इटहरी। पाँचथरको फिदिम नगरपालिका ४ मा रुखबाट लड्दा ८० वर्षीय वृद्धको निधन भएको छ । ज्यान गुमाउनेमा फिदिम ४ थापाटारका ८० वर्षीय चुडामणि थापा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। शनिबार बिहान घाँस काट्न जानु भएका थापा साँझसम्म घर नर्फेपछि खोजतलास गर्ने क्रममा आफन्त र छिमेकीले मृत अवस्थामा फेला पारेका थिए । खबर पाए लगत्तै पुगेको प्रहरीले घटनास्थलको स्थलगत मुचुल्का तयार गरेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको प्रहरीको भनाई छ ।करिब २५ फिट अग्लो टाँकीको बोटमा घाँस काट्ने क्रममा थापाको रुखदेखि खसेर ज्यान गएको प्रहरीको भनाइ छ ।
इटहरी। मोरङको विराटनगर–१५ स्थित रानी क्षेत्रमा स्रोत नखुलेको नेपाली नगदसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले आइतबार विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका ६ बस्ने अरबिन्द्र अग्रवाललाई ६ लाखसहित नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ हुण्डी रकमको कारोबार भइरहेको सूचनापछि प्रहरी टोलीले प्रदेश नं। १–०४–००१ च।०१६४ नम्बरको कारलाई निगरानीमा राखेको थियो । निगरानीकै क्रममा रानी–विराटनगर सडकखण्ड हुँदै रानीबाट विराटनगरतर्फ जाँदै गरेको उक्त कारलाई विराटनगर–१५ स्थित सुनसरी ट्रेडिङ सेन्टर ९पेट्रोल पम्प० अगाडि रोकी जाँच गरिएको थियो। कार रो
इटहरी । लेटाङ रनको तेस्रो संस्कारण माघ १ गते मोरङको लेटाङमा हुने भएको छ । आयोजक लेटाङ रनले पत्रकार सम्मेलन गर्दै माघ १ गते करिव ८ सय धावकहरूको प्रतिस्पर्धाका बिच लेटाङ रनको आयोजना हुने जानकारी दिएको छ । लेटाङ रनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धावकहरुको समेत सहभागिता रहने बताउँदै आयोजक समितिका अध्यक्ष किरण राईले यसवर्ष चार वटा विधामा महिला र पुरुषतर्फ अलग अलग प्रतिस्पर्धा सञ्चालन गरिने जानकारी दिनुभयो । सबैभन्दा ठूलो पुरस्कार राशी खुला पुरुषरमहिला तर्फको १० किलोमिटरको म्याराथन रहनेछ । जसमा देश विदेशका खेलाडीहरुले खुलारुपमा सहभागिता जनाउने छन् । यस विधामा महिला र पुरुष दुवैतर्फ प्रथम
इटहरी । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकड्भिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजारको अलैँची भारततर्फ निर्यात भएको छ । कार्यालयका अनुसार उक्त अवधिमा एक अर्ब ८५ करोड ६२ लाख सात हजारको चिया र ८३ करोड ७० लाख ८६ हजारको प्लाइउड निर्यात भएको छ । साथै ४८ करोड ५२ लाख ७३ हजारको छुर्पी, ४४ करोड ९९ लाख ११ हजारको भेनियर सिट, ३७ करोड ४५ लाख ३८ हजारको अदुवा र सुठो, ३० करोड ४१ लाख ४९ हजारको अम्रिसो र ११ करोड ३१ लाख ९१ हजार मूल्य बराबरको काउली र बन्दागोपी निर्यात भएको छ
इटहरी। ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा जलविद्युत् आयोजना निर्माणको काम सुरु भएको छ । बहु प्रतिक्षित तथा चर्चित आयोजनाका रुपमा रहेको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजना निर्माणको काम सुरु भएको हो । जिल्लास्थित मेवा खोला र तमोर नदीको पानीको उपयोग गरी आयोजना निर्माण गर्न लागिएको छ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको प्रवर्धनमा निर्माण हुने आयोजनाको काम सुरु भएको छ । निर्माणको काम सुरु भएसँगै हालसम्म करिव २२ प्रतिशत कामको प्रगति भइसकेको प्रवर्धक कम्पनीका संस्थापक अध्यक्ष एवम् सञ्चालक भानेन्द्रकुमार लिम्बूले जानकारी दिनुभयो । सञ्चालक लिम्बूका अनुसार कम्पनीको मूख्य का
