All Posts By कोशी प्रेस

    Showing ६९१-७०० of १२,७२८ items.
  • प्राङ्गारिक खेती प्रवर्द्धन गर्न ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले किसानलाई गोठ तथा भकारो सुधारका लागि ५० प्रतिशत अनुदान दिने

    इटहरी। ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा भकारो सुधार कार्यक्रम सञ्चालन गर्दै किसानलाई ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने भएको छ । गाउँपालिकाले गाईबस्तुको मलमूत्रमा रहेको खाद्यतत्त्व संरक्षण गर्दै गुणस्तरीय प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदान उपलब्ध गराउने भएको हो । उक्त अनुदानबाट प्राङ्गारिक खेती प्रवर्द्धन हुनुका साथै कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष युकहाङ विर हाङ्गाम ९डम्बर० ले बताउनुभयो । उहाँका अनुसार अनुदान अन्तरगत किसानले गोठ तथा भकारो सुधार, काउम्याट खरिद, गहुँत सङ्कलन प्रणाली व्यवस्थापनलगायतका कार्यमा अनुदान प्रा

    • प्रकाशित मितिः असार ३०, २०८३
    • ७३ पटक पढिएको
  • हेंवा खोलाको कटानबाट माझीटार बस्ती जोगाउन पाँचथरमा तीन करोडको लागतमा तटबन्ध निर्माण सम्पन्न

    इटहरी।  पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला किनारमा रहेको माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण सम्पन्न भएको छ ।सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय झापाले माझीटारको बस्ती र खेतीयोग्य जमिन संरक्षणका लागि हेंवा खोलाको दुवैतर्फ तटबन्ध निर्माण गरेको हो । हिलिहाङ गाउँपालिकातर्फ १८० मिटर र फिदिम नगरपालिकातर्फ ९६ मिटर लामो तटबन्ध निर्माण गरिएको आयोजना कार्यालयका प्राविधिक दिनेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार तटबन्ध तीन मिटर उचाइको छ । बर्सेनि हुने कटानबाट वस्ती र खेतीयोग्य जमिन जोगाउने उद्देश्यले तटबन्ध निर्माण गरिएको सुवेदीले बताउनुभयो । रु तीन करोडको लाग

    • प्रकाशित मितिः असार ३०, २०८३
    • २६१ पटक पढिएको
  • धरान विद्युत् कार्यालयको गाडी दुर्घटना, दुईको मृत्यु

    इटहरी  । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको  सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते हुनुभएको छ । धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक गए राति सवारी दुर्घटना भएको थियो । धरानबाट इटहरीतर्फ जाँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो गाडी राति करिब ११ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । दुर्घटनामा परी गाडी चालक धरान–१३ का बिर्ख राई र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्य गम्भीर घाइते हुनुभएको थियो । दुवैलाई

    • प्रकाशित मितिः असार ३०, २०८३
    • १४५ पटक पढिएको
  • तमोर नदीमा आकस्मिक बाढी,धनकुटाको मूलघाटमा जलाउँदै गरेको चिता शवसहित बगायो

    इटहरी। धनकुटाको मूलघाटमा जलाउँदै गरिएको चिता तमोर नदीको बाढीले बगाएको छ। धनकुटा नगरपालिका–६ आत्माराका ४३ वर्षीय गौरी रोकाको मृत्यु भएपछि अन्त्येष्टिका लागि मूलघाट लगिएको थियो। रोकाको शव चितामा राखेर जलाउने क्रममा सोमबार तमोर नदीमा आएको बाढीले शवसहितको चिता बगाएको हो।शव जलाउने क्रममा नदीमा पानीको बहाव अचानक बढेपछि चिता बगेको प्रत्यक्षदर्शी दीपक पोख्रेलले जानकारी दिनुभयो। उहाँका अनुसार नदी किनारमा बनाइएको चिता करिब ७५ प्रतिशत जलिसकेको अवस्थामा एक्कासि आएको बाढीले बगाएको थियो। नदीले चिता बीच भागमा पुर्‍याउँदा पनि त्यसमा आगो बलिरहेको थियो। रोकाको शवअघि धनकुटा नगरपालिका–९ की राधिका निरौलाको चिता बन

    • प्रकाशित मितिः असार ३०, २०८३
    • २२८ पटक पढिएको
  • ताप्लेजुङको सुकेटार विमानस्थलमा एक महिनायता उडान अवरुद्ध

    इटहरी। ताप्लेजुङको सुकेटार विमानस्थलमा एक महिनायता उडान अवरुद्ध बनेको छ । मौसम प्रतिकूलताका कारण पछिल्लो एक महिना बढी समयदेखि सुकेटार विमानस्थलमा उडान अवरुद्ध हुँदै आएको हो ।ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार प्रतिकूल मौसमकै कारण उडान अवरुद्ध बनेको हो । प्रतिकूल मौसम अर्थात् निरन्तर वर्षासँगै बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकाले सुकेटार विमानस्थलमा उडान अवरुद्ध हुँदै आएको स्टेसन इन्चार्ज कार्कीले बताउनुभयो ।उहाँका अनुसार गत जेठ २२ गतेदेखि सुकेटारमा उडान अवरुद्ध बनेको छ । उडान अवरुद्ध बनेपछि यात्रुले सेवाबाट बञ्चित हुनु परेको छ । मौसममा सुधार नआएस

    • प्रकाशित मितिः असार ३०, २०८३
    • १०४ पटक पढिएको
  • ‘मिसेस पूर्वेली आइकन–३’को पहिलो अडिसन सम्पन्न, दोस्रो साउन ३ गते हुने

