All Posts By कोशी प्रेस

    Showing ७११-७२० of ११,७६२ items.
  • ताप्लेजुङमा कोशी प्रदेशस्तरीय छैटौँ मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

    इटहरी । ताप्लेजुङमा कोशी प्रदेशस्तरीय छैटौँ मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता फुङलिङ नगरपालिका –६ मा रहेको इन्द्रेणी ब्याडमिन्टन हलमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो। जिल्ला ब्याडमिन्टन सङ्घ ताप्लेजुङको आयोजना तथा फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको छ। फुङलिङ नगरपालिकाको उपप्रमुख भिमादेवी ओझाको प्रमुख आतिथ्यमा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल शनिबार हुनेछ । प्रतियोगितामा पाँच विधामा प्रतिष्पर्धा रहने सङ्घका अध्यक्ष सुरेश सिङ्घक लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशस्तरीय मेन्स सिङ्गल, प्रदेशस्तरीय खुल्ला मिक्स डबल, ज

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १२४ पटक पढिएको
  • कोशी प्रदेशमा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सुरु

    इटहरी । कोशी प्रदेशमा आर्थिक वर्ष ०८२÷८३ अन्तर्गत सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको अर्धवार्षिक समीक्षा सुरु गरिएको छ ।  स्वास्थ्य निर्देशनालय धनकुटा द्वारा विराटनगरमा आयोजित प्रदेशस्तरीय समीक्षा गोष्ठीमा १४ जिल्लाका स्वास्थ्य कार्यालय, अस्पताल तथा आयुर्वेद केन्द्रहरुले गरेका काम, उपलब्धि र चुनौतीबारे विस्तृत छलफल हुने जनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले हरेक योजनालाई परिणाममुखी बनाउन निर्देशन दिनुभयो । उहाले जनतालाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै अस्पताललाई डिजिटल तथ्यांक प्रणालीमा आबद्ध हुन आग्रह समेत गर्नुभयो । त्य

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १३० पटक पढिएको
  • श्रममन्त्री साह बर्खास्त, रास्वपाको सिफारिसमा प्रधानमन्त्री शाहले गरे कारबाही

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् ।रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए ।यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत

    • प्रकाशित मितिः चैत २६, २०८२
    • २०१ पटक पढिएको
  • दुई दिन बिदा दिने सङ्घको निर्णय खारेज गर्न माग

    इटहरी । कोशी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका प्रदेश सांसद रेवतिरमण भण्डारीले सङ्घीय मन्त्रिपरिषद्ले गरेको सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई प्रदेशले हुबहु कार्यान्वयन गर्नुपर्ने जरुरी नभएको बताएका छन् । यस्तै बिहान ९ बजेदेखि कार्यालय खोल्ने निर्णय पनि अव्यवहारिक रहेको भन्दै उनले आलोचना गरेका छन् । कोशी प्रदेश सभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोलेका भण्डारीले दुई दिन बिदा दिने निर्णय यसअघि पनि असफल भइसकेको दाबी गरे । उनले संवैधानिक र कानुनी व्यवस्था अनुसार सङ्घीय सरकारले निर्णय गर्ने बित्तिकै प्रदेशका कार्यालयहरूमा त्यो स्वतः लागू नहुने बताए । ‘सङ्घ र प्रदेश

    • प्रकाशित मितिः चैत २६, २०८२
    • २४० पटक पढिएको
  • राप्रपाले उपसभामुखमा उम्मेदवारी दिएपछि कोशी प्रदेशका प्रवक्ता राउतले त्यागे पार्टी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० कोशी प्रदेशका प्रवक्ता तथा मिडिया नेपालका प्रदेश अध्यक्ष विजयकुमार राउतले राजीनामा दिएका छन् । पार्टीको कार्यदिशा र मुख्य सिद्धान्तविपरीत उपसभामुख पदमा उम्मेदवारी दिएको भन्दै उनले बिहीबार सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका हुन् ।आफ्ना मौलिक एजेन्डाहरू, संवैधानिक राजसंस्था, हिन्दु अधिराज्य, राजनीतिक स्थिरता, राष्ट्रियता, सुशासन तथा सांस्कृतिक पहिचानलाई स्थापित र सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा पार्टीको कार्यदिशा र निर्णय यी आधारभूत एजेन्डाविपरीत उन्मुख हुँदै गएको उनले बताएका छन् ।पार्टीप्रति आफ्नो समर्पण र योगदान हुँदाहुँदै पनि राष्ट्रहितल

