All Posts By कोशी प्रेस

    Showing ६,९०१-६,९१० of १३,७३९ items.
  • सवारी कर र चालक अनुमति पत्रबाट कोशी प्रदेशको ६० प्रतिशत आन्तरिक आय, दश महिनामै २ अर्ब २२ करोड राजस्व संकलन

    इटहरी । कोशी प्रदेश सरकारले सवारी साधन करबाट उल्लेख्य आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८१र८२ को दश महिनामा प्रदेश सरकारले सवारी साधन करबाट दुई अर्ब २२ करोड १९ लाख रुपियाँ राजस्व सङ्कलन गरेको हो । यो रकम प्रदेश सरकारले गरेको कुल आम्दानीको ४७।६४ प्रतिशत हो । वैशाख मसान्तसम्म प्रदेशले चार अर्ब २४ करोड ३३ लाख ५० हजार ८७ रुपियाँ राजस्व आम्दानी गरेको विवरण प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको बजेटमा कोशी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलनमा सुधार गर्ने भन्दै चार अर्ब ९८ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्य प्राप्त गर्न अब दुई महि

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ४३८ पटक पढिएको
  • प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी झापाको बिर्तामोडमा जेठ २४ गतेदेखि २६ गतेसम्म हुने

    सुनसरी / नेकपा एमाले, विज्ञान तथा प्रविधि विभाग, कोशी प्रदेशको आयोजनामा आगामी जेठ २४ गतेदेखि २६ गतेसम्म झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना हुने भएको छ । कोशी प्रदेशका १४ वटै जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ । ज्ञान र प्रविधिमा विद्यार्थीहरूको चासो, अनुसन्धान र सिर्जनात्मक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनीमा विविध वैज्ञानिक मोडेलहरू, आविष्कारहरू, नवप्रवर्तन तथा अनुसन्धानमूलक प्रोजेक्टहरू प्रस्तुत गरिने नेकपा एमाले क

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ४२८ पटक पढिएको
  • ड्युटी समयमा मापसे गर्ने मदन भण्डारी अस्पताल उर्लाबारीका दुई कर्मचारी निलम्बित

    इटहरी । उर्लाबारी मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत दुई जना कर्मचारी ड्युटी समयमा मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेपछि तत्काल निलम्बन गरिएको छ। गत बिहीबार राति ड्युटीमा उपस्थित हुनु पर्ने ती कर्मचारीहरू अस्पताल परिसरबाहिर मादक पदार्थ सेवन गरिरहेको अवस्थामा स्थानीय युवाहरूले फेला पारेका थिए। उनीहरूले दुवैलाई नियन्त्रणमा लिएर अस्पताल प्रशासनको जिम्मा लगाएका थिए। नियन्त्रणमा परेकामध्येब एक जना कार्यालय सहयोगी र अर्का जना पारा मेडिक्स रहेको स्रोतले जनाएको छ। मेडिकल सुपरिटेन्डेन्ट डा। रबि शाहका अनुसार दुवै जनालाई तत्काल विभागीय कारबाहीस्वरूप निलम्बन गरिएको हो। ‘घटन

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ३३८ पटक पढिएको
  • सिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा रक्तदान तथा दन्त परीक्षण कार्यक्रम सम्पन्न

    इटहरी । सिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरीको आयोजनामा रक्तदान तथा दन्त परीक्षण कार्यक्रम इटहरी नगरपालिकाको कार्यालय अगाडि सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष विष्णु भण्डारी नेपालले गर्नु भएको थियो भने प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाका सचिव सञ्जीव ढुंगाना रहनु भएको थियो । कार्यक्रममा सहकारीका सदस्यहरू सहित स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । संस्थाले आफ्नो सुरुवात देखि नै रक्तदान लगायत विभिन्न सामाजिक कार्यहरूलाई विशेष प्राथमिकता दिँदै आएको अध्यक्ष नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाको नियमित कार्यतालिका अनुसार नै यस पटक र

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • २७३ पटक पढिएको
  • सुनसरी अस्पतालमा लापरवाहीले विरामीको मृत्यु , छानबिन समितिको प्रतिवेदनप्रति आशंका

    इटहरी । सुनसरी जिल्ला अस्पताल, ईनरुवामा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि गठन गरिएको छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । तर, मृतकका आफन्तले प्रतिवेदनप्रति असन्तुष्टि जनाएका छन् । २०८१ चैत १० गते अस्पतालमा उपचार गराइरहेकी राधा कोईरी मेहताको मृत्यु भएपछि उनका छोरा रामचन्द्र मेहताले चिकित्सकको लापरवाहीकै कारण आमाको मृत्यु भएको आरोप लगाउँदै शव बुझ्न अस्वीकार गर्नुभएको थियो  । उहाँले न्याय माग गर्दै अस्पताल प्रशासनसँग कडा कारबाहीको माग गर्नुभएको थियो ।  यसपछि अस्पतालले घटनाबारे छानबिन गर्न समिति गठन गर्दै घटनाको समयमा खिचिएको सिसीटिभी फुटेज अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउने

