All Posts By कोशी प्रेस

    Showing १,९२१-१,९३० of १३,६०५ items.
  • गढीमा एकीकृत घुम्ती सेवा शिविर ३०० जना बढिले लिए सेवा

    सुनसरी / गढी गाउँपालिकाको आयोजनामा गढी–२ भमरीस्थित श्री गढदेव आधारभूत विद्यालयमा बुधबार आयोजित एकीकृत घुम्ती सेवा शिविर को उद्घाटन सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता गढी गाउँपालिका अध्यक्ष आशा नारायण चौधरी ले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अनिता कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत चूडामणि गुरागाईं, गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुखहरू, ग्रामीण महिला उद्यमता विकास मञ्च (FORWARD) का कर्मचारीहरू तथा विराट मेडिकल कलेज टिचिङ अस्पताल का चिकित्सकहरूको उपस्थिति रहेको थियो।गाउँपालिकाको सेवा नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा स्वास्थ्य, सामाजिक सुरक्षा, प्

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • १,३४२ पटक पढिएको
  • तथ्याङ्कीय विश्लेषण तथा जर्नल लेखन" विषयक क्षमता अभिवृद्धि तालिम सम्पन्न

    धनकुटा / कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU), कृषि संकाय अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज (CNRM), पाख्रिबास, धनकुटाले आयोजना गरेको पाँचदिने " तथ्याङ्कीय विश्लेषण तथा जर्नल लेखन" विषयक क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ। विश्वविद्यालय अनुदान आयोग (UGC), सानोठिमी, भक्तपुरको आर्थिक सहयोगमा सञ्चालित उक्त तालिम जेठ २३ देखि २७ गतेसम्म पाख्रिबासमा आयोजना गरिएको थियो।तालिममा कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र मधेश कृषि विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पस तथा अनुसन्धान संस्थामा कार्यरत प्राध्यापक, अनुसन्धानकर्ता तथा प्र

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • १,०३८ पटक पढिएको
  • झापामा नक्कली प्रहरी बनेर लुटपाट गर्ने दुई जना लागुऔषधसहित पक्राउ

    इटहरी ।  सादा पोसाकको प्रहरी हौँ भन्दै सर्वसाधारणलाई धम्क्याएर लुटपाट गर्ने दुई जनालाई झापा प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। इलामको माई नगरपालिका वडा नम्बर १ सन्दुवा बस्ने ३६ वर्षीय तीर्थ गिरीलाई लुटेर फरार भएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानका अनुसार आइतबार दिउँसो १२स्०० बजेको समयमा झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ पिङ्की ठ्याकस्थित सडकमा दुई जना अपरिचित पुरुषले गिरीलाई रोकेका थिए। आफूहरू सादा पोसाकका प्रहरी कर्मचारी भएको बताउँदै उनीहरूले गिरीको साथमा रहेको १ थान मोबाइल, ६०० रुपैयाँ नगद, नागरिकत

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • २२५ पटक पढिएको
  • मोरङबाट फरार प्रतिवादी पक्राउःअपराध दुईवटा, मुद्दा एउटा

    इटहरी ।  एउटै प्रकृतिका दुईवटा फरक अपराधमा दोषी ठहर भए पनि लामो समयदेखि फरार रहेका एक जना प्रतिवादी मोरङबाट पक्राउ परेका छन् । अदालतको फैसला कार्यान्वयनमा सक्रिय रहेको मोरङ प्रहरीले अलगअलग घटनामा संलग्न भए पनि एउटै मुद्दा चलाइएका प्रतिवादी पक्राउ परेका हुन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले सुनवर्षी नगरपालिका–८ का २४ वर्षीय जाफर आलमलाई पक्राउ गरिएको बताए । आलम दुईवटा फरक–फरक नकबजनी चोरी मुद्दामा दोषी ठहर भई एक वर्ष अघिदेखि फरार रहेका प्रतिवादी हुन् । आलमलाई प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा उनकै घर वतनबाट नियन्त्रणमा लिएको लामिछानेले

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • १८८ पटक पढिएको
  • ताप्लेजुङका स्थानीय तहले सङ्घीय बजेट करिब तीन अर्ब २० करोड पाउने

    इटहरी ।  ताप्लेजुङका स्थानीय तहले सङ्घीय बजेट करिब तीन अर्ब २० करोड रुपियाँ पाउने भएका छन् । यहाँका स्थानीय  तहले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत आगामी आर्थिक वर्ष २०८३र८४ मा समानीकरण अनुदान, सशर्त, विशेष र समपुरक अनुदानका रुपमा सङ्घीय सरकारबाट उक्त बजेट पाउने भएका हुन् । ताप्लेजुङका एक नगरपालिका र आठ गाउँपालिकासमेत गरी नौ वटा स्थानीय तहले कुल तीन अर्ब १९ करोड ९३ लाख रुपियाँ पाउने भएका हुन् । अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सबैभन्दा बढी फुङ्लिङ नगरपालिकाले ४९ करोड २९ लाख रुपियाँ सङ्घीय बजेट पाउने भएको छ भने मिक्वाखोला गाउँपालिकाले सबैभन्दा न्युन २६ करोड ८६ लाख रुपियाँ ब

