इटहरी/ स्थानीय तहको निर्वाचनको मिति जति नजिकिँदै छ, चुनावी सरगर्मी पनि त्यतिनै बढ्न थालेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ९ को सन्दर्भ जोड्नुपर्दा लोकप्रिय युवा नेताका रुपमा परिचित जितेन्द्र थापाको उमेदवारीले वडावासी उत्साहित देखिन्छन् ।आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका जितेन्द्र थापाको नेतृत्वको टोलीले घरदैलो अभियानलाई निरन्तरता दिँदै वडावासीहरूको घर – घरमा पुगेर आर्शिवाद लिखे चुनाव चिन्ह सूर्यमा मतदान गरी उम्मेदवारहरूलाई बिजयी बनाउन अनुरोध गरेका छन् । साथै उनले समाज रूपान्तरणका लागी युवा नेतृत्व
इटहरी/ आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा ठाउँठाउँमा चुनावी सरगर्मी पनि उत्तिकै बढ्दो छ । उमेदवारहरू उत्साहका साथ घरदैलो अभियानमा व्यस्त देखिन्छन् । आगामी ५ वर्षको लागी नेतृत्व छनोट सम्बन्धमा जनता पनि उत्तिकै उत्साहित भएको महसुस गर्न सकिन्छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ८ को कुरा गर्नुपर्दा लोकप्रिय व्यक्तित्वको रुपमा परिचित युवा नेता अरुण कुमार चौधरीको उमेदवारीले वडावासी झनै हर्षित छन । नेकपा एमालेका तर्फबाट इटहरी उपमहानगरपालिका वडा नम्बर ८ का लागि अध्यक्ष पदका उम्मेदवार अरुण कुमार चौधरीको टिम वडावासीहरूको घर – घरमा पुगेर आर्शिवाद लिदै चुनाव चिन्ह सूर्यमा मतदान गरी
मोरङ । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ७ वारांगीमा नेकपा एमालेले चुनाव अघि नै जीतको घोषणा गरेको छ ।नेकपा एमाले लेटाङको निर्वाचन लक्षित घरदैलो अभियानका क्रमामा साविक वारांगी गाविस हाल लेटाङ नगरपालिका वडा नम्बर ७ मा भएको कार्यक्रममा नेकपा एमालेका उम्मेदवारहरु विजय भइसकेको घोषणा गरिएको हो ।कार्यक्रममा सहभागी भएका स्थानीयबासीले वडा नम्बर ७ को जनलहर हेर्दा नेकपा एमाले विजयी भइसकेको घोषणा गर्नुपर्ने माग गरेपछि यस्तो घोषणा गरिएको हो ।घरदैलो पछि भएको कोणसभामा बोल्दै मोरङ क्षेत्र नम्बर १ का सांसद् तथा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य घनश्याम खतिवडाले लेटाङ ७ मा नेकपा एमाले विजय भइसकेक
तरहरा : इटहरी उपमहानगरपालिका वडा नं. २० मा राप्रपाबाट वडाध्यक्षमा उम्मेदवारी दिएका दीपबहादुर पुरीको लोकप्रियता बढ्दो छ ।व्यवसायसँगै राजनीतिमा होमिएका उनी आफूले भ्रष्टाचारमुक्त वडा बनाउने अभियान अन्तर्गत वडाध्यक्षमा उम्मेदवारी दिएको बताउँछन् ।वडाको सामाजिक, आर्थिक, भौतिक लगायत सम्पूर्ण स्थिति देखिनेगरी डिजिटल प्रोफाइल बनाउने, वडाबासीको विकास प्रक्रियामा संलग्न हुन पाउने हक, र सूचनाको हकमा सम्मान, दलीय विभेद नगरी जनताको सेवा जस्ता कुरालाई आफ्नो संकल्प पत्रमा उल्लेख गरेका पुरीले अहिले राष्ट्रको मुद्वा कमजोर भएको बताए ।तरहराको विवेकपूर्ण विकास गर्नका लागि आफूले उम्मेदवारी दिएको बताउँदै उनले भ
काठमाडौं / प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले नेपाली कांग्रेस त्यसै नछाडेको बताएका छन् । उनले कांग्रेस बिग्रिएका कारण नेताद्वयले जीवनको अन्तिमकालमा पार्टी छाडेको बताए ।गण्डकी प्रदेशको राजधानी पोखरामा साेमबार आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दुवै नेता नाच्दै हाँसेर पार्टीबाट ननिस्किएको बताए ।‘कृष्णप्रसाद भट्टराई (किसुनजी)ले यत्तिकै कांग्रेस पार्टी छाडेका होइनन् । जीवनको उत्तरार्द्धकालमा पार्टी छाड्नुभयो । नेता गणेशमान सिंहले पनि यत्तिकै पार्टी छाड्नु भएको होइन । २००३ सालमा भद्रगोल जेल तोडका नेताले यत्तिकै हाँस्दै हाँस्दै, नाच्दै
