इटहरी | नेपाल तमु (गुरुङ) विद्यार्थी छोज धि, जिल्ला कार्यसमिति सुनसरीको दोस्रो अधिवेशन तथा पदस्थापना कार्यक्रम मिति २०८२ साल मंसिर २७ गते शनिबार इटहरीस्थित क्लब के मा सफलतापूर्वक सम्पन्न भएको छ।अधिवेशन तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष धिरज गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य तथा जिल्ला कार्यसमिति सुनसरीका उपाध्यक्ष दिव्यराज गुरुङ विशिष्ट अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।त्यसैगरी कार्यक्रममा तमुश्यो ह्युल छोज धि गुरुङ महिला राष्ट्रिय परिषद्की केन्द्रीय कार्यवाहक अध्यक्ष श
इटहरी । जिल्लाको शैक्षिक सुधारका लागि फरक निस्कर्ष निकाल्ने गरि इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विद्यार्थी महोत्सव आयोजना गरिने भएको छ । आगामी माघ २३ देखि माघ २५ गते सम्म विद्यार्थी महोत्सव आयोजना गरिएको क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियनले जनाएको छ । महोत्सवमा जिल्लाका सबै उच्च माविका विद्यार्थीलाईसमेत सहभागी गराईने लक्ष्य रहेको युनियनका सभापति विशाल कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार विभिन्न चरणमा शैक्षिक बहस, विज्ञहरुसँगको छलफल, साहित्यिक बहस, मरब क्याम्पसको विगत, वर्तमान र भविष्यको विषयमा बहस सञ्चालन गरिने छ । यस्तै उच्च माविसहितका विद्यार्थीहरुले उत्पादन गरेका हस्
इटहरी । मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगाउँको भित्री सडक खण्डमा आइतबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । गछिया खोलातर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा ट्याक्टरका सहचालक २६ वर्षीय अतीत राई गम्भीर घाइते हुनु भएको थियो । उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगेकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला मोरङ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै, ग्रामथान गाउँपालिका–२, झोराहाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ
इटहरी । संखुवासभामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। मादी नगरपालिका(६ बस्ने ४९ वर्षीय प्रेम दोर्ची शेर्पा पक्राउ परेका हुन्।उनीमाथि आफ्नी ३७ वर्षीया श्रीमती मिना शेर्पाको हत्या गरेको आरोप लागेको हो। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार मंसिर ९ गते आफ्नी श्रीमती मिना हराएको भनेर प्रेमले निवेदन दिएका थिए। निवेदनपछि अनुसन्धानबाट प्रेम दोर्ची नै शंकास्पद पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो। सोधपुछको क्रममा उनले हत्या गरेको स्वीकार गरेका हुन्। ‘मंसिर ९ गते राति अन्दाजी साढे १० बजे ओखरेबोटे बजारबाट घर फर्किने क्र
इटहरी। इलाम सदरमुकामस्थित इलाम बजार क्षेत्रमा ट्राफिक सवारीको चाप बढेपछि उत्पन्न समस्या समाधानका लागि इलाम नगरपालिकाले ट्राफिक व्यवस्थापन सुरु गरेको छ। नगरपालिकाले इलामबाट झापा जाने सवारीहरु, विभिन्न पालिकाबाट आउने सवारीहरुलाई अलग–अलग स्थानमा पार्किङ स्थल तयार गरि सवारीहरुलाई व्यवस्थित गर्न थालेको छ । नगरपालिकाले बजार क्षेत्रमा विभिन्न छ स्थानमा पार्किङ् स्थलको तयारी गरेको छ । पुरानो बसपार्कस्थित बहुुतले पार्किङ्, पुुरानो ट्याक्सी स्टेन्ड, सानो टुुडिखेल, ठूलो टुँडीखेलको छेउ र पुरानो सब्जी बजारमा सवारी पार्किङको व्यवस्था गरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका इलाम संयोजक गृष्म सुब्बाले बताउ
