इटहरी उपमहानगरपालिका–२०, तरहरास्थित एप्पल ट्री मन्टेश्वरी स्कूल ले भव्य रूपमा अभिभावक दिवस सम्पन्न गरेको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम कट्वालको अध्यक्षतामा तथा शिक्षा समन्वय एकाइ सुनसरीका प्रमुख देवेन्द्र बहादुर मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमको मुख्य आकर्षण विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक प्रस्तुति रहे। बालबालिकाहरूले गायन, नृत्य, नाटक तथा कला प्रदर्शनमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। मौलिक नेपाली लोकगीतदेखि आधुनिक गीतसम्मका आकर्षक नृत्य प्रस्तुतिले उपस्थित अभिभावकहरूलाई विशेष रूपमा मोहित बनाएको थियो।विद्यालयकी प्रिन्सिपल चन्
इटहरी । सुनसरीको दुहबी नगरपालिका–१० मा आयोजित एक विशेष कार्यक्रममार्फत करिब १०० जना रासवपा , नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन्।बिजय कुमार गच्छदारको प्रमुख आतिथ्य तथा मेहेदी हुसेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी कांग्रेस रोजेको घोषणा गरेका हुन्।कार्यक्रमको अगुवाइ थानेश्वर ओझा, नजाम हुसैन, जाबुल हुसेन तथा सत्यनारायण यादवले गरेका थिए। उनीहरूले कांग्रेसको विचार, लोकतान्त्रिक मूल्य र संगठनात्मक सुदृढीकरणप्रति विश्वास व्यक्त गर्दै ठूलो संख्यामा पार्टी प्रवेश गराएको बताएका छन्।कार्यक्रममा दुहबी–१० का वडा
इटहरी । इटहरी–१६ मा अवस्थित सुनसरी कृष्टल एकेडेमीले आफ्नो २१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ । वि.सं. २०६२ सालमा स्थापना भएको यस विद्यालयले दुई दशकभन्दा बढी समयदेखि शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ। २१ वर्षे सफल यात्राको अवसरमा विद्यालय प्राङ्गणमै विविध कार्यक्रम सहित विशेष समारोह आयोजना गरिएको हो। हाल विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्मका सयौं विद्यार्थी अध्ययनरत रहेका छन्। समारोह विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेन्द्र धिमालको सभाध्यक्षता तथा शिक्षा, युवा तथा खेलकुद महाशाखा इटहरीका अधिकृत पुष्कर गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको ह
इटहरी। इलाम अस्पतालको आकस्मिक कक्ष ९इमजेन्सी० सेवाको नयाँ भवनको निर्माण कार्य सुरु भएको छ । भारतीय राजदूताबासको सहयोग र इलाम नगरपालिकाको लागत साझेदारीमा नयाँ भवन निर्माण सुरु भएको इलाम नगर पालिकाले जनाएको छ । भवन निर्माणका लागि ११ करोड ९६ लाख ५ हजार ६ सय ५७ रुपियाँमा ठेक्का लागेको इलाम नगरपालिकाका इन्जिनियर क्षितिज दाहालले बताउनुभयो । दाहालका अनुसार दुतावासको ९० प्रतिशत रकम र नगरपालिको दस प्रतिशत लागत साझेदारीमा भवन निर्माण पुरा हुने छ । अर्थ डिजाइनर्स एन्ड डेभलोपर्स प्रालि हेटौँडा ६ मकवानपुरले ठेक्का पारेरे सुरु भएको भवनका आगामी २०८४ जेठ १५ गते सम्म निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने छ
इटहरी। फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मोरङमा सुरक्षा र अनुगमनको तयारीलाई तीव्र पारिएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाको आयोजनामा आज विराटनगरमा आयोजित सुरक्षा निकाय र निर्वाचन कार्यालयबीचको अन्तक्र्रियामा यस्तो जानकारी दिइएको हो ।कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निर्वाचनको तयारीका बारेमा जानकारी दिँदै सुरक्षा र व्यवस्थापनका सबै पक्षलाई चुस्त बनाइएको बताउनुभयो । उहाँले फागुन १८ गते राति १२ बजेदेखि ‘मौन अवधि’ सुरु हुने र यस अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने भन्दै आचारसंहिताको कडाइका साथ पालना गराउन प्रशासन
