All Posts By कोशी प्रेस

    Showing १,८११-१,८२० of १३,६२७ items.
  • सप्तकोशी पुलबाट हाम फालेका धरानका सरोजको शव फेला

    इटहरी । उदयपुर र सुनसरी जोड्ने सप्तकोशी पुलबाट नदीमा हाम फालेका एक युवकको शव खोजीका क्रममा फेला परेको छ।बुधबार बिहान करिब ८ बजे उदयपुरको बेलका नगरपालिका–८ कोठुस्थित सप्तकोशी पुलबाट सुनसरीको धरान उपमहानगरपालिका–५ झरना चोक निवासी ४२ वर्षीय सरोज श्रेष्ठले पुलमाथि आफ्नो साइकल, चप्पल र मोबाइल फोन राखेर सप्तकोशी नदीमा हाम फालेको जानकारी स्थानीयले प्रहरीलाई गराएका थिए ।\घटनाको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस चतराबाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतको कमाण्डमा रबर बोटसहित १० जनाको टोली, सुरक्षा बेस रामपुर उदयपुरबाट सशस्त्र प्रहरी निरीक्षक राजविक्रम खड्काको कमाण्डम

    • प्रकाशित मितिः असार ११, २०८३
    • १६८ पटक पढिएको
  • झापामा एकैदिन ३६ जना लागुऔषध सेवनकर्ता तथा कारोबारी पक्राउ

    इटहरी । झापामा एकैदिन ३६ जना लागुऔषध सेवनकर्ता तथा कारोबारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाले बुधबार बिहान १० देखि साँझ ६ बजेसम्म सञ्चालन गरेको विशेष स्वीप अपरेसनमा उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय काँकडभिट्टा तथा मातहतका प्रहरी इकाइहरूको संयुक्त टोलीले सञ्चालन गरेको अपरेसनका क्रममा विभिन्न स्थानबाट २९ जना लागुऔषध सेवनकर्ता पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिनुभयो। यस्तै, प्लास्टिकबाहेक १० ग्राम ११८ मिलिग्राम ब्राउन सुगरसहित ७ जना कारोबारीलाई नियन्त्रणमा लिइएको अवाले बताउन

    • प्रकाशित मितिः असार ११, २०८३
    • १३१ पटक पढिएको
  • ताप्लेजुङका स्थानीय तहको बजेट पाँच अर्ब रुपियाँ

    इटहरी ।  ताप्लेजुङका स्थानीय तहले करिव पाँच अर्ब रुपियाँ बराबरको बजेट ल्याएका छन् । जिल्लाका नौ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि उक्त बजेट ल्याएका हुन् ।  एक नगरपालिका र आठ गाउँपालिका गरी जिल्लाका नौ वटा स्थानीय तहले आफ्नो गाउँ नगरसभा तथा अधिवेशनमार्फत आगामी आवका लागि कुल चार अर्ब ९२ करोड ९५ लाख १०२ रुपियाँ बजेट प्रस्तुत गरेका छन् । फुङ्लिङ नगरपालिकाले सबैभन्दा बढी ७९ करोड १२ लाख २६ हजार ७९० रुपियाँको बजेट ल्याएको छ । फुङ्लिङपछि सिरिजङ्घा गाउँपालिकाको आगामी बजेट ६० करोड ४२ लाख नौ हजार ५४० रुपियाँ रहेको छ । आगामी आवका लागि सबैभन्दा कम (न्युन) बजेट मैवाखोला गाउँपालिका

    • प्रकाशित मितिः असार ११, २०८३
    • १७७ पटक पढिएको
  • कोशी प्रदेशमा सिँचाइका लागि चर्को दबाब,बाह्र हजार परिवारले पाएनन् विद्युत् मिटर

