इटहरी। धनकुटाको ऐतिहासिक सल्लेरी राष्ट्रिय वन अहिले स्थानीय बासिन्दा र त्यहाँ आवतजावत गर्ने यात्रुका लागि जोखिमका कारण बन्दै गएको छ। जीर्ण रुखहरू ढल्ने खतरा बढेसँगै दैनिक आवतजावत गर्नेहरूले त्रास महसुस गरिरहेका छन्। धनकुटा नगरपालिका वडा नं. ६ मा रहेको सल्लेरी वनमा डेढ सय वर्ष पुराना सल्लाका रुखहरू रहेका छन्। यो वन हिउँदमा आँधी–हुरी र डढेलो, बर्खामा जरासहित रुख ढल्ने भएकाले अहिले सल्लेरी वन क्षेत्र जोखिममा छ।वनभित्र सरस्वती मन्दिर, विद्यालय, आँखा अस्पताल, वडा कार्यालय सहित विभिन्न कार्यालयहरू रहेका छन्। त्यस्तै, कचिडे र अन्य गाउँ जाने सडकहरू पनि यही वनमार्फत गुज्रने भएकाले जोखिम बढेको स्थानीय य
इटहरी । झापाको बिर्तामोडमा घरको तीन तलामाथिबाट झरेर सख्त घाईते हुनुभएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा दमक ४ बस्ने मनोज आचार्यकी छोरी पाँच वर्षीया मानस्वी आचार्य रहनुभएको छ । शनिवार बिहान बिर्तामोड–५ बस्ने मञ्जु उप्रेतीको घरमा डेरा गरी बस्ने ताप्लेजुङ फुङलिङ–३ घर भएका हेमसागर भट्टराईकहाँ पाहुना आउनुभएकी वालिका आचार्यको मृत्यु भएको हो ।भट्टराई परिवार आचार्यको बुढो मामली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घरको तीन तलामाथि कोठामा खेल्ने क्रममा झ्यालबाट लडेर बालिका
इटहरी । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले अलैँची, कफी र सुन्तला लगायतका विभिन्न कृषिजन्य योजनामा करोडौँ बजेट कार्यान्वयन गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षभित्रै सम्बन्धित किसानको ५० प्रतिशत लागत साझेदारीमा डेढ करोड रुपियाँभन्दा बढीको कृषि योजना अघि बढाउन लागेको हो ।गाउँपालिकाका अनुसार किसानको साझेदारी रकमसहित कृषिजन्य योजनामा कुल एक करोड ५८ लाख ३५ हजार रुपियाँ खर्च गरिने छ । उक्त बजेटमध्ये अलैँची खेती प्रवर्द्धन तथा क्षेत्र विस्तार कार्यक्रममा मात्रै सबैभन्दा बढी एक करोड रुपियाँ कार्यान्वयन हुने छ । जसमा गाउँपालिकाको ५० लाख र किसानको ५० लाख रुपियाँ लागत साझेदारी रहने छ ।त्यस्तै कफ
इटहरी । पाँचथरको फाल्गुनन्द गाउँपालिका –१ मा हजार दिनको आमालाई पोषण सामग्री वितरण गरिएको छ । गर्भावस्थादेखि सुत्केरीपछिको एक हजार दिनसम्मका आमाहरूलाई वडा कार्यालयले पोषणयुक्त खाद्य सामग्री उपलब्ध गराएको हो । वितरण गरिएका सामग्रीमा अण्डा, चना, मटर दाल र आयोडिनयुक्त नुनलगायत रहेका छन् । पोषण अभाव न्यूनीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । यसैबिच, वडामा निर्माण सम्पन्न स्वास्थ्य चौकी भवन उदघाटनको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो । नवनिर्मित भवनको उदघाटन गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्वे र उपाध्यक्ष ठाकुरसिंह नेम्वाङले गर्नुभयो । उक्त कार्यक्
इटहरी । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–२ आम्बेगुदिनस्थित एक विद्यालयमा स्थापना गरिएको अक्षयकोषको रकमबाट ५६ जना विद्यार्थीलाई सम्मान गरिएको छ । यहाँको आम्बेगुदिन माध्यमिक विद्यालयमा रहेको अक्षयकोषबाट सो सङ्ख्यामा विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरिएको हो ।विद्यालयको ७५ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमका बीच सोही विद्यालयमा अध्ययनरत ५६ जना विद्यार्थीलाई अक्षयकोषको रकमबाट सम्मान गरिएको हो । विद्यालयका प्रधानाध्यापक दीपक भट्टराईका अनुसार विद्यालयमा रहेका १३ वटा अक्षयकोषको रकमले विभिन्न विधामा छनोट भएका ५६ जना विद्यार्थीलाई एकैसाथ सम्मान गरिएको हो ।अक्षयकोषबाट सम्मानित विद्यार
