All Posts By कोशी प्रेस

    Showing ९०१-९१० of ११,७६५ items.
  • ओली–लेखक पक्राउको विरोधमा झापामा प्रदर्शन, रिहाइको माग

    इटहरी ।  केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेसँगै उनीहरूको रिहाइको माग गर्दै गृह जिल्ला झापामा विरोध प्रदर्शन सुरु भएको छ। नेकपा एमाले झापाको आयोजनामा बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयबाट निकालिएको विरोध र्‍याली नगर परिक्रमा गर्दै मुक्ति चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभामा बोल्ने अधिकांश वक्ताहरूले नयाँ सरकार गठन भएको छोटो समयमै प्रतिशोधपूर्ण कदम चालिएको आरोप लगाउँदै कडा विरोध जनाए। उनीहरूले यस्तो अभ्यासले राजनीतिक प्रतिशोधको खतरनाक नजिर बस्न सक्ने चेतावनी दिँदै पार्टी अध्यक्ष ओली र पूर्व गृहमन्त्री लेखकलाई विना सर्त रिहा गर्न माग गरेका छन्। सभालाई सम्बोधन गर्दै जिल्ला अ

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १०३ पटक पढिएको
  • नेसनल प्याब्सन कोशी प्रदेशको पहिलो बैठक सम्पन्न, संगठन सुदृढीकरण र वार्षिक कार्यक्रमलाई प्राथमिकता

    इटहरी  । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को कोशी प्रदेशको तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ। मोरङको सुन्दरहरैंचा–४ स्थित चिल्ड्रेन मन्टेश्वरी स्कुलमा रहेको प्रदेश कार्यालयमा अध्यक्ष कमल खनालको अध्यक्षतामा बसेको बैठकले संगठन विस्तार देखि कार्यालय व्यवस्थापन सम्मका विषयमा विस्तृत छलफल गरेको हो। बैठकले कार्यालय व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र सेवा–मुखी बनाउने निर्णय गरेको छ । साथै, हालै सम्पन्न प्रदेश अधिवेशनको समिक्षा गर्दै आगामी दिनमा संगठनलाई अझ मजबुत बनाउने रणनीतिमा जोड दिइएको छ ।

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १७९ पटक पढिएको
  • भोजपुरको चखेवामा नयाँ वर्षको अवसरमा रैथाने खाना महोत्सव’ आयोजना हुने

    इटहरी । रैथाने खाना र संस्कृतिको प्रवर्दन गरी पर्यटन विकास गर्ने उद्देश्यका साथ भोजपुरको चखेवामा रैथाने खाना महोत्सव आयोजना हुने भएको छ । टेम्केमैयुङ गाउँपालिका, पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी) र हेल्भेटास नेपालको आर्थिक सहयोग तथा चखेवा होटल तथा होमस्टे व्यवसायी संघको आयोजनामा मुन्दुम पदमार्ग अन्तर्गतको पर्यटकीय क्षेत्र चखेवामा यही चैत्र ३० गतेदेखि नयाँ वर्ष २०८३ सालको बैशाख २ गतेसम्म खाना महोत्सव साथै सांस्कृतिक कार्यक्रमको आयोजना हुन लागेको हो । महोत्सव आयोजना हुने विषयमा पत्रकार सम्मेलनको गरी जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा स्थानीय रैथाने खाना र कृषि उत्पादनको प्रर्

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १३६ पटक पढिएको
  • जनता क्याम्पसमा झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण

    इटहरी । इटहरीमा समुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने छात्र र छात्राका लागि अलग–अलग छात्रावास निर्माण हुने भएको छ । छात्रावासको शनिबार सञ्चालक समिति अध्यक्ष विकास केसीले सिलान्यास गर्नुभयो। झण्डै पाँच करोड रुपैयाँको लागतमा छात्रावास निर्माण हुने भएको हो । संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजना अन्तर्गत रकम विनियोजन गरेकोमा पहिलो किस्तामा एक करोड ४२ लाख रुपैयाँ निकासा भएसँगै सिलान्यास गरी निर्माण कार्य सुरु गरिएको छ । बहुवर्षीय योजना अन्तर्गत पहिलो चरणमा छात्र र छात्राका लागि छुट्टाछुट्टै एकतले भवन निर्माण गरिनेछ, जसमा दुवैतर्फ १४÷१४ वटा कोठा रहने व

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १३१ पटक पढिएको
  • वराहक्षेत्रबाट २५ केजी गाजासुहित एक युवक पक्राउ

    इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका(८, शुक्रबारेबाट २५ केजी लागुऔषध गाजा बरामद भएको छ। सुनसरी प्रहरीले गाजा सहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र प्रहरी बलको बेस क्याम्प चतराको संयुक्त टोलीले चतराबाट शुक्रबारेतर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्दा प्लास्टिकको बोरामा राखिएको गाँजा फेला पारेको हो। प्रहरीका अनुसार पक्राउ पर्ने युवक देवानगन्ज गाउँपालिका–१ का २३ वर्षीय राकेशकुमार यादव हुनुहुन्छ। यादवलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको र इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः चैत १४, २०८२
    • ११२ पटक पढिएको
  • कोशी प्रदेशस्तरीय कविता प्रतियोगितामा प्रेम नेपाल प्रथम