    इटहरी ।  कोशी प्रदेशमा ६ महिनादेखि विद्युत् मिटरको अभाव हुँदा हजारौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत् प्राधिकरणले माग अनुसारको मिटर उपलब्ध गराउन नसक्दा कोशी प्रदेशका १४ जिल्लाका १२ हजारभन्दा बढी परिवारले विद्युत् जडानका लागि दिएको आवेदन त्यत्तिकै थन्किएको हो ।  छ महिनाअघिदेखि कोशीमा विद्युत् मिटरको अभाव सुरु भएको हो, अहिले समस्या झन् बढ्दै गएकाले प्राधिकरणका कर्मचारी उपभोक्ताको चर्को दबाबमा छन् । प्राधिकरणको कोशी प्रादेशिक कार्यालय विराटनगरका अनुसार हाल दर्ता भएका १२ हजारभन्दा बढी आवेदनमध्ये अधिकांश ‘सिङ्गल फेज’ मिटरका हुन् । दुई महिनाअघि प्रदेशभर वितरण गर्नका ला

    • प्रकाशित मितिः असार ११, २०८३
    • ११४ पटक पढिएको
  • कानेपोखरीको बजेट स् कृषि, पशुपालन र सिँचाइमा जोड

    इटहरी । मोरङको कानेपोखरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कृषि, सिँचाइ र पशुपालन क्षेत्रमा एक करोड ९० लाख रुपियाँ विनियोजन गरेको छ। उपाध्यक्ष भोलाप्रसाद अधिकारीले बुधबार राति गाउँपालिका परिसरमा कुल ७७ करोड ९० लाख ९० हजार रुपियाँको बजेट प्रस्ताव गर्नुभएको हो। कृषि, पशुपालन र सिँचाइका लागि विनियोजित उक्त रकम कुल बजेटको २।४४ प्रतिशत हो। त्यस्तै, पूर्वाधार विकासतर्फ विनियोजित ५८ करोड ९४ लाख रुपियाँको ३।२२ प्रतिशत हिस्सा यस क्षेत्रका कार्यक्रमका लागि छुट्याइएको छ। गाउँपालिकाको २१औँ गाउँसभाको अध्यक्षता गर्दै अध्यक्ष राजमति इङ्नामको उपस्थितिमा उपाध्यक्ष अधिकारीले बजेट प्रस्तुत गर्नुभएको

    • प्रकाशित मितिः असार ११, २०८३
    • २१२ पटक पढिएको
  • फिदिम नगरपालिकाको १ अर्ब ४८ लाखको बजेट, पाँचथरका सबै स्थानीय तहले ल्याए नीति तथा कार्यक्रम

    इटहरी। पाँचथरको फिदिम नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि १ अर्ब ४८ लाख ५ हजार रुपियाँको अनुमानित आयव्यय ९बजेट० प्रस्तुत गरेको छ। गत वर्ष यस पालिकाको बजेट १ अर्ब १० करोड ५१ लाख ३३ हजार २०१ रुपियाँ रहेकामा यस वर्ष गत वर्षको तुलनामा करिब १० करोड रुपियाँ बजेट घटेको हो। मङ्गलबार आयोजित नगर सभाको १९ औँ अधिवेशनमा उपप्रमुख राधाकृष्ण न्यौपानेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो। नगर सभामा प्रस्तुत बजेट वक्तव्य अनुसार चालुतर्फ ७२ करोड ६३ लाख ३६ हजार रुपियाँ र पूँजीगततर्फ २७ करोड ८४ लाख ६८ हजार ३४२ रुपियाँ विनियोजन गरिएको छ।नगरपालिकाको यस अधिवेशनले कृषि, स्वास्थ्य, शिक्षा, पशुप

    • प्रकाशित मितिः असार १०, २०८३
    • १७० पटक पढिएको
  • साल्पासिलिछो गाउँपालिकाद्वारा करिब ५० करोडको बजेट पारित, सडक र कृषिलाई प्राथमिकता

    इटहरी । भोजपुरको साल्पासिलिछो गाउँपालिकाको १८ औँ गाउँसभाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४९ करोड ८९ लाख १८ हजार १ सय ७७ रुपैयाँको बजेट पारित गरेको छ।  गाउँपालिकाले विकास, कृषि, पर्यटन र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्दै महत्वाकांक्षी योजनाहरू सार्वजनिक गरेको हो। बजेटमा कार्तिक–कुलुङ–चौकीडाँडा–दोभाने–साल्पा सडक ग्राभेलका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिका अध्यक्ष दौलथ कुलुङका अनुसार उन्नत जातको गाईपालन प्रवद्र्धनका लागि १ करोड ८० लाख र स्थानीय उत्पादन संरक्षणका लागि चिस्यान केन्द्र (कोल्ड सेन्टर) निर्माण गर्न १ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ। यस्तै, कुलु

