इटहरी | इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा सिंहदेवी फुटबल क्लब धनकुटाले रोमाञ्चक जित दर्ता गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न खेलमा धनकुटाले गाइघाट फुटबल क्लब उदयपुरलाई ३–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।खेलको सुरुवातदेखि नै दुवै टिम आक्रामक देखिए पनि पहिलो गोल उदयपुरका अमन लामाले खेलको ६ औं मिनेटमा गरे। उनले विपक्षी रक्षापंक्तिलाई छक्याउँदै उत्कृष्ट फिनिस गरेका थिए। प्रारम्भिक गोल खाएपछि धनकुटाले दबाब बढायो र खेलमा फर्किन लगातार अवसर सिर्जना गरिरह्यो। त्यसै क्रममा खेलको ३३ औं मिनेटमा शि
इटहरी । २५ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा चर्च बोइज युनाइटेडले विजय सुरुवात गरेको छ । धरान–१६ रङ्गशालामा शनिबारदेखि सुरु भएको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै लिग च्याम्पियन चर्च बोइज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेल खेले पनि खेलको दोस्रो हाफको ४२ औं मिनेटमा चर्च बोइजका सन्तोष खत्रीले एक मात्र निर्णयक गोल गर्नुभयो । विदेशी खेलाडी एंड्रिउ इबो यामाहाको पासमा सन्तोषको निर्णयक गोलसँगै चार पटकको विजेता पुलिस प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । खेलको म्यान अफ द म्याच चर्च बोइजका
खोटाङ | खोटाङको साकेला गाउँपालिकाले आयोजना गरेको अन्तर-माध्यमिक विद्यालय स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा राधाकृष्ण माध्यमिक विद्यालय, बाँझेच्यानडाँडाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ। प्रतियोगितामा सहभागी छ वटा माध्यमिक विद्यालयमध्ये राधाकृष्ण माविले ८ स्वर्ण, ८ रजत, र ५ काँस्य पदक जित्दै पहिलो स्थान हासिल गरेको हो।साकेला गाउँपालिका-२, रतन्छामा सञ्चालित साकेला माध्यमिक विद्यालयले ८ स्वर्ण, ७ रजत, र ४ काँस्य पदक जित्दै दोस्रो स्थान प्राप्त गर्यो भने बालबालिका माध्यमिक विद्यालय, मात्तिम नौलाखर्कले ५ स्वर्ण, ६ रजत, र ७ काँस्य पदकसहित तेस्रो स्थान हासिल गर्यो।राधाकृष्ण म
इटहरी | स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा लोहोरुङ फुटबल क्लब, संखुवासभा सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पस खेल मैदानमा भएको खेलमा लोहोरुङले चारतारे फुटबल क्लब, लेटाङ (मोरङ) लाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।खेलको ३१औं मिनेटमा सुनील खड्काले एक मात्र निर्णायक गोल गर्दै लोहोरुङलाई अग्रता दिलाए। त्यसपछि दुवै टोलीले गोल गर्ने अवसर पाए पनि सफल हुन सकेनन्। उत्कृष्ट प्रदर्शन गरेका खड्काले "म्यान अफ दि म्याच" घोषित हुँदै नगद ५,००० रुपैयाँ पुरस्कार प्राप्त गरे।अब लोहोरुङले सोमबार दमक एकेड
धरान । २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौे सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार धरान रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लब काठमाडौलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजकालागी सन्तोष खत्रीले खेलको ४७ औं मिनेटमा गोल गरेका थिए । खत्रीले एन्ड्रीउ इबो यामाहाको पासमा गोल गरे । खत्री खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतिष्पर्धात्मक खेलमा पुलिसले पाएको अवसरमा गोल गर्न नसक्दा पराजित भयो । पहिलो हाफ बराबरी
