विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नाम परिवर्तन नहुने बताएका छन् ।प्रदेश प्रमुखको कार्यालयबाट नियुक्ति पत्र लिएर बाहिरिने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै थापाले कोशी प्रदेश नाम परिवर्तन नहुने बताए ।उनले पहिचानको नाममा भइरहेको आन्दोलनलाई सम्बोधन गरेर अघि बढ्ने बताए । उनले भने, ‘वार्ताका माध्यमबाट हामी पहिचान पक्षधरको मागलाई सम्बोधन गर्छौं ।’यस्तै उनले ३० दिनभित्र विश्वासको मत लिने दाबी गरेका छन् । सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा उनी मुख्यमन्त्री भएका हुन् । उनले सभामुख ब
विराटनगर / कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीको रूपमा उद्धव थापा नियुक्त भएका छन् ।नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा दुई बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी जनता समाज पार्टी समेतको समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री भएका छन् ।थापालाई कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, समाजवादीका ४ र जसपाका १ जना प्रदेशसभा सदस्यको समर्थन छ ।प्रदेशसभामा नेकपा (एमाले) का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना सांसद छन् । माओवादी
काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वभौम जनताको मतको खिल्ली उडाएको टिप्पणी गरेका छन् ।त्यही अभिव्यक्तिपपछि उनले प्रचण्डको भनाई मालिकप्रति स्पष्ट भक्ति, प्रधानमन्त्रीको लाचारी, आत्मसमर्पणवादको भद्दा नमुना भएको बताए ।उनले ट्वीटरमा लेखेका छन्, ‘प्रितम सिंहप्रति प्रचण्डको भनाई मालिकप्रति स्पष्ट भक्ति, प्रधानमन्त्रीको लाचारी, आत्मसमर्पणवादको भद्वा नमुना । यो सरकारको चावी कहाँ रहेछ ? सार्वभौम जनताको मतको खिल्ली उठाइयो । संविधान र ,संसदको माखोल उठाइयो । धन्य।’उनले यो सरकारको चावी कहाँ रहेछ ? भन्दै असार १८ गतेको कार्यक्रममा आफूल
काठमाडौं / नेकपा एमाले ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेको छ । बुधबार राष्ट्रियसभा बैठक सुरु हुने बित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन् । उनले आफूहरूको सो माग पूरा नभई संसद् बैठक चल्न नदिने अडान राखे थिए । नेता दाहालले प्रधानमन्त्री प्रचण्डले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले भारतको इसारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्विकार्य नहुन
विराटनगर / कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगर्त सरकार गठनको आव्हान गरेका हुन् । धारामा दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको गर्ने व्यबस्था छ । यस अघि हिक्मत कार्की नेतृत्वको सरकार पनि सोही धारा अन्तरगत गठन भएको थियो । खापुङले नयाँ सरकार गठनका लागि चारदिनको अर्थात् असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिएका छन् । नेकपा एमालेको नेतृत्वमा रहेको सरकारले विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएका थिए । कार्की गत पुस २५ मा संविधानको धारा १६८ को उपधारा (२) को अनुसार
