इटहरी । बर्सौंदेखि जमिन नै भासिने र बग्ने समस्या हुँदै आएको मेची राजमार्ग अन्तर्गत इलामको माईखोलामाथि राजदुवाली–भन्ज्याङ सडकखण्ड यात्रुु र सवारीका लागि अत्यन्तै कष्टकर बनेको छ । पानी पर्नासाथ पहिरोको जोखिम बढेपछि यो खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था छ । राजदुवाली–भन्ज्याङ सडकखण्डको विकल्पमा रहेका सिमल गोलाई–तिल्केनी कच्ची सडक र केचना–कञ्चनजङ्घा सडक पनि अहिलेसम्म सहज सञ्चालनको अवस्था छैन । यता राजदुवाली खण्ड बन्द भएपछि सिमल गोलाई–तिल्केनी सडकलाई नै सञ्चालनमा ल्याइएको छ । यो सडकमा पर्ने जोगमाईखोलामा डाइभर्सन बनाएर यातायातलाई सञ्चालन गरिएको इलामका प्रमुख जिल्ला अधि
इटहरी । झापाको कमल गाउँपालिका–६ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा एक महिनाको अवधिमा दुई पटक चोरी भएपछि विद्यालय असुरक्षित बनेको छ ।पहिलो पटक विद्यालयबाट पानी तान्ने मोटर चोरी भएको थियो । त्यसको केही दिनमै पुनः विद्यालयमा प्रवेश गरी चोरले कम्प्युटर, सिपियू, कक्षाकोठामा प्रयोग हुने स्पिकरलगायतका शैक्षिक सामग्री चोरी गरेको प्रधानाध्यापक बचना राईले जानकारी दिनुभयो ।विद्यालय परिसरमा रहेको दानपेटिका समेत फुटाएर त्यहाँ रहेको नगद पनि चोरी गरिएको छ । विद्यालयका अनुसार अभिभावक तथा विद्यालय भ्रमणमा आउनेहरू स्वेच्छाले सहयोग गर्न सकून् भनेर राखिएको दानपेटिकामा करिब ५ हजार रुपियाँ रहेको थियो ।घटनापछि स्थान
इटहरी । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिसक्दा धनकुटाको छथर जोरपाटी गाउँपालिकाले भने अझै बजेट ल्याउन सकेको छैन । गाउँपालिकामा शिक्षक तथा बालविकास सहजकर्ताको सरुवा विवादका कारण बजेट प्रस्तुत गर्ने प्रक्रिया प्रभावित भएको हो ।शिक्षक तथा बालविकास सहजकर्ताको सरुवासम्बन्धी विवाद अदालतसम्म पुगेपछि गाउँपालिकाको प्रशासनिक काम प्रभावित भएको छ । असार १० गते नै बजेट पेस गर्ने तयारी पूरा भइसके पनि शिक्षक सरुवासम्बन्धी मुद्दाको सुनुवाइका लागि गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बा र शिक्षा शाखा प्रमुख निर्मला सुवेदी सर्वोच्च अदालत जानुपरेकाले गाउँसभा बस्न नसकेको गा
इटहरी । स्वास्थ्य सेवा सहज, सुलभ र गुणस्तरीय बनाउन स्थानीय सरकारले थालेका प्रयासहरू प्रभावकारी बन्दै गएका छन् । यसैको उदाहरणका रूपमा झापाको कमल गाउँपालिका सहित झापामा सञ्चालन गरिएको कुष्ठरोग प्रमाणिकरण कार्यक्रमलाई लिन सकिन्छ ।आर्थिक वर्ष २०८२(०८३ को राष्ट्रिय कुष्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गत कमल नगर अस्पतालमा आयोजित कार्यक्रममा उपचाररत कुष्ठरोग प्रभावित व्यक्तिहरूले गाउँमै विशेषज्ञ चिकित्सकबाट सेवा प्राप्त गरेका छन् । छालारोग विशेषज्ञ डा। गुरु पौडेलले बिरामीहरूको स्वास्थ्य परीक्षण, कुष्ठरोग प्रमाणीकरण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गर्नुभएको थियो । विशेषज्ञ सेवा लिन टाढा धाउनुपर्ने
इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ स्थित रेडस्टार माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई प्रत्यक्ष निर्वाचन प्रणालीको व्यवहारिक अभ्यास गराइएको छ । विद्यालयमा कक्षा ४ देखि १० सम्म अध्ययनरत ६ सय ५० बढी छात्रछात्राले आगामी एक वर्षे कार्यकालका लागि स्कुल क्याप्टेन र भाइस क्याप्टेन प्रत्यक्ष मतदान मार्फत चयन गरेका हुन्। यस कार्यक्रमले विद्यार्थीहरूलाई लोकतान्त्रिक प्रणाली, मताधिकारको प्रयोग र नेतृत्व विकासबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्य राखेको विद्यालयका निर्देशक तथा प्रिन्सिपल टि.एन. तिम्सिनाले बताउनुभयो । निर्वाचनमा सहभागी विद्यार्थीहरूले नेपालको संविधानले सुनिश्चि
