All Posts By कोशी प्रेस

    Showing १,३११-१,३२० of ११,७७० items.
  • फागुन २१ को निर्वाचनलाई मध्यनगर गरी इलामको पशुपतिनगर नाका आज रातिदेखि बन्द गरिदै

    इटहरी । फागुन २१ को निर्वाचनलाई मध्यनगर गरी इलामको पशुपतिनगर नाका आज रातिदेखि बन्द गरिदै छ । निर्वाचनको लागि मौन अवधि सुरु भएदेखि फागुन २१ गते साँझ ५ बजेसम्मका लागि पशुपतिनगरसहितको सीमा बन्द ९शील० गर्न लागिएको हो । निर्वाचनको समयमा सुरक्षालाई मध्यनजर गरी नेपाल–भारत सीमा क्षेत्रबाट सम्पूर्ण आउजाउ बन्द गरी आज रातिदेखि सिमा शील गरिने इलामका प्रमुख जिल्ला अधिकारी लक्षुमन ढकालले जानकारी दिनुभयो । इलामको सलकपुरदेखि सन्दकपुरसम्मको ५२ दशमलव ५ किलोमिट नेपाल–भारत खुल्ला सीमा क्षेत्र रहेको छ । यी क्षेत्रमा खुल्ला रुपमा  दुबै देशतर्फ आउजाउ हुने गरेको छ । मुख्य रुपमा पशुपतिनगर, मानेभञ्ज्याङ, छब्ब

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • १६२ पटक पढिएको
  • गणेशा केटी केटा फुलवारि मन्टेश्वरी स्कुलको पाँचौं वार्षिकोत्सव सम्पन्न

    इटहरी । गणेशा केटी केटा फुलवारि मन्टेश्वरी स्कुलको पाँचौं वार्षिकोत्सव सम्पन्न भएको छ ।  इटहरी उपमहानगरपालिका वडा नम्बर १०, राजस्व टोलमा अवस्थित विद्यालयले विविध कार्यक्रमका साथ वार्षिकोत्सव मनाएको हो। विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुशिला दंगालको अध्यक्षता तथा चलचित्र महासंघ कोशी प्रदेशका निर्देशक अरूण कुमार प्रधानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा वार्षिक परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने, शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने तथा खेलकुद र अन्य विविध विधामा उत्कृष्टता देखाउने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। विद्यार्थीहरूले नेपा

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • १८३ पटक पढिएको
  • तरहराको एप्पल ट्री मन्टेश्वरी स्कूलको अभिभावक दिवस सम्पन्न

    इटहरी । इटहरी वडा नम्बर २०, तरहरामा रहेको एप्ल ट्री मन्टेश्वरी स्कूलले भव्य रूपमा अभिभावक दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रिन्सिपल चन्द्रकला घिमिरेको अध्यक्षतामा तथा शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीका इकाइ प्रमुख देवेन्द्र बहादुर मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको मुख्य आकर्षण विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न गायन, नृत्य, नाटक तथा कला प्रदर्शनहरू रहेका थिए । विद्यार्थीहरूले मौलिक नेपाली लोकगीत देखि आधुनिक गीतसम्मका नृत्य प्रस्तुत गरेका थिए, जसले अभिभावकहरूलाई विशेष रूपमा मोहित बनायो। विद्यालयकी अध्यक्ष घिमिरेले विद्यालयको

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • १७३ पटक पढिएको
  • मोरङमा मतदान सामग्री पठाउन थालियो, ८९० मतदान केन्द्र तयारी अवस्थामा

