All Posts By कोशी प्रेस

    Showing ५,१२१-५,१३० of १२,९३७ items.
  • मणिराम श्रेष्ठ इटहरी उपमहानगरको कार्यवाहक प्रमुख तोकिए

    इटहरी । इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेल कार्य शिलशिलामा कार्यक्षेत्र बाहिर जानुपर्ने भएकाले इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ कार्यवाहक नगर प्रमुख तोकिएका छन्। नगर प्रमुख पौडेलले साउन २ गतेदेखि कार्यालयमा पुनः उपस्थिति नहुन्जेलसम्मका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा ४ ९क० र १२ अनुसार वडा नं। २० का वडाध्यक्ष श्रेष्ठलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्हाल्न पत्रमार्फत् जानकारी गराएका हुन्। उक्त जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपमहानगरका विभिन्न कार्यालयहरूमा समेत

    • प्रकाशित मितिः साउन ३, २०८२
    • ३४३ पटक पढिएको
  • किमाथांका देशकै महत्त्वपूर्ण नाका हो, ऊर्जा मन्त्री दीपक खड्काको भनाइ

    इटहरी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले किमाथांका नाकालाई देशकै एक महत्त्वपूर्ण नाका भएको बताउनुभएको छ । शनिबार संखुवासभाको चैनपुरमा आयोजित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन समारोहमा बोल्नुहुँदै उहाँले यो नाका १२ महिना सञ्चालन गर्न सकिने भएकाले सरकारले विशेष प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभयो । मन्त्री खड्काले किमाथांका नाकामा चीन सरकारको पनि चासो रहेको उल्लेख गर्दै यस नाकाको पूर्वाधार निर्माणमा चिनियाँ सहयोग प्राप्त हुने जानकारी दिनुभयो । साथै, त्रिदेशीय सम्बन्धलाई सन्तुलनमा राख्दै अघि बढ्नुपर्नेमा पनि मन्त्री खड्काले जोड दिनुभयो । उहाँले संखुवासभामा

    • प्रकाशित मितिः साउन ३, २०८२
    • १६० पटक पढिएको
  • सीमित ठाउँमा रहेको पूर्वाधार विकास कार्यालय १४ वटै जिल्लामा विस्तार

    इटहरी । कोशी प्रदेशको सीमित ठाउँमा रहेको पूर्वाधार विकास कार्यालय १४ वटै जिल्लामा विस्तार गरिएको छ । दुई वटा जिल्लाको कार्यालय एउटै ठाउँमा राखेर सेवा दिँदै आएकाले उपभोक्ता, ठेकेदार र नागरिकको पहुँच नहुने र भए पनि सास्ती खेप्नु परेको गुनासोलाई सम्बोधन गर्न पूर्वाधार विकास कार्यालय प्रदेशका १४ वटै जिल्लामा विस्तार गरिएको हो । सोही क्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले एक कार्यक्रमबिच सुनसरीको इनरुवा नगरपालिका–४, बसपार्कमा पू्र्वाधार विकास कार्यालयको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले प्रदेश सरकार सबै जिल्लामा भौतिक पू्र्वाधार विकास कार्यालय विस्तार गर्ने योजना रहेको बताउनुभयो 

    • प्रकाशित मितिः साउन ३, २०८२
    • १४९ पटक पढिएको
  • एमालेले रोक्यो बिद्या भण्डारीको सदस्यता नविकरण, केन्द्रीय कमिटीले निर्णय लिने

    काठमाडौं / नेकपा एमालेले पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीको सदस्यता नविकरण रोकेको छ । पोलिटब्यूरो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सदस्यता नविकरण नै नभएको जानकारी दिनुभएको हो ।एमाले महासचिव शंकर पोखरेल, केन्द्रीय संगठन बिभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलले गत बर्षबाटै पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नविकरण भइसकेको बताउनु भएको थियो तर अध्यक्ष ओलीले पूर्वराष्ट्रपति राजनीतिमा फर्कन हुने कि नहुने भन्ने बिषयमा सवै सदस्यहरुको राय लिएर मात्रै निर्णय लिने प्रस्तावसहित आफ्नो धारणा राखेर सदस्यता नविकरण रोकिएको जानकारी गराउनु भएको छ ।यसअघि काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलादेखि केन्द्री

    • प्रकाशित मितिः साउन ३, २०८२
    • २३८ पटक पढिएको
  • झापामा एक वर्षमा ९५ को मृत्यु, ५२ हजार बढी सवारी चालक कारबाही

    इटहरी । झापा जिल्लामा आर्थिक वर्ष २०८१र८२ (असार–साउन) मा एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाए। दुर्घटनामा एक हजार ९३४ जना सामान्य घाइते हुँदा १३९ जना गम्भीर घाइते भए। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार एक वर्षमा ५२ हजार ८७५ सवारी चालकलाई कारबाही गरिएको छ। यो कारबाहीबाट ३ करोड ९५ लाख ५५ हजार ५६० रुपैयाँ राजस्व सङ्कलन भएको छ। मादक पदार्थ सेवन (मापसे) मा ३१७४ जना कारबाहीमा परे, जसबाट १८ लाख रुपैयाँभन्दा बढी जरिवाना सङ्कलन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। जिल्लाभर ट्राफिक सचेतना कार्यक्रममा विद्यालय तहका ८४६१ विद्यार्थीलाई ट्र

    • प्रकाशित मितिः साउन ३, २०८२
    • २२३ पटक पढिएको
  • इटहरीमा TVS एक्सचेञ्ज महाअभियान हुँदै — पुरानो बाइक साटेर र नयाँमा छुट, ब्याजरहित किस्ता

