विराटनगर / नेपाल खेलकुद महासंघ विराटनगर महानगरपालिका कमिटीले सप्ताहव्यापी वृक्षारोपण कार्यक्रम सुरू गरेको छ। महासंघले विराटनगर महानगरपालिका वडा नं १ बाट सप्ताहव्यापी वृक्षारोपण कार्यक्रम सुरू गरेको हो । नेपाल फुलवारी वेष्ट थ्री आर पोल्युसन कन्टोर्ल सर्विस प्रा. लि. र विराटनगर महानगरपालिकासँगको सहकार्यमा वृक्षारोपन कार्यक्रम सुरू गरेको महासंघ विराटनगर कमिटीका अध्यक्ष जतिन ताम्राकारले जानकारी दिनु भएको हो । ताम्राकरका अनुसार पहिलो चरणको वृक्षारोपण कार्यक्रम वडा नं १ , २ , ३ , ४ ,५ र १९ मा सञ्चालन गरिदै छ ।वृक्षारोपन कार्यक्रममा सहभागी हुँदै
सुन्दरहरैचा / दोस्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता २०८१ विराटचोक मोरङ्गमा हुने भएको छ । खेलकुद क्षेत्रमा नयाँ उत्साह ल्याउने अपेक्षा का साथ “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ साउन १९ गते शनिबार सुन्दरहरैचा १२ स्थित सुबिजिमुर स्कुलको खेल मैदानमा प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति मोरङका अध्यक्ष इन्द्र बहादुर तामाङले जानकारी दिनुभयो । १८ विद्यालयका ३५० भन्दा बढी खेलाडीहरू यस प्रतियोगितामा सहभागी हुनेछन् भने महिला र पुरुष दुवै वर्गका खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर
विराटनगर : नेपाल खेलकुद महासंघ विराटनगर महानगरपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । आज विराटनगरमा महासंघको महानगरपालिका कमिटीको प्रथम अधिवेशन जतिन ताम्राकारलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको हो ।ताम्राकार अध्यक्ष निर्वाचित कमिटीको उपाध्यक्षमा उमेश कट्वाल र दिपा बस्नेत , सचिवमा विशाल बानियाँ , सहसचिवमा अर्चना ढुंगेल र सुनिल मगर र कोषाध्यक्षमा चाँदनी मिश्र लगायत सदस्यमा ३५ जना निर्वाचित हुनुभएको छ ।महासंघको प्रथम महानगर कमिटीको अधिवेशनको उद्धाटन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम ) बस्नेतले नेपा
काठमाडौं । नेपाल खेलकुद महासंघले केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको बधाई तथा शुभकामना दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर महासंघले प्रधानमन्त्री ओली बधाई तथा सफल र सुखद कार्यकालको शुभकामना व्यक्त गरेको हो । महासंघका अध्यक्ष पर्शुराम बस्नेतको नेतृत्वमा गएको महासंघको टोलीले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिएको महासंघका कोषाध्यक्ष तथा प्रवक्ता उज्वल सुवेदीले जानकारी दिनुभयो । महासंघले तीन सय दिन भित्र कीर्तिपुरमा रहेको क्रिकेट रङ्गशालालाई फ्लड लाइट सहित अत्याधुनिक सुविधा सम्पन्न बनाउने निर्णय गर्नुभएकोमा धन्यवाद ज्ञापन समेत ज्ञापन गरेक
संखुवासभा / विकासको मेरुदण्डको रूपमा लिइने शिक्षाको समयानुकुल विकास र विस्तारको लागि धक फुकाएर लगानी गर्न कञ्जुस्याइँ गरिनु हुन्न । शिक्षाको विकास भए मात्र सबैखाले विकासका गतिविधिमा प्रभावकारिता आउने वास्तविकता हो ।गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि मानवीय तथा भौतिक साधन स्रोत सम्पन्न शिक्षण संस्था पहिलो प्राथमिकता हो । साथै शिक्षामा गरिएको लगानीको प्रतिफलको औचित्य विद्यार्थीको उपलब्धिस्तरले पुष्टि गर्न सक्नुपर्छ । विभिन्न अध्ययन अनुसन्धानले राष्ट्रिय बजेटको कम्तीमा पनि २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने पुष्टि गरेको छ । तर खै किन उपेक्षामा शिक्षा सर्वत्र गुनासोको विषय बनेको छ ।गुणस्तरीय
