इटहरी । सुनसरीको वराहक्षेत्र–१ मा रहेको गुप्तवराह मन्दिर क्षेत्रमा मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन थालिएको छ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३र८४ सालको बजेटमा मोनोरेलका लागि बजेट छुट्याइएपछि प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरिएको बताइएको छ । गुप्तवराह निर्माण समितिका संयोजक रवि श्रेष्ठका अनुसार प्रारम्भिक अध्ययन थालिएको बताउनुभयो । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको यस क्षेत्रमा कोरियाबाट आएका मोनोरेल विज्ञको टोलीले मोनोरेल निर्माणको सम्भाव्यता अध्ययन सुरु गरिएको जनाइएको छ । साबिक वराहक्षेत्र मन्दिर जाने सडकबाट करिब चार सय मिटर तल रहेको गुप्तवराह म
इटहरी । झापाको गौरीगञ्ज गाउँपालिका–४ बाइसेटोलमा विषालु सर्पले डस्दा वृद्धाको मृत्यु भएको छ । गौरीगञ्ज–४ बाइसेटोलकी ८८ वर्षीया पञ्चमाया शेर्माक आइतबार साँझ विषालु सर्पले डस्दा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।कुखुराको खोरको ढोका लगाउने क्रममा खोर नजिकै रहेको इँटाको थुप्रोबाट निस्किएको सर्पले पञ्चमायाको दाहिने हातको माझी औँलामा डसेको थियो । सर्पदंशबाट गम्भीर घाइते भएकी शेर्मालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । उपचारका क्रममा गएराती उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । शव हाल बिएण्डसी अस्पतालमा र
इटहरी । झापाको बिर्तामोड नगरपालिका–१ स्थित एक बिवाइडी गाडीको सर्भिस सेन्टरमा विद्युत सर्ट भई आगलागी हुँदा लाखौको क्षति भएको छ । बिर्तामोडको पश्चिम बस स्टेन्ड छेउमा विकास बस्नेतले सञ्चालन गर्दैआएको सर्भिस सेन्टरमा आइतवार बिहान ४ बजेतिर विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट विभिन्न मोटर पार्टस्हरू जल्दा अन्दाजी ६० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सर्भिस सेन्टरमा रहेका गाडीहरू भने जोगिएका छन् । बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ५।१० बजे आगो नियन्त्रणमा आएको थियो । यसैगरी वर्षासँगै परेको चट्याङले लागेर बिर्तामोडम
इटहरी। झापामा भारी वर्षा भएको छ । वर्षाका कारण झापाको बिर्तामोड–५ स्थित नयाँ बसपार्कको सुकुमवासी बस्तीमा रहेको तीन तले घर भासिएको छ । ७० वर्षीय पहलमान ठाकुरको सो घर आइतबार बिहानको राति २ बजेतिर जमिनमा भासिएको हो । घर ढल्किँदै गएपछि त्यहाँ रहेका मानिस र केही सामानहरू बाहिर निकालिएको छ । त्यस घरमा दुई जना मात्र बस्ने गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घर भासिएर अन्दाजी २०–२५ डिग्रीमा ढल्किएको प्रहरीले जनाएको छ । सो घर पुरै खाली गराउने तयारी भइरहेको प्रहरीले जनाइएको छ ।
इटहरी । भारतको बागडोग्रामा भएको कार दुर्घटनामा परी झापा बिर्तामोडका एक युवकको मृत्यु भएको छ । भारतको सिलिगुडीबाट फर्किंदै गर्दा बाग्मती प्रदेश ०१०३२ च। १६८० नम्बरको कार शनिबार दिउसो करिब ५ बजे बागडोग्राको सन्यासी स्थानको चिया बगानमा अनियन्त्रण भई रुखमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा अलैची व्यवसायी बिर्तामोड(५ निवासी भरत चौधरीका छोरा अन्दाजी वर्ष २३ का अमित चौधरीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । घाइते चौधरीको बागडोग्रा ग्यालेक्सीस्थित अस्पतालमा उपचारको क्रममा शनिबार साँझ ८ बजे मृत्यु भएको थियो । कारमा उहाँ मात्र एक्लै रहेको बताइएको छ । तीब्र गतिका कारण कार रुखमा ठोक