इटहरी। असोजको त्यो रात, आकाश अचानक कालो भयो । एकैछिनमा झमझम पानी पर्न थाल्यो । बुढी खोलामा बाढीसँगै डर पनि बढ्दै गयो । सुनसरीको दुहबी–१, परास् टोकीका विपन्न परिवार, त्यो रातभर सुत्न सक्नु भएन । बाढीले कतिखेर घर बगाइदिने हो भन्ने त्रास बुढाबुढीदेखि साना बालकसम्ममा थियो । त्यही बस्तीमा बस्दै आउनुभएको थियो, ५० वर्षीय लक्ष्मण सदा ।त्यो रात ठुलो बाढी आयो । लक्ष्मणका परिवारसहित १० परिवारका लागि त्यो रात जीवन र मृत्युको परीक्षा बनेर आएको थियो । गाउँभरि होहल्ला मच्चिएको थियो । धेरैले आफ्नोे घरबाट सकेजति सामान निकाल्नुभयो । न गाँस, न बास, न कपास । त्यही खोला किनारको बस्तीमा बस्दै आउनुभएको थियो ६० वर्षी
इटहरी । मोरङको सुनवर्षी नगरपालिकामा मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न हिँडेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।गएराति सुनवर्षी नगरपालिकाबाट उनीहरूलाई चार लाख ४९ हजार रुपियाँ नगदसहित नियन्त्रणमा लिइएको हो । मोरङका प्रहरी उपरीक्षक ९एसपी० कवित कटवालका अनुसार राति ९ बजेको समयमा शङ्कास्पद गतिविधि भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले गाडी खानतलासी गरेको थियो । सो क्रममा स्रोत नखुलेको उक्त नगद फेला परेको हो । खानतलासी गरिएको गाडीमा नगदका साथै नेपाली कांग्रेसको निर्वाचन प्रचारप्रसारका सामग्रीहरू समेत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले रतुवामाई नगरपालिका–८ का ४५
इटहरी। इलामका एक सय ५२ मतदान केन्द्र मध्ये आज एक सय आठ केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी खटिएका छन् । अब बाँकी रहेका मतदान केन्द्रमा भोलि १० बजेसम्ममा निर्वाचन सामग्री पठाइ सकिने जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयाँलले बताउनुभयो । फुयाँलले टाढाका सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्री र कर्मचारीहरू गइसकेको बताइएको छ । निर्वाचन सम्पन्न गराउन इलाममा जम्मा एक हजार सात सय ४० कर्मचारी खटिएको फुयाँलले जानकारी दिनुभयो । यसपटक इलाममा एक सय ५० स्थायी, दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन् । यी केन्द्रहरूमा दुई सय ९० मतदान स्थल रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । दुई निर
इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २ स्थित होराइजन एकेडेमी इटहरीले आफ्नो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । वडा नम्बर २ बरगाछीमा अवस्थित विद्यालयले लामो समयदेखि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर सापकोटा (सुरेश)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा इटहरी–२ का वडा अध्यक्ष माधव कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । विद्यालयले स्थानीय दुई जना जेष्ठ नागरिक छाँया देवी भण्डारी र अम्बिका देवि चौलागाईंलाई सम्मान गर्दै सामाजिक उत्तरदायित्व पनि प्रदर्शन गरेको थियो । विद्यार्थीहरूले परम्पराग
इटहरी । तरहरा साइक्लिङ क्लबको पदस्थापन कार्यक्रम बन अनुसन्धान केन्द्रको सभाहलमा सम्पन्न भएको छ। निर्वाचन अधिकारीका रूपमा संस्थापक अध्यक्ष शिव रुम्दाली रहनु भएको थियो भने निर्वाचन सभाध्यक्षमा सुरत खत्री रहनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि (इटहरी उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष मनिराम श्रेष्ठ रहनु भएको थियो । विशेष अतिथिका रूपमा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य तथा नेपाली कांग्रेस तरुण दल सुनसरीका सभापति सिजन गुरुङको उपस्थिति रहेको थियो। साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा संघ–संस्थाका पदाधिकारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। निर्वाचित पदाधिकारीहरू अध्यक्ष सुरज क्ष
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.