    • प्रकाशित मितिः असार १०, २०८३
    • २६२ पटक पढिएको
  • ताप्लेजुङमा नगद र सुनको गहना चोरी गर्ने एक व्यक्ति पक्राउ

    इटहरी। ताप्लेजुङमा नगद र सुनको गहना चोरी गर्ने एक व्यक्तिलाई पक्राउ परेका छन् । सिरिजङ्गा गाउँपालिका–३ निवासी अन्दाजी २० वर्षीय काजी खड्का पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जट्टासङ्खर यादवका अनुसार खड्काले सोही वडामा बस्ने ७५ वर्षीय मानबहादुर काङ्वा लिम्बूको घरबाट नगद १ लाख २३ हजार पाँचसय रुपियाँ र दस आना सुनको ढुङ्ग्री चोरी गरेका थिए।अनुसन्धानकै क्रममा सिरिजङ्गा गाउँपालिका–२, खाम्दिम्बेबाट काजी खड्कालाई पक्राउ गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो । पक्राउ परेका खड्काको साथबाट चोरी भएको नगद रकममध्ये ५८ हजार ४० रुपियाँ बरामद गरिएको प

    • प्रकाशित मितिः असार १०, २०८३
    • २०९ पटक पढिएको
  • इटहरी–२ मा विद्यालयस्तरीय लागुऔषध दुव्र्यसन सचेतना अभियान तीव्रः ८ मध्ये २ विद्यालयमा कार्यक्रम सम्पन्न

    इटहरी । “सचेत नागरिक सुरक्षित वडाः लागु औषध विरुद्धको हाम्रो यात्रा“ भन्ने नाराका साथ इटहरी उपमहानगरपालिका वडा नं. २ मा विद्यालयस्तरीय सचेतना अभियान उत्साहजनक रूपमा अगाडि बढेको छ । वडा कार्यालयको समन्वय तथा वडा बाल सञ्जालको आयोजनामा वडाका ८ वटा विद्यालयमा सञ्चालन गरिने अभियान अन्तर्गत हाल सम्म दुईवटा विद्यालयमा कार्यक्रम सम्पन्न भइसकेको छ। अभियानको सुरुवात गत असार ८ गते ब्राइट फ्युचर बोर्डिङ स्कुलबाट भएको थियो भने असार ९ गते होराइजन एकेडेमीमा दोस्रो कार्यक्रम गरिएको छ । बाँकी ६ विद्यालयमा पनि चाँडै कार्यक्रम गरिने आयोजकले जनाएको छ। वडा बाल सञ्जालका सभापति सविन तिम्सिनाको सभापतित्वमा सम्पन

    • प्रकाशित मितिः असार १०, २०८३
    • १,०७६ पटक पढिएको
  • सुन्दरहरैँचामा ८६ सिटी सफारी चालकलाई नम्बरसहितको सुरक्षित ज्याकेट वितरण

    इटहरी । मोरङको सुन्दरहरैंचा–४ स्थित सुन्दर दुलारी सिटी सफारी संघले सिटी सफारी सेवालाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ८६ जना चालकलाई नम्बर सहितको सुरक्षित ज्याकेट वितरण गरेको छ । संघका अध्यक्ष नारायण सुबेदीको अध्यक्षता तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वैधानिक रूपमा लाइसेन्स प्राप्त चालकहरूलाई परिचय खुल्ने नम्बर अंकित ज्याकेट हस्तान्तरण गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले सडक सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर चालक र यात्रु दुवैले जिम्मेवार व्यवहार अपनाउनुपर्ने कुरामा विश

    • प्रकाशित मितिः असार १०, २०८३
    • १७१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]