इटहरी । मोरङको लेटाङमा शनिबार दिउँसो दर्ता नभएको सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहका अनुसार कानेपोखरीबाट लेटाङ बजारतर्फ जाँदै गरेको सिटी सफारी फारलाइन क्षेत्रमा अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा लेटाङ–४ सिद्धार्थ लाइन निवासी अन्दाजी ६० वर्षीया सञ्चमाया लावती गम्भीर घाइते हुनुभएको थियो ।गम्भीर घाइते लावतीको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक साहले जानकारी दिनुभयो। दुर्घटनामा सिटी सफारीमा सवार अन्य तीन जना घाइते हुनुभएको छ। उहा
इटहरी । रोट्रयाक क्लब अफ इटहरीले आफ्नो १९ औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रम मार्फत मनाएको छ । भ्वाइस अफ चिल्ड्रेन इटहरीमा आश्रित बालबालिकालाई स्टेशनरी सामग्री वितरण तथा उनीहरूसँगै रात्रीभोज कार्यक्रम आयोजना गर्दै क्लबले स्थापना दिवसलाई अर्थपूर्ण बनाएको हो। नवनिर्वाचित अध्यक्ष अनुप्रास बिष्टको कार्यकालको अवसरमा आयोजित उक्त कार्यक्रममा क्लबका सदस्यहरूले बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै आत्मीयतापूर्वक समय बिताएका थिए । रोटरी क्लब अफ इटहरीका अध्यक्ष चेतन धमलाले स्थापना दिवसलाई औपचारिक समारोह भन्दा सेवामूलक कार्यमार्फत मनाउन पाउँदा गर्व लागेको बताउँदै बालबालिकाको विकासमा
इटहरी । मोरङको पथरी शनिश्चरे –०१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयले अभिभावक भेला, सम्मान तथा विदाई कार्यक्रम आयोजना गरेको छ । शनिबार विद्यालयको प्राङ्गणमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यता एवं वडाध्यक्ष भीमकुमार राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ‘पञ्चायत वाणी’ कृतिको लोकार्पण गरिनुका साथै विद्यालयको शैक्षिक विकासमा पु¥याएको योगदानको कदर गर्दै पूर्व शिक्षकहरू वेदनिधि गड्तौला, गुरूप्रसाद दहाल, दिनेश कुमार सुवेदी र बुद्धिनाथ अधिकारीलाई विशेष सम्मान गरिएको थियो । सोही अवसरमा विद्यालयमा स्थापित विभिन्न स्मृति कोषका दाताहरू सीत
इटहरी — इटहरी उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै जाँदा सदस्य पदका उम्मेदवार महेश थापाले व्यवसायीबीच आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। नवराज काफ्ले नेतृत्वको साझा समूहबाट उम्मेदवारी दिएका थापा यतिबेला घरदैलो, भेटघाट तथा प्रत्यक्ष संवादमार्फत व्यवसायीका सुझाव र अपेक्षा संकलनमा सक्रिय छन्।लामो समयदेखि व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय थापाले उद्योगी–व्यवसायीका साझा समस्या समाधान, संस्थागत सुदृढीकरण तथा युवा व्यवसायीको सक्रिय सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। व्यवसायीसँगको प्रत्यक्ष संवादमार्फत संघलाई अझ प्रभावकारी, उत्तरदायी र सबैको साझा संस्था बनाउने आफ्नो लक्ष्य रह
इटहरी । धरान उपमहानगरपालिका–५ देउरालीबाट प्रहरीले पाँच ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ।लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रहरी टोली, अस्थायी प्रहरी पोस्ट जोरसखुवा र अस्थायी प्रहरी चौकी देउरालीबाट संयुक्त रूपमा खटिएको टोलीले छापा मारेको थियो।प्रहरीले धरान–५ निवासी ३२ वर्षीय पर्वत दर्जी बस्दै आएको कोठामा खानतलासी गर्दा ब्राउनसुगर पाँच ग्राम पदार्थ बरामद गरेको जनाएको छ। बरामद लागूऔषधसहित दर्जीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
