All Posts By कोशी प्रेस

    Showing १,३२१-१,३३० of १३,५८३ items.
  • पाँचथरमा रेविज फैलिँदै, तीन पालिका उच्च जोखिममा

     पाँचथर । पाँचथरका तीन स्थानीय तहमा रेविज सङ्क्रमण फैलिएको छ। रेविजका कारण जिल्लाको फाल्गुनन्द गाउँपालिका उच्च जोखिममा परेको छ। गाउँपालिकाका ७ मध्ये ५ वडामा रेविज सङ्क्रमण पुष्टि भइसकेको पशु सेवा शाखाले जनाएको छ।  फाल्गुनन्द गाउँपालिका पशु सेवा शाखाका प्रमुख गोपाल घिमिरेका अनुसार वडा नं. २ फाक्तेपमा यसअघि दुई गोरु, दुई भैंसी र दुई गाईमा रेविज सङ्क्रमण पुष्टि भएको छ। कुकुरको टोकाइपछि ती चौपाया मरेका थिए। घिमिरेका अनुसार वडा नं. ६ र ७ सबैभन्दा बढी जोखिममा छन्। उहाँका अनुसार वडा नं. ६ को मेहेलबोटे क्षेत्रमा तीन गाईभैंसी र सात जना मानिसलाई तथा वडा नं. ७ आङसराङ क्षेत्रमा तीन राँगा, सात बा

    • प्रकाशित मितिः साउन १८, २०८३
    • ८० पटक पढिएको
  • ४२ प्रतिशत काममै रोकियो कानेपोखरी–लेटाङ–बुधबारे सडक

    इटहरी  ।  ताप्लेजुङ र पाँचथरबाट इलाम र झापा नपुगी प्रदेश राजधानी विराटनगर पुग्न सकिने गरी कोशी प्रदेश सरकारले निर्माण सुरु गरेको कानेपोखरी–लेटाङ–बुधबारे–दुर्दिम्बा–लिम्बा सडक निर्माण कम्पनीले काम छाडेपछि अलपत्र परेको छ। कोशी प्रदेश सरकारले ताप्लेजुङ र पाँचथरलाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने छोटो मार्गका रूपमा २०८० सालमा यो सडक निर्माण सुरु गरेको थियो। २९ दशमलव ६० किलोमिटर लामो उक्त सडकको २०८० मंसिर २२ गते तत्कालीन मुख्यमन्त्री केदार कार्कीले शिलान्यास गर्नुभएको थियो।  राँके–रवि र भेडेटार हुँदै जानुपर्ने अवस्थालाई हटाउँदै फिदिमबाट धनकुटाको चौबिसे हुँदै मोरङको लेटाङ–कानेपोखरी

    • प्रकाशित मितिः साउन १८, २०८३
    • १३९ पटक पढिएको
  • सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

    इटहरी।  यहाँको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय झापाका अनुसार आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे१च ५१०४ नम्बरको पिकअपले सडक पार गर्दै गरेका कन्काई–४ निवासी अन्दाजी ७० वर्षीय प्रल्हाद शिवाकोटीलाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका शिवाकोटीलाई उपचारका लागि बिर्तामोडतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न पिकअप र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः साउन १८, २०८३
    • १०८ पटक पढिएको
  • बृहत् सद्भाव -याली धार्मिक सहिष्णुताको सन्देश

    इटहरी ।  सामाजिक एकता, धार्मिक सहिष्णुता, आपसी सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले इटहरीमा आयोजित बृहत् सद्भाव -याली आइतबार सम्पन्न भएको छ । सुनसरीको देवाजगन्जको घटनासँगै पछिल्ला दिनमा पूर्वी तराई मधेशका केही क्षेत्रमा देखिएको सामाजिक तनावपछि समुदायबिच विश्वास र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजित -यालीमा विभिन्न धर्म, जातजाति, भाषा र समुदायका नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो ।  छोटो समयको तयारीका बाबजुद पनि ¥यालीमा सुनसरीमा रहेका विभिन्न २८ भन्दा बढी सामाजिक, धार्मिक तथा सामुदायिक सङ्घ संस्थाको सव्रिmय सहभागिता रहेको थियो । कार्यव्रmममा हिन्

    • प्रकाशित मितिः साउन १८, २०८३
    • १०९ पटक पढिएको
  • नेपाल बार एशोसिएशनद्वारा देवानगञ्ज घटनाको अध्ययन गर्न नागरिकस्तरीय समिति गठन

    इटहरी । नेपाल बार एशोसिएशनले सुनसरीको देवानगञ्ज गाउँपालिकामा साउन १० गते भएको घटनाको निष्पक्ष अध्ययन तथा तथ्य संकलन गर्न नागरिकस्तरीय अध्ययन समिति गठन गरेको छ।बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष पदम प्रसाद लिम्बुको  संयोजकत्वमा ११ सदस्यीय अध्ययन समिति गठन गरिएको हो। समितिमा  पत्रकार महासंघ , कानुन व्यवसायी, मानवअधिकारकर्मी  तथा नागरिक समाजका प्रतिनिधिहरूलाई सदस्यका रूपमा समेटिएको छ।समितिलाई घटनास्थलमा पुगेर प्रत्यक्ष अध्ययन गर्ने, पीडित, स्थानीयवासी, सुरक्षा निकाय तथा सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी घटनाको यथार्थ अवस्था, कारण र प्रभावबारे तथ्य संकलन गर्ने तथा आफ्नो निष्कर्षसहित

