलकुद बिकाश वोर्ड सदस्य सचिव हंसराज वाग्ले को प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले व्यवसायी प्रकाश  कपुरीको  अध्यक्षतामा  प्रदेश संघ गठन गरेको हो । संघको उपाध्यक्षमा रमण भट्टराई, सुमन भट्टराई र डा. राम बाबु गिरि रहेका छन् भने सचिवमा सन्तोष कुमार थापा र

    • प्रकाशित मितिः असार ३०, २०८०
    • ८०२ पटक पढिएको
  • कोशीमा मन्त्री बन्नबाट बञ्चित भएपछि राजीनामा दिने तयारीमा माओवादी सांसद मगर

    विराटनगर : दुई\दुई पटक चुनाव जितेर आउँदा पनि मन्त्री बन्नबाट बञ्चित भएको भन्दै कोशी प्रदेशसभा सदस्य नारायण बुर्जा मगरले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।पार्टीमा दुईदुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्याङ्बन गर्न कसकेको भन्दै उनले कोशी प्रदेश सरकार गठनप्रति आफ्नो विमति भएको बताए ।माओवादी निकट एक सांसदका अनुसार हिजो (शनिबार) बसेको संसदीय दलको बैठकले जीवन आचार्य र नारयाण बुर्जा मगरलाई सरकारमा पठाउने सहमति गरेको थियो । तर, आज माओवादीले संखुवासभाका राजेन्द्र कार्कीलाई मन्त्री बनाएपछि उनी बिच्किएका हुन् ।उनले आफू र आफूलाई मतदान गर्ने मतदातामाथि बारम्बार अन्याय भएको बताए । उनले

    • प्रकाशित मितिः असार ३०, २०८०
    • २२९ पटक पढिएको
  • एमाले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी गुरु बराल लाई

    विराटनगर : नेकपा एमालेले गुरु बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी सदस्य बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो ।बराल एमाले स्थायी कमिटी सदस्य समेत हुन् ।

    • प्रकाशित मितिः असार ३०, २०८०
    • २०० पटक पढिएको
  • कोशीमा वर्तमान सरकार भंग गरी संविधानसम्मत प्रक्रिया सुरु गर्न एमालेको माग

    विराटनगर : नेकपा एमालेले कोशी प्रदेशमा संविधान विपरीत सरकार गठन भएको भन्दै त्यसलाई विघटन गर्न माग गरेको छ ।शनिबार केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले संविधान विपरीत सभामुखको हस्ताक्षर लिएर सरकार बनेको भन्दै त्यसलाई भंग गरेर नयाँ प्रक्रिया सुरु गर्न माग गरेको उपमहासचिव प्रदीप ज्ञावलीले जानकारी दिए ।बैठकले असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल सुरू गर्न माग गरेको उनले बताए ।बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ज्ञावलीले संविधानले कहीँ पनि सभामुखको पक्षधरताको परिकल्पना नगरेको बताउँदै सरकार गठनमा सभामुखको संलग्नता असंवैधानिक

    • प्रकाशित मितिः असार ३०, २०८०
    • २०४ पटक पढिएको
  • इटहरी उपमहानगरपालीकाको १३ औं नगरसभामा नीती तथा कार्यक्रम र बजेटमाथी छलफल

    सुनसरी / इटहरी उपमहानगरपालीकाको १३ औं नगरसभामा नीती तथा कार्यक्रम र बजेटमाथी छलफल भएको छ ।१३ औं  नगर सभामा विनियोजन विधयेक २०८०  उप-प्रमुख संगिता कुमारी चौधरीले प्रस्तुत गरेकी हुन् । नगर सभा अध्यक्षता हेमकर्ण पौडेल , उप प्रमुख संगिता कुमारी चौधरी , प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहता र नगरसभा सदस्यहरु लगाएतको उपस्थिति नगर सभा बैठक भएको हो ।हिजोआज नगरको १३२ औं कार्यपालिकाको बैठकले पास गरेका एजेन्डा अनुमोदन गर्ने कार्यसुचि समावेश गरेर नगर सभा बसेको हो । नगरसभा सदस्यहरु १६ जनाले आ-आफ्नो धारणा र वडाका समस्या इटहरी समस्या व्यक्त गरेका थिए  । अर्थ विधेयक, २०८० र न्यायिक समितिको व

    • प्रकाशित मितिः असार ३०, २०८०
    • १७९ पटक पढिएको
  • सप्तकोशीमा खसेको ट्रक दुई घण्टा लगाएर निकालियो

    सुनसरी / सप्तकोसी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक निकालिएको छ ।बससँग ठोक्किएर कोसीमा खसेको मे १ ख ३००७ नम्बरको ट्रक आज निकालिएको हो । क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।सुनसरी र सप्तरीको सीमा छुट्याउने कोसी ब्यारेज पुलको १० नम्बर ढोका अगाडि बससँग ठक्कर हुँदा ट्रक सप्तकोसी नदीमा खसेको थियो ।ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा ब्यारेजको १० नम्बर ढोकाको बार भत्किएको छ । ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका थिए भने अन्य दुई जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । बसमा सवार यात्रु भने सकुशल छन् । घटनाबारे अझै अनुसन्धान भइरहेको सुनसरी

    • प्रकाशित मितिः असार ३०, २०८०
    • १६४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]