राजनीति

    Showing १,१०१-१,११० of २,३०२ items.
  • इलाम क्षेत्र २ मा नेकपा (एमाले)का सुहाङ नेम्बाङ विजयी

    इलाम– इलाम क्षेत्र २ मा नेकपा (एमाले)का सुहाङ नेम्बाङ विजयी भएका छन् ।उनी २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन् । नेम्बाङ ५ हजार ८३० मतान्तरसहित विजयी भए ।निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो भएका छन् । रास्वपा उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो भएका छन् । मतगणना अहिले बिहान भर्खरै सकिएको छ । ६९ हजार ३७४ मत गणना भएको थियो । ९०२ मत बदर भएको छ । 

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • ५६२ पटक पढिएको
  • बझाङ उपनिर्वाचनमा एमालेका भण्डारी विजयी

    बझाङ / बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत पाए । यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार नौ सय ६७ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार पाँच सय १३ मत प्राप्त गरे । 

    • प्रकाशित मितिः वैशाख १७, २०८१
    • २९१ पटक पढिएको
  • प्राचीन हरिद्वार चतरामा चलिरहेको महाकुम्भ मेलामा शनिवार : केपी शर्मा ओली

    सुनसरी / प्राचीन हरिद्वार चतरामा चलिरहेको महाकुम्भ मेलामा शनिवार अरू दिन भन्दा धेरै भीड भएको थियो । कुम्भमा राजनीतिक दलका नेताहरू, मन्त्रीहरूको आगमनले पनि आकर्षण बढेको छ ।कुम्भ स्नानका लागि आउनेहरूका लागि शनिबार अर्को आकर्षण पनि थिए नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ।चतराधाम आइपुगेका अध्यक्ष ओली पहिलो दृष्टिमा जगतगुरु बालसन्त मोहन शरण देवाचार्यका लागि आकर्षणको केन्द्र बनेका थिए ।अध्यक्ष ओलीले कुम्भस्नान गरेको हेर्न चाहने र उनीसँगै कुम्भस्नान गरेको फोटो खिच्न चाहनेहरूको चाहाना भने पुरा हुन सकेन । उनी महाकुम्भ स्थल आए पनि कुम्भ स्थान गरेनन् ।बालशन्त महाराजको प्रवचन पण्डालम

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • ५०९ पटक पढिएको
  • इलाम क्षेत्र नं.-२ प्रतिनिधि सभा सदस्य उपनिर्वाचन-२०८१ मतगणना

    - स्थान गौतम बुद्ध सभाहल (सिटी हल) इनपा-७- २०८१/१/१६ गते बिहानको ११ बजेदेखि गणना हुने ।- गणना पहिला फाकफोकथुम गाउँपालिकाको हुने त्यसपछि चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, माई नगरपालिका, देउमाई नगरपालिका र अन्त्यमा इलाम नगरपालिकाको गणना हुने ।- वडागत रुपमा वडा नं. १ देखि शुरू हुने गणना हुने ।- मतगणना प्रतिनिधि पास पहिलो चरणमा ४ जनालाई उपलब्ध गराउने ।- २ ठाउँबाट गणना हुने ।- इलाम क्षेत्र नं.-२ का मतदाता मात्र मतगणनामा प्रतिनिधि बस्न पाउने ।- मिडिया डेस्कबाट सूचना प्रसारणलाई व्यवस्थित गर्ने 

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • २१४ पटक पढिएको
  • आध्यात्मिक ज्ञानले प्रशिक्षित राजनीतिज्ञले समाज र राष्ट्रलाई सकारात्मक दिशातर्फ डोहोर्‍याउँछः मन्त्री चौधरी

    काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताउनुभएको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौँले शनिबार काठमाडौँमा आयोजना गरेको ‘स्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक सशक्तीकरण’ राष्ट्रिय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।आध्यात्मिक ज्ञानबाट प्रशिक्षित कुनै पनि व्यक्तिले हानी, नोक्सानी नगर्ने उहाँको दाबी थियो । ‘यदि आध्यात्मिक ज्ञानबाट प्रशिक्षित राजनीतिज्ञ भएमा उसले गर्ने काम कारबाहीहरू र उसले लिने कामको रणनीतिहरू अलिकति समाजलाई सकारात्मक

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • १९२ पटक पढिएको
  • नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न

    इटहरी / उभौली पर्वको शुभकामना आदानप्रदान गर्दै नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ प्रदेश सभा क, ख तथा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ मोरङका ऐतिहासिक प्रथम अधिवेशन केराबारीमा सम्पन्न भएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ क्षेत्रिय कार्यसमिति क्षेत्र नं. १ मोरङको आयोजनामा उक्त अधिवेशन सम्पन्न भएको हो । नेपाली कांग्रेसले आदिवासी जनजातीहरुको पहिचानको युद्धलाई उत्थान गर्दैन भनेर बारम्बार विपक्षीले प्रहार गरिरहेता पनि आज आदिवासी जनजातीलाई एक गर्न नेपाली कांग्रेस लागि परेको र लाखौं आदिवासीलाई एउटै संगठनमा आवद्ध गर्न सफल भएको पूर्व युवा तथा खेलकुद मन्त्री र नेपाली कांग्रेस