    इटहरी । प्रतिनिधिसभा निर्वाचन नजिकिदै जाँदा मोरङमा मतदानका लागि आवश्यक सामग्रीहरु प्रदेश निर्वाचन कार्यालयले सम्बन्धित निर्वाचन अधिकृतहरुको कार्यालयमा पठाउन शुरु गरेको छ । प्रदेश निर्वाचन कार्यालय मोरङले निर्वाचन क्षेत्र नंंं. १, क्षेत्र नं २ र क्षेत्र नं ४ मा आवश्यक पर्ने मतपेटिका, घेराबारा लगायत ४९ प्रकारका मतदान सामग्रीहरु पठाउन थालेको जनाएको छ । मतपत्र र सुरक्षा सिलहरु पुगिसकेको र छिटै सबै निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री पठाई सकिने निमित्त प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालले जानकारी दिनुभयो । उहाले ५१ प्रकारका मतदान सामग्री पठाइने गरिएकोमा यसपटक छाप लगाउदा चाहिने म्याट र झोल

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • १४७ पटक पढिएको
  • सुनसरी–४ मा मुसा चिन्हकी उम्मेदवार यमुना केसीप्रति बढ्दो भरोसा, मतदान गर्न आतुर जनलहर

     इटहरी । सुनसरी–४ क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदका लागि मुसा चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिनुभएकी सामाजिक अभियन्ता यमुना केसी प्रति मतदाताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ। चुनाव नजिकिँदै जाँदा गाउँ–टोल देखि बजार क्षेत्रसम्म उहाँको पक्षमा जनसमर्थनको लहर देखिन थालेको स्थानीयले बताएका छन् । स्थानीय बासिन्दाहरूका अनुसार परम्परागत दलका उम्मेदवारप्रति निराशा बढ्दै गएको अवस्थामा स्वतन्त्र उम्मेदवार केसीले उठाउनुभएका मुद्दा, सरल व्यवहार र प्रत्यक्ष जनसम्पर्क अभियानका कारण मतदातामा नयाँ आशा पलाएको छ । विशेषगरी युवा, महिला तथा पहिलोपटक मतदान गर्न लागेका मतदाताहरू उहाँको अभियानमा सक्रिय रूपम

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • १४९ पटक पढिएको
  • धनकुटा जिल्लामा चुनावी एजेन्डा : गाँजा वैधानिकता र बाँदर नियन्त्रण उम्मेदवारको प्राथमिकतामा

    इटहरी । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा धनकुटाका उम्मेदवारहरूले आ–आफ्नो घोषणा–पत्र सार्वजनिक गरी अन्तिम प्रचारप्रसारमा जुटेका छन्। अधिकांश उम्मेदवारले गाँजा वैधानिकता र बाँदर नियन्त्रणलाई प्रमुख एजेण्डाको रूपमा प्राथमिकतामा राखेका छन्।धनकुटाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेकपा एकालेका राजेन्द्रकुमार राई, नेपाली कांग्रेसका दिनेश राई आठपहरिया, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी र नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेलले सार्वजनिक गरेका घोषणा–पत्रमा गाँजा खेतीको विषय प्रमुख रूपमा समेट्नुभएको छ।कांग्रेसका उम्मेदवार दिनेश राई आठपहरियाले गाँजालाई औषधीय तथा औद्य

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • १५५ पटक पढिएको
  • राष्ट्रशक्ति निर्माणका लागि सबै नेपाली एकजुट हुनुपर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको भनाइ

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राष्ट्रशक्ति निर्माणका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताउनुभएको छ ।होली पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले वर्तमान जटिल राजनीतिक अवस्थालाई चिर्दै राष्ट्रिय शक्तिलाई एकीकृत गरेर मुलुकलाई सही निकास दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।रङहरूको पर्व होलीले आपसी सद्भाव, सहकार्य र जिम्मेवारीबोधका साथ अघि बढ्न ऊर्जा दिने उल्लेख गर्दै उहाँले भ्रम र निराशा छरेर समाजलाई विभाजित गर्न खोज्ने प्रवृत्तिलाई परास्त गर्न पनि यस पर्वले प्रेरणा दिने बताउनुभयो ।मुख्यमन्त्री कार्कीले आफ्नो विवेक, बुद्धि र क्षमताको सही प्रयोग गर्दै राष्ट्र निर्माणक

