दाङ / नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका–१७ को वडा अध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन् ।एमालेको तर्फबाट वडा अध्यक्षको पदमा उम्मेदवार भएका लबरुको मंगलबार निधन भएपछि उनको ठाउँमा छोरालाई उम्मेदवार बनाएको छ । उनले आज मनोनयन दर्ता गराएका हुन । लबरुको निधन भएपछि निर्वाचन आयोगले त्यस वडाको निर्वाचन ३ जेठमा गर्ने जनाएकाे छ ।
इटहरी । इटहरीको मेयर, उपमेयर को होला अनि वडाहरुमा कसको वर्चस्व होला भन्ने विषय यतिखेर इटहरीवासीको लागि चासोको विषय बनेको छ । निर्वाचनको लागि दुई दिन समय बाँकी हुँदा अन्तीम अड्कलबाजी लगाउन थालिएको छ । इटहरीको मेयरको लागि एमालेबाट याम सुब्बा र गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका हेमकर्ण पौडेल मैदानमा छन् भने उपमेयरको लागि एमालेबाट संगीता चौधरी र गठबन्धनको तर्फबाट नेकपा समाजवादीका केशव विष्ट भिडिरहेका छन् ।खासगरी एमालेले भन्ने गरेको आफ्नो किल्ला अनि त्यो किल्ला भत्काउने नेपाली काँग्रेसको अभिष्टमध्ये कसको पल्ला भारी हुन्छ, ठ्याक्कै भन्न सकिने अवस्था छैन । किनकी पार्टीको संगठित वा क्रियाशील सदस्यता
काठमाडौं / एमालेबाट काठमाडौं महानगरको उपमेयरकी उम्मेदवारी सुनिता डंगोलले काठमाडौंलाई मौलिक सहरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएकी छन् ।काठमाडौंमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले विश्वको कुनै सहर जस्तो होइन काठमाडौंलाई कान्तिपुरी नगरीको रुपमा विकास गर्ने बताइन् ।‘काठमाडौंलाई कतिले विश्वका कुनै सहरजस्तो बनाउँछु भने,’ उनले भनिन्, ‘तर, काठमाडौंलाई कुनै विश्वको सहरजस्तो होइन काठमाडौं जस्तै, कान्तिपुर नगरी सहर बनाउँछु ।’काठमाडौंको शिक्षा, स्वास्थ्य क्षेत्रमा विकास गर्ने भन्दै उनले देशको विकासकै लागि नै एमाले सरकारको आवश्यक रहेको बताइन् । सहभागीको जवाफ माग्दै सम्बोधन गरेकी उनले विक
हेटौंडा / हेटौंडा उपमहानगरपालिकामा नेकपा समाजवादीबाट मेयर पदमा उम्मेदवारी दिएका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गरेका छन् । आज एक कार्यक्रमकाबीच भुर्तेल एमालेमा प्रवेश गरेका हुन् ।भुर्तेललाई एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेलले पार्टी प्रवेश गराएका थिए । एमालेले गरेको विकास र समृद्धिका कारण एमालेमा प्रवेश गरेका भुर्तेलले बताए ।कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर सह इन्चार्ज जुनेली श्रेष्ठ, मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्ले, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्ने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्ने बताएका हुन् ।स्थानीय तह निर्वाचनले सरकार बनाउँदैन, प्रदेश सरकार बनाउँदैन,’ उनले भने, ‘तर, देशको आगामी दिशा तय भने गर्छ ।’एमालेको जित सुनिश्चित भइसकेको दाबी गरेका ओलीले निर्वाचनको तयारी सकिएको र अब नतिजाको पर्खाइमा रहेको बताए ।
