All Posts By कोशी प्रेस

    Showing ६,९४१-६,९५० of १३,७३९ items.
  • भोजपुरमा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम सुरु

    इटहरी । भोजपुरको पौवादुङमा गाउँपालिकामा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम सुरु भएको छ ।कोशी प्रदेश सरकार, पौवादुङमा गाउँपालिका र दायित्व नामक संस्थाको लागत साझेदारीमा कार्यक्रम सुरु भएको हो ।दायित्व संस्थाका कोशी प्रदेश संयोजक भविन विश्वकर्माका अनुसार गाउँपालिकाभित्रका ४० जना उद्यमीलाई छनोट गरिएको छ । छनोटमा परेकालाई उद्यमशीलतासम्बन्धी तीनदिने प्रशिक्षण पनि प्रदान गरिएको छ । छनोटमा परेका १० जना व्यवसायीलाई नवप्रवर्द्धन गर्न एक–एक लाख सहयोग गरिने संयोजक विश्वकर्माले जानकारी दिए ।गाउँपालिकाका व्यवसायीहरूमा उद्यमशीलताको विकासका लागि प्रस्तसत कार्यक्रमबाट मद्दत पुग्ने

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • ४०८ पटक पढिएको
  • मोरङको रतुवामाई नगरपालिकामा करेन्ट लागेर दुई महिलाको मृत्यु

    इटहरी । विवाहमा गीत गाएर मस्त मनोरञ्जन गरिरहनु भएका दुई जना महिलाको मङ्गलबार राति ८ बजे करेन्ट लागेर मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका ३ को मिर्चाडाँगीका मङ्गललाल सिंहको छोरा नीरजकुमार सिंहको विवाहमा  गीत गाएर नाचिरहनु भएका सोही स्थानका सतारुलाल गनगाईकी श्रीमती ७३ वर्षीय सूर्य देवी गनगाई र जतरुलाल गनगाईकी श्रीमती ७० वर्षीया रामुदेवी गनगाईको करेन्ट लागेर मृत्यु भएको हो । रतुवामाई –३ का वडाध्यक्ष देवीलाल ताजपुरियाका अनुसार हरियो बाँसमा बाँधेर टेण्ड टाँगिएको थियो । राति हावा हुरी आएर हरियो बाँस ११ हजार केभीको हाई टेन्सनमा बाँस ढलेपछि सूर्यदेवी र रामुदेवीलाई करेन्ट लागेको थियो । सोही

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • ३०४ पटक पढिएको
  • इटहरीमा सफाइ अभियान तीव्र: फोहोर छर्नेहरूलाई कडा चेतावनी

    इटहरी – वेस्ट एन्ड इन्भारो म्यानेजमेन्ट प्रा.लि. द्वारा इटहरी क्षेत्रमा सञ्चालन भइरहेको सफाइ अभियानलाई अझ प्रभावकारी बनाउँदै स्थानीय प्रशासन र समुदायको सहयोगमा सशक्त रुपमा अगाडि बढाइएको छ। यद्यपि, अभियानका बीचमा कतिपय व्यक्तिहरूको गैरजिम्मेवार रवैयाले समस्या थपिएको जनाइएको छ।सडक, गल्ली, तथा सार्वजनिक स्थलहरूमा फोहोर जथाभाबी छर्ने प्रवृत्तिका कारण सफाइ अभियानमा अवरोध पुगेको र वातावरणमा नकारात्मक असर परेको बताइएको छ । यसरी फोहोर व्यवस्थापनमा लापरबाही गर्नु न त समाजप्रति उत्तरदायी व्यवहार हो, न नै स्वच्छ शहर निर्माणमा सहयोगी।वेष्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रालिका अध्यक्ष देशभन्दु कार्कीका अनुसा

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • ५१६ पटक पढिएको
  • इलाममा फस्टाउँदै चिया पर्यटन

    इटहरी । नेपालको पूर्वी पहाडी जिल्ला इलाम जहाँ बर्सेनि हरियालीमा रमाउनेहरू तानिन्छन् । यहाँका चियाबारी अहिले चियाको बगान मात्र नभई पर्यटनको केन्द्रविन्दु बन्न थालेका छन् ।  हरिया पाखा, ढल्कँदो घाममा टल्किने चियाका पात र हिमालको काखमा फैलिएको प्राकृतिक सुन्दरताले इलामलाई चिया पर्यटनको ‘ब्रान्ड’ बनाउन थालेको छ । इलामका चियाबारी आजकल सेल्फी लिने, भिडियो बनाउने, घोडचढी गर्ने वा शान्त वातावरणमा रमाउने पर्यटकको पहिलो रोजाइ बन्न थालेका छन् । विशेष गरी कन्याम, अन्तु, पानीटार, फिक्कल र माईपोखरी क्षेत्रका चियाबारीमा दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन् ।नेपालमा पहिलो पटक चिया रोपण र उत्पादन गरिएको सदर

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • ५१७ पटक पढिएको
  • आश्रय सुधार तथा उपचार केन्द्रले सामाजिक अभियन्ता महाविर पुनका पुस्तक खरिद गरी सम्मान कार्यक्रम सम्पन्न