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ३८६ पटक पढिएको
  • रेडस्टार माविद्वारा कक्षा १२ व्याचका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम

    इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं २ मा रहेको रेडस्टार माध्यमिक विद्यालयले शैक्षिक सत्र –२०८२ का छात्र छात्राहरूका लागि बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ । शुक्रबार सिन भिलेज पार्टी प्यालेसमा सो विद्यालयले शैक्षिक सत्र २०८२ को कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई बधाई तथा शुभकामना प्रदान गरेको हो । उक्त कार्यक्रमका प्रमुख अथिति समेत रहनुभएका पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकीले पथरी शनिश्चरे नगरमा  एक अब्बल दर्जाका विद्यालयको रूपमा स्थापित भइसकेको भन्दै  यस विद्यालयले  गत शैक्षिक वर्ष २०८१ मा नगरमै उत्कृष्ट नतिजा हासिल

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ३१४ पटक पढिएको
  • मिक्लाजुङ–२ एमाले शाखा अधिवेशन सम्पन्न, नैन राई अध्यक्षमा सर्वसम्मत

    इटहरी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मिक्लाजुङ गाउँपालिका वडा नं. २ साखा कमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नैन राईलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गर्दै नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्ष राईसँगै अगम राई उपाध्यक्ष, भक्त गजमेर सचिव, बिसाल सेडेम र दिलकुमारी राई उपसचिवमा चयन हुनुभएको छ । यस्तै, अधिवेशनले विभिन्न जिम्मेवारीमा अन्य सदस्यहरूलाई समेत चयन गरेको छ । नव निर्वाचित कमिटीलाई शुभकामना तथा बधाई व्यक्त गर्दै सहभागी नेताहरूले पार्टी संगठनलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेको प्रदेश कमिटी सदस्य रामकृष्ण राइले बताउनुभयो । अधिवेशनमा अध्यक्ष मण्डल सहित पार्टीका नेता, कार्यकर्ता तथ

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ४०२ पटक पढिएको
  • रामधुनीमा पहिलो फुड फेस्टिवल तथा सांस्कृतिक महोत्सव हुने

    इटहरी । थारु कल्याणकारिणी सभा, रामधुनी नगर समितिको आयोजनामा रामधुनी नगरपालिकाको झुम्कामा पहिलो रामधुनी फुड फेस्टिवल तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सव जेष्ठ ९ गतेदेखि सुरु भई जेष्ठ २४ गतेसम्म सञ्चालन हुनेछ । स्थानीय जातजातीको मौलिक संस्कृति, परम्परा र खानपानलाई संरक्षण तथा प्रवद्र्धन गर्न फुड फेस्टिवल तथा सांस्कृतिक महोत्सव गर्ने थारु कल्याणकारिणी सभा, रामधुनी नगर समितिले जानकारी दिएको छ । महोत्सवमा करिब २० वटा स्टलहरू राखिनेछन्, जसमा थारु समुदायका परम्परागत परिकार, पुराना औजार, भेषभूषा लगायतका सामाग्रीहरूको प्रदर्शनी गरिनेछ । प्रत्येक दिन साँझ ७ बजेदेखि १० बजेसम्म राष्ट्

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ३६१ पटक पढिएको
  • मधुमल्लामा रक्तदान कार्यक्रम सम्पन्न

    इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका–७, मधुमल्ला बजारमा आज ३२ औँ मदन–आश्रित स्मृति दिवसको अवसर पारेर खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रिटर्नी फेडेरेसन नेपालले आयोजना गरेको उक्त कार्यक्रम जेठ ३ गते शनिबार बिहान ७ बजेबाट १० बजेसम्म सञ्चालन गरिएको थियो । कार्यक्रम मधुमल्ला बजारस्थित जेष्ठ नागरिक चौतारोमा सम्पन्न भएको हो । बिराट मेडिकल कलेज टिचिङ हस्पिटल, बिराटनगरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको सो कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा कोसी प्रदेश इञ्चार्ज धर्मेन्द्र खड्का प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा सुमन नेम्बाङको उपस्थिति रहेको थियो ।

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ४५२ पटक पढिएको
  • इलामको देउमाई नगरपालिकामा बिपन्न परिवारलाई घर हस्तान्तरण

    इटहरी । राष्ट्रिय युवा संघ नेपाल, देउमाई नगर कमिटी इलामले देउमाई नगरपालिकाका एक अति विपन्न परिवारका लागि नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको छ। देउमाई नगरपालिका–३ निवासी तेजबहादुर राईको लागि निर्माण गरिएको घर शनिबार एक विशेष समारोहका बीच हस्तान्तरण गरिएको हो। कार्यक्रम राष्ट्रिय युवा संघका अध्यक्ष विशाल राईको अध्यक्षता र देउमाई नगरपालिकाका प्रमुख सूर्य प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा संघका प्रतिनिधि गणेश रिजालले अन्य अति विपन्न परिवारका लागि पनि यस्ता आवास निर्माण कार्यक्रम विस्तार गरिने जानकारी दिए। यो कार्यक्रम देउमाई नगरपालिका क्षेत्रभित्रका अति विपन्न नागरिकहरू

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ३१२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]