काठमाडौं / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जनतासंग जानबाट कहिलेसम्म रोक्छौ भनेर गठबन्धन आवद्ध दलका नेतालाई प्रश्न गकाठमाडौंमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री रहँदा ताजा जनादेशमा जाने तयारी गरेपछि गठबन्धन गरेर हटाएको आरोप लगाएका थिए ।कहिलेसम्म जनतासंग जान रोक्छौ भन्दै प्रश्न गरेका ओलीले भने, ‘जनतासंग जाने भनेपछि गठबन्धन गरेर हटाए । उनीहरुसँग काम गरेको भन्ने कुरा छैन । उनीहरु भन्छन्– जनतासंग जान खोज्यो, सरकाबाट हटायौँ । कहिलेसम्म जनतासंग जान रोक्छौ, ३० वैशाख त आइसक्यो ।’अदालतले एमाले संसद भंग गर्दा असंवैधानिक र अलोकतान्त्रिक भनेको भन्दै उनले कांग्रेस
सुन्दरहरैंचा / जनसंख्या तथा भुगाेलका आधारमा मोरङको सबै भन्दा ठूलो सुन्दरहरैंचा नगरपालिकामा यति बेला स्थानीय तहकाे निर्वाचन नजिकिए सँगै चुनावी सरगर्मी बढेको छ । नेपाली काँग्रेसले शिवप्रसाद ढकाललाई नै पुनः मेयरको उम्मेदवार बनाएको छ । नेकपा माओवादी केन्द्रले नवराज चापागाईंलाई उपमेयरको उम्मेदवार बनाएको छ । नेपाली काँग्रेस तथा नेकपा माओवादी केन्द्र गठबन्धन गरि संयुक्त रुपमा चुनावी मैदानमा उत्रिएका छन् ।साथै गठबन्धन गरेका कारण आफ्नाे पल्ला भारी भएकोले चुनाव जित्ने दाउमा रहेका छन् । यस अघि चापागाईं २०७४ सालको स्थानिय तहकाे निर्वाचनमा समेत उपमेयर पदमा उम्मेदवार बनेर पराजित भएका थिए । अब भने उनी आफ्नाे
धरानः पोखरा महानगरपालीका कास्कीकोट क्षेत्रकि लक्ष्मी भट्टराई धरानको पूर्वान्चल इन्जिनियरिङ क्याम्पसबाट हालसालै अन्तिम परिक्षा सकाएकि विद्यार्थी हुन् । उनले गत चैत्र २२ गते परिक्षा सकेकि हुन् । तर, उनी आफ्नो गृहनगर पोखराको चुनावी सभामा गइनन् । धरानमै बसिन् । अहिले उनी धरानको मेयर उमेद्वार मन्जु भन्डारीको चुनावी प्रचारमा सक्रिय छिन् । मेकानिकल इन्जिनियरिङको स्नातक तहको परिक्षा सकाएकि भट्टराईले मन्जु भन्डारीलाई सहयोग गर्नुमा महिलाले पाएको स्थानको सम्मान हो । ‘एमालेले पोखरामा महिला मेयर नदिएपनि धरानमा दिएको छ’, चुनावी अभियानमा धरान १४ मा कोसी प्रेससँग बोल्दै भट्टराईले भनिन्,
स्थानीय तहको निर्वाचन आउन केही दिन मात्रै बाँकी छ । स्वतन्त्र देखि साना ठुला राजनीतिक दलबाट उम्मेदवार बनेका नेताहरू जनताको घरदैलोमा पुगेर मत मागिसेका छन् । ५ वर्षको लागि जनताको सेवामा खटिने बाचा सहित होमिएका नेताहरू पालिकामा भएका समस्यालाई समाधान गर्ने मुख्य योजना रहेको बताउँछन् । तिनै मध्येका एक हुन्, शंकरलाल चौधरी । सुनसरीको रामधुनीमा राजनीतिक यात्रा तय गरेका चौधरी नेकपा एमालेबाट मेयर पदमा चुनावी तयारीमा रहेका छन् ।नगरपालिका भित्रका गाउँलाई शहरमा जोड्ने, नगरपालिका भित्र आगलागी हुँदा वारुणयन्त्रको अभाव रहेकाले त्यसलाई पुरा गर्ने, ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराउने जस्ता ज
झापा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न नसक्ने भएपछि पाँच दलीय गठबन्धन बनाएको आरोप लगाएका छन् । गृहनगर दमकमा भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमालेसँग लड्न नसकेपछि गठबन्धन बनाएको दाबी गरे ।गठबन्धनको उद्देश्य भने विकास र समृद्धिलाई रोक्नु मात्र भएको बताए । विकास रोक्नु, सुशासन हुन नदिनु, स्थायित्व र स्थिरता देशमा हुन नदिनु गठबन्धनको उद्देश्य भएको उनको भनाइ थियो । देश विकास गर्ने एमालेविरुद्ध मोर्चा बनाएर घेराबन्दी भएको बताए । उनले प्रजातन्त्र पुनर्स्थापनापछिको ३० वर्षमा कांग्रेस एक्लैले २० वर्ष र अरूसँग मिलेर गरी २० वर्ष देश चलाउँदा पनि केही विकास गर्न नस
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.