    • प्रकाशित मितिः साउन १७, २०८३
    • २१२ पटक पढिएको
  • इनरुवामा जनजीवन सामान्य बन्दै, सवारीसाधन र पसलहरू खुल्न थाले

    इटहरी  : सुनसरीको सदरमुकाम इनरुवाको जनजीवन बिस्तारै पूर्ववत् हुन थालेको छ। केही दिनयता देखिएको असहज अवस्था तथा बन्द–हडतालको प्रभाव कम हुँदै जाँदा बजार क्षेत्रमा पुनः चहलपहल बढ्न थालेको हो।  बजारमा रोकिएका सवारीसाधनहरू पुनः सञ्चालनमा आएका छन्। लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधन सञ्चालनमा आएपछि आवागमन सहज बन्दै गएको छ।  त्यसैगरी, बजारका मुख्य चोक तथा सडक किनारमा रहेका पसल, व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्थाहरू पनि क्रमशः खुल्न थालेका छन्।पसलहरू सञ्चालनमा आएपछि किनमेल गर्ने उपभोक्ताको चहलपहल पनि बढ्दै गएको स्थानीय व्यवसायीहरूले बताएका छन्।  जनजीवन सा

    • प्रकाशित मितिः साउन १७, २०८३
    • १५८ पटक पढिएको
  • सुनसरीको देवानगन्जमा फेरि तनाव, घाँस काट्न गएकी महिलामाथि ढुंगा प्रहार

    इटहरी । सुनसरीको देवानगन्ज गाउँपालिका–४ कप्तानगन्जमा आइतबार घाँस काट्न गएकी एक महिलामाथि ढुंगा प्रहार भएको घटनापछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।  ढुंगा लागेर देवानगन्ज–४ की ३३ वर्षीया सरस्वतीकुमारी मेहता घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ।प्रहरीका अनुसार आइतबार बिहान करिब ११ः३० बजे घाँस काटिरहेका बेला माथिबाट आएको ढुंगा उनको टाउकोमा लागेको थियो। स्थानीयले ग्याँटिसबाट ढुंगा प्रहार भएको आशंका गरेका छन्। तर, ढुंगा कसले प्रहार गर्‍यो भन्ने विषय अझै पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ।घटनापछि

    • प्रकाशित मितिः साउन १७, २०८३
    • २९६ पटक पढिएको
  • इटहरीमा बृहत् सद्भाव ¥याली सम्पन्न, सामाजिक एकता र सहअस्तित्वको सन्देश

    इटहरी । सामाजिक एकता, धार्मिक सहिष्णुता, आपसी सम्मान तथा सहअस्तित्वलाई प्रवद्र्धन गर्ने उद्देश्यले इटहरीमा आयोजना गरिएको बृहत् सद्भाव ¥याली उत्साहजनक सहभागिता सहित सम्पन्न भएको छ।छोटो समयको तयारीका बाबजुद पनि ¥यालीमा २८ भन्दा बढी सामाजिक, धार्मिक तथा सामुदायिक संघ–संस्थाको सक्रिय सहभागिता रहेको थियो। विभिन्न जातजाति, धर्म, भाषा र समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिले इटहरीमा सामाजिक सद्भावप्रति रहेको प्रतिबद्धता झल्काएको आयोजकले जनाएको छ । ¥यालीका सहभागीहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वका पक्षमा सन्देशमूलक नार

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ११२ पटक पढिएको
  • सुदर्शन सेक्युरिटी सर्भिसेजको २७ औँ वार्षिकोत्सवमा वृहत् रक्तदान, ४५ भन्दा बढी युनिट रगत संकलन

    इटहरी । सामाजिक उत्तरदायित्व तथा मानव सेवाको भावनालाई आत्मसात् गर्दै सुदर्शन सेक्युरिटी सर्भिसेज प्रा.लि., इटहरी–९, सुनसरीले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको वृहत् रक्तदान कार्यक्रममा ४५ भन्दा बढी युनिट रगत संकलन भएको छ । ओसियन पार्क एण्ड रिसोर्ट प्रा.लि.मा आयोजित कार्यक्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल, बुढीगंगा, मोरङले प्राविधिक सहयोग गरेको थियो। रक्त अभावका कारण उपचाररत बिरामीलाई सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कम्पनीका कर्मचारी, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले उत्साहजनक सहभागिता जनाउँदै रक्तदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै क

    • प्रकाशित मितिः साउन १७, २०८३
    • १४३ पटक पढिएको
  • पूर्वाञ्चल पब्लिक स्कुलमा ‘प्रि–स्कुल ग्राजुएसन’ः ५६ बालबालिकाले चढे नयाँ शैक्षिक यात्राको खुड्किलो

    इटहरी । मोरङको सुन्दरहरैंचा स्थित पूर्वाञ्चल पब्लिक स्कुलले आयोजना गरेको ‘प्रि–स्कुल ग्राजुएसन–२०८३’ समारोहमा ५६ जना बालबालिका औपचारिक रूपमा दीक्षित भएका छन्। रंगीन बेलुनले सजिएको मञ्च र स्नातक पोशाकमा सजिएका बालबालिकाको उत्साहले कार्यक्रमलाई भावुक र अविस्मरणीय बनाएको थियो। विद्यालयका प्रिन्सिपल सन्तोष कुमार राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुन्दरहरैंचा–५ का वडा अध्यक्ष गणेश चौधरी प्रमुख अतिथि र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद ढकालको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रिन्सिपल राईले बालबालिकालाई अक्षरका साथै राम्रो संस्कार, अनुशासन र आत्मविश्वास सिकाएर जि

    • प्रकाशित मितिः साउन १७, २०८३
    • १२९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]