All Posts By कोशी प्रेस

    Showing १२,१७१-१२,१८० of १३,७४६ items.
  • एक वर्ष भित्र एम्बुलेन्स खरिद गरेर वडावासीलाई सेवा दिन्छु: वडा अध्यक्ष ढुङ्गाना

    एक वर्ष भित्रमा एम्बुलेन्स खरिद गरी जनतालाई सेवा दिने सुन्दरहरैँचा नगरपालिका ३ का वडा अध्यक्ष विदुर प्रसाद ढुङ्गानाले बताएका छन् । आज कोशी प्रेससँग कुराकानी गर्दै उनले जनतालाई सेवा दिने विषयमा कुनै कसर बाँकी नराख्ने बताएका हुन् । उनले विभिन्न संघसंस्थासगँ समन्वय गरेर एम्बुलेन्स खरिद गरी वडावासीलाई  ५० प्रतिशत छुटको व्यवस्था गर्ने समेत तयारी भई हरेको जानकारी दिए ।                घरघरमा सेवा दिने उद्देश्यले एम्बुलेन्स सेवाको सुरुवात गर्न लागिएको वडा अध्यक्ष ढुङ्गानाले बताए । यस अघिका जनप्रतिनिधिले गर्न बाँकी राखेका पुराना योजनालाई समेत उनले निरन्

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • ६८१ पटक पढिएको
  • नयाँ जनप्रतिनिधीसँग तटबन्ध निर्माणको आशा

    पारस सुवेदी, इटहरी । झन्डै पाँच वर्षअघि आएको बाढीले इटहरी उपमहानगरपालिकाका चारवटा वडा तहसनहस पारि दिएको थियो । त्यो बेलाको पीडा भुल्न नसकेको बेला फेरि २०७८ कात्र्तिक २ गते आएको बेमौसमी वर्षाले इटहरीमा ठूलै धनजनको क्षती ग¥यो ।बाढी पीडितले अघिल्लोपटक (२०७४ सालमा) निर्वाचित जनप्रतिनिधीसँग आफ्ना समस्या पूरा हुने आशा गरेका थिए । तर, आशा गर्दागर्दै समय वित्यो । फेरि बैशाख ३० गते स्थानीय निकायको चुनाब भएर नयाँ जनप्रतिनिधी छानेर पदभार पनि ग्रहण गरि सकेका छन् । अबको जनप्रतिनिधीसँग बाढीपीडितको एउटै माग छ, ‘तटबन्ध निर्माण ।’वैशाख ३० गते भएको निर्वाचनमा इटहरीका सवै राजनीतिक दलहरुका उम्मेदवारहरुले बाढ

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • ५५ पटक पढिएको
  • सुन्दरहरैचामा अब वडाबाटै घरको नक्सा

    सुन्दरहरैचा | मोरङको सुन्दरहरैचा नगरपालिकामा अब वडाबाटै घरको नक्सा पास हुने भएको छ ।  नगर प्रमुख केदार प्रसाद गुँरागाईले पदभार ग्रहणको क्रममा यस्तो व्यवस्था गर्ने निर्णय गरेका छन् ।                     ‘ओभरसियरहरु वडामै छन् । उनीहरुलाई केही समस्या भए नगरपालिकाबाट इञ्जिनियर पठाउँछौँ । सबै काम वडावाटै सकेर सेवाग्र्राहीले प्रमाणपत्र लिन भने नगरपालिका आउनुपर्छ’, उनले भने ।  यस्तै आधारभूत विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने निर्णय पनि उनले गरेका छन् । 

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • ६९ पटक पढिएको
  • बराहक्षेत्रका मेयरद्वारा पाँच बुँदे निर्णय सार्वजनिक

    प्रकाशपुर । सुनसरीको बराहक्षेत्र नगरपालिकामा स्थानीय तहको  निर्वाचनबाट निर्वाचित पदाधिकारीले  बुधबार(आज)  शपथ तथा पदभार ग्रहण गरेका छन । बराहक्षेत्र नगरपाकिलाकामा मेयर रमेश कार्कीले उपमेयर नन्द कुमरी राईलाई सपत ग्रहण गराएका थिए । राईले आजै  पदभार ग्रहण गरेकी छन् । एक देखि ११ वटै वडा अध्यक्ष हरुलाई मेयर कार्कीले सपत ग्रहण गराएका थिए ।आजै बसेको बराहक्षेत्र नगरपालिकाको  पहिलो बैठकले पाँच बुँदे निर्णय गरि सार्वजनिक गरेका छन् । पदभार ग्रहणपछि बसेको मेयर रमेश कार्की, उपमेयर नन्दकुमारी राई सहित वडा अध्यक्ष हरुको संयुक्त पहिलो बैठकले पाँच बुदे जनमुखी निर्णय गरेको छ । 

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • १६८ पटक पढिएको
  • तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमाले विजयी

    दाङको तुलसीपुर उपमहानगरपालिमा सत्ता गठबन्धनलाई हराउँदै मेयर उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ ।एमालेबाट नगरप्रमुखका उम्मेवदवार टिकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी भारी मतका साथ विजयी भएका हुन् ।एमालेका खड्काले नेपाली कांग्रेस गेहेन्द्र गिरीलाई ३ हजार ६९१ मतअन्तरले पराजित गर्दै विजयी भए । खड्काले ३१ हजार ४०८ मत प्राप्त गरे भने गिरीले २७ हजार ७१७ मत प्राप्त गरे ।गठबन्धनबाट उम्मेदवार बनेका गिरी अघिल्लो चुनावमा पनि एमालेका घनश्याम पाण्डेसँग पराजित भएका थिए ।यस्तै उपप्रमुखमा चौधरीले गठबन्धन तर्फ नेकपा  एकिकृत समाजवादीका उम्मेदवार जोगबहादुर रानालाई ९ हजार ५३२ मतअन्तरले पराजित