    • प्रकाशित मितिः चैत २६, २०८२
    • २४६ पटक पढिएको
  • सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । विद्युतीय चुरोट ९भेप०मा लुकाएर सुन तस्करी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महराविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले पूर्वसभामुख महरा र नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको हो । चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा अख्तियारले महरा र सहसचिव पोखरेल तथा महराका छोरा राहुलसहितलाई प्रतिवादी बनाएर बिहीबार करिब ७ करोड रुपैयाँ बिगो कायम गरी विशेष अ

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १६८ पटक पढिएको
  • भगवती माध्यमिक विद्यालयको पक्की भवन निर्माण सुरु

    इटहरी ।  सुनसरीको वराहक्षेत्र १० स्थित भगवती माध्यमिक विद्यालयको पक्की भवन निर्माण सुरु गरिएको छ। विद्यालयमा रहेका भवन जीर्ण बन्दै गएपछि चार कोठे पक्की भवन बनाउन सुरु गरिएको हो । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको बजेटबाट भवन बनाउन सुरु गरिएको छ । पक्की भवनको ठेक्का वराहक्षेत्र नगरपालिकाले लगाएर भवन बनाउन थालिएको विद्यालयका प्रधानध्यापक घनश्याम माझीले जानकारी दिनुभयो । उहाँका अनुसार चार कोठे भवन बनाउन ४० लाख ९७ हजार ८८६ रुपैयाँ ६५ पैसामा ठेक्का परेर श्री आवेश एण्ड आर्यन बिल्डर्स इनरुवा सुनसरीले काम सुरु गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल उरावका अनुसार भगवती

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १२४ पटक पढिएको
  • पाथीभरा क्षेत्रमा पुनः हिमपात

    इटहरी ।  ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पुनः हिमपात भएको छ । बुधबार साँझ वर्षासँगै तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा हिमपात भएको हो ।बुधबार साँझ सुरु भएको वर्षाको क्रम बिहीबार बिहानसम्म नै कायम रहेको थियो । निरन्तर वर्षासँगै पाथीभरा धाम परिसरमा सेताम्मे हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार बिहीबार बिहानसम्म नै हिमपात भएको छ । पाथीभरामा सेताम्मे हिउँ परे पनि हिउँद यामजस्तो असहज नहुने महतले बताउनुभयो । हिमपात र वर्षाका कारण पदयात्रा गर्न साथै पाथीभरा माताको पूजा तथा दर्शन गर्नका लागि लाइनमा बस्नलाई केही असहज भए पनि अ

    • प्रकाशित मितिः चैत २६, २०८२
    • २०८ पटक पढिएको
  • विराटनगरमा प्रभातफेरीसहितको सचेतनामूलक कार्यक्रम

    इटहरी ।  सामान्य लापरवाहीले पनि विद्युतीय दुर्घटना भई ज्यान जान सक्ने जोखिमप्रति सचेत गराउँदै विराटनगरमा प्रभातफेरीसहितको सचेतनामूलक कार्यक्रम गरिएको छ । ३०औँ विद्युतीय सुरक्षा दिवसका अवसरमा नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालले संयुक्त रूपमा यस्तो सन्देश प्रवाह गरेका हुन् । ‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, समृद्धिका लागि विद्युत्‌को सदुपयोग गरौं’ भन्ने नाराका साथ निकालिएको प्रभातफेरीमा सहभागीहरूले सानो असावधानीले ठुलो मानवीय र भौतिक क्षति हुन सक्ने भन्दै सर्वसाधारणलाई सचेत गराएका थिए । कार्यक्रममा बोल्दै प्राधिकरणको विराटनगर वितरण

    • प्रकाशित मितिः चैत २६, २०८२
    • २२१ पटक पढिएको
  • आठ महिनामा इनरुवा मालपोतको ५१ करोड राजस्व

    इटहरी ।  भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीले चालु आर्थिक वर्ष २०८२र०८३ को आठ महिनामा ५१ करोड ७४ लाख ८१ हजार ७४४ रुपियाँ ३२ पैसा राजस्व सङ्कलन गरेको छ। गत आर्थिक वर्षमा कार्यालयले कुल ४७ करोड ५२ लाख ८९ हजार ८६ रुपियाँ ९७ पैसा राजस्व सङ्कलन गरेको थियो। यस वर्ष भने आठ महिनामै अघिल्लो वर्षको कुल राजस्वभन्दा करिब तीन करोड रुपियाँ बढी राजस्व उठेको हो। मालपोत कार्यालय इनरुवाले विगत केही वर्षदेखि जिल्लाको सदरमुकाम इनरुवा सहित रामधुनी, इटहरी र दुहवी क्षेत्रमा घरजग्गा कारोबार बढेकाले राजस्वमा वृद्धि भएको जनाएको छ। सूचना अधिकारी तथा मालपोत अधिकृत सन्तोष दर्जीका अनुसार चालु आर्थिक वर्षमा ५

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १६९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]