    इटहरी- नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले इटहरीमा विशेष अफरसहितको “टिभिएस एक्सचेञ्ज म्यानिया” सञ्चालनमा ल्याउने भएको छ।इटहरी पश्चिम लाइनस्थित राजस्वढाटमा आयोजना हुने यो कार्यक्रम श्रावण ४ गते आइतबारदेखि ९ गते शुक्रबारसम्म, कुल ६ दिनसम्म सञ्चालन हुनेछ।पारस अटो मोबाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार, जुनसुकै कम्पनीको पुरानो बाइक ल्याएर ग्राहकले नयाँ टिभिएस बाइक वा स्कुटरमा न्यूनतम रू. ३०,००० मूल्याङ्कन पाउने छन्। त्यसैमा थप रू. ८,००० सम्म छुट, ०% ब्याजदरमा किस्ताबन्दी, र इन्जिनमा लाइफटाइम वारेन्टी जस्ता विशेष सुविधा पनि प्राप्त हुने उनले बताए।कार्यक्रममा स

    • प्रकाशित मितिः साउन ३, २०८२
    • १६४ पटक पढिएको
  • ताप्लेजुङमा आर्थिक वर्षमा ४८ करोड बढी बजेट फ्रिज

    इटहरी । ताप्लेजुङबाट गएको आर्थिक वर्षमा ४८ करोड रुपियाँ बढी बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार गएको आर्थिक वर्ष २०८१र८२ मा उक्त रकम फ्रिज अर्थात सरकारको केन्द्रीय खातामा फिर्ता भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार ताप्लेजुङका विनियोजित चालु तथा पुँजीगत बजेटबाट कुल ४८ करोड छ लाख ५८ हजार १३६ रुपियाँ रकम खर्च हुन नसकी फ्रिज भएको हो । फ्रिज भएको रकममध्ये सङ्घतर्फको चालु र पुँजीगत दुवै बजेटबाट ३९ करोड ४८ लाख ७० हजार ६८४ रुपियाँ रहेको छ । बाँकी प्रदेशतर्फको बजेटबाट आठ करोड ५७ लाख ८७ हजार ४५२ रुपियाँ फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्

    • प्रकाशित मितिः साउन ३, २०८२
    • १२४ पटक पढिएको
  • अस्थायी इजलास मातहतका तीन जिल्लामध्ये सबैभन्दा बढी मुद्दा फर्छ्यौट गर्ने खोटाङ जिल्ला अदालत

    इटहरी । उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गाले ८४ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । अदालतले वार्षिक समिक्षा कार्यक्रम आयोजना गरी जानकारी दिएको हो । वर्षमा लगतको आधारमा ८४ प्रतिशत र लक्ष्यको आधारमा १०३ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको रजिष्टार विष्णु प्रसाद पाण्डेले बताउनुभयो । रजिष्टार पाण्डेका अनुसार उच्च अदालत विराटनगर अस्थायी इजलास मातहतका तीन जिल्लामध्ये सबैभन्दा बढी मुद्दा फर्छ्यौट गर्ने खोटाङ जिल्ला अदालत रहेको छ । खोटाङले ८०.३१ प्रतिशत, सोलुखुम्बुले ७२.८७ प्रतिशत र ओखलढुङ्गाले ७०.२५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । मुद्दा फर्छ्यौटमा उत्कृष्ट खोटाङ जिल्ला अदालतका न्यायाधीश नारायण प

    • प्रकाशित मितिः साउन ३, २०८२
    • १८० पटक पढिएको
  • सुदीप घिमिरे नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा निर्वाचित

    काठमाडौं, साउन ३ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को अध्यक्षमा सुदीप घिमिरे निर्वाचित भएका छन्। शुक्रबार काठमाडौंमा सम्पन्न मञ्चको २१ औं वार्षिक साधारणसभाले घिमिरेको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।एसजी ग्रुपका निर्देशक घिमिरे नवीकरणीय ऊर्जा, निर्माण, शिक्षा, बैंक तथा वित्त, सञ्चार, कृषि, एलपीजी बोटलिङ, हस्पिटालिटी, व्यापार तथा उत्पादनमूलक उद्योगजस्ता क्षेत्रमा सक्रिय उद्यमी हुन्।उद्योग क्षेत्रमै लामो समयदेखि क्रियाशील घिमिरेले इन्दिरा गान्धी नेशनल ओपन यूनिभर्सिटीबाट एमबीए डिग्री हासिल गरेका छन्। उनी यसअघि इटहरी उद्योग वाणिज्य संघ र मोरङ उद्योग संघको कार्यकारी समितिमा

    • प्रकाशित मितिः साउन ३, २०८२
    • १८४ पटक पढिएको
  • इटहरी–धरान चारकोसे सडकखण्डमा मोटरसाइकल दुर्घटना, उपचारका लागि अस्पताल जाँदै गरेका पुरुषको मृत्यु

    इटहरी । इटहरी २० तरहरास्थित चारकोसे क्षेत्रमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । शुक्रबार ९आज० बिहान ९ः३० बजेतिर चारकोसे क्षेत्रमा धरानतफै जाँदै गरेको प्रदेश २(०१(००३ प २७२८ मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । मृत्यु हुनेमा सिरहा ८ बस्ने ५० वर्षीय विमल साह रहेका छन् । तरहरा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक ९सई० टीका नेपालका अनुसार घटनामा गम्भीर घाइते भएका साहलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएपनि उपचारको क्रममा उनको दिउँसो १२ बजे मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदाँ साहको टाउकोम

    • प्रकाशित मितिः साउन २, २०८२
    • ४५४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]