इटहरी । गृहमन्त्री सुधन गुरुङले देशभरका प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।नेपाल–भारत सीमा क्षेत्रको निरीक्षणका लागि शनिबार विराटनगर आइपुग्नुभएका गृहमन्त्री गुरुङले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बजेट अभावका कारण निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न नसके पनि आवश्यक स्रोत व्यवस्थापन गरी प्रहरी भवन निर्माणलाई तीव्रता दिइने बताउनुभयो । उहाँले प्रहरी संगठनको भौतिक पूर्वाधार सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै जीर्ण भवनको समस्या समाधानका लागि योजनाबद्ध रूपमा काम अघि बढाइएको जानकारी दिनुभयो ।गृहमन्
इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ३ मा विकास निर्माणका कामसँगै वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह प्रभावकारी बन्दै गएपछि स्थानीयवासीले जनप्रतिनिधि र कर्मचारीप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूका अनुसार जनप्रतिनिधि र कर्मचारीहरूले नागरिकका समस्यालाई सहज रूपमा सुनेर आवश्यक सेवा छिटोछरितो रूपमा उपलब्ध गराउँदै आएका छन्। कार्यालयमा अनावश्यक झन्झट कम भएको र आवश्यक जानकारी तथा सहजीकरण समयमै पाइने गरेको स्थानीयको भनाइ छ। २०७९ सालको स्थानीय तह निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिहरूले सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्दै विकास निर्माणका
इटहरी । इटहरी उपमहानगरपालिका–४ ले वडाभित्रका विभिन्न टोलमा सडक पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ । वडाको वार्षिक विकास योजना अन्तर्गत कालोपत्रे, ग्राभेल, कल्भर्ट निर्माण, नाली व्यवस्थापन तथा सडक मर्मतका काम एकसाथ अघि बढाइएका हुन्। वडा कार्यालयले नागरिकको दैनिक आवागमन सहज बनाउने उद्देश्यका साथ आवश्यकता अनुसार विभिन्न स्थानमा सडक स्तरोन्नतिको काम गरिरहेको जनाएको छ। २०७९ सालको स्थानीय तह निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिहरूले सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माणका कामलाई अघि बढाएका छन्। सडक कालोपत्रे, सडक बत्ती जडान, पुल तथा कल्भर्ट निर्माण, सार्वजनिक स्थल संरक्षण
इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–७ मा जैविक तथा कम्पोष्ट मल निर्माण कारखानाको उद्घाटन गरिएको छ । नगरपालिकाको कृषि विशेष अनुदान कार्यक्रम अन्तर्गत स्थापना गरिएको कारखानाले स्थानीय किसानलाई गुणस्तरीय जैविक मल उत्पादन तथा अर्गानिक खेती प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङले रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको उल्लेख गर्दै अब अर्गानिक खेती नै दिगो कृषि विकासको आधार भएको बताउनुभयो । उहाँले नगरपालिकाले किसानलाई अर्गानिक उत्पादनतर्फ आकर्षित गर्न यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ विस्ता
इटहरी । नेपालमा उत्पादन भएर भारत निर्यात हुँदै आएका औद्योगिक वस्तुमा अघोषित भन्सार अवरोध भएपछि विराटनगरका उद्योगीले सरकारसँग सहजीकरण माग गरेका छन् । नेपालका उद्योगका लागि भारतीय मानक ब्युरो ९ब्युरो अफ इन्डियन स्टान्डर्स–बिआइएस० जारी तथा नवीकरण नगरिदिएपछि निर्यातकर्ता नेपाली उद्योगीले विभागीय मन्त्रालयसँग सहजीकरण अनुरोध गरेका हुन् । भारत सरकारले नेपालका कुनै पनि उद्योगलाई बिआइएसको नयाँ अनुमति र पाइसकेर म्याद नाघेकाको नवीकरण गरेको छैन । यो पछिल्लो तीन महिनायताकै गैरभन्सार अवरोध रहेको उद्योगीको भनाइ छ । बिआइएस सबै उद्योगले एकै पटक नपाएर क्रमशः पाउने भएकाले समस्या अहिले धेरै उद्योगसम्म जोडिए
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.