सुन्दरहरैचा / इटहरी गोल्डकपको उपाधि सगरमाथा युथ क्लब सुन्दरहरैचा मोरङले चुमेको छ ।शनिबार इटहरी रंगशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँलाई सडन डेथमा पराजित गर्दै सगरमाथाले उपाधि चुमेको हो ।गत वर्षको समेत विजेता रहेको सगरमाथा युथ क्लबका लागि विवेक बर्मा, स्टेफिन विनोज, राजीव लोप्चन, अभिषेक लिम्बू, मेस्सुको र महेन्द्र कार्कीले गोल गरे ।यस्तै, चर्च ब्वाइजका लागि भने फ्रयाङ्लिंक ताल्ला, रञ्जीत पाण्डे, मिलन राई, बेम्पा, पिरिसोले गोल गर्दा मनोज राईको प्रहार गोल पोस्टबाहिर गयो ।सुरुमा ५–५ जनाले प्रहार गर्दा सबैजनाको गोल भएपछि पछिल्लोपटक चर्च ब्वाइजका मनोजको गोल बाहिर गएको थियो भन
इटहरी / नेपाल सरकारले १५ प्रतिशत वृद्धि गर्दा इटहरीमा रहेका कर्मचारीको वृद्धि भएको थिएन तर कर्मचारीको सेवा सुविधा काटेर खर्च कटौती गर्ने बिसय र सुत्केरी विदा हटाउने निर्णयमा विवाद भयको देखाउदै नगरसभा स्थगन छ ।कर्मचारीको सेवा सुविधा काटेर खर्च कटौती गर्नेबारे मेयरले भ्रम छरेको वडा नम्बर ९ का वडा अध्यक्ष जितेन्द्र थापाले टिप्पणी गरेका छन् उनले खाजाबापतको मासिक चार हजार रहेको रकमलाई एक हजार मात्रै बढाएको बताउँदै मेयर पौडेलले कर्मचारी पोस्न एमाले लागि परेको भन्ने अभिब्यक्ति दिएको बारे टिप्पणी गरे ।“हामीले कुन नयाँ नीति बनाएका हौं र ?” थापाले भने ‘खाईपाई आएको
काठमाडाै । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’की पत्नी एवं कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ले चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा आफूलाई गालीको वर्षा भइरहेको र त्यसले विक्षिप्त बनाएको दुखेसो गरेकी छन्। आफ्नो इनबक्समा नग्न तस्बिरहरूसहित विभिन्न तुच्छ गाली पठाइरहेको उनले उल्लेख गरेकी छन्।‘धुर्मुसजीले केही समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरूका गाली गलौज सहँदै आएँ र आज म मानसिक यातनाले विक्षिप्त भएको छु’, सामाजिक सञ्जालमा सुन्तलीले लेखेकी छन्, ‘अब सुन्ने र सहने शक्ति छैन ममा, कि मलाई सफाइ देऊ कि सजाय! तर जे गर्छौ छिटो गर।’अबका हरेक वार्ता ब
सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाको एतिहासिक तथा सांस्कृतिक पहिचान देश व्यापी परिचित गराउने उद्धेश्यले रन सुन्दरहरैँचाको आयोजना हुने भएको छ । इन्द्रपुर जुनियर जेसिजको आयोजनामा २०८० वैसाख १६ गते उक्त प्रतियोगिता हुने भएको मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । तिन वटा बुदामा सम्पन्न हुने कार्यक्रममा ५ किलोमिटर नन प्रोफेसनल स्थानिय शैक्षिक संस्था तथा स्थानियवासी र २१ किलोमिटर महिला हाफ म्याराथोन र २१ किलोमिटर पुरुष हाफ म्याराथोन हुने जनाइएको छ । प्रतियोगितामा विभिन्न क्षेत्रबाट प्रतिस्पर्धा गर्न प्रोफेसनल सय जना एथलेटिक्स खेलाडी तथा नन प्रोफेसनल ५सय जनाबिच प्रतिस्पर्ध
इटहरी । सुनसरीको इटहरीस्थित राष्ट्रिय जागृती क्लबको आयोजनामा आगामी चैत्र ४ गते देखि १३ औं अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगीता हुने भएको छ । प्रत्येक वर्ष आयोजना हुदै आएको गोल्डकप यो वर्ष केहि फरक हुने आयोजक राष्ट्रिय जागृती क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हाे । यो वर्ष आयोजना गर्ने अन्तरास्ट्रिय आमन्त्रण इटहरी गोल्डकपलाइ कन्ट्रोल लुबृकेटले प्रायोजन गरेको छ ।खेलमा बिभिन्न मुलुकहरू सहित ८ वटा टिमले भाग लिने जनाइएको छ । चैत ४ गतेदेखि ११ गतेसम्म चल्ने गोल्डकपमा मछिन्द्र क्लब काठमाडौं, एभिनिएर फुटबल क्लब क्यामरुन, चर्छ ब्वाइज क्लब काठमा
