All Posts By कोशी प्रेस

    Showing ७०१-७१० of १२,७२८ items.
  • दुहबीबाट १०७ ग्राम ब्राउन सुगरसहित दुई युवा पक्राउ

    इटहरी । सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बुढी खोलाको पुल नजिकबाट प्रहरीले १०७ दशमलव ४५ ग्राम ब्राउन सुगरसहित दुई युवालाई पक्राउ गरेको छ।लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–१ नोचा टोलका २५ वर्षीय जमालउद्दिन मियाँ र सोही स्थानका २५ वर्षीय इमदाद मियाँलाई आइतबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।प्रहरीले उनीहरूको साथबाट १०७ दशमलव ४५ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय दुहबीको हिरासतमा

    • प्रकाशित मितिः असार २९, २०८३
    • १५६ पटक पढिएको
  • निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको कालोपत्र योजना अधुरै

    इटहरी ।  निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको कालोपत्र योजना अधुरै रहने भएको छ ।मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकको नुनथलाबाट जौबारी–कुभिन्डे–हरमटार हुँदै ऐसँेलुखर्कबजार जोड्ने सडक र सोही खण्डको हुर्लुङबाट जालपा–सप्तेश्वर–बाक्सिलाबजार जोड्ने ग्रामीण सडक कालोपत्र योजना अपुरो हुने भएको हो । कोशी प्रदेश सरकारबाट विनियोजित बजेमार्फत अस्फाल्ट कालोपत्र गर्ने भनिएको यी दुई सडकको काम कालोपत्र गर्ने चरणमा पुगेपछि अलपत्र परेको छ । दुवै सडकको कालोपत्रको काम यही असार १५ गतेभित्र सक्नेगरी निर्माण कम्पनी बिसी–पिसी–पीकेबी जेभीले भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमा ठेक्का स

    • प्रकाशित मितिः असार २९, २०८३
    • १४४ पटक पढिएको
  • मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

    इटहरी। मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि सडक बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो ।ढकालका अनुसार उक्त सडकमा विगत चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिइएको भए पनि गएराति सडक थप भासिएपछि सोमबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको हो । सडक अवरुद्ध भएपछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्कविच्छेद भएको छ । इलाम, पाँचथर र ताप्लेजुङबाट झापातर्फ गएका तथा झापाबाट इलाम

    • प्रकाशित मितिः असार २९, २०८३
    • १३६ पटक पढिएको
  • अस्पतालको स्तरोन्नतिका लागि विराटनगरको कोशी अस्पतालमा दशकौँदेखि अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु, तीनवटा जेसिबी परिचालन

    इटहरी। विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन जिल्ला प्रशासन कार्यालय मोरङले अभियान सुरु गरेको छ। अस्पतालको स्वामित्वमा रहेको जग्गामा विभिन्न संघ–संस्थाले निर्माण गरी भाडामा लगाएका व्यावसायिक संरचना आइतबार बिहानदेखि भत्काउन थालिएको हो। जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा सुरु गरिएको अभियानमा तीनवटा जेसिबी प्रयोग गरिएको छ। दशकौँदेखि कोशी अस्पतालको जग्गामा निर्माण गरिएका नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संघ, गणेश मन्दिर र देवकोटा पुस्तकालयलगायत संस्थाका सटर तथा भवनहरू भत्काउन थालिएको हो।यी संस्थाले लामो समयदेखि अस्पतालको जग्गामा संरचना निर्माण गरी औषधी पसल तथा चि

    • प्रकाशित मितिः असार २९, २०८३
    • १२६ पटक पढिएको
  • सरकारी निकायको बेवास्ताका बीच उदयपुरको रौतामाई क्षेत्रमा रहेका खानी उत्खननका लागि निजी क्षेत्रको ६ अर्बको मेगा प्रोजेक्ट सुरु

    इटहरी  । सिमेन्ट उत्पादनका लागि खानी भण्डार रहेको उदयपुरको रौतामाई क्षेत्रमा फलाम खानी र सिसा उत्पादनका लागि अवश्यक पर्ने क्वार्ज ढुङ्गाको समेत खानी रहेको अनुमान गरिएको छ । सरकारी निकायबाट यस सम्बन्धमा कुनै पनि अध्ययन अनुसन्धान हुन नसक्दा उत्खननको काम हुन सकेको छैन । दुर्गम र पहाडी भौगोलिक धरातलको बनावट भएको रौतामाई गाउँपालिका–४, नामन्ताक्षेत्रमा सिसा उत्पादनका लागि आवश्यक पर्ने क्वार्ज ढुङ्गाको ठुलो परिमाणको खानी भण्डार सुरक्षित रहेको स्थानीय बासिन्दा एवं रौतामाई गाउँपालिकाका पूर्वअध्यक्ष गजेन्द्रबहादुर खड्काले बताउनुभयो ।  पूर्वअध्यक्ष खड्काका अनुसार रौतामाई–३ को लाफागाउँ, वडा नं।

    • प्रकाशित मितिः असार २९, २०८३
    • १५७ पटक पढिएको
  • झापामा एक करोड मूल्यको खरबुजाको बिउ बरामद

