राजनीति

    Showing १,४११-१,४२० of २,३०२ items.
  • कोशी प्रदेश: राजभण्डारीलाई पर्यटन र सिटौलालाई भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी थपियो

    विराटनगर : कोशी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन्य मन्त्रीलाई जिम्मेवारी बाँडफाँड गरेका छन् ।सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । सरकारका प्रवक्तासमेत रहेका कृषिमन्त्री भक्तिप्रसाद सिटाैलालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी थप भएको छ ।यसअघि जसपाकी निर्मला लिम्बूले राजीनामा दिएपछि खाली रहेको स्वास्थ्य मन्त्रीमा खानेपानी, सिचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्यङ्वाेकाे नियुक्त भइसकेका छन् । नियुक्त भएका सबै मन्त्रीले आफ्नो कार्यभार सम्हालिसके

    • प्रकाशित मितिः जेठ २५, २०८०
    • २१५ पटक पढिएको
  • इन्द्रपुर खानेपानी अध्यक्षमा चापागाईँ सचिवमा गजुरेल विजयी

    इटहरी : इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिको अध्यक्षमा नवराज चापागाईँ विजयी भएका छन् । शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवार चापागाईँ समूहका उम्मेदवारहरू विजयी भएका हुन्  ।चापागाईँले १३१७ मत ल्याउँदा निकटतम प्रतिष्पर्धी नेकपा एमालेका सुरेन्द्रबहादुर थापाले ११४५ मत पाए । अध्यक्षकै उम्मेदवार गीताबहादुर सोडारीले ६१६ र प्रदीपकुमार राईले ९३ मत पाएका हुन् । ५६६६ मतदाता मध्ये ३५३६ जनाले मतदान गरेका थिए । त्यसमध्ये ३१७१ मत मात्र सदर भयो ।उपाध्यक्ष पदमा एमालेका थापा प्यानलबाट उम्मेदवारी दिएका जयप्रसाद सिटौला ८८९ मत पाएर विजयी भए । गठबन्धनका कृ

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • १४६ पटक पढिएको
  • अखिल नेपाल किसान महासंघ कोशी प्रदेशको अध्यक्षमा : दुर्गा थापा

    इटहरी। नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ कोशी प्रदेशको अध्यक्षमा दुर्गा थापा स्वस्तिक चयन हुनुभएकाे छ ।अखिल नेपाल किसान महाँसंघ कोशी प्रदेश कमिटीका अध्यक्ष दुर्गा थापा स्वस्तिक को अध्यक्षता रहेको कार्यक्रममा अखिल  नेपाल किसान महासघं केन्द्रीय कमिटी अध्यक्ष डा.प्रेम दंगालको  प्रमुख आतिथ्यता रहेको थियो।इटहरीमा सम्पन्न प्रथम अधिवेशनबाट थापा सर्वसम्मत रुपमा अध्यक्ष चयन हुनुभएकाे हाे । अधिवेशनले थापाकाे नेतृत्वमा उपाध्यक्षमा दुधराज तामाङ र राधा निरौला, सचिवमा मदन अधिकारी सह सचिब हेम नारायण र मकर बुढाथोकी त्यस्तै  कोषाध्यक्षमा खेमराज खड्का सहित ६७ सदस्यीय कार्यसमिति सर्वसम्मत र

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • ३४८ पटक पढिएको
  • अखिल नेपाल किसान महासघं कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन इटहरीमा सम्पन्न

    नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासघं कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन इटहरीमा सम्पन्न भएको छ। अखिल नेपाल किसान महाँसंघ कोशी प्रदेश कमिटीका अध्यक्ष दुर्गा थापा स्वस्तिक को अध्यक्षता रहेको कार्यक्रममा अखिल  नेपाल किसान महासघं केन्द्रीय कमिटी अध्यक्ष डा.प्रेम दंगालको  प्रमुख आतिथ्यता रहेको थियो।यस्तै कार्यक्रममा नेकपा एमाले स्थाई कमिटि सदस्य तथा जन संगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल,नेकपा एमाले स्थाई कमिटि सदस्य तथा कोशी प्रदेश इन्चार्ज राजेन्द्र गौतम,  नेकपा एमाले  कोशी प्रदेश कमिटि अध्यक्ष तुलसी न्यौपाने, नेकपा एमाले स्थाई कमिटि सदस्य गुरु बराल, अखिल  नेपा

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • १८० पटक पढिएको
  • जातिय भेदभाव उन्मुलन दिवसको अवसरमा सुनसरीको इटहरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    इटहरी ।  जातिय भेदभाव उन्मुलन दिवसको अवसरमा सुनसरीको इटहरीमा पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाइएको छ  । नेपाल उत्पिडित जातिय मुक्ती समाज सुनसरीको आयोजनामा जातिय भेदभाव तथा छुवाछुत अन्त्यको  घोषणा जेष्ठ २१ को सान्धर्भिकताका बिसयमा अन्तरक्रिया  गरिएको हो ।नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सह इञ्चार्ज जिवन घिमीरेको प्रमुख आतिथ्य तथा नेपाल उत्पिडित जातिय मुक्त समाज सुनसरीका अध्यक्ष दिनेश रसाइलीको अध्यक्षतामा भएको अन्तरक्रियाका सहभागीहरुले जातिय भेदभाव र छुवाछुत दण्डनिय भएका वताउदै भेदभाव र छुवाछुत गर्नेलाई कानुनी कारवाही गर्नु पर्नेमा जोड दिए ।  &

