नेकपा(एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी मोरङको नवौ जिल्ला अधिवेशन हुने भएको छ । भदौ ९ गते विराटचोकको जेसिज भवनमा हुने अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न युवासंघ तयारीमा जुटेको छ युवा संघले अधिवेशनको घोषणा गरे सँगै पालिका, वडा कमिटीहरु गठन, पुनर्गठन, सदस्यता वितरण सहित संगठन विस्तारलाई तीव्रता दिएको छ । त्यसैगरी बृक्षा रोपण विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरुलाई अगाडी बढाएको छ । अधिवेशनलाई भव्यरुपमा सफल बनाउन युवा संघले प्रचारप्रसारलाई व्यापकरुपमा अगि बढाएको छ । सहर देखि गाउँ तह सम्मका युवाहरुमा अधिवेशनको उत्साह देखिएको छ । विभिन्न सास्कृतीक कार्यक्रम सहित हुने
सुनसरी / अन्तर्राष्ट्रिय युवा दिवस २४ औँ युवा दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल उर्लाबारीले वृहत वृक्षरोपण गरेको छ । "एक युवा पाँच विरुवा" भन्ने मूल नारालाई आत्मसाथ गर्दै युवा संघ उर्लाबारी नगर समितीको आयोजनामा शनिबार उर्लाबारी -१ लक्ष्मीझारस्थित सोल्टि खोलाको वरिपरि वृक्षरोपण गरिएको छ ।वृक्षरोपणमा २ सय ५० थान विभिन्न प्रजातिका विरुवाहरु रोपिएको थियाे । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य भिष्मराज बुढाथोकी , विशिष्ट अतिथी राष्ट्रिय युवा संघ नेपालका मोरङ्ग जिल्ला संयोजक प्रविन घिमिरे , कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगा
नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले माओवादीसँगको सत्ता सहकार्य यथावत राखिए कांग्रेस समाप्त हुने भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नहटाए सरकार ढल्ने चेतावनी दिएका छन् ।अदालतको आदेशपछि सीआईबीबाट रिहा हुने क्रममा पत्रकारसँग कुरा गर्दै डा.शर्माले प्रचण्ड र नारायणकाजीले स्टन्टबाजी गरेर कांग्रेसका एकएक नेतालाई धूलोपीठो बनाउने योजना बनाएको दाबी गरे ।उनले भने, ‘यिनीहरुले नेतालाई एकएक गरेर धूलोपीठो पार्दैछन् । प्रचण्डलाई यो ठाउँमा पुर्याएको गुन मलाई हतकडी लगाएर तिर्नुभयो। तर, यो आतंककारीहरुसँग गठबन्धन कायमै राख्ने हो भने कांग्रेस सकिन्छ, म यो कुरा मेरा नेताहरुलाई भन्छु ।’उनले गृ
सुनसरी / इटहरी उपमहानगरपालिकाले मनोमानी तरिकाले बढाएको करको दर पुनरवलोकनका लागि इटहरी उपमहानगरपालिकाले समिति बनाएको छ ।इटहरी उपमहानगरपालिकाको १३३ अौं कार्यपालिकाको बैठकमा सात सदस्यीय अध्ययन समिति गठन गरेको उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रामचरित्र मेहताले बताए ।वडा नम्बर ३ का वडाध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।समितिमा वडा नम्बर १ का अध्यक्ष रतन कार्की, पोषराज नेपाल, वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेल, वडा नम्बर १७ का वडाध्यक्ष प्रभात कुमार आचार्य तथा विज्ञमा गणेश दाहाल रहेका छन् भने पदेन सदस्य तथा सदस्य सचिवको रुपमा राजश्व शाखाका प्रमुख सन्तोष ढकाल रह
