धर्मदेवी । संखुवासभाको धर्मदेवी नगरपालिकामा उमेद्वार घोषणा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । लोकतन्त्र दिवसको अवसर पारेर आयोजित कार्यक्रमा लामो समयदेखि पार्टीको सांगठनिक विस्तारमा योगदान पुर्याउने २०१ बढी ज्येष्ठ नागरिकहरुलाई धर्मदेवी एमाले नगर कमिटीले सम्मान गरेको हो ।कार्यक्रममा नेकपा एमाले पोलिट ब्युरो सदस्य पर्शुराम मेगी गुरुङ र स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले ज्येष्ठ नागरिकहरुलाई खादा र प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो । सम्मानित हुनेहरुमध्येका एक ७३ वर्षीय भीम बहादुर खुलाल बस्नेतले आफूले दिएको योगदानको पार्टीले कदर गरेकोमा खुसी लागेको वताउनुभयो । यस विषय
सुनसरी : उदयपुरको चैदण्डीगढी नगरपालिकामा एमालेले उप–मेयर पदका लागी मणिका दुलालको उमेदवारी टुङ्गो लगाएको छ । एमालेले चैदण्डीगढी नगरपालिकामा प्रमुख (मेयर) कालुराम लामा र उप–प्रमुख (उप–मेयर) मा मणिका दुलाल अघि सारेको हो । यस अघिको अर्थात् २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले मेयर र उप(मेयर दुवै पदमा विजयी हाँसिल गरेको थियो । मेयरमा बिजय कुमार राइ र उप(मेयरमा रिता कुमारी चौधरीले जित निकालेका थिए । यो पटक भने मेयर र उप–मेयरसहित अधिकांश वडामा जित्ने एमालेको दावि छ । मेयर र उप–मेयरसहित सबै वडाको उमेदवार टुङ्ग्याएको एमालेले जानकारी दिएको छ ।
स्थानीय चुनावका लागि आइतबार देशभर गरी विभिन्न पदमा १० हजार ५३३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्य पदका लागि साना दलका र स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको हो।निर्वाचन आयोगले आइतबार र सोमबारका लागि उम्मेदवार मनोनयनको समय तोकेकाले ठूला दलले अन्तिम समय कुर्दै मनोनयन दर्ता गरेका छैनन् । सत्तारुढ ५ दलीय गठबन्धनको भागबण्डा टुंगो लाग्न नसक्दा उम्मेदवारी दर्ता हुन नसकेको हो । मनोनयनको पहिलो दिन नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता
नेकपा एमालेको दह्रो जगको रूपमा इटहरीलाई हेर्ने गरिन्छ । नगरपालिका हुँदै उपमहानगर सम्म आई पुग्दा जनप्रतिनिधिका रूपमा नेकपा एमालेका नेताहरूले नेतृत्व गर्दै आएको छ । गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत एमालेबाट मेयरमा द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले जनताको सेवा गर्ने अवसर पाएका थिए । ५ वर्षको अन्तरालमा स्थानीय तहको चुनावमा नेकपा एमालेले उमेद्धार टुङ्गो लगाएको छ । मेयर पदका लागि पार्टी नगर अध्यक्ष यामकुमार सुब्बा र उपमेयरमा थारु जातिको बाहुल्यता रहेको इटहरीमा ४५ वर्षीय सङ्गीता चौधरीलाई पार्टीले टिकट दिएको छ । को हुन् सुब्बा?मेयरका उमेद्धार सुब्बाको जन्म ताप्लेजुङ जिल्लामा
नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयर सागर थापा र उपमेयर शिल्पा निरौला कार्कीलाई उम्मेदवार उठाउने निर्णय गरेको छ । थापा नेकपा एमाले विराटनगर महानगर कमिटि अध्यक्ष हुन् भने शिल्पा महानगर कमिटी उपाध्यक्ष हुन् । एमाले १ नम्बर प्रदेश कमिटीले थापाको नाम एक नम्बरमा राखेर केन्द्रीय सदस्य जीवन घिमिरेको नाम समेट सुझावका थप्दै केन्द्रीय कमिटी सचिवालयमा सिफारिस गरेको थियो । सोमबार विहान २ बजे मेयरमा थापा र उपमेयरमा कार्कीलाई उम्मेदवार बनाउने गरी केन्द्रीय सचिवालयबाट निर्णय भएको जनाइएको छ । एमालेमा महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवारको निर्णय केन्द्रीय सचिवालयले गर्ने अधिकार थियो ।