काठमाडौं / ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप तीन जना आरोपी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई पक्राउ गरेको हो ।महर्जन नक्कली मोही, भट्टराई कामनपा ४ का तत्कालीन वडासचिव (हाल महानगरका अधिकृत) र कार्की नापी कार्यालयका कर्मचारी थिए । कार्कीले माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा बालुवाटारको विशिष्ट व्यक्तिको निवास विस्तारका क्रममा सरकारी जग्गा नरहेको भनेर सिफारिस गरेका थिए ।यसअघि प्रहरीले गत मंगलबार पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोतका
सुनसरी / २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस इटहरीको घोषणापत्र लेखेका मनु मन्जिल राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् । घोषणा पत्र लेखन समिति संयोजक रहेका मञ्जिल शनिबार इटहरीमा रास्वपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य हरि ढकालले कवि मनु मन्जिललाई सदस्यता प्रदान गरेका हुन् । ३४ बर्ष हेरियो अब कति बस्ने `देशलाइ नयाँ ढंगबाट केही दिनु पर्छ भन्ने उद्देश्य बोकेर नयाँ पार्टीमा प्रवेश गरेको मनु मन्जिलले बताए । उनले पार्टीले खटाएको र जनताले चाहेको आवश्यकतामा रहेर अघि बढ्ने बताएका छन् । इटहरीका बौद्धिक व्यक्तित्वको रूपमा चिनिएका मञ्जिल राष्ट्रिय अन्
सुनसरी / अखिल नेपाल महिला संघ कोशी प्रदेशको अध्यक्षमा सिर्जना राई निर्वाचित भएकी छन्।नेकपा एमाले निकट महिला संगठन अनेमसंघको प्रथम प्रदेश सम्मेलनबाट प्रदेश कमिटी अध्यक्षमा राई सर्वसम्मत रूपमा निर्वाचित भएकी हुन्।पाटी राजनीतिमा सक्रिय महिना नेतृ सिर्जना अहिले कोशी प्रदेशकी समानुपातिक सांसदसँगै संसदीय दलको सचेतक हुन् । उनी पाटीको प्रदेश कमिटी सदस्य पनि रहेकी छन् ।संघको उपाध्यक्षमा द्वय माया पोखरेल र सरला राई, सचिवमा हेमकला कट्टेल, सहसचिवमा अन्जु पाण्डे र कोषाध्यक्षमा हिमा बिक लगायत ९१ सदस्यीय नयाँ कमिटी चयन गरिएको हो ।इटहरीमा शनिबार अखिल नेपाल महिला संघ कोशी प्रदेशको नयाँ नेतृत्व चयन गर्ने
सुनसरी / अखिल नेपाल महिला संघ कोशी प्रदेशको प्रथम ऐतिहासिक सम्मेलन सम्पन्न भएको छ ।इटहरीमा शनिबार अखिल नेपाल महिला संघ कोशी प्रदेशको नयाँ नेतृत्व चयन गर्ने सम्मेलन भएको हो । "समृद्द नेपाल सुखी नेपाली हाम्रो अभियान समान सहभागिताका लागि सुदृढ सङठन"मुल नाराका साथ सम्मेलन सङ्घले काम गरि रहेको छ । बिगत बाट शिक्षा लिएर भविष्यमा काम गर्ने नेतृत्व जन्माउने उदेश्यका साथ कार्यक्रम भएको थियो ।हामिले यस नयाँ नेतृत्व लिएर महिलाका हक अधिकार पूरा गर्ने छौं । महिलामा हुने गलत काम अन्त्य गर्नु आवश्यक रहेको , महिला अगाडि बढ्न पाउने अधिकार हुनुपर्ने कुरा उठाइन् कोशी प्रदेशमा १ लाख सदस्य पुर्याउने अखिल नेपा
विराटनगर : कोशीका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न नसक्दा उनी नेतृत्वको सरकार ढलेको हो ।प्रदेश सभामा आज भएको मत विभाजनका क्रममा उनले विश्वासको मत प्राप्त गर्न सकेनन् । मुख्यमन्त्री कार्कीको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको छ । १ सिट भएको जसपाकी सांसद निर्मला लिम्बू भने दुवै पक्षमा समर्थन नगर्ने भएर अनुपस्थित भइन् । ८९ सदस्य उपस्थित रहेका थिए।९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ जना सांसदहरु आवश्यक रहेको अवस्थामा सत्तारुढ दल नेकपा एमालेका ४० र राप्रपाका ६ गरेर ४६ जनाले पक्षमा मतदान गरेका हुन् । विपक्षी गठबन्धनका दलहरु नेपाली कांग्रेस २९, नेकपा माओवादी केन्द्र १२
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.