सिरहा / आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका एक जनाको मृत्यु भएको छ । नेकपा एमालेबाट सिरहा नगरपािलका-५ का वडा सदस्यका उम्मेदवार ६५ वर्षीय मुना सेखको मृत्यु भएको हो ।उनको कालगतिले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जनाए । उनको मृत्युपछि उनकै श्रीमती रहमान खातुनले उम्मेदवारी दिएकी छिन्।सेखको मृत्यु भएको खबर पाएलगतै निर्वाचन आयोगलाई सूचना दिएर निर्वाचन आयोगले पठाएको प्रकृया अनुसार ३० वैशाखकै निर्वाचनमा सहभागी हुने गरी उम्मेदवारी दर्ता गरी आवश्यक प्रकृया पूरा गरी निर्वाचन चिह्न समेत प्रदान गरिसकिएको प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए।निर
पोखराः एमाले अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धनलाई पशुपतिको बाँदरसँग दाँजेर मतपेटिका लुट्न सक्ने आरोप लगाएका छन् । ‘पशुपतिमा फूलपाती लिएर गयौं भने फूलपातीको टोकरी बाँदरले खोजेर लान सक्छ,’ उनले भने, ‘त्यहाँ त एउटा बाँदर आउँछ । यहाँ (चुनावमा) पाँचवटा छन् । हामी सतर्क हुन जरुरी छ । धाँधलीबाट परिणामलाई तलमाथि हुन दिनुहुँदैन ।गठबन्धनले धाँधली गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन उनले कार्यकर्तालाई सुझाब दिएका छन् । ‘पाँचदलीय गबठन्धन भोटले जित्ने होइन । भोटले हारेपछि मतपत्र च्यात्ने, चपाउने, निल्ने गर्छन् । के के गर्न सकिन्छ नचाहिँदो त्यही गर्छन्,’ उनी भन्छन्, ‘गठबन्धनमा आफ्ना मात्रै मान्छ
इटहरी । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ मा एमालेको तर्फबाट अध्यक्षमा केशव गौतमले उम्मेदवारी दिएका छन् । २०७४ सालको निर्वाचनमा निर्वाचित वडाध्यक्ष समेत रहेका गौतमले पुन अध्यक्षमा उम्मेदवारी दिएका हुन् । २०४३ सालमा अनेरास्वीयुमा आवद्ध भए सँगै राजनैतिक यात्रा सुरु गरेका गौतमले क्रमश पार्टीमा सक्रीय रहेर काम गरे । त्यस क्रममा २०४७ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेका उनले गाउँ कमिटीमा रहेर तीन कार्यकाल काम गरिसकेका छन् । उनले सुनसरी जिल्लाको क्षेत्र नम्बर ६ बाट क्षेत्रीय कमिटीको संगठन विभाग प्रमुख रहेर दुई कार्यकाल काम गरेका छन् । भर्खरै सम्पन्न अधिवेशनबाट उनले एम
सुर्खेत । दैलेखको आठबीस नगरपालिकाका एमालेका मेयर उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा आगजनी भएको छ ।चालक गाडीभित्रै सुतिरहेको समयमा आठबीस नगरपालिका–४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्क गरी राखिएको स्कार्पियोमा राति अज्ञात समूहले आगजनी गरेको हो ।चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पुर्याएका थिए । जसले गर्दा धेरै क्षति हुन पाएन ।घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय राकम कर्णालीले जनाएको छ ।
इटहरी । नेपाली काँग्रेसका क्रियाशील सदस्य सोनालाल चौधरीसहित ३० जना नेकपा एमाले पार्टी प्रवेश गरेका छन् । काँग्रेसको वडा नं. ४ समितिमा रहेका चौधरी समुहसहित एमाले प्रवेश गरेको नेकपा एमाले वडा नं. ४ का अध्यक्ष सुनिल कार्कीले जानकारी दिए । एमालेको संगठन, काम गर्ने शैली र भिजन देखेर चौधरी एमाले प्रवेश गरेको कार्कीले बताए ।चौधरीलाई नेकपा एमाले प्रदेश इन्चार्ज तैयब हुसैन, एमाले नेताहरु बालकृष्ण कार्की, वडा नं. ४ का वडाध्यक्ष उम्मेदवार भक्त लामालगायत एमाले नेताहरुले स्वागत गरेका थिए ।इटहरीमा नेपाली काँग्रेसलगायत गठबन्धनले चुनावी सभा आयोजना गरेकै दिन चौधरी र उनको समुह एमाले प्रवेश गरेको हो ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.