इटहरी । इटहरीमा तेक्वान्दो जुनियर ग्रेडिङ रातो, रातो कालो पेटी ग्रेडिङ्ग सम्पन्न भएको छ । इटहरी स्थित पकली माध्यमिक विद्यालयमा राष्ट्रिय तेक्वान्दो संघ सुनसरीको आयोजनामा तेक्वान्दो जुनियर ग्रेडिङ रातो, रातो ÷ कालो पेटी ग्रेडिङ्ग सम्पन्न भएको हो। ग्रेडिङ्गमा २८ जना रातो–कालो पेटी भएका र १८ जना कालो पेटी भएका विद्यार्थीहरूले परीक्षा दिएका थिए । परीक्षामा उत्तीर्ण गरेका विद्यार्थीहरूले प्रमाणपत्र प्राप्त गरेका छन् । राष्ट्रिय तेक्वान्दो संघ सुनसरीका अध्यक्ष खगेंद्र कुटवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी इटहरी वडा नं. ५ का वडाध्यक्ष भिष्म कुमार घिमिरे, राष्ट्रिय तेक्वान्दो संघ
इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिका जोड्न स्थानीय नागरिकहरूले पथरी शनिश्चरे नगरपालिका र वडा कार्यालयको सहयोगमा हिउँदे अस्थायी पुल निर्माण गरेका छन् । हरेक वर्ष वर्षयाममा आवतजावतमा समस्या झेल्दै आएका उनीहरुले हिउँद भरका लागि मात्रै भए पनि अस्थायी पुल निर्माण गरेका हुन् । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ को शुक्रबारे र मंगलबारेमा पर्ने डाँस खोलामा वडा कार्यालय र नगरपालिकाको जेसीबी डोजर र ट्याक्टर, स्थानीयहरुको बाँस र श्रम मिलाएर हिउँदे पुल निर्माण भएको वडा अध्यक्ष नवीनजंग कार्कीले जानकारी दिनुभयो। हरेक वर्ष यातायात सहजताका लागि उक्त स्थानमा अस्थायी हि
इटहरी । हरिनगर स्पोट्र्स क्लबको आयोजनामा पहिलो टि–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ । जिल्ला क्रिकेट सङ्घ सुनसरीको समन्वयमा हरिनगर खेलमैदानमा १२ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १० गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष मोहम्मद गजाली अन्सारीले जानकारी दिनुभयो। प्रतियोगिताको उद्घाटन हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले गर्नुभएको हो। उद्घाटन खेल रोलेक्स क्रिकेट क्लब भोक्रा नरसिंह र जुद्धगञ्ज क्रिकेट क्लब जुद्धगञ्जबीच सम्पन्न भएको थियो । उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष गफार अन्सारीले खेलकुद क्षेत्रको विकासका लागि आफू सधैँ तत्पर भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभ
इटहरी । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू भएको छ । सन्दर्भ मूल्य सूचीको साटो कारोबर मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिनुभयो । मेची भन्सारसहित मुलुकका आठवटा भन्सारका परीक्षणका रूपमा अनलाइन भ्यालुएसन सफ्टवेयर प्रणाली लागू गरिएको जनाइएको छ । झापाको मेची भन्सार र भद्रपुर भन्सार कार्यालयमा पुसको दोस्रो सातादेखि यो प्रणाली लागू गरिएको हो । वैध व्यापारलाई प
इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेका पोथी गैँडा पुष्पा र अञ्जलीका लागि भाले गैँडा छिट्टै पठाइने भएको छ । दुई वर्षअघि चितवनबाट कोशीटप्पु वन्यजन्तु आरक्षको पथरी सेक्टरमा ल्याइएका पुष्पा र अञ्जलीले यसै आर्थिक वर्षभित्र भालेसँग सहवास पाउने भएका हुन् । कोशीटप्पु वन्यजन्तु आरक्षको वातावरणमा रमाइरहेका पोथी गैँडा पुष्पा र अञ्जलीबाट वंश विस्तार गर्न भाले गैँडा ल्याउन लागिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका कोशी प्रदेश प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो । उहाँका अनुसार दुई पोथी गैँडाका लागि आरक्षमै वंश विस्तार गर्न यसै आवभित्र चितवनबाट भाले गैँडा ल्याउन लागिएको छ । भाले गैँडालाई राख्न इन्क्लोज
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.