    इटहरी । झापाको भद्रपुर–३, ज्ञानेचोकस्थित एक घरको गोदामबाट प्रहरीले करिब एक करोड रुपियाँ बराबरको चाइनिज खरबुजाको बिउ बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त टोलीले आइतबार साँझ करिब ५ बजे भीमलाल सुवेदीको घरमा रहेका दुई वटा गोदाममा छापा मारेर ९४८ बोरा ९३७ हजार ९२० केजी० बिउ नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बरामद गरिएको बिउ भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ। एउटा बोरामा ४० केजीका दरले प्याक गरिएको उक्त बिउको अनुमानित मूल्य करिब एक करोड रुपियाँ रहेको छ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रञ्जन अवाका अनुसार छापा मार्नुअघि बिउ धनीसँग टेलिफोनमार्फत

    • प्रकाशित मितिः असार २९, २०८३
    • ४१ पटक पढिएको
  • भानु जयन्तीले नयाँ पुस्तालाई भाषा संरक्षणमा प्रेरित गर्ने मुख्यमन्त्री कार्कीको विश्वास, आदिकवि भानुभक्तको योगदान ऐतिहासिक रहेको उल्लेख

    इटहरी ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २१३ औँ भानु जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै आदिकवि भानुभक्त आचार्यको योगदानले नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।आइतबार जारी शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले संस्कृत भाषामा रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी भानुभक्तले नेपाली भाषाको विकास तथा साहित्यलाई जनसाधारणसम्म पुर्‍याउन उल्लेखनीय योगदान दिएको उल्लेख गर्नुभएको छ ।उहाँले भानुभक्तको ‘नेपाली भाषाको रामायण’, ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ र ‘रामगीता’ लगायत कृतिले नेपाली साहित्यलाई समृद्ध बन

    • प्रकाशित मितिः असार २९, २०८३
    • १२१ पटक पढिएको
  • भोजपुरको अरुण गाउँपालिकामा ‘सुत्केरी भेटघाट कार्यक्रम’ प्रभावकारी बन्दै, घरदैलोमै पुगेर भत्ता र पोषण सहयोग वितरण

    इटहरी । भोजपुरको अरुण गाउँपालिकाले सञ्चालन गरेको ‘सुत्केरी भेटघाट कार्यक्रम’ पछिल्लो समय निकै प्रभावकारी बन्दै गएको छ। स्थानीय सरकार घरदैलोमै पुगेर सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य एवं पोषणको ख्याल राख्न थालेपछि गाउँबासीहरू उत्साहित भएका छन् । यसै क्रममा गाउँपालिकाले वडा नम्बर ६, जरायोटारको पाल्पामा एक विशेष कार्यक्रमका बीच १९ जना नवजात शिशुका आमाहरूलाई भेटघाट गरी सहयोग वितरण गरको छ । कार्यक्रम अन्तर्गत गाउँपालिकाले बच्चाको मुख हेर्न नगद ५ सय रुपैयाँ र सुत्केरी आमालाई पोषणयुक्त खानेकुराका लागि थप २ हजार रुपैयाँ गरी प्रति व्यक्ति २५ सय रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गर्दै आएको छ । सुत्केर

    • प्रकाशित मितिः असार २९, २०८३
    • ११६ पटक पढिएको
  • डिप्रोक्स लघुवित्तद्वारा गछिया युवा समाजलाई खेलकुद सामग्री हस्तान्तरण

    इटहरी । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, गछियाबजार शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार गछिया युवा समाजलाई विभिन्न खेलकुद सामग्री हस्तान्तरण गरेको छ। युवाको प्रतिभा विकास र स्वस्थ समाज निर्माणका लागि ८ वटा फुटबल सहित एगिलिटी ल्याडर, विप्स, स्पीड हर्डस लगायतका प्रशिक्षण सामग्री प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि सामाजिक व्यक्तित्व देवराज तामाङले खेलकुदले युवाहरूलाई अनुशासित बनाउने चर्चा गर्दै वित्तीय संस्थाको यो सहकार्य उदाहरणीय भएको बताउनुभयो । संस्थाका कोशी प्रदेश प्रमुख बेद प्रसाद देवकोटाले वित्तीय सेवा प्रवाहसँगै सामाजिक क्षेत्रमा निरन्तर योगदान दिने प्रतिबद

    • प्रकाशित मितिः असार २९, २०८३
    • १२६ पटक पढिएको
  • लालीगुराँस नगरपालिकाले ४९ करोड १० लाखको बजेट पारित, उत्कृष्ट पाँच कर्मचारी सम्मानित

    इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ४९ करोड १० लाख ६६ हजार २ सय ६० रुपैयाँ बराबरको बजेट नगरसभाबाट पारित गरेको छ । बजेटमा नेपाल सरकार र कोशी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय तथा सशर्त, समपूरक र विशेष अनुदानलाई मुख्य आयस्रोतका रूपमा समावेश गरिएको छ । व्ययतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १० करोड रुपैयाँ तथा नगरस्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ४ करोड ८९ लाख २५ हजार २ सय ६० रुपैयाँ विनियोजन गरिएको छ । यस्तै सडक बोर्ड साझेदारी, खानेपानी आयोजना, कोल्ड स्टोरेज निर्माण, पदमार्गमा आधारित पर्य

    • प्रकाशित मितिः असार २८, २०८३
    • २४१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]