सुनसरी / नगर बाल सञ्जाल इटहरीद्वारा अन्तर विद्यालय स्तरीय वक्तूत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।इटहरीको युवा विकास केन्द्र भवनमा नगर बाल सञ्जाल इटहरीको आयोजनामा अन्तर विद्यालय स्तरीय वक्तूत्वकला प्रतियोगिता भएको हो ।इटहरीका १९ वटै वडाका विद्यालयहरूबाट एक-एक जना विद्यार्थी सहभागी रहेका थिए ।विद्यार्थीहरूले वक्तूत्वकला प्रतियोगितामा आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । एसवएस स्कुलकी स्मृति आचार्य प्रथम , जनसयोग मा.वि इटहरीकी करिस्मा कार्की दोस्रो , पुर्वाञ्चल सेकेन्डरी बोर्डिङ स्कुलकी रिदिमा पौडेल तेस्रो भएकी हुन् । कार्यक्रमको अध्यक्ष नगरबाल सञ्जाल इटहरीका अध्यक्ष सविन तिम्सिन
सुनसरी / विभिन्न पार्टी र समूहले गरेको बन्दका कारण अरुण पूर्वका नौ जिल्लाको सार्वजनिक यातायात प्रभावित बनेको छ ।धरानमा बन्दकर्ताहरू सडकमा निस्किएका छन् ।विशेष गरी लामो दुरीका यातायातमा यसको प्रत्यक्ष प्रभाव देखिए पनि साना तथा छोटा दुरीका यातायात भने सुचारु अवस्थामा रहेका छन् ।धरानको मुख्य चोक भानुचोकमा बन्दाकर्ताहरूले कुनै पनि सवारीसाधनहरूलाई प्रवेश गर्न दिएको छैन । साना तथा धरान भित्र सञ्चालन हुने सवारीहरूले भने भनुचोक प्रवेश नगरी सञ्चालनमा रहेका छन् । राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लिम्बुवान पार्टी नेपाल सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टी लिम्बुवान राष्ट्रिय समिति (लो.स.पा) ,क
काठमाडौं / आँखा पाक्ने रोगको सङ्क्रमण देशभर प्रकोपको रुपमा फैलिएको छ । डाक्टरका अनुसार हरेक बर्खायाममा आँखा पाक्ने समस्या देखिन्छ । यसपालि भने धेरै ठाउँमा प्रकोपको रुपमा नै सङ्क्रमण फैलिरहेको छ । आँखामा सङ्क्रमण हुँदा आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका लक्षण देखिन्छ। यस्तै, बिरामीको परेला सुन्निने, आँखामा केही बिझे जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिने तिलगङ्गा अस्पतालका नेत्ररोग विशेषज्ञ डाक्टर इन्दिरा पौडेलले बताए ।रोग फैलिएसँगै देशभरका आँखा अस्पतालमा बिरामीको भिड बढेको छ । तनहुँ, चितवन, धनुषा, सिन्ध
काठमाडौं / आजको वि.सं. २०८० साल साउन २२ गते सोमबार दिनभरिको आफ्नो राशिफल हेर्नुहोस् ।मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम गर्नुहोला । लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ, मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै पक्षमा बढोत्तरी हुनेछ । पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ
सुनसरी / सुन्दरहरैंचा नगरपालिकाले उपभोक्ता संरक्षण तथा कालो बजारी नियन्त्रण गर्न र ब्यबसायीलाई सचेत तुल्याउन बिहिबार देखि नियमित बजार अनुगमन सुरु गरेको छ ।सुन्दरहरैंचा नगरपालिका नगर उप-प्रमुख तथा बजार अनुगमन समितिका संयोजक अकली चौधरीको संयोजकत्व संयुक्त बजार अनुगमन सुरु गरेको हो ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग, जिल्ला प्रशासन कार्यालय मोरंग, करदाता सेवा कार्यालय बिराटचौक, उधोग बाणिज्य संघ, पत्रकार लगायतका सरकारी निकायका प्रतिनिधिले संयुक्त बजार अनुगमन सुरु गरेको हो।नगरप्रमुख केदार प्रसाद गुरागाई समेत बजार अनुगमन गर्न आफै लागि परेका छन् । बजार अनुगमन गर्ने क्रमम
सुनसरी / राष्ट्रिय युवा संघ भोजपुर नगरकमिटी भोजपुरले ‘एक युवा पाँच बिरुवा’ अभियानको शुरुवात गरेको छ ।भोजपुर नगरपालिका १२ स्थित तीनधारा र सिढी सरसफाइ सँगै वृक्षारोपण गरेको हो । ‘एक युवा पाँच बिरुवा’ अभियान अन्तरगत युवा संघको आयोजनामा वृक्षारोपण गरिएको नगर अध्यक्ष दिपेन दर्नालले बताए । तीनधारा क्षेत्रका साथै सिढी सरसफाइ गरिएको हो । युवाहरूलाई सामाजिक काममा जोड्नुका साथै श्रम संस्कृति आबद्ध गर्नका लागि अभियान थालिएको नगर अध्यक्ष दर्नालले बताए ।कार्यक्रम हरेक शनिवार गरिने संघले जनाएको छ । कार्यक्रममा नेकपा एमालेका नेता एवं प्रदेश सभा सदस्य सृजना राई एमाले भोजपुर अध्यक्ष शरणकुमार राई लगायतको स