इटहरी । मोरङमा सञ्चालित साना तथा लघुउद्योग धमाधम बन्द हुन थालेपछि यहाँ स्वरोजगार र स्थानीय उत्पादन क्षेत्र सङ्कटमा परेको छ । आर्थिक शिथिलता र अस्थिरताका कारण नयाँ उद्योग दर्तामा भारी गिरावट आएको छ भने सञ्चालनमा रहेका उद्योग पनि बन्द हुन थालेका छन् । यसले सामान्य नागरिकको आयआर्जन र रोजगारीमा गम्भीर असर पु¥याएको छ । साना तथा लघुउद्योग कार्यालय मोरङको तथ्याङ्क अनुसार हालसम्म जिल्लामा १९ हजार १९५ साना तथा उद्योग दर्ता भएका छन्, जसमा १७ हजार २५६ प्राइभेट फर्म, ८९४ साझेदारी र ८६१ प्राइभेट लिमिटेड छन् । पछिल्लो चार वर्षयताको अवस्था हेर्दा लगानीको वातावरण खस्किएको छ । आर्थिक वर्ष २०७७र७८ मा दुई
इटहरी । ताप्लेजुङमा ऐतिहासिक पुसे मेला यो वर्ष पनि सञ्चालन हुने भएको छ । आगामी पुस १ देखि ५ गतेसम्म मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिकाको संगम स्थलमा रहेको ताप्लेजुङको दोस्रो ठुलो बजार दोभान बजारमा सञ्चालन हुने भएको हो । वि।सं। २०३१ सालदेखि लाग्दै आएको पुसे मेलामा खेल, कृषि प्रदर्शनी साथै सांस्कृतिक कार्यक्रम सञ्चलन हुने शनिबार पत्रकार सम्मलेन मार्फत जानकारी गराइएको छ । पुसे मेला सञ्चालन समिति र दोभान स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा सञ्चालन हुने मेलामा अन्तर जिल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, र्याफ्टिङ, कृषि प्रदर्शनी मेला र सांस्कृतिक कार्यक्रमको आयोजना हुने पु
इटहरी । मोरङ जिल्लामा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो । मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन घटेको आकलन रहेको बताउनुभयो । गत वर्ष जिल्लामा तीन लाख ३९ हजार तीन दशमलव ४५ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष तीन लाख ३६ हजार ९१९ दशमलव ४१ मेट्रिक टन उत्पादन भएको उहाँले जानकारी दिनुभयो । गत वर्ष प्रतिहेक्टर चार दशमलव ८८ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर
इटहरी । मानवबस्तीछेउमा अस्फाल्ट प्लान्ट (सडक कालोपत्रे गर्न आवश्यक अलकत्रसँग मिसाएर गिट्टी, बालुवा पकाउने उद्योग) राखेको भन्दै मोरङ, कानेपोखरी–५ को सचेत नागरिक समूहले प्लान्ट तत्काल बन्द गर्न माग गरेको छ । कानेपोखरी–५, जहदा सिरानमा चिसाङखोलाको पूर्वपट्टि बी एन्ड बी कन्स्ट्रक्सन प्रालिले अस्फाल्ट प्लान्ट निर्माण गरी २०७९ सालदेखि सडक कालोपत्रे गर्ने सामग्री उत्पादन र बिव्रmी गरिरहेको छ । चिसाङखोला किनारमा रहेको दुर्गाबहादुर राजभण्डारीको पाँच कट्ठा जग्गा लिजमा लिएर प्लान्ट निर्माण गरिएको हो । प्लान्ट मानवबस्तीको छेउमा निर्माण भएको भन्दै स्थानीयले उसबेला नै अन्यत्र सार्न स्थानीय
इटहरी । मुआब्जा नदिएको भन्दै खोटाङमा सञ्चालित एक जलविद्युत् आयोजना स्थानीय नागरिकले बन्द गरेका छन् । केपिलासगढी गाउँपालिकाका स्थानीयले माथिल्लो रावा खोला साना जलविद्युत् आयोजना बन्द गरेका हुन् । विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनी आन्दोलनमा उत्रिएपछि तीन मेगावाट क्षमताको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ । गत मङ्सिर ६ गते कम्पनीका प्रतिनिधि र जग्गाधनीबिच मङ्सिर २५ गतेभित्रमा क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो । तर, सहमति कार्यान्वयन नभएपछि स्थानीयले पानी टरबाइनबाट हटाएर खोलातिर फर्काइदिएका छन् । जलविद्युत् आयोजना सञ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.