All Posts By कोशी प्रेस

    Showing ४७१-४८० of १२,६८८ items.
  • ताप्लेजुङमा पाँच दर्जन नयाँ उद्योग दर्ता

    इटहरी । ताप्लेजुङमा पाँच दर्जन नयाँ उद्योग दर्ता भएका छन् । पछिल्लो एक वर्षको अवधिमा घरेलु तथा साना उद्योग कार्यालयमार्फत उक्त सङ्ख्यामा उद्योगहरु दर्ता भएका हुन् । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका अनुसार गत आर्थिक वर्षमा विभिन्न उद्देश्यका पाँच दर्जन अर्थात ६० वटा नयाँ उद्योग दर्ता भएका छन् । गत आवमा एक कम्पनी र ५९ वटा निजी फर्म दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी नवीन भट्टराईले जानकारी दिनुभयो । दर्ता भएकामध्ये सबैभन्दा बढी कृषि तथा वन पैदावारसँग सम्बन्धित २८ उद्योग रहेका छन् । यस्तै सेवामुलक १९ वटा, पर्यटनसम्बन्धी सात, उत्पादनमुलक चार र सूचना प्रविधिमा आ

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ५८ पटक पढिएको
  • देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

    इटहरी। सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ । सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस क्षेत्रमा शान्ति सुव्यवस्था कायम भई जनजीवन सामान्य भएपछि कफ्र्यु हटाइने छ । यसैबीच, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालसहितको टोलीले घटनास्थलको निरीक्षण एवं अवलोकन गरेको छ । त्यस क्रममा उहाँहरूले मृतक र घाइतेका परिवारजनसँग पनि कुराकानी गर्नुभएको थियो । पीडित पक्षले दोषीलाई कारबाही, मृतकका परिवारलाई उचित क्षतिपूर्र्ति, घाइतेको निःशुल्क उपचार तथा घटनाको सत्यतथ्य छानबिनको माग गरेको सहायक प्रमुख जिल्ला अधिका

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ६२ पटक पढिएको
  • देवानगन्ज घटनामा सरकारको भूमिका विवादमा, प्रधानमन्त्री र गृहमन्त्रीको चौतर्फी आलोचना

    इटहरी । सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनापछि सरकारको संकट व्यवस्थापन, राजनीतिक नेतृत्व र सुरक्षा तयारीमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा प्रदर्शन, विरोध र तनाव जारी रहँदा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) र गृहमन्त्री सुधन गुरुङको भूमिकालाई लिएर राजनीतिक दल, नागरिक समाज र विभिन्न सरोकारवालाले आलोचना गरेका छन्। घटनापछि सरकारले आवश्यक संवेदनशीलता देखाउन नसकेको आरोप लागिरहेको छ। विशेष गरी देश तनावपूर्ण अवस्थामा रहेका बेला प्रधानमन्त्री र गृहमन्त्रीले प्रभावकारी नेतृत्व दिन नसकेको भन्दै सरकारको कार्यशैली विवादमा परेको हो। विपक्षी दलहरूले मात्रै ह

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ८९ पटक पढिएको
  • मोरङ दुर्घटनाको रहस्य खुल्यो, पोस्टमार्टमपछि ट्रक चालक पक्राउ

    इटहरी। मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित अगुर दाना मिलअगाडि ट्रकले किच्दा एक युवकको मृत्यु भएको घटनाको वास्तविकता पोस्टमार्टम रिपोर्टपछि खुलेको छ। प्रारम्भिक रूपमा लडेर मृत्यु भएको अनुमान गरिए पनि अनुसन्धानबाट ट्रकको चक्काले किच्दा मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ।सुनसरीको गढी गाउँपालिका–२ घर भई हाल बुढीगंगा–५ दीपु टोलस्थित ससुरालीमा बस्दै आएका ३५ वर्षीय सुरज ऋषिदेव साउन १० गते साँझ करिब ६ः३० बजे सडकमा घाइते अवस्थामा फेला परेका थिए। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय नेमुवाको टोलीले उनको उद्धार गरी उपचारका लागि विराट शिक्षण अस्पताल पुर्‍याएको थियो।  अस्पताल पुगेपछि च

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ६६ पटक पढिएको
  • दमकमा पानीमा घोप्टो परेको अवस्थामा पुरुषको शव फेला

    झापा। झापाको दमकमा एक पुरुषको शव फेला परेको छ ।  दमक नगरपालिका–स्थित शान्तिमार्गमा रहेको नेकपा (एमाले) पार्टी कार्यालय नजिकै पानीमा घोप्टो परेको अवस्थामा पुरुषको शव फेला परेको हो।स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ।  मृतकको पहिचान खुल्न बाँकी रहेको छ। घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ६२ पटक पढिएको
  • सुनसरी घटनालाई लिएर केशी प्रदेशका मुख्यमन्त्रीबाट सर्वदलीय बैठक आह्वान

