इटहरी । उदयपुरको प्राकृतिक, धार्मिक र सांस्कृतिक धरोहरका रूपमा रहेको रौतापोखरी क्षेत्रमा ‘प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव’ हुने भएको छ । ‘कला, संस्कार र संस्कृतिको उत्थान तथा पर्यटन प्रवर्धन’ भन्ने आदर्श वाक्यसहित रौता क्षेत्रको सांस्कृतिक र धार्मिक महत्वलाई राष्ट्रव्यापी बनाउने उद्देश्यले पहिलोपल्ट महोत्सवको आयोजना गरिएको आयोजक समितिले जनाएको छ । समितिले पत्रकार सम्मेलनमार्फत आगामी २०८२ चैत २९ देखि २०८३ वैशाख ३ सम्म महोत्सव सञ्चालन गरिने जानकारी दिएको हो । कोशी प्रदेश अन्तर्गत पर्ने उदयपुरको रौतामाई गाउँपालिका–६ मा अवस्थित रौतापोखरी प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहास
इटहरी । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एकै दिन साढे चार हजार भक्तजनले दर्शन गरेका छन् । शनिबार एकै दिन चार हजार ७३६ जनाले पाथीभराको दर्शन गरेका हुन् । तीन हजार ७९४ को उचाइमा रहेको पाथीभरा मन्दिरमा पछिल्लो समय भक्तजनको सङ्ख्या बढिरहेको छ । विषेश गरी अहिले पाथीभराको सिजन भएका कारण पनि मन्दिर आउनुहुने भक्तजनको सङ्ख्या बढेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो । रामनवमीको समयमा भक्तजन सङ्ख्या धेरै हुने गरे पनि यो वर्ष वर्षाका कारण प्रभाव परेको थियो । तर, अहिले मौसम सफा भए सँगै पाथीभरामा दर्शनार्थीको सङ्ख्या पनि बढेको कार्यकारी निर्देशक हाङ्बाङको भनाइ छ
इटहरी । नेपालको पूर्वी नाका झापाको काँकरभिट्टा भएर नेपाल प्रवेश गर्ने पर्यटक तथा बिरामी यात्रीलाई तानातान गर्ने कार्य रोकिएको छ । भारतका विभिन्न स्थानबाट आँखाको उपचार तथा अन्य विभिन्न प्रयोजनका लागि आएका यात्रीलाई बसपार्क तथा बजार क्षेत्रमा तानातान गरी दुर्व्यवहार हुने गरेको गुनासोपछि प्रहरीले कडाइ गरेको हो ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सीमा नाका काँकरभिट्टामा यात्रीलाई तानातान गरी दुःख दिने २४ जनालाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरिएको छ । पुनः यस्तो कार्य दोहोर्याएमा आवश्यक कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।मेची भन्सार कार्यालय, बसपार्क तथा बजार
इटहरी। कर्मचारी व्यवस्थापन नहुँदा ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा स्थापना गर्ने भनिएको इलाका प्रशासन कार्यालय सञ्चालनको विषय अन्योल रहेको छ । सरकारले साढे तीन तीन महिना अघि इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको भए पनि हालसम्म कर्मचारी व्यवस्थापन नहुँदा कार्यालय सञ्चालन अन्योल रहेको हो । सरकारले गत पुस ११ गते यहाँको सिरिजङ्घा गाउँपालिका प्रशासकीय केन्द्र रहेको तेल्लोकसहित देशका विभिन्न नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णयसँगै सरकारले कार्यालय सञ्चालनका लागि आवश्यक कर्मचारीको दरबन्दी पनि स्वीकृत गरेको थियो
इटहरी । पाँचथर कारागार भित्र रहेका कैदीबन्दीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सञ्चालन गरिएको स्क्रिनिङ शिविरले नसर्ने रोगको जोखिम देखाएको छ ।नियमित स्वास्थ्य जाँचको पहुँचबाट टाढा रहने यस समूहमा गरिएको परीक्षणले ५७ जनामध्ये आठ जनामा स्वास्थ्य समस्या देखिएको हो । विश्व स्वास्थ्य दिवसको सन्दर्भ पारेर स्वास्थ्य कार्यालय पाँचथरले कारागार भित्रै पुगेर ‘प्रवर्धनात्मक स्क्रिनिङ शिविर’ सञ्चालन गरेको थियो ।कोशी प्रदेश सरकारले अघि सारेको ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अवधारणालाई व्यवहारमा उतार्दै गरिएको यस पहलले बन्दी जीवनमा पनि स्वास्थ्य सचेतनाको आवश्यकता औंल्याएको छ । स्वास्थ्य कार्यालय पाँचथरका