    • प्रकाशित मितिः वैशाख १५, २०८१
    • ५२९ पटक पढिएको
  • ईलाम र बझाङमा सुरु भयो मतदान

    इलाम /  इलाम क्षेत्र नम्बर २ मा मतदान शुरु भएको छ। सबै १ सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न  ७४५ कर्मचारी, एक हजार ५२३ नेपाल प्रहरी, ७१० सशस्त्र प्रहरी बल, ४५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उनले बताए। यो चुनावमा एक लाख १५ हजार ८८९ मतदाता कायम भएका छन्। आयोगका अनुसार  ५९ हजार १८ पुरुष, ५६ हजार ८६९ महिला र दुई जना तेस्रोलिङ्गी छन्।नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त स्थानका लागि

    • प्रकाशित मितिः वैशाख १५, २०८१
    • २६८ पटक पढिएको
  • इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम

    इलाम / इलाम २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारीलाई तिब्रता दिएको छ । विहीबार बसेको सर्वदलीय बैठकमा १५ गतेका दिन सार्वजनिक यातायातका साधन बन्द गरिएको जानकारी दिइएको हो ।विहान ५ बजेदेखि साँझ ६ बजेसम्म सवारी साधन चल्न रोक लगाइएको हो । अत्यावश्यक सवारी साधनका लागि विशेष पासको व्यवस्था गरिएको छ ।संचारकर्मीहरुका हकमा आफू कार्यरत संचारमाध्यमको सिफारिस, संचारमाध्यमको परिचय पत्र, सवारी साधनको ब्लुबुक र लाइसेन्सको फोटोकपी पेस गरेमा पास उपलब्ध गराइने निर्वाचन कार्यालयले जानकारी दिएको छ । मतदानको गोपनीयता भंग नहुनेगरी फोटो, भिडियो लिन सकिने व्यवस्था गरिएको छ ।एक सय ४९

    • प्रकाशित मितिः वैशाख १३, २०८१
    • १९९ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ सुनसरीको नेतृत्वमा इटहरीका पौडेल

    बिराटनगर । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटी को छैठौ विस्तारित बैठकले नेपाल खेलकुद महासंघ सुनसरीमा बिकल पौडेललाई सुनसरी जिल्ला संयोजक चयन गरेको छ।नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्सुराम बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कोशी प्रदेश कमिटीको बैठकले तिन महिना भित्र जिल्ला अधिवेशन सक्ने गरी संयोजकमा इटहरीका बिकल पौडेल र दुहबिका रमेश बाबु थापालाइ सह संयोजकको जिम्मेवारी दिइएको हो ।युवा माझ निडर, प्रष्ट र अनुसासित छवि बनाएका पौडेलले अब लामो समयसम्म सुस्त रहेको सुनसरीको खेलकुदलाइ चुस्त दुरुस्त बनाइ अधिवेशन मार्फत चाडै नेतृत्व हस्तान्तरण गर्ने बताए ।यसको लागि सुनसरीका सम्पुर्ण खेला

    • प्रकाशित मितिः वैशाख १३, २०८१
    • १,१२८ पटक पढिएको
  • अन्तिम सभामा ओलीले सुहाङलाई भने, ‘अब संसद् भवनमै भेटौँला’

    इलाम / इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनको लागि मौन अवधि अघि नेकपा एमालेले चुलाचुली गाउँपालिका–२ स्वामीचोकमा अन्तिम चुनावी सभा आयोजना गरेको थियो।चुनावी सभाका प्रमुख वक्ता थिए नेकपा एमाले अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली।​चुलाचुलीको सभामा सुहाङ कुर्ता सुरुवाल र कालो टोपीमा चिटिक्क सजिएर आएको देखेपछि ओलीले ठट्टा गर्दै भने  ‘आज चुनाव प्रचारको अन्तिम दिन, भोलिदेखि मौन अवधि सुरु हुन्छ, सुहाङ, अब संसद्‍ भवनमै भेटौँला।’ सभाका क्रममा केपी ओलीले सुहाङलाई सोधे ‘कति भोटले जित्नुहुन्छ?’ सुहाङको जवाफ थियो–‘त्यो त इलामेली जनतालाई सोध्नुपर्छ।’ ओलीले सामाजिक सञ्

    • प्रकाशित मितिः वैशाख १३, २०८१
    • २६६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]