इटहरी। अविरल वर्षापछि आएको बाढी र पहिरोले चिशङ्खुगढी गाउँपालिकामा भौतिक संरचना तथा चौपायाको क्षति गरेको छ । शनिबार अपरान्हदेखि परेको वर्षाका कारण गाउँपालिकाको वडा ३ र ५ जोड्ने खानी खोला माथिको पक्की पुल बाढीले आंशिक रूपमा बगाएको छ । पुलमा क्षति पुगेपछि स्थानीय आवत–जावत प्रभावित भएको छ । यस्तै, वडा १ र २ को सिमानामा रहेको बाङ्गे खोलामा आएको बाढीले स्थानीय टीका भुजेल, मननारायण श्रेष्ठ र मनबहादुर सार्कीका गोठ पूर्ण रूपमा बगाएको छ । घटनामा १ भैँसी र ५ गोरु बेपत्ता भएका छन् । पहिरोका कारण स्थानीय रामकुमार राई र जनकबहादुर मगरको घरमा आंशिक क्षति पुगेको छ । घर जोखिममा परेपछि दुवै परिवार आफन्तको घ
इटहरी । मोरङको कानेपोखरी गाउँपालिकामा भूमि सम्बन्धी समस्या पुनः चर्चामा आएको छ । करिब पाँच दशकअघि देखि बसोबास गर्दै आएका स्थानीय बासिन्दाले पटक–पटक भूमि विवादका कारण आफूहरू त्रसित बन्दै आएको बताएका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा भूमि, सुकुम्बासी तथा अव्यवस्थित बसोबास समाधान आयोग मोरङका पूर्व अध्यक्ष नवीन पौडेल, पूर्व गाविस अध्यक्ष तारा बहादुर काफ्ले तथा स्थानीय पीडितहरूले रमाइलो, बयरवन, कानेपोखरी बजार लगायतका क्षेत्रमा वर्षौंदेखि भूमि समस्या समाधान हुन नसकेको गुनासो गरे । कानेपोखरी–६ रमाइलोका वडाध्यक्ष मोहन अधिकारी, नारायण श्रेष्ठ, शिव पन्थी लगायत १४ परिवार प्रत्यक्ष रूपमा प्रभावित रहेका
इटहरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) सुन्दरहरैँचा नगर समितिको आयोजनामा कक्षा ५ सम्मका शिक्षक–शिक्षिकाहरूका लागि ‘निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली’ सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा सुन्दरहरैँचा नगरपालिकाका शिक्षा शाखा प्रमुख तेज आचार्यले मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउन शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। विशिष्ट अतिथि नेसनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनालले शिक्षकहरू नयाँ शैक्षिक अवधारणा र मूल्याङ्कन प्रणालीसँग अद्यावधिक हुन जरुरी रहेकोमा जोड दिनुभयो। नगर समितिका अध्यक्ष भीम अधिकारी
इटहरी । १२ औँ विश्व योग दिवसको अवसरमा मोरङको पथरी शनिश्चरेस्थित जीवनयोग प्रयोगशालाले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । दिवसको सन्देशलाई वातावरण संरक्षणसँग जोड्दै प्रयोगशालाले १२ वटा ‘पिंक सावर’ प्रजातिका बिरुवा रोपेको हो। शनिबार बिहान नियमित योग साधना सम्पन्न गरेपछि पञ्चायत माध्यमिक विद्यालयको बोटानिकल गार्डेन परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रम पथरी शनिश्चरे नगरपालिका वडा नं. २ का वडाध्यक्ष नैना साम्पाङ राईको प्रमुख आतिथ्यतामा भएको हो । सडक किनार तथा सार्वजनिक क्षेत्रलाई हरियाली र सौन्दर्ययुक्त बनाउने उद्देश्यले फूल फुल्ने ‘पिंक सावर’ प्रजातिका बिरुवा रोपिएको आयोजक
इटहरी । मोरङ जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक जना वृद्ध कैदीको उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको छ ।सुन्दरहरैँचा नगरपालिका–६ निवासी ७० वर्षीय रामप्रसाद दाहालको आइतबार बिहान २ बजेतिर मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । जिल्ला कारागार मोरङका प्रशासक राजन घिमिरेका अनुसार दाहाललाई अचानक चक्कर लाग्ने र सास फेर्न कठिनाइ हुने समस्या देखिएपछि शनिबार बिहान करिब ११ः३० बजे उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचार भइरहँदा उनको स्वास्थ्य अवस्था थप जटिल बनेको र आइतबार बिहान २ बजेतिर मृत्यु भएको घिमिरेले बताए । कारागार प्रशासनले दाहाल बिराम
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.