इटहरी– सुनसरीको इटहरीमा शनिबारदेखि दोस्रो ‘एसीयन सुटिङबल च्याम्पियनसिप २०२५’ भव्य रूपमा सुरु भएको छ। प्रतियोगितामा नेपालसहित चार देशका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल, भारत, बांगलादेश, र पाकिस्तानका उत्कृष्ट खेलाडीहरू प्रतियोगितामा सहभागी छन् ।यस वर्षको प्रतियोगितामा नेपालबाट पुरुष र महिलाको छुट्टाछुट्टै टिममा ४५ जना खेलाडी छन्। भारतबाट ६२ जना, बांगलादेशबाट १२ जना, र पाकिस्तानबाट १४ जना खेलाडी प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन दिने तयारीमा छन्।अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको उल्लेखनीय प्रदर्शनले गर्दा देशभर यसको आकर्षण बढ्दो छ। यसपटक नेपालका खेलाडीहरूले आफ्नो प्रतिभा
इटहरी | इटहरीमा भोलि देखि डिभिएम कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता हुने भएको छ ।नेपाल डिभिएम ग्लोबल एकेडेमी इटहरीले भोलि देखि २२ गते सम्म अन्तरविद्यालय क्रिकेट प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा २९ वटा टिम सहभागी हुदैछ । भोलि देखि हुने खेलको तयारी पूरा भएको आयोजना समितिले जनाएको छ ।उद्घाटनको दिन पहिलो डिभिएम स्कुल र सगरमाथा स्कुल बिच हुने भएको छ भने दोस्रो चरणमा महेन्द्र मेमोरियल दुहबी र शान्तिनगर स्कुल इटहरी २ को प्रतियोगिता हुने भएको छ ।नेपाल डिभिएम ग्लोबल एकेडेमी इटहरीको खेलमैदानमा हुने कपको प्रतियोगिताको विजेता टिमले सिल्ड, प्रमाणपत्र तथा रु २५,००० नगद पुरस्कार प
इटहरी । हिसान एन्फा सुनसरी कप अन्तर बिद्यालय फुटबल प्रतियोगिताको उपाधी पूर्वाञ्चल कलेजले जितेको छ । इटहरी तालतलैया स्थित बुढासुब्बा खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा सुस्मा कलेज माथी १–० गोलको जीत निकाल्दै पूर्वाञ्चलले उपाधी जितेको हो । पूर्वाञ्चललाई उपाधी जिताउन सिजल राईले दोस्रो हाफको ५ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । उपाधीसंगै पूर्वाञ्चलले नगद ३० हजार रुपैया र शिल्ड हात पारेको छ । उपबिजेता बनेको सुस्मा कलेजले १५ हजार रुपैया पाएको छ । फाइनल खेलको म्यानअफद म्याच पूर्वाञ्चलका कैलाश भुजेल भए । उनले नगद १ हजार रुपैया पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उच्च गोलकर्ता पूर्वाञ
सुनसरी– हिसान स्पोर्टस मिट अन्तर्गत हिसान एन्फा सुनसरी कप अन्तर बिद्यालय फुटबल प्रतियोगिताको सोमबारको खेलमा ज्ञानदर्पण, बिश्वआदर्श, कोशीसेन्टजेम्स र इम्पेरियल कलेज बिजयी हुदै अघिल्लो चरणमा प्रवेश गरेका छन । सोमबारको पहिलो खेलमा ज्ञानदर्पण एकेडेमीले सियोन स्कुल धरानलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा बिश्वआदर्श कलेजले लर्डबुद्ध इन्टरनेशनल स्कुललाई ५–० गोल अन्तरले पराजित गरेको छ । तेस्रो खेलमा कोशीसेन्टजेम्सले नास्ट कलेज धरानलाई ४–० ले पराजित गर्दा अन्तिम खेलमा इम्पेरियल कलेजले प्रिमियर कलेजलाई सडेन डेथमा पराजित गरेको प्रतियोगिता संयोजक एवंम एन्फा सुनसरी महासचिव क
इटहरी । हिसान इटहरी ८ किलोमिटर रनमा बिदेशी खेलाडी च्याम्पियन बनेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको आयोजनामा आइतबार सम्पन्न खुल्ला तर्फ ८ किलोमिटर रनमा केन्याली धावक जुलियस मौरिकी च्याम्पियन बनेका हुन । निर्धारित दुरी मौरीकीले २४ मिनेट २५ सेकेण्डमा पुरा गरेका थिए । दोस्रो भएका सरोज लिम्बुले २५ मिनेट ३१ सेकेण्डमा निर्धारित दुरी पार गर्दा ओशन राईले २६ मिनेट ५ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो भए । महिला तर्फ इन्द्रकला नेम्वाङ प्रथम हुदा जुही राई दोस्रो तथा सकुन्तला राई तेस्रो भए । इन्द्रकलाले निर्धारित दुरी ३१ मिनेट ३ सेकेण्ड, जुहीले ३२ मिनेट ३५ सेकेण्ड र सकुन्तलाले ३३
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.