    इटहरी । विवाहित महिलाहरूको प्रतिभा प्रस्फुटन, सशक्तीकरण र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको पहिलो अडिसन इटहरीमा सम्पन्न भएको छ । ओपन स्पेस प्रालिको आयोजनामा असार २८ गते आइतबार संगीत चोकस्थित फूडसाला क्याफेमा फिजिकल अडिसन सम्पन्न भएको हो । प्रतियोगिताका लागि ५० जनाले अनलाइन फारम भरेकोमा डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट १२ जना महिलाहरू फिजिकल अडिसनमा सहभागी थिए । अडिसनको निर्णायकमा कोरियोग्राफर सुभेच्छा कार्की, दोस्रो सिजनकी विजेता मेघा खड्का, थर्ड रनरअप सीता पुरी र रईशा चौधरी हुनुहुन्थ्यो । २० देखि ५० वर्ष उमेर समूहका विवाहित महिलाहरू सहभा

    • प्रकाशित मितिः असार ३०, २०८३
    • १०७ पटक पढिएको
  • भोजपुरको अरुण गाउँपालिकामा गौरवको आयोजना अन्तर्गत खोलिटार–पाल्पाले सडक खण्डको ५५० मिटर कालोपत्रे सम्पन्न

    इटहरी । भोजपुरको पूर्वी अरुण गाउँपालिकाले आफ्नो गौरवको आयोजना अन्तर्गत वडा नम्बर ६, जरायोटारस्थित खोलिटार–पाल्पाले सडक खण्डको ५५० मिटर भागमा कालोपत्रे गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२÷८३ को विनियोजित १ करोड रुपैयाँको बजेटबाट कुल ३ किलोमिटर लम्बाइ मध्येको यस खण्डलाई पहिलो चरणमा पिच गरिएको हो। बाँकी भागलाई आगामी दिनमा क्रमशः कालोपत्रे गर्दै लगिने पालिकाको योजना छ । गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले पूर्वाधार विकासलाई तीव्रता दिँदै यस सडकलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइएको बताउनुभयो। यसैबीच, अनुगमनका क्रममा केही ठाउँमा प्राविधिक त्रुटि देखिएपछि उपाध्यक्ष बि

    • प्रकाशित मितिः असार ३०, २०८३
    • १२२ पटक पढिएको
  • कोशी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

    इटहरी । कोशी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ । सोमबार विराटनगरमा आयोजित एक कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशका ११ सय ५७ वडा, १३७ पालिका र १४ वटा जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भएपछि कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्नुभयो । कार्यक्रममा संघिय स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेलाई पूर्ण खोप सुनिश्चित प्रदेशको प्रमाणपत्र प्रदान गर्नुभएको थियो  । सो कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश संरचनालाई जनताको आवश्यकता पूरा गर्ने माध्यम बनाउन स्वास्थ्यकर्मीहरुलाई

    • प्रकाशित मितिः असार २९, २०८३
    • ७१ पटक पढिएको
  • कोशी प्रदेशमा ३ सय ३१ मानव अधिकार उल्लंघन

     इटहरी । कोशी प्रदेशमा सन् २०२६ को ६ महिनाको अवधिमा ३ सय ३१ जना मानव अधिकार उल्लंघनका घटनामा पीडित भएको पाइएको छ । मानव अधिकार एलाइन्सको २७ औँ स्थापना दिवसको अवसर आयोजित कार्यक्रम सो तथ्यांक सार्वजनिक गरिएको हो । मावन अधिकार एलाइन्स कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशमा मानव अधिकारको अवस्था विषयक कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कोशी प्रदेशका प्रमुख मनोहर पोख्रेलले उक्त तथ्यांक सार्वजनिक गर्नुभएको हो। कार्यक्रममा पोख्रेलले महिला अधिकार सम्बन्धी ६१ वटा, बाल अधिकार सम्बन्धी १ सय ११ वटा र नागरिक अधिकार सम्बन्धी १ सय ५९ वटा मानवअधिकार उल्लंघनका घटना भएको जानकारी दिनुभयो।

    • प्रकाशित मितिः असार २९, २०८३
    • २१९ पटक पढिएको
  • सीमा सुरक्षामा थप कडाइ र तस्करी नियन्त्रण गर्न कोशी प्रदेशका ४२ वटा सशस्त्र प्रहरी कार्यालयका प्रमुखहरूलाई एआईजी मगरको निर्देशन

    इटहरी । सशस्त्र प्रहरी बल नेपालका कार्य विभाग प्रमुख अतिरिक्त महानिरीक्षक ९एआईजी० गणेश ठाडा मगरले कोशी प्रदेशका सशस्त्र प्रहरी कार्यालय प्रमुखहरूलाई सीमा सुरक्षामा थप कडाइ गर्न, आर्थिक अनुशासन कायम राख्न तथा गैरकानुनी गतिविधिविरुद्ध उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिएका छन्।शनिबार सुनसरीस्थित सशस्त्र प्रहरी बल नेपाल नं। १ बराह बाहिनी मुख्यालयमा आयोजित संयुक्त निर्देशन कार्यक्रममा एआईजी मगरले कोशी प्रदेशअन्तर्गत रहेका ४२ वटा सशस्त्र प्रहरी कार्यालयका प्रमुखहरूलाई सम्बोधन गर्दै सीमा क्षेत्रमा हुने चोरी–तस्करी, अवैध ओसारपसार, लागूऔषध कारोबारलगायत सबै प्रकारका सीमा अपराध नियन्त्रणलाई प्राथ

    • प्रकाशित मितिः असार २९, २०८३
    • ३१३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]