जनमत पार्टीले विराटनगर महानगरपालिका मेयरकाे उम्मेदवार अरुणकुमार मण्डललाई बनाएकाे छ । उनले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । सिके राउत नेतृत्वकाे पार्टीको महानगर अध्यक्ष हुन् ।मण्डलले विराटनगरकाे विकासका लागि उम्मेदवारी दिएको बताए । उपमेयरसहित पार्टीले १९ वटै वडामा उम्मेदवारी दिने उनले बताए ।
विराटनगर । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उम्मेद्वारी दिन प्रदेश-१ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेशसभाका सचिव गोपाल पराजुलीका अनुसार प्रदेश सांसद काजीमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् । २०७४ को चुनावमा कागते इलाम क्षेत्र नम्बर-१ (ख) र बुढाथोकी झापा १ को (ख)बाट निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको पराजुलीले बताए । स्थानीय तह निर्वाचनमा कागते इलामको सुर्योदय नगरपालिका प्रमुखमा उठ्ने चर्चा छ भने बुढाथोकी मेचीनगर नगरपालिकाको मेयरमा उठ्ने तयारीमा छन्।
लेटाङ । नेकपा एमालेले मोरङको लेटाङ नगरपालिकाको मेयरमा भुपेन्द्र लावतीलाई उम्मेद्वार बनाउने भएको छ । यस्तै उप–मेयरमा कृष्णकुमारी निरौला पोखरेल उठाउने भएको छ । यसैगरि नेकपा एमाले लेटाङले नगरका सबै वडाध्यक्षहरुको पनि टुंगो लगाएको छ । जसमध्ये वडा नम्बर १ मा निवर्चतमान वडाध्यक्ष विष्णुकुमार मगरलार्य र २ मा पनि निवर्तमान वडाध्यक्ष तेजप्रसाद तिमिल्सिनालाई नै उम्मेदवार बनाएको छ । यस्तै वडा नम्बर ३ मा सचिवालय सदस्य डम्बर राई, ४ मा रामकुमार श्रेष्ठ, ५ मा निवर्तमान वडाध्यक्ष भूम सूर्यमगर, ६ मा पार्टीका वडा कमिटी अध्यक्ष पुर्णबहादुर तामाङ, ७ मा खगेन्द्र लिम्बू, ८ मा कृष्ण राई र ९ मा निवर्चमान वडाध्य
११ वैशाख, धनगढी । नेकपा एमालेले कैलालीका ११ वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको छ ।केन्द्रीय सचिवालय बैठकले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार छनोट गरेको भोलिपल्ट आइतबार एमालेको प्रदेश कमिटिले बाँकी रहेका १२ मध्ये १० वटा स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको हो छ भने चुुरे र मोहन्याल गाउँपालिकामा उम्मेदवार चयन गर्न बाँकी छ ।एमाले प्रदेश कमिटीका सचिव धर्मराज पाठकले जिल्ला कमिटीले पठाएको आकांक्षीका सूचीका आधारमा उम्मेदवार चयन गरिएको जानकारी दिए ।उनका अनुसार टीकापुर नगरपालिकाको मेयरमा श्याम खत्री र उपमेयरमा अनुपा केसी, लम्कीचुुहा नगरपालिकाको मेयरमा महादेव बजगाईं र उपमेयरमा ज
भागबन्डालाई लिएर धरान उपमहानगरमा ३ दल बीच खटपट भएको छ । केहि दिन अघि ४ दलीय गठबन्धनले पत्रकार सम्मेलन गरेर मिलेर चुनावमा होमिने बताएका थिए । तर वडा तहमा भागबन्डा मिल्न नसक्दा गठबन्धनका दल एक पछि अर्काे गर्दै एक्लै चुनावमा लड्ने अबस्थामा पुगेका हुन् । यस अघि जसपाले सम्मान जनक स्थान नभएको भन्दै एक्लै चुनावमा जाने भन्दै गठबन्धनबाट बाहिरिएको थियो । आज मनोनयन दर्ता दिन नेकपा माओबादी केन्द्र पनि गठबन्धनबाट बाहिरिने संकेत गरेको छ । केन्द्रले गरेको निर्णय नमान्ने अबस्थामा पुगेपछि माओवादी केन्द्रले वडा तह एक्लै लड्न दिने निर्णय गरेको हो । यता मेयर र उपमेयरमा भने केन्द्रको निर्णय अनुसार मेयर काङ्गग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.