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • १०७ पटक पढिएको
  • मोरङ जिल्लामा हात्ती आतंक न्यूनीकरण प्रयास : बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहद्वारा २० घार मौरी वितरण

    इटहरी  । मोरङका हात्ती प्रभावित किसानलाई बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहले २० घार मौरी वितरण गरेको छ । बेलबारीस्थित बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहले शनिबार बेलबारी–१, ४, ८, १० र कानेपोखरी–५ का जङ्गलसँग जोडिएका २० परिवारलाई मौरीको घार वितरण गरेको हो । हात्तीविज्ञले मौरीको घार रहेको स्थानमा हात्ती नआउने सुझाव दिएपछि साझेदारी वनले मौरीको घार वितरण गरेको हो । उपभोक्ता समूहका अध्यक्ष दिनेशप्रसाद गिरीका अनुसार मौरीपालनबाट आयआर्जन गर्न र हात्तीबाट बचाउन सकिन्छ भन्ने सुझावलाई दृष्टिगत गरेर उपभोक्तालाई मौरीको घार वितरण गरिएको हो । उहाँले प्रतिघार १० हजार आठ सय रुपियाँमा घार खरिद ग

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • १४३ पटक पढिएको
  • प्रचारप्रसारको अन्तिम दिन नजिकिँदै गर्दा उदयपुर जिल्लामा चुनावी लहर : गाईघाट, कटारी र बेल्टारमा आमसभा र र्‍यालीले बजार ताते

    इटहरी । प्रतिनिधि सभा सदस्य निर्वाचनमा आयोगले तोकेको प्रचारप्रसार गर्न पाउने अवधि एक दिन मात्र बाँकी रहँदा आइतबार उदयपुरका दुई वटै निर्वाचन क्षेत्रमा चुनावी आमसभा, कोणसभा र र्‍याली व्यापक भएका छन् । उम्मेदवारी दर्ता गरेदेखि नै घरदैलो अभियानमा व्यस्त रहेका राजनीतिक दलका कार्यकर्ता तथा उम्मेदवार आइतबार भने ठाउँ ठाउँमा आयोजित र्‍याली, कोणसभा र आमसभामा व्यस्त भएका हुन् । आआफ्ना प्रतिबद्धतापत्र, पोस्टर, पम्प्लेट, झन्डा र ब्यानरसहित घरदैलो अभियान सकेर आमसभामा जुटेसँगै आममतदातामा चुनावी माहोल एकाएक चुलिएको छ । पार्टीहरूले बनाएका आआफ्नै चुनावी नारा र गीतले चोक, बजार र गाउँबस्ती गुञ्जायमान भए

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • १३२ पटक पढिएको
  • धनकुटामा प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको व्यापक परिचालन , ११९ मतदान स्थल र १६६ केन्द्रमा सुरक्षा गस्ती तीव्र

    इटहरी । प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै धनकुटामा नेपाली सेनाले सुरक्षा गस्ती तीव्र बनाएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सेनाले जिल्लाभर गस्तीलाई तीव्र पारिएको हो।भिम दल गण, सल्लेरी धनकुटाका अनुसार, जिल्लाभर रहेका ११९ मतदान स्थल र १६६ मतदान केन्द्रमा सेनाको सुरक्षा टोली खटाइएको छ। नेपाल सरकारले दिएको निर्देशन अनुसार एकीकृत निर्वाचन सुरक्षा योजना अन्तर्गत धनकुटाका सातवटै पालिका र गाउँगाउँमा आवश्यकतानुसार सेना परिचालन गरिएको छ।गणले नागरिक प्रशासनलाई सहयोग पुर्‍याउने, संवेदनशील क्षेत्र र महत्त्वपूर्ण पूर्वाधारको सुरक्षा गर्ने, निर्वाचन अवधिभर उत्पन्न

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • १०९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]