काठमाडौं / सुन तस्करी प्रकरणमा आफ्नै सरकारका मन्त्रीको राजीनामा माग्ने सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद सुनिल शर्मा आज पक्राउ परेका छन् ।उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो ।भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रविणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए ।उनलाई काठमाडौँको गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो । उनले केही अघि सुन तस्क
सुनसरी / कोशी प्रदेश नामाकरण खारेजी नभएसम्म विभिन्न ढंगले आन्दोलन जारी रहने आदिवासी जनजाति अगुवाहरुले बताएका छन् ।बुधबार इटहरीमा २९ औ विश्व आदिवासी जनजाति दिवस मनाउने क्रममा आदिवासी जनजाति अगुवाहरुले कोशी प्रदेशमा आदिवासी जनजातिको मुद्दालाई दबाएर जर्वरजस्ती नामाकरण गरिएको बताए । उनीहरुले आदिवासी जनजातिको भावना विपरीत अघि बढ्ने प्रदेश सांसदप्रति आगामी दिनमा सचेत हुनुपर्ने बताए । विभिन्न जातजातिका झाँकी सहितको र्यालीका साथ इटहरी मुख्य चौकमा कार्यक्रमको आयोजना गरि दिवस मनाउने क्रममा नेपाल आदिवासी जनजाति महासंघ उपाध्यक्ष युवराज जिरेलले पहिचानवादीको मुद्दा दबाउने प्रदेश सांसदलाई खबरदारी गरि र
विराटनगर / भोलि कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको छ ।प्रदेश सरकारले विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिएको हो । नेपाललगायत विश्वभर आदिवासी जनजातिको पहिचान र अधिकारका लागि विभिन्न कार्यक्रम गरी यो दिवन मनाइन्छ ।विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउने गरेको छ । मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै बिदाको घोषणा गरेको हो ।
सुनसरी / इटहरी उपमहानगरपालिकाले कर वृद्धि गरेपछि नेकपा एमाले पार्टी कार्यलय इटहरीले पत्रकार सम्मेलन गर्दै ध्यानाकर्षण गरेको छ ।इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को अर्थ बिधेयकले निर्धारण गरेको चर्को करका सम्बन्धमा नागरिक स्तर बाट पछिल्लो समय उठिरहेको विरोधका आवाज प्रति नेकपा एमाले इटहरी उप-महानगर कमिटिले इटहरी उपमहानगरपालिकालाइ ध्यानाकर्षण गराएको छ ।जनस्तर बाट उठेका कर बृद्दि सम्बन्धि विषयलाई पार्टीले करका दर अस्वभाविक र अव्यवहारिक रहेको ठहर गर्दै नेकपा एमालेले बिरोध गरेको छ ।विश्वब्यापी आर्थिक मन्दीले थिलथिलो र संकट ग्रस्त बनाएको देशको अर्थतन्त्रको अवस्था बाट नगरका सबै क्षेत्र आक्रान
सुनसरी / जनता बहुमुखी क्याम्पस इटहरीको सञ्चालक समिति अध्यक्षमा विकास केसी निर्वाचित भएका छन् ।सोमबार आज क्याम्पसको सभाहलमा सम्पन्न पदभार तथा सपथ ग्रहणको कार्यक्रम पछि बसेको पहिलो बैठकले केसीलाई समितिको अध्यक्षमा चयन गरेको हो ।गत २० गते शनिबार सम्पन्न भएको क्यामपस सञ्चालक समितिको निर्वाचनमा केसीले ३५२ मत प्राप्त गरेका थिए । १३ सदस्यको लागि भएको निर्वाचनमा ७२९ मतदाता मध्ये ८३ प्रतिशत मत खसेको थियो । खसेको ६०४ मत मध्ये ५९१ मत सदर भएको थियो ।निवार्चित सदस्यहरुबाट सर्वसम्मत रुपमा अध्यक्षमा केसीलाई चयन गरिएको हो । अन्य पदाधिकारी आगामी बैठकले टुङ्गो लगाउने जनाइएको छ ।जनता क्याम्पसमा हाल नेकपा एमालेका
काठमाडौं / ललितानिवास जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । उनीहरुविरुद्ध हिजै पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी थिए । सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.