    • प्रकाशित मितिः जेठ २१, २०८०
    • १५६ पटक पढिएको
  • कोशी नामकरणमा पुन:विचार गर्न कांग्रेसको माग

    विराटनगर : नेपाली कांग्रेसले कोशी प्रदेशको नाममा पुनःविचार गर्न माग गरेको छ । बुधबार कोशी प्रदेशका १४ जिल्लाका सभापतिहरुले संयुक्त विज्ञप्ति निकाल्दै प्रदेशको नाममा पुनःविचार गर्न माग गरेका हुन् ।कांग्रेसले मात्र संघीयताको मर्म र भावनालाई आत्मसात गर्दै गल्ती कमजोरीहरुलाई सच्याउने साहस गर्न सक्ने भन्दै उक्त तथ्य ध्यानमा राखी नामकरणमा पुनःविचार गर्न कांग्रेसले प्रदेशसभा समक्ष माग राखेको छ ।यस्तै नामकरणपछि उत्पन्न परिस्थितिका कारण घाइते आन्दोलनकारीहरु तथा सुरक्षाकर्मीहरुको यथोचित उपचारमा सरकारले ध्यान दिनुपर्ने उनीहरूको माग छ । ‘संयमित विरोध र विरोधको सम्मान लोकतन्त्रको महान मन्त्र हो भन्ने

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • २७५ पटक पढिएको
  • कोशी प्रदेशकी स्वास्थ्यमन्त्री लिम्बूले दिइन् पदबाट राजीनामा

    विराटनगर : कोशी प्रदेश सरकारकि स्वास्थ्यमन्त्री निर्मला लिम्बूले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्री पदबाट राजीनामा दिएकी छन् । बुधबार बसेको जसपा प्रदेश समितिको बैठकले एमाले नेतृत्वको सरकारबाट आफ्नो मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि लिम्बूले राजीनामा दिएकी हुन् । प्रदेशमा जसपाकी एक्ली सांसद लिम्बू २०७९ पुस २५ गते नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा सहभागी भएकी थिइन् ।तर, प्रदेशको नामकरणपछि सरकारले पहिचान पक्षधरको आवाजलाई बेवास्ता गरेपछि आफूले राजीनामा दिएको उनलेे बताएकी छिन् । उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ, “प्रदेशको नामाकरण पहिचानको आधारमा

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • १४४ पटक पढिएको
  • कार्यसम्पादनमा कोशी प्रदेश अब्बल र उत्कृस्ट

    इटहरी । कोशी प्रदेश कार्यसम्पादनमा आधारित अनुदानमा सबैभन्दा धेरै रकम पाउने प्रदेश बनेको छ । संघीय सरकार अर्थमन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणको सारांशमा कार्यसम्पादनमा कोशी प्रदेश उत्कृष्ट देखिएको हो ।कोशी प्रदेशले उक्त शीर्षकमा ४७ करोड ९८ लाख रुपैयाँ अनुदान पाउने भएको छ । दोस्रो स्थानमा रहेको गण्डकी प्रदेशले ४२ करोड ३९ लाख, तेस्रो स्थानमा रहेको बाग्मती प्रदेशले ३५ करोड १९ लाख, चौथो स्थानमा रहेको लुम्बिनी प्रदेशले ३३ करोड ५५ लाख, पाँचौं स्थानमा रहेको कर्णाली प्रदेशले ३० करोड १३ लाख, छैटौं स्थानमा रहेको सुदूरपश्चिमले २५ करोड ४१ लाख र

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • ५२१ पटक पढिएको
  • इटहरीमा २४ घण्टे रिले अनसन सुरु

    इटहरी / नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही लगायतका माग राख्दै  आएको सरकार साझेदार दल नेकपा एकीकृत समाजवादीको  मोर्चा संगठन कोशीले आजबाट इटहरीमा २४ घण्टे रिले अनसन सुरु गरेको छ । नेकपा एकीकृत समाजवादीको मोर्चा संगठन कोशी प्रदेशको आह्वानमा सुनसरीको इटहरी उपमहानगरपालिका अगाडि यही जेठ ८ गते देखि ८ घण्टे रिले अनसन सञ्चालन गर्दै आएकोमा आजबाट २४ घण्टे वनाइएको हो ।  नक्कली भुटानी शरणार्थी प्रकरणले देशलाई  अन्तराष्ट्रिय स्तरमै लज्जित वनाएको हुँदा यस्तो अपराध गर्ने अपराधीहरुलाई कानुनी कारवाही गर्नु पर्ने माग राख्दै रिले अनसन गर्दै आएकोमा अझ सशक्त वनाउने क्रममा आजबाट २४ घ

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • १२८ पटक पढिएको
  • नामकरणविरुद्ध आन्दोलनरत पक्षलाई प्रदेश सरकारले वार्तामा बोलायो

    विराटनगर । कोसी प्रदेश सरकारले प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा बोलाएको छ । सरकारले मंगलबार उनीहरुलाई औपचारिक रुपमा वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्न आह्वान गरेको हो ।सरकारका प्रवक्ता एवं उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार विज्ञप्ति जारी गरी आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन आह्वान गरेका हुन् ।फागुन १७ गते प्रदेशसभाको दुई तिहाइभन्दा बढी बहुमतले तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो । त्यस प्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् ।‘नामकरणको बारेमा रहेका आफ्ना विमतिलाई शान्तिपूर्ण रूपमा राख्न अनुर

    • प्रकाशित मितिः जेठ १६, २०८०
    • २३९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]