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • १९९ पटक पढिएको
  • क्याम्पस सञ्चालनका लागि अभिभावकको उत्साह, ६ लाख ३१ हजार सङ्कलन

    इटहरी । भोजपुरको पूर्वी अरुण गाउँपालिका–३ प्याउलीमा सञ्चालित अरुण बहुमुखी क्याम्पस सञ्चालनका लागि आर्थिक सहयोग सङ्कलन अभियान प्रभावकारी बन्दै गएको छ। धनकुटा, सङ्खुवासभा र भोजपुरको पूर्वी क्षेत्रका विद्यार्थीलाई लक्षित गरी अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा स्थापित क्याम्पसको शैक्षिक, प्रशासनिक तथा भौतिक संरचना सुदृढ बनाउन आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत अभिभावक घरदैलो कार्यक्रम, वैदेशिक रोजगारीमा रहेका युवा, शैक्षिक अभियन्ता, बुद्धिजीवी, शिक्षा प्रेमी तथा पूर्व विद्यार्थीहरूको स्वतःस्फूर्त सहयोगबाट हालसम्म क्याम्पस सञ्चालन कोषमा ६ लाख ३१ हजार ६ सय ७ रुपियाँ सङ्कलन

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • १२८ पटक पढिएको
  • iCAUR V23 मा उपभोक्ताले ३ लाख रुपैयाँसम्म बचत गर्न सक्ने दाबि

    काठमाडौं, असार २५ । नेपालका लागि iCAUR गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले iCAUR V23 विद्युतीय एसयूभीमा सीमित अवधिका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ।कम्पनीले हाल बजारमा संशोधित मूल्य ५३ लाख ९९ हजार रुपैयाँ कायम भए पनि सीमित स्टकका गाडीहरू पुरानै मूल्य ५० लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने जनाएको छ। यसबाट ग्राहकले प्रतिगाडी ३ लाख रुपैयाँसम्म बचत गर्न सक्ने कम्पनीको दाबी छ। बजेटपछिको कर तथा राजस्व संरचनामा भएको परिवर्तनका कारण iCAUR V23 को मूल्य वृद्धि भई ५३ लाख ९९ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ। एसपीजी अटोमोबाइल्सका अनुसार उच्च ग्राहक मागका बीच सीमित मौज्दात रह

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • १०० पटक पढिएको
  • पथरी शनिश्चरे–उर्लाबारी जोड्ने सुनझोडा पुलको निर्माण अन्तिम चरणमा

     इटहरी । मोरङका पथरी शनिश्चरे र उर्लाबारी नगरपालिकालाई जोड्ने सुनझोडा खोलामाथि निर्माणाधीन मोटरेबल पुलको काम अन्तिम चरणमा पुगेको छ । पुलको करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । संघीय सरकारको ५६ करोड ८ लाख ९३ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त पुलको शिलान्यास २०८२ साल जेठ १७ गते तत्कालीन प्रतिनिधिसभा सदस्यद्वय डिगबहादुर लिम्बू र सुनिल शर्माले संयुक्त रूपमा गर्नुभएको थियो। पुल निर्माणको जिम्मा कार्की बन्धु कन्स्ट्रक्सन प्रालि, विराटनगरले पाएको छ भने निर्माण कार्य २०८३ साल चैत ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । शिलान्यासका बेला पुल निर्माणको खुसीमा उर्लाबारी

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • ३४८ पटक पढिएको
  • मोरङको लेटाङ नगरपालिका–२ स्थित धोबी क्षेत्रमा सोमबार राति भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु

    इटहरी। मोरङको लेटाङ नगरपालिका–२ स्थित धोबी क्षेत्रमा सोमबार राति भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते हुनु भएको छ ।इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहका अनुसार  जेठ २५ गते राति साढे ९  बजे तिर  लेटाङबाट मदन भण्डारी राजमार्ग हुँदै धोबीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प। ५५६२ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका दुई महिलालाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा लेटाङ नगरपालिका–२, धोबी निवासी ३६ वर्षीया कञ्चन राई गम्भिर घाइते हुनुभएको थियो । उहाँको  उपचारका क्रममा विराटनगरको आर्या न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाए

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • २५६ पटक पढिएको
  • भोजपुरका किसान रुद्राक्ष खेतीतर्फ आकर्षित, मैदाने गाउँलाई ‘रुद्राक्ष पकेट क्षेत्र’ बनाइने

    इटहरी ।  भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित मैदानेका किसान पछिल्लो समय व्यावसायिक रुद्राक्ष खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत खेतीभन्दा कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले यहाँका कृषक रुद्राक्ष खेतीलाई मुख्य आयस्रोतका रूपमा विकास गर्न लागिपरेका हुन् । स्थानीय किसान प्रदीप थापाका अनुसार रुद्राक्ष खेतीबाट किसानले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । मैदाने क्षेत्रको हावापानी र माटो रुद्राक्ष खेतीका लागि उपयुक्त भएकाले उत्पादन पनि राम्रो हुँदै आएको किसानको अनुभव छ । एकपटक बिरुवा रोपिसकेपछि लामो समयसम्म उत्पादन दिनसक्ने भएकाले यो खेती दीर

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • १६२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]