    मोरङ | मोरङको सुन्दरहरैंचा नगरपालिका–३, गछियामा रहेको आश्रय सुधार तथा उपचार केन्द्रले सामाजिक रूपान्तरणमा सक्रिय व्यक्तित्व महाविर पुनद्वारा लिखित २० थान पुस्तक खरिद गरी विशेष कार्यक्रम आयोजना गरेको छ । लागुऔषध दुव्र्यसनमा फसेका युवाहरूलाई जीवनमा सकारात्मक सोच, आत्मबल र राष्ट्रप्रेमको भावना जगाउने उद्देश्यले केन्द्रले करिब १५ हजार रुपैयाँ बराबरको पुस्तक खरिद गरेको आश्रय सुधार तथा उपचार केन्द्रलले जनाएको छ ।डा. महाविर पुनलाई विशेष सम्मान समेत गरिएको थियो । देशको विज्ञान, प्रविधि, नवप्रवर्तन तथा सामाजिक रूपान्तरणको क्षेत्रमा योगदान पु¥याउँदै आएका पुनको जीवनदर्शन, संघर्ष र प्रेरणादायी कार्यहरू के

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • ३४४ पटक पढिएको
  • रुद्राक्ष समाज नेपाल द्वारा बिराटनगरको शिव आधारभूत बिद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण

    रुद्राक्ष समाज नेपाल काठमाडौको आयोजना तथा समाजसेवी निर्मल रिजालको आर्थिक सहयोगमा बिराटनगर-१ स्थित शिव आधारभूत बिद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ। नेपाली कांग्रेस बिराटनगर महानगर समितिका सचिब तेजिन्द्र भट्टराईको पहल एवं समन्वयमा भएको कार्यक्रम रुद्राक्ष समाज नेपालका संरक्षक तथा नेपाली कांग्रेस कोशी प्रदेश-काठमाडौ सम्पर्क समितिको संयोजक समेत रहेका रिजालको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा समाजसेवी एवं पूर्व शिक्षक शिवराज कोइराला, सुशील सिवाकोटी लगायतको उपस्थित रहेको थियो। विपन्न परिवारका विद्यार्थीका निम्ति देसका विभिन्न विद्यालयमा समाजले सहयोग गर्दै आएको प्रमुख अतिथि रिजा

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • ८०७ पटक पढिएको
  • तोरीफुले नाकामा सशस्त्र प्रहरीको कडाइ, रेड पाण्डा र जडिबुटी तस्करी नियन्त्रणमा

    पाँचथर | याङवरक गाउँपालिका–१ स्थित तोरीफुले नाकामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (BOP) ले अवैध क्रियाकलाप नियन्त्रणका लागि व्यापक गस्ती सञ्चालन गरिरहेको छ। कार्यालय प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक रोहीत बहादुर भुजेलको नेतृत्वमा सीमावर्ती क्षेत्रमा सुरक्षालाई सशक्त बनाइएको हो।नाकामा जङ्गली जनावर तथा जडिबुटी तस्करी न्यूनीकरण भएको याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिन राईले जानकारी दिनुभयो। उहाँका अनुसार रेड पाण्डा जस्ता दुर्लभ वन्यजन्तु र बहुमूल्य जडिबुटीको अवैध ओसारपसारमा हाल रोक लागेको छ।सशस्त्र प्रहरीले लागू औषध ओसारपसार नियन्त्रणमा समेत विशेष सक्रियता देखाएको छ। सीमावर्ती क्षे

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • ५११ पटक पढिएको
  • प्रतिफल प्राप्त हुने क्षेत्रमा सहुलियतपूर्ण ऋण परिचालन गर्नुपर्छ: सांसद चौधरी

    काठमाडौँ, ३० वैशाख । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले सहुलियतपूर्ण ऋणलाई राष्ट्रिय प्राथमिकीकरणका आधारमा प्रतिफल प्राप्त हुने क्षेत्रमा परिचालन गरिनुपर्ने बताएका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्वमन्त्री चौधरीले त्यस्तो बताएका हुन् । उनले भने, 'सहुलियतपूर्ण ऋणलाई राष्ट्रिय प्राथमिकीकरण अर्थात् प्रतिफल प्राप्त हुने क्षेत्रमा परिचालन गरिनुपर्दछ । सामाजिक क्षेत्रको विकास र सामाजिक न्यायको कुरामा प्राथमिकता दिनुपर्छ । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा पहुँच तथा गुणस्तरमा सुधार हुने क्षेत्रमा काम गरिनुपर्छ ।' सार्वजनिक खर्चल

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • ३४१ पटक पढिएको
  • दोस्रो बृहत् खोटाङ हलेसी महोत्सव अन्तर्गत टेबल टेनिस र बुद्धिचाल प्रतियोगिता सुरु

    खोटाङ, वैशाख ३० – नेपाल खेलकुद प्रतिष्ठान, खोटाङको आयोजनामा सुरु भएको 'दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२' अन्तर्गत टेबल टेनिस तथा बुद्धिचाल प्रतियोगिताको उद्घाटन मंगलवार एक विशेष समारोहबीच सम्पन्न भयो।कार्यक्रमको प्रमुख अतिथिका रूपमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव श्री कृष्ण बस्नेत (पर्शुराम) सहभागी हुनु भएको थियो। समारोह दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका उपप्रमुख बिसन राईको अध्यक्षतामा सम्पन्न भएको हो।उद्घाटन समारोहमा प्रमुख अतिथि सदस्य सचिव बस्नेत, प्रतिष्ठानका अध्यक्ष सञ्जय कुमार राई लगायत अन्य विशिष्ट अतिथिहरूले च्याब्रुङ् र झ्याम्टाको सांस्

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • ३९८ पटक पढिएको
  • जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

    इटहरी । संखुवासभाको ​खाँदबारीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । ​खाँदबारी नगरपालिका( १ रेडक्रस मार्ग बस्ने ५३ वर्षीय राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसहित ५ जना सोमबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ५ सय ७० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • ३१६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]