इटहरी । पहाडी जिल्लामा डेङ्गु सङ्क्रमण देखिएसँगै नियन्त्रणका लागि धनकुटामा ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ ।बुधबार स्वास्थ्य कार्यालय धनकुटाको आयोजनमा र्यालीसहितको सचेतना कार्यक्रमसहित अभियान सुरु गरिएको हो । कोशी राजमार्ग अन्तरगत धनकुटाको भीमनारायण चोकदेखि बसपार्कसम्म र्यालीसहितको सचेतना कार्यक्रम साथै ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको थियो । डेङ्गु रोगका बारे स्थानीयस्तरका नागरिकलाई जानकारी गराउँने उद्देश्यले डेङ्गु रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख सिर्जना बञ्जाडेले जानकारी दिनुभयो । सचेतना अभियानमा डेङ्गुबारे
इटहरी । मेचीनगर नगरपालिका–३, भावना चोकमा गएराति भएको आगलागीमा रु १६ लाख बराबरको क्षति भएको छ ।आगलागीबाट घरका भाँडाबर्तन, लत्ताकपडा, अन्न, आधा तोला सुनसहित रु ५० हजार नगद जलेको छ । पूर्णचन्द्र रिजालको इँटा, काठ र टिनको छानो भएको दुई कोठे कच्ची घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोले घरसँगै जोडिएको गोठ पनि नष्ट भएको छ । मेचीनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । आगालागीको कारण खुलेको छैन ।
इटहरी । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको फैसला कार्यान्वयन टोलीले उनीहरूलाई हालै झापाका विभिन्न स्थानबाट पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको छ । झापा गाउँपालिका–४ का ४७ वर्षीय अब्दुल हकिम मियाँ सवारी ज्यान मुद्दामा तीन महिना कैद र रु २०० जरिवाना तथा मेचीनगर नगरपालिका–३ का २६ वर्षीय अनिल दनुवार लागुऔषध मुद्दामा तीन महिना कैद र रु २०० जरिवाना सजाय तोकिएका प्रतिवादी हुन् । कमल गाउँपालिका–५ का २३ वर्षीय मनिष मगर लागुऔषध मुद्दामा नौ महिना २० दिन कैद सजाय तोकिए
इटहरी । धनुषाको मिथिला नगरपालिका(३, हरिहरपुरका ५५ परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ ।बुधबार हरिहरपुरमा एक कार्यक्रमबिच नापी कार्यालय धनुषाको १ नम्बर नापी टोलीले ती परिवारलाई लालपुर्जा वितरण गरेको हो ।नापी टोलीका प्रमुख निरञ्जन यादवले साबिक हरिहरपुर गाविस वडा नम्बर ७ र ८ मा पुस्तौंदेखि गाउँब्लक जमिन भोगचलन गर्दैआएका परिवारलाई लालपुर्जा वितरण गरिएको बजानकारी दिनुभयो । उहाँले गाउँब्लक जग्गाको नापनक्सा तथा सबै कानुनी प्रक्रिया पुरा गरी लालपुर्जा वितरण गरिएको बताउँदै लालपुर्जा पाउनबाट वञ्चित रहेका परिवारलाई कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।टोली प्रमुख यादवले लालपुर्जा
इटहरी। आर्थिक मन्दी, घट्दो विज्ञापन बजार, डिजिटल माध्यमतर्फ बढ्दो आकर्षण र नीतिगत सहयोगको अभावका कारण कोशी प्रदेशका विभिन्न स्थानमा रहेका १६ वटा सामुदायिक रेडियोसहित ४४ वटा एफएम रेडियोको प्रसारण बन्द भएको छ । कोशी प्रदेशमा दर्ता भएका १२९ एफएम रेडियोमध्ये ४४ वटा प्रसारण बन्द भइसकेको तथ्य सार्वजनिक भएपछि मोफसल पत्रकारिताको भविष्यप्रति गम्भीर चिन्तासमेत व्यक्त गरिएको छ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कोशी प्रदेश मिडिया सम्मेलनमा प्रस्तुत गरिएको कार्यपत्रले प्रदेशको सञ्चारक्षेत्र अभूतपूर्व आर्थिक सङ्कट, घट्दो विज्ञापन बजार, तीव्र डिजिटल रूपान्तरण र नीतिगत उपेक्षा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.