    इटहरी । रामनवमी पर्वको अवसरमा पाँचथरको हिलिहाङ गाउँपालिकामा आयोजित कोशी प्रदेशस्तरीय कविता प्रतियोगितामा फिदिमका कवि प्रेम नेपाल प्रथम हुनुभएको छ । हिलिहाङ गाउँपालिका–१, अमरपुरस्थित नवमी बजारमा राम नवमी पर्वका अवसरमा आयोजित उक्त प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाबाट आएका ७८ जना कविलाई उछिन्दै नेपालले प्रथम स्थान हासिल गर्नुभएको हो । उहाँले ‘गाउँ फर्की कान्छा’ शीर्षकको कविता वाचन गर्नुभएको थियो । प्रतियोगितामा प्रथम स्थान हासिल गरेसँगै नेपालले नगद २० हजार पुरस्कार प्राप्त गर्नुभएको छ ।  यसैगरी, मचिन्द्र लोवा लिम्बू दोस्रो भएर ११ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा पवित्रा

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १०३ पटक पढिएको
  • ओली पक्राउपछि च्यासलमा एमाले कार्यकर्ताको उग्र प्रदर्शन

    इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ता तथा समर्थकहरू सडकमा उत्रिएका छन् । कार्यकर्ताहरूले पार्टीको  केन्द्रीय कार्यालय च्यासलअगाडिको सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै उग्र नाराबाजी गरिरहेका छन् । अवस्था तनावपूर्ण बन्दै जाँदा प्रदर्शनकारी र प्रहरीबीच झडप हुने सम्भावना देखिएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १४२ पटक पढिएको
  • नेपाल तरुण दलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउप्रति कडा विरोध

    काठमाडौं । नेपाल तरुण दलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउप्रति कडा विरोध जनाएको छ।शनिबार जारी प्रेस विज्ञप्तिमा तरुण दलले उक्त पक्राउलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाउँदै घोर भर्त्सना गरेको हो। संगठनले यस्ता कदमले लोकतान्त्रिक मूल्य, कानुनी राज्य र विधिको शासनमाथि प्रत्यक्ष प्रहार हुने चेतावनी दिएको छ।विज्ञप्तिमा वर्तमान सरकारले जनताको समर्थन र विश्वासका आधारमा प्राप्त जनादेशलाई सही ढंगले उपयोग गर्दै देशलाई समृद्धितर्फ अग्रसर गराउनुपर्नेमा जोड दिइएको छ। साथै, एकपक्षीय निर्णयहरूले देशलाई द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने जोखिम रह

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १६४ पटक पढिएको
  • ‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

    इटहरी । सुनसरीको इटहरीलाई लामो समय आफ्नो रङ्गमञ्चीय कर्मथलो बनाएका कलाकार डेभिड बिष्ट अब नेपाली फिल्म क्षेत्रमा बलियो उपस्थितीको तयारीमा छन् । उनी निर्देशक प्रकाश कर्णको आगामी बहुप्रतिक्षित फिल्म ‘जुबा’मा निकै महत्त्वपूर्ण भूमिकाका लागि छनौट भएका छन् । यतिबेला उनी काठमाडौंमा सोही फिल्मको ‘वर्कसप’मा व्यस्त छन् । अडिसन पार गर्दै ‘जुबा’मा छनोट भएका डेभिड आफ्नो भूमिकालाई लिएर निकै उत्साहित छन् । फिल्ममा आफ्नो चरित्र मुख्य पात्र सरह नै प्रभावशाली रहेको उनले बताएका छन् । डेभिडको अभिनय क्षमताबाट फिल्मका निर्देशक प्रकाश कर्ण पनि निकै प्रभावित बनेका छन् । डेभिडको कामको प्रशंसा गर्दै निर्देशक कर्णले भने

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १०४ पटक पढिएको
  • आजदेखि कोशीमा तीन दिने इस्टर्न ट्राभल मार्ट

    इटहरी । आजदेखि कोशी प्रदेशमा तीन दिने इस्टर्न ट्राभल मार्ट हुने भएको छ । नेपाल पर्यटन बोर्ड र इटहरी उपमहानगरको आयोजनामा हुन लागेको मार्टमा नेपाल, भारत र भुटानका पर्यटन व्यवसायीहरू सहभागी हुने कार्यक्रम संयोजक पुण्य भट्टराईले जानकारी दिए ।उनका अनुसार मार्टमा पहिलोपटक तीन देशका पर्यटन व्यवसायीहरूबीच आ–आफ्नो व्यवसाय अनुभवको आदानप्रदान हुनेछ । हालसम्म विदेशबाट ८० जनाभन्दा बढी व्यवसायीले सहभागिताका लागि नाम दर्ता गराएको भट्टराईले जानकारी दिए । इटहरीको होटल सोल्टीमा हुने उद्घाटन समारोहमा पूर्व क्षेत्रका पर्यटन व्यवसायी, सरोकारवाल निकायहरूको उपस्थिति हुनेछ । नेपालको पर्यटकीय क्षेत्रको विकास र प्रवर्द

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १९७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]