    इटहरी । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक दिउँसो साढे १२ बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बस्नेछ ।सुनसरीमा भएको घटनाका विषयलाई लिएर सर्वदलीय बैठक आह्वान गरिएको प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलले जानकारी दिए । बैठकमा सुरक्षा निकायसहित सुनसरीका प्रदेश सभासद र राजनीतिक दलका नेताहरूलाई पनि बोलाइएको छ । बैठकमा शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्न छलफल हुने र प्रदेश सरकारको उपस्थितिलाई प्रभावकारी रूपले नागरिकसम्म पुर्‍याउनका लागि अगाडि बढाइने तयारी भएको छ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ११३ पटक पढिएको
  • टुङ्गिएन राजस्व अनुसन्धान राजमार्ग विस्तार प्रभावित

    इटहरी । मोरङका केही क्रसर उद्योगले राजस्व हिनामिना गरेको आशङ्कामा सुरु भएको अनुसन्धान दुई महिना बितिसक्दा पनि निष्कर्षमा पुग्न सकेको छैन । जसका कारण पूर्वपश्चिम राजमार्ग विस्तार कार्य प्रभावित भएको छ ।  राजमार्ग निर्माणका लागि निर्माण सामग्रीका रूपमा अस्फाल्टलगायत गिट्टी, ढुङ्गा आदि नदीजन्य पदार्थ आपूर्ति गर्दै आएका क्रसर उद्योग नै सरकारी छानबिनको दायरामा परेका थिए । छानबिनका लागि ती उद्योगमा ताला बन्द गरिएका कारण राजमार्गको पूर्व तथा पश्चिम खण्डमा कालोपत्रे गर्न तयारी अवस्थामा रहेको सडकको काम अगाडि बढ्न नसकेको हो । जिल्ला अनुगमन समितिले क्रसर उद्योग अनुगमन गरी जफत गरेर ल्याएको विवरण

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ६२ पटक पढिएको
  • पुरानो सिक्का देखाएर ठगी गर्ने पक्राउ

    इटहरी । पुरानो तामा वा धार्मिक आकृति भएको सिक्का देखाएर अस्वाभाविक मूल्यमा बिक्री हुने प्रलोभनमा पारी ठगी गर्ने गिरोह झापामा सक्रिय भएका छन् । ठगी धन्दामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले यसै साता तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा दुई भारतीय नगरिक र एक नेपाली रहेका छन् । भारतको किसनगन्ज घर भएका ३१ वर्षीय नाजबुल अन्सारी र २४ वर्षीय सरफराज मियाँलाई प्रहरीले झापाको हल्दिबारी गाउँपालिका–१ गोलधाप क्षेत्रबाट पक्राउ गरेको छ । यस्तै, बाह्रदशी गाउँपालिका–७ रुपनचवारी क्षेत्रबाट भगवान्को आकृति भएका चारवटा सिक्कासहित सुनसरीको इटहरी–८ का ३५ वर्षीय साबिर मियाँलाई नियन्त्रणम

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ३७ पटक पढिएको
  • जीर्ण पुलले लियो ज्यान

    इटहरी। दार्चुलामा खोला तर्न निर्माण गरिएको काठको पुल भाँचिएर एक जनाको ज्यान गएको छ । यहाँको मालिकार्जुन गाउँपालिका–८ र ३ को सीमा भएर बग्ने गाडखोलामा निर्माण गरिएको काठे पुल भाँचिँदा सोही गाउँपालिका–८ गौलका अन्दाजी ५६ वर्षीय धनसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक देबेन्द्रसिंह बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार काठको जीर्ण पुलबाट खोला तर्न खोज्दा पुल भाँचिएर धामी खोलामा खस्नुभएको थियो । सोमबार साँझ घरबाट तेल किन्न स्थानीय बजार मेलखेत जानुभएका धामी राति अबेरसम्म घर नफर्केपछि खोजी गरिएको थियो ।खोजी गर्ने क्रममा मङ्गलबार बिहान पुलभन्दा

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ७२ पटक पढिएको
  • कप्तानगन्ज घटना : छानबिन समितिले थाल्यो काम

    इटहरी। सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा आइतबार राति भएको घटना र त्यसपछि उत्पन्न तनावको तेस्रो दिन मङ्गलबार जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा अवस्था सहज बनाउने प्रयास भइरहेको छ । सो घटनाबारे गठित छानबिन समितिले मङ्गलबारदेखि छानबिनको काम सुरु गरेको    छ ।  जिल्लाका केही स्थानमा मङ्गलबार पनि कफ्र्यु जारी राखेर सुरक्षाकर्मीको उच्च सतर्कता, प्रशासनको निरन्तर समन्वय, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा समुदायका अगुवाको सक्रियताले सामाजिक सद्भाव कायम गर्ने प्रयास गरिएको छ । सुनसरीको दुहबी, पकलीलगायत स्थानमा स्थानीय सर्वसाधारणले सद्भाव र्‍यालीको आयोजना गरेका छन् ।

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ५८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]