इटहरी । इटहरी वडा नम्बर ८ ले चौथो वडा अध्यक्ष भेट्रान नकआउट फुटबल प्रतियोगिताको आयोजना गरेको छ । इटहरी ८ मा रहेको सरस्वती सतन मा विको खेल मैदानमा प्रतियोगिताको आयोजना गरिएको हो। इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल र वडा अध्यक्षले बेलुन उडाएर फुटवल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।मानिसका लागी स्वास्थ्य भन्दा ठुलो केही हैन भन्ने तर्फ मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरिएको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रोहित कुमार चौधरीले बताए । साथै उनले यस प्रतियोगीतामा पुरुष तर्फ ५ र महिलातर्फ ४ टोलीको सहभागीता रहने जानकारी गराएका छन । प
इटहरी ।सुनसरीको इटहरीमा स्पाइनल इन्जुरी संघ कोशी प्रदेशले आगामी चैत्र १ गते चौथो ह्विल चीयर रन प्रतियोगिता गर्ने भएको छ । इटहरीमा शुक्रबार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमबारे जानकारी गराइएको हो ।अपांगता भएका ब्याक्तिहरूको आत्मबल बढाउन तथा क्षमता अभिबृद्धि संगै सचेतना मुलक र्याली सहित ह्विल चीयर रन गरिने भएको हो । १५ औ अन्तराष्ट्रिय ह्विलचीयर दिवशकै अवसर पारेर अपांगता भएका ब्याक्तिहरूबिच ह्विलचीयर रन आयोजना गर्न लागिएको स्पाइनल इञ्जुरी संघ कोशी प्रदेशका अध्यक्ष बिक्रम घिमिरेले बताए ।उक्त प्रतियोगितामा कोशी प्रदेशका १०० जनाबढीको सहभागीता रहने र प्रथम हुनेलाइ रू १५००० (पन्ध्र हजार)
वराहक्षेत्र। सुनसरीको बराहक्षेत्रमा प्रथम जिल्ला स्तरीय खुल्ला ढुङ्गा (नाउ) दौड प्रतियोगिता आयोजना हुने भएको छ ।वराहक्षेत्र नगरपालिका वडा नं नम्बर २ स्थित सिसौली तारघाटको सप्तकोसी नदिमा प्रथम जिल्ला स्तरीय खुल्ला ढुङ्गा (नाउ) दौड प्रतियोगिता हुने भएको हो ।नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति सुनसरीकोको आयोजनामा हुन लागेको प्रतियोगिता फागुन १५ गते सोमबार हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता हुने स्थानमै प्रतियोगिता बारे पत्रकार भेटघाट आयोजना गरेर जानकारी दिएको थियो । १७ औं कोसी पुजा ( लदिपुजा ) अवसर प्रहिलो पटक कोसिमा उक्त प्रतियोगिता सञ्चालन
इटहरी । इटहरी २० तरहरामा रहेको किड्स ह्याप्पी होमले दोस्रो स्नातक समारोह तथा अभिभावक दिवस मनाएको छ । दिवसको अवसरमा बिद्यार्थीहरुले बिभिन्न जातजातीको भेषभुषामा सजिएर सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै फेसन सो पनि गरेका थिए । सोहि अवसरमा बिद्यार्थीहरुले खेलकुद प्रर्दशन लगायतका गतिबिधिहर प्रस्तुत गर्नुका साथै ट्राफिक सचेतना सम्बन्धि नाटक समेत प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष मणिराम श्रेष्ठको अध्यक्षता तथा जिल्ला प्रसासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यधmमा तरहरा जेसिसका अध्यक्ष बहादुर तामाङ, किड्स ह्याप्पी होमका प्रब
रामधुनी । रामधुनी नगर प्यावसनको आयोजनामा स्पोर्टस मिट अन्तर्गतको भलिवल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ ।रामधुनी नगरक्षेत्रमा रहेका ३२ वटा प्यावसनमा संलग्न विद्यालयका बिच संचालन भएको खेलको उद्घाटन रामधुनी ७ स्थित पन्चायन विद्यामन्दिरको प्राङगणमा प्रमुख अतिथी वडाध्यक्ष केशव गौतमले खेल अफिसियललाई वल हस्तान्तरण गर्दैै गरेका थिए ।उद्घाटन खेलमा नमुना सामुदायिक विद्यालयको टिमलाई माउन्ट समिट वर्ल स्कुलले सोझो सेटमा जितेको थियो भने मंंगलबारै भएको अर्को खेलमा नवकिरण इग्लिस बोर्डिङ्ग स्कुलले पंचायन विद्या मन्दिरको टिममाथी जित हासिल गरेको छ भने मंगलबारै भएको अर्को खेलमा युनिक सगरमाथा बिजेता घ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.