इटहरी । कोशी प्रदेशका इटहरी र धरान नगरपालिका आर्थिक वर्ष २०८२र८३ को पहिलो दिनदेखि नै बजेट शून्यताको अवस्थामा पुगेका छन् । नगर सभाबाट प्रस्तावित र विनियोजन विधेयक र बजेट पारित हुन नसक्दा दुवै उपमहानगरपालिकामा कानुनी रूपमै बजेटविहीन भएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० भित्र बजेट पेस गरेर असार २५ भित्र छलफल गरी पारित गर्नुपर्ने प्रावधान छ । समयमै बजेट आउन नसक्दा विकासनिर्माणका पूर्वनिर्धारित कार्य, कर्मचारीको पारिश्रमिक, सार्वजनिक सेवा, योजना कार्यान्वयन, विगतमा भएगरेका कामको भुक्तानीलगायतका काम पूर्ण ठप्प हुने स्थितिमा पुगेको छ । धरान उपमहानगरपालिकामा अघिल्लो वर्ष पनि नगरप्
इटहरी । विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०८१र८२ मा ६२ करोड ७६ लाख रुपियाँ आम्दानी गरेको छ । गत वर्षका लागि एक अर्ब १० करोड ८६ लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखिएको थियो । अघिल्लो आव २०८०र८१ को तुलनामा यो एक करोड ७६ लाख बढी हो । आन्तरिक आयमा गुणात्मक सुधार गर्न नसकेको महानगरपालिकामा सङ्घ तथा प्रदेश सरकारको अनुदान घट्दा यथार्थ आयको मूल्याङ्कन कमजोर देखिएको छ । जसको असर बजेट कार्यान्वयनमा परेको हो । बजेट र उपलब्धीबिच देखिएको असन्तुलनले अनुमानित आयव्ययमा समेत प्रश्न उठेको छ । महानगरपालिकाले गत आव २०८१र८२ का लागि तीन अर्ब ४९ करोड ९८ को अनुमानित आयव्यय प्रस्तुत गरेको थियो तर आवको अन्
इटहरी । कोशी प्रदेशका विभिन्न यातायात व्यवस्था कार्यालयमा चिकित्सक परिचालनसम्बन्धी निर्णय विवादित बनेको छ । कानुनी प्रक्रिया मिचेर सवारीचालक अनुमतिपत्र वितरण गर्दै आएका यातायात कार्यालयले नयाँ चिकित्सक परिचालन गरेपछि विवाद चुलिएको हो । प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको निर्देशनमा झापाको बिर्तामोड, सुनसरीको इटहरी र मोरङको विराटनगरस्थित यातायात कार्यालयमा निःशुल्क सेवाग्राहीको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र दिने गरिएको थियो । चिकित्सकको सम्झौता अवधि नटुङ्गिँदै प्रतिसेवाग्राही तीन सय रुपियाँ शुल्क लिने गरी नयाँ चिकित्सक खटाएपछि विवाद बढेको छ । सवारीचालक
तरहरा | 'यो र्याली होइन, दौड होइन, यो हो एउटा यस्तो यात्रा जहाँ सबै विजेता हुन्छन्' भन्ने नारासहित तरहरा कोरा २०२५ च्यारिटी साइकल राइड कार्यक्रम आगामी श्रावण ३ गते, शनिबार बिहान तरहरा चोकबाट सुरु हुने भएको छ।तरहरा साइकलिङ क्लबको आयोजनामा प्रत्येक वर्षझैँ यसपालि पनि यो राइड शिक्षा, स्वास्थ्य र वातावरण जस्ता सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको हो । यस कार्यक्रमबाट संकलित रकम श्री जनसहयोग उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको रूपमा प्रदान गरिने कार्यक्रम संयोजक सुरज तामाङले बताउनुभयो । कोरा भन्नाले धार्मिक स्थलहरू वर
इटहरी। पाँचथरको फिदिम १३ लुङरुपास्थित टिम्बुरे भन्ने स्थानमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाको विर्तामोडदेखि पाँचथरको लुङरुपाका लागि डिजेल, दाना र ब्राण्ड लगायतका सामग्री लिएर आउँदै गरेको मे १ च ४२१४ नम्बरको पिकअप बिहीबार मध्यान्ह दुर्घटनामा परेको हो। दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा फिदिम १३ निवासी ३३ वर्षीय चालक भवानी खतिवडा, सोही स्थानका ३२ वर्षीय सवारी धनीराम सुवेदी र पिकअपका सहचालक आयुष राई घाइते हुनुभएको छ। घाइतेलाई पाँचथर अस्पतालमा प्राथमिक उपचार पश्चात झापातर्फ रेफर गरिएको प्रहरीले जनाएको छ। घटनाको विस्त