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • १३१ पटक पढिएको
  • भारतले गहुँपछि चिनी निर्यातमा रोक

    काठमाडौँ /  छिमेकी मुलुक भारतले गहुँपछि चिनी निर्यातमा रोक लगाएको छ । भारत सरकारले जुन १ देखि लागू हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।उखुको अफसिजन भएकाले भारतमै चिनीको मूल्य बढ्न थालेपछि नियन्त्रणका लागि भन्दै  केही महिना निर्यातमा रोक लगाएको हो । भारत ब्राजिलपछि विश्वमा धेरै चिनी निर्यात गर्ने मुलुक हो । भारतबाट बंगलादेश, इन्डोनेसिया, मलेसियामा सबैभन्दा धेरै चिनी निर्यात हुने गरेको छ । साथै भारतको यो निर्णयले नेपालमा समेत असर पर्नेछ ।यसअघि भारतले गहुँ निर्यातमा रोक लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले सूचना जारी

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • ५५ पटक पढिएको
  • रिहान र नम्रता विजयी ‘लिटिल मिस्टर एण्ड मिस इटहरी’को उपाधी

    इटहरी/ पाथिभरा जब लिंक टाईटल स्पोन्सर रहेको ‘लिटिल मिस्टर एण्ड मिस इटहरी-२०७९’ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । फिनालेबाट लिटिल मिस्टर तर्फ रिहान दाहाल र लिटिल मिस तर्फ कि नम्रता श्रेष्ठले उपाधी हासिल गर्न सफल भएकी छिन् । शनिवार इटहरीमा अवस्थित प्रिमियर हाेटल स्कुलकाे  हलमा सम्पन्न उक्त शो इटहरी आर्ट एण्ड फाउन्डेसनले आयोजना गरेको थियाे  । बिजेता दाहाल जनता मा. वि.  र श्रेष्ठ कन्चनजंघा मन्टेस्वरीमा अध्ययनरत हुन् । साना साना बालबालिकाभित्र रहेको प्रतिभा देखाउने उद्देश्यले आयोजना गरिएको आयोजक संस्थाका संचालक तुलसी घिमिरेले बताउनुभयाे  ।कार्यक्रममा एनजिओसीसी सुनसरीका पुष्प भट

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • ४८५ पटक पढिएको
  • सरकारले एक हप्तामै फेरि गाडि भाडा बढाउदा कुन रुढमा कति पुग्यो ?

     सरकारले एक हप्ताकै बीचमा सार्वजनिक यातायातको भाडा पनः वृद्धि गरेको छ । यातायात विभागले मंगलबार एक  सुचना निकाल्दै अन्तर प्रदेश  यातायातका यात्रुबाहक र मालबाहक सवारी साधनको भाडादर बढेको जानकारी गराएको छ । गत जेठ ४ गते मात्रै विभागले भाडा बढाएको थियो । नेपाल आयल निगमले इन्धनको मुल्य एकै पटक १० रुपैयाँ बढाए पछि सरकारले गाडी भाडा बढाएको  हो इन्धनको मुुल्य थपघटका कारणले एकै पटक ५  प्रतिसतले बढे वा घटेमा भाडा समायोजन गर्ने निति रहेको समेत विभागले जनाएको छ । विभागका अनुसार बढेको भाडा जेठ ११ बाट लागु हुनेछ ।विभागका अनुसार यात्रु बाहक सवारीको हकमा २.१ प्रतिशत भाडा बढेको छ

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • ६१ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाको ५ वर्षे समिक्षा ः जनताको भावना अनुसार काम गर्न नसकेको आरोप

    इटहरी उपमहानगरपालिकाको बितेको  पाँच वर्ष सम्मको समिक्षा गर्दा विकास निमार्णमा कति काम सम्पन्न भयो । कति हुदै छन् । र कति काम सम्पन्न भएका छैनन् त । वितेको पाँच वर्षमा यहाको स्थानिय सरकारले कति सकरात्मक काम गर्यो त भन्ने विषयमा अध्ययन गर्दा । यहाँ स्थानिय सरकार आए देखि विभिन्न विकासको कामले फड्को मारेको छ । भने कुनै ठाउँमा काम भइरहेका छन् । कतै हुने क्रममा छन् । इटहरी सहरको मुख्य समस्या भनेको नै सडक , ढल व्यवस्थापन गर्नु हो । अधिकांस काम पुरा भइसकेका छन् । यहाँ वर्खाको वेलामा पुरै सहर डुवानमा पर्थियो र फोहोर नउठ्ने अहिले भने धेरै मात्रमा यसको समाधान भएको छ । स्थनिय सरकार आएदेखि सडकमा भने ध

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • ६९ पटक पढिएको
  • जबरजस्ती करणी गरेको आरोपमा अर्जुनधाराबाट एक युवक पक्राउ

    झापा / १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा अर्जुनधाराबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका–६  पूर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भुजेलले ती बालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक–पटक करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • ५५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]