काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।उनले विज्ञप्ति जारी गर्दै बालेन्द्र शाह नेतृत्वको सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विषय अत्यन्त संवेदनशील र दूरगामी प्रभाव पार्ने खालको रहेको उल्लेख गरेकी छन् । आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन र संस्थागत परामर्श आवश्यक हुने उनको भनाइ छ । हतारमा गरिएको निर्णयले विधिको शासनप्रति ज
काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकको गृहजिल्ला कञ्चनपुरमा नेपाली कांग्रेसले प्रदर्शन गरिरहेको छ । लेखकलाई सरकारले शनिबार बिहान पक्राउ गरेको विरोधमा पार्टीले सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन सुरु गरेको हो ।पार्टी कार्यालयबाट सुरू भएको कांग्रेसको विरोध प्रदर्शन उद्योग बाणिज्य संघ भवन भएर पुष्पलाल चोकतर्फ अघि बढेको छ । प्रदर्शन पुष्पलाल चोक भएर बजारमा प्रदर्शन गर्दै राजा महेन्द्रको शालिक पुनर्स्थापना गरेको स्मारक नजिकै कोणसभामा परिणत हुने जिल्ला सचिव भीम भट्टले जानकारी दिए ।यसैबीच कांग्रेसको विरोध प्रदर्शनमा नेकपा एमाले पनि मिसिएको छ । कांग्रेसको प्रदर्शन पार्टी कार्यालय भएर पुष्पलाल चोकत
काठमाडौं । नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीचको झडपले बबरमहल क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच काठमाडौं जिल्ला अदालत अगाडि झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले सडकमा गुडिरहेका निजी सवारीसाधनमाथि तोडफोड गरेका छन् । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन् ।प्रदर्शनका क्रममा उग्र भएर एमाले कार्यकर्ताहरूले निजी सवारीसाधनमाथि तोडफोड गरेका हुन् । प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरिरहेका छन् ।
काठमाडौं । नेकपा एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन् । उनी पूर्व संविधान सभा सदस्य हुन् । मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो । एमल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले शनिबार मल्ललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर ललितपुर र मातहतको सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनीविरुद्ध पीडित महिलाले फागुन ५ गते
इटहरी । मोरङको सुन्दरहरैंचा–४ स्थित दुलारीमा रहेको चिल्ड्रेन मन्टेश्वरी स्कुलको ११ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल तथा कार्यक्रमका अध्यक्ष सन्तोष कुमार राईको अध्यक्षतामा आयोजित कार्यक्रममा सुन्दरहरैंचा–४ का वडा अध्यक्ष कैलाश बस्नेत प्रमुख अतिथि तथा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेशका अध्यक्ष कमल खनाल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष बस्नेतले शिक्षा समाज रूपान्तरणको मुख्य आधार भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय र अभिभावकबीच सहकार्य
इटहरी । झापामा शुक्रबार राति आएको हावाहुरी तथा असिनापानीका कारण एक दर्जनभन्दा बढी घरका छाना उडाएको छ भने ठाउँठाउँमा बिजुलीका पोल ढलेका छन् । हावाहुरीले विद्यालय भवन, सर्वसाधारणका घर, गोठ तथा अन्नबालीमा समेत क्षति पुर्याएको छ ।शिवसताक्षी नगरपालिका–६ स्थित शिवगञ्ज बजार र आसपासका क्षेत्रमा हावाहुरीले ठुलो नोक्सानी पुर्याएको वडाध्यक्ष मनोज खुलालले जानकारी दिनुभयो । उहाँका अनुसार धेरै घर तथा विद्यालयका छाना उडेका छन् भने सडकमा रुख ढल्दा आवतजावत पूर्ण रूपमा अवरुद्ध बनेको छ । वडाभित्र क्षतिको विवरण सङ्कलन भइरहेको र कृषि बालीमा पनि निकै क्षति पुगेको उहाँले बताउनुभयो ।यता भद्रपुर नगरपालिका–३ मा
इटहरी । केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेसँगै उनीहरूको रिहाइको माग गर्दै गृह जिल्ला झापामा विरोध प्रदर्शन सुरु भएको छ। नेकपा एमाले झापाको आयोजनामा बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयबाट निकालिएको विरोध र्याली नगर परिक्रमा गर्दै मुक्ति चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभामा बोल्ने अधिकांश वक्ताहरूले नयाँ सरकार गठन भएको छोटो समयमै प्रतिशोधपूर्ण कदम चालिएको आरोप लगाउँदै कडा विरोध जनाए। उनीहरूले यस्तो अभ्यासले राजनीतिक प्रतिशोधको खतरनाक नजिर बस्न सक्ने चेतावनी दिँदै पार्टी अध्यक्ष ओली र पूर्व गृहमन्त्री लेखकलाई विना सर्त रिहा गर्न माग गरेका छन्। सभालाई सम्बोधन गर्दै जिल्ला अ
इटहरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को कोशी प्रदेशको तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ। मोरङको सुन्दरहरैंचा–४ स्थित चिल्ड्रेन मन्टेश्वरी स्कुलमा रहेको प्रदेश कार्यालयमा अध्यक्ष कमल खनालको अध्यक्षतामा बसेको बैठकले संगठन विस्तार देखि कार्यालय व्यवस्थापन सम्मका विषयमा विस्तृत छलफल गरेको हो। बैठकले कार्यालय व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र सेवा–मुखी बनाउने निर्णय गरेको छ । साथै, हालै सम्पन्न प्रदेश अधिवेशनको समिक्षा गर्दै आगामी दिनमा संगठनलाई अझ मजबुत बनाउने रणनीतिमा जोड दिइएको छ ।
इटहरी । रैथाने खाना र संस्कृतिको प्रवर्दन गरी पर्यटन विकास गर्ने उद्देश्यका साथ भोजपुरको चखेवामा रैथाने खाना महोत्सव आयोजना हुने भएको छ । टेम्केमैयुङ गाउँपालिका, पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी) र हेल्भेटास नेपालको आर्थिक सहयोग तथा चखेवा होटल तथा होमस्टे व्यवसायी संघको आयोजनामा मुन्दुम पदमार्ग अन्तर्गतको पर्यटकीय क्षेत्र चखेवामा यही चैत्र ३० गतेदेखि नयाँ वर्ष २०८३ सालको बैशाख २ गतेसम्म खाना महोत्सव साथै सांस्कृतिक कार्यक्रमको आयोजना हुन लागेको हो । महोत्सव आयोजना हुने विषयमा पत्रकार सम्मेलनको गरी जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा स्थानीय रैथाने खाना र कृषि उत्पादनको प्रर्
इटहरी । इटहरीमा समुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने छात्र र छात्राका लागि अलग–अलग छात्रावास निर्माण हुने भएको छ । छात्रावासको शनिबार सञ्चालक समिति अध्यक्ष विकास केसीले सिलान्यास गर्नुभयो। झण्डै पाँच करोड रुपैयाँको लागतमा छात्रावास निर्माण हुने भएको हो । संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजना अन्तर्गत रकम विनियोजन गरेकोमा पहिलो किस्तामा एक करोड ४२ लाख रुपैयाँ निकासा भएसँगै सिलान्यास गरी निर्माण कार्य सुरु गरिएको छ । बहुवर्षीय योजना अन्तर्गत पहिलो चरणमा छात्र र छात्राका लागि छुट्टाछुट्टै एकतले भवन निर्माण गरिनेछ, जसमा दुवैतर्फ १४÷१४ वटा कोठा रहने व
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.