इटहरी । ताप्लेजुङमा आधा दर्जन बढी सरकारी कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालित छ । सङ्घ तथा प्रदेश मातहतका कार्यालयहरू निमित्त कार्यालय प्रमुखको भरमा सञ्चालनमा रहेका छन् ।हाल निमित्त प्रमुखको भरमा सञ्चालित कार्यालयहरूमा डिभिजन वन कार्यालय, मालपोत कार्यालय, स्वास्थ्य कार्यालय, जिल्ला हुलाक कार्यालय रहेका छन् । त्यस्तै, जिल्ला अस्पताल, कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ ताप्लेजुङ निमित्त कार्यालय प्रमुखको भरमा सञ्चालित छन् । यहाँका मालपोत कार्यालय, जिल्ला हुलाक कार्यालय, स्वास्थ्य लगायतका अधिकांश कार्यालय लामो समयदेखि निमित्त कार्यालय प्रमुखको भरमा
इटहरी । विगत २१ वर्षदेखि शिक्षा क्षेत्रमा सेवा पु¥याउँदै आएको धरान मन्टेश्वरी एकेडेमीले दुइ दिने आफ्नो २१ औँ वार्षिकोत्सव तथा १९ औँ दीक्षान्त समारोह मनाएको छ । सोमबार र मंगलबार आयोजित वार्षिकोत्सव तथा दीक्षान्त समारोहमा विद्यालयमा अध्ययनरत एक सय भन्दा बढी विद्यार्थीलाई दिक्षित गरिएको थियो । विद्यालयका प्रबन्ध निर्देशक दीपक अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रम कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनुवारको प्रमुख आतिथ्यतामा समापन गरिएको हो। समारोहमा विद्यार्थीहरूले गायन, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए । वार्षिकोत्सव तथा दीक्षान्त समारोहका अवसरमा कक्षागत उत्
इटहरी । कोशी प्रदेशका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बुले केही दिन यता निरन्तर रूपमा कोशी प्रदेशका विभिन्न जिल्लाहरूका जिल्ला अस्पताल आयुर्वेद र अन्य स्वास्थ्य संस्थाहरूमा अनुगमन तथा निरीक्षण गरिरहनु भएको छ।यसै बीच मंगलबार संखुवासभा जिल्ला अस्पताल,जिल्ला आयुर्वेद अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयहरुको अनुगमन तथा निरीक्षण गर्नुभएको हो । अनुगमनका क्रममा मन्त्री लिम्बुले यसै साता झापा, मोरङ , सुनसरी, ईलाम , पाँचथर, ताप्लेजुङ , धनकुटा, भोजपुर , सोलुखुम्बु, आदि जिल्लामा रहेका विभिन्न स्वास्थ्य संस्थाहरूको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।मन्त्री लिम्बुले जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्
इटहरी । वराहक्षेत्र नगरपालिका वडा नं. ३ स्थित वाङ्गे बजारदेखि नडाहा हुँदै धरान जोड्ने कालोपत्रे सडक निर्माण कार्य यथाशिघ्र सम्पन्न गराउन नगर प्रमुख रमेश कार्कीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग, विराटनगर पुगेर विभागीय प्रमुख तथा सम्बन्धित अधिकारीहरूको ध्यानाकर्षण गराउनुभएको छ । सोमवार नगर प्रमुख कार्की स्थानिय जनप्रतिनिधिहरु, स्थानिय उपभोक्ताको सहभागिता सहित संघीय सरकार अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग, विराटनगर पुगेर योजनालाई यथाशिघ्र सम्पन्न गराउन विभागीय प्रमुख तथा सम्बन्धित अधिकारीहरूको ध्यानाकर्षण सहित दबाव दिनुभएको हो । संघीय सरकारक
इटहरी । सुनसरीको इनरुवा–७, ग्रीन सिटीमा निर्माण भईरहेको पाथिभरा माता मन्दिरको निर्माण सम्पन्न गर्ने उदेश्यले पाथिभरा माताको मन्दिर व्यवस्थापन समिति द्वारा आयोजित श्रीमद्भागवत महापुराण धन–धान्याञ्चल सप्ताह तथा धार्मिक ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ । चैत ५ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको उक्त धार्मिक महायज्ञको समापन पछि आयोजित सार्वजनिक कार्यक्रममा आम्दानी तथा खर्च विवरण प्रस्तुत गरिएको हो। कार्यक्रममा आर्थिक संयोजक रमेश घिमिरेले प्रस्तुत गरेको विवरण अनुसार नगद तर्फ १२ लाख ६७ हजार ७ सय २८ रुपैयाँ तथा जिन्सी (वस्तुगत सहयोग) तर्फ ८ लाख ७२ हजार ३ सय ३६ रुपैयाँ संकलन भएको छ । यसरी कुल आम
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.