मोरङ / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा आफ्नो कार्यभार ग्रहण गरेकै दिन सरकारको तर्फबाट गरेको पहिलो निर्णयले आम जनसमुदाय तथा खेलकुद क्षेत्रमा यो सरकारप्रति आशा र विश्वासको अत्यन्तै सकारात्मक सन्देश प्रवाह भएको नेपाल खेलकुद महासंघ अध्यक्ष एवं कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव कृष्ण बस्नेत(पर्सुराम)ले बताउनुभएको छ । बाढीपहिरोका कारण ज्यान गुमाउनुभएकाहरूको परिवारलाई राहत एवं क्षतिपूर्तिको घोषणा गर्नुका साथसाथै ३०० दिनमा सम्पन्न हुनेगरि किर्तिपुरमा रहेको क्रिकेट रंगशालालाई फ्लड लाईट सहित अत्याधुनिक सुबिधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा स
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई खेलकुदको महत्वपूर्ण गन्तव्यका रुपमा स्थापित गर्नेगरी काम गर्ने बताएका छन्।आइतबार कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले प्रदेशलाई खेल क्षेत्रका माध्यमबाट अगाडी बढाउन सरकार लागिरहेको बताए ।प्रदेशमा भइरहेको राजनितिक अस्थिरताका कारण खेल क्षेत्रको विकास सोचेजस्तो हुन नसकेको बताउँदै उनले चाँडै प्रदेशमा देखिएको राजनीतिक अस्थिरताको अन्त्य गर्दै प्रदेशलाई खेलकुदको महत्वपुर्ण गन्तब्यका रुपमा स्थापित गर्ने बताए ।खेल क्षेत्रमा राज्यको उल्लेख्य लगानी नहुँदा सोचेजति उपलब्धी हासिँल गर्
खोटाङ / कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १–० गोलले पराजित गर्दै उपाधिको रक्षा गरेको हो । झापाका लागि जेनिफर रानामगरले पहिलो हाफको १५ औँ मिनेटमा निर्णायक गोल गरिन् । उपाधिसँगै झापाले नगद रु दुई लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता भोजपुरले रु एक लाख पुरस्कार प्राप्त गर्यो । प्रतियोगिताभर नौ गोल गरेकी झापाकी जेनिफर उत्कृष्ट खेलाडी भइन् ।उनले सेमिफाइनल खेलमा ताप्लेजुङ विरुद्ध ६ गोल गरिन् । उनले रु पाँच हजार प्राप्त गरिन् । यस्तै प्रतियोगितामा उत्
सुनसरी / कोशी प्रदेश दोस्रो मुख्यमन्त्री कप रास्टिया महिला भलिबल प्रतियोगिता २०८१ सुरु भएको छ । प्रदेश खेलकुद बिकास बोर्डको आयोजनामा शनिबारबाट विराटनगरमा मुख्यमन्त्री कप राष्ट्रिया महिला भलिबल प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईको अध्यक्षता तथा कोशी प्रदेश मुख्य मन्त्री हिक्मतकुमार कार्कीको प्रमुख अतिथित्यामा सुरु भएको पहिलो मैत्रीपुर्ण पुर्ण खेल कोशी प्रदेश भर्सेज बागमती प्रदेश बिच भएको थियो भने खेलमा कोशी प्रदेशले जित हासिल गरेको छ । मौसमले खेललाई असहज गरे पनि आगामी दिनमा मौसमले पनि अवरोध नगर्ने गरिको खेलका ल
इटहरी / गत असार १४ देखी १६ गते सम्म भारत को सिलिगुडीमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी भएका बुढीगङ्गा मार्सल आर्ट क्लबका खेलाडीलाई बुढीगङा तेक्वान्दो डोजाङ्ग र बुढीगङा मार्सल आर्ट क्लब इटहरी वडा नम्बर ४ ले संयुक्त रूपमा बिजयी खेलाडी हरुलाई प्रमाणपत्र र मेडल दियर सम्मान गरेको छ ।इटहरी वडा नम्बर ४ स्थित मनकामना मन्दिरको सभा हलमा भएको कार्यक्रममा १० जना सहभागी खेलाडी हरुमा ७ Gold medal २ silver medal ra १ bornze third ल्याउन सफल भएको थिए । खेलले खेलाडीहरूलाई खेल क्षेत्रमा बढ्न ठुलो सहयोग गरेको कार्यक्रमकि प्रमुख अतिथि इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता कुमारी चौध
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.