इटहरी । इटहरी उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को बजेट निर्माण प्रक्रिया अव्यवस्थित र कानुनी प्रावधान विपरीत रहेको भन्दै उपप्रमुख सङ्गीता कुमारी चौधरीले पत्रकार सम्मेलन गरी गम्भीर असन्तुष्टि व्यक्त गर्नु भएको छ । पत्रकार सम्मेलन मार्फत उपप्रमुख संगिता कुमारी चौधरीले नगर प्रमुखको गैरजिम्मेवार व्यवहार र असम्वेदनशीलताका कारण बजेट समयमै पास हुन नसकेको बताउँदै सम्पूर्ण नगरवासीहरूलाई वास्तविक अवस्था बुझ्न आग्रह गर्नु भयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार, बजेट तथा नीति कार्यक्रम असार १० गतेभित्र नगरसभामा प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, राजस्व परामर्श समिति तथा श्रोत अनुमान समित
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी स्वास्थ्य बिमा सेवाले निरन्तरता पाउने बताउनुभएको । आज धरान उपमहानगरपालिका–१९ स्थित हरियाली पार्कमा स्वर्गीय नगर प्रमुख तारा सुब्बाको ७औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले १९ नं वडा कमिटीले आयोजना गरेको स्मृतिसभा कार्यक्रममा उहाँले यो सेवा तीन महिनाका लागि सुरु गरिएको भए पनि अब बन्द नहुने बताउनुभयो । बिपी प्रतिष्ठानलाई जनताको पहिलो स्वास्थ्य सहाराको रूपमा उभ्याउन कोशी प्रदेश सरकार सफल भएको उहाँले उल्लेख गर्नुभयो । जनताको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको र स्वास्थ्य सेवा अस्थायी हुन
इटहरी । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१र८२ मा कुल २९ अर्ब ३३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको वार्षिक आय विवरणअनुसार प्रदेशको आम्दानीको ठूलो हिस्सा संघीय सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँडमा निर्भर रहेको देखिएको छ । प्रदेशको कुल आम्दानीमा सबैभन्दा ठूलो योगदान समानीकरण अनुदानको रहेको छ । यस शीर्षकमा प्रदेशले संघीय सरकारबाट ८ अर्ब २० करोड ६२ लाख रुपैयाँ प्राप्त गरेको छ । यो कुल आम्दानीको करिब २८ प्रतिशत हो । त्यस्तै, राजस्व बाँडफाँडअन्तर्गत मूल्य अभिवृद्धि कर ९भ्याट० प्रदेशको दोस्रो ठूलो आम्दानीको स्रोत बनेको छ । भ्याट बाँडफा
काठमाडौं | गैरआवासीय नेपाली संघ (NRNA) को आगामी कार्यकाल 2025–2027 का लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य पदमा राजकुमार अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्। जापानस्थित NRNA राष्ट्रिय समन्वय परिषद् (NCC-Japan) बाट सक्रिय रहँदै आएका अधिकारीले “नेपालीका लागि नेपाली” भन्ने मूल नारासहित चुनावी अभियान थालेका हुन्।उनले चार प्रमुख प्रतिबद्धताहरू — एकता, सशक्तीकरण, सहयोग र विकास — लाई आफ्नो अभियानको आधार बनाएका छन्। जापानमा बसोबास गर्दै आएका नेपाली समुदायका हकहितका सवालमा सक्रिय भूमिका निर्वाह गर्दै आएका अधिकारीले NRNA लाई अझ सक्षम, पारदर्शी र उत्तरदायी संस्था बनाउने लक्ष्य लिएका छन्।उनको प्रचा
इटहरी । इटहरी वडा नम्बर १६ मा श्री बालाजी जेष्ठ नागरिक समाजले आफ्नो १२ औँ स्थापना दिवसको अवसरमा सम्मान कार्यक्रम गरेको छ । कार्यक्रमको अध्यक्षता श्री बालाजी जेष्ठ नागरिक समाजका अध्यक्ष जिवनाथ नेपालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष तेजनारायण चौधरीको प्रमुख आतिथ्यतामा गरिएको थियोे । कार्यक्रममा समाजका जेष्ठ नागरिक लोमश घिमिरे, दिलमाया ओझा तथा असल बुहारी दिपा धिताललाई सम्मान गरिएको हो । आमाबुवा र बुहारी प्रति सम्मान प्रकट गर्दै समाजमा पारिवारिक सद्भाव कायम गर्न यो कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक कृष्ण बिनोद लम्सालले बताउनुभयो । बालाजी समाजले इटह
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.