इटहरी । कोशी प्रदेशको राजधानी विराटनगरमा ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करण चैत २८ गतेदेखि सुरु हुने भएको छ। सहिद रंगशालामा आयोजना हुने प्रतियोगिता वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक विराट गोल्डकप ट्रष्टका महासचिव बिनेश बस्नेतले बताए। उनका अनुसार रंगशालामा पूर्वाधार सुधार, सुरक्षा प्रबन्ध, खेल तालिका निर्माण तथा दर्शक व्यवस्थापनलाई व्यवस्थित बनाउने काम तीव्र रूपमा भइरहेको छ। स्थायी संरचनासहितको फ्लड लाइट प्रयोग हुने भएकाले रात्रिकालीन प्रतिस्पर्धा थप व्यवस्थित र आकर्षक हुने अपेक्षा गरिएको छ।प्रतियोगितामा नेपालका वि
इटहरी । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा आगलागी हुँदा ५७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बिहान विद्युत् सर्ट भएर आगो सल्किँदा आचार्यका दुवै घर पूर्ण रूपमा जलेर नष्ट भएको हो । आगलागीबाट घरमा भएका लत्ताकपडा, फर्निचर र सुनचाँदी लगायत सामग्री जलेर नष्ट हुँदा १० लाख नगद समेत खरानी भएको छ । आगलागीमा ५७ लाख १० हजार ७५० बराबरको क्षति भएको छ । स्थानीय र प्रहरीको सहयोगमा करिब तीन घन्टापछि आगो निभाइएको थियो ।
इटहरी । वराहक्षेत्र नगरपालिकाले वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई उद्घोषण कला र नृत्य कलाको प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । वार्षिक परीक्षा दिएर बसेका आधारभूत तह कक्षा ६, ७ र ८ का विद्यार्थीहरूको क्षमता विकास कार्यक्रम अन्तर्गत उक्त उद्घोषण कला र नृत्यकलाको प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख उत्तमराज भारतीले जानकारी दिनुभयो । कक्षा ६, ७ र ८ को वार्षिक परीक्षा दिएर बसेका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूको उक्त प्रशिक्षण कार्यक्रममा सहभागितामा रहेको थियो । प्रशिक्षण ५ दिनसम्म संचालन भएको थियो । शनिबार सम्पन्
इटहरी । झापाको दमकमा काव्य रियालिटी शो ‘मेरो कविता: द रिदम अफ पोएट्री’ (सिजन–१) को ग्रान्ड फिनाले सम्पन्न भएको छ । नेपाली भाषा र साहित्यको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो रिदम एन्ड रियालिटी प्रतियोगितामा सिक्किमका सोनाम पाल्जोर तामाङ विजेता घोषित हुनुभएको हो । उक्त प्रतियोगिताको फिनाले विजेता तामाङले नगद ३ लाख रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । यस्तै , धरानका प्रवेक हाङसोङ प्रथम उपविजेता बन्दै १ लाख रुपैयाँ हात पार्नुभएको छन् भने टोली प्रसाद राजवंशी दोस्रो उपविजेताले ७५ हजार रुपैयाँ र सेसे थामसुहाङ तेस्रो उपविजेता बन्दै ५० हजार रुपैयाँ सहित भव्य समार
इटहरी । कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले ओखलढुङ्गा र सोलुखुम्बुको जिल्ला अस्पतालहरू, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद केन्द्रको अनुगमन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र बिरामीमैत्री बनाउन निर्देशन दिनुभएको छ । दुवै जिल्लाका विभिन्न स्वास्थ्य अस्पताल तथा केन्द्रहरूमा अनुगमन गर्दै उहाँले त्यस्तो निर्देशन दिनुभएको हो। अनुगमनका क्रममा मन्त्री लिम्बुले स्वास्थ्य सेवा सुधार केवल प्रक्रिया वा कागजी व्यवस्थापनको विषय नभई बिरामीको अनुभव, विश्वास र सेवाप्रतिको भरोसासँग जोडिएको विषय भएको बताउनुभएको छ । उहाँले अस्पतालहरूमा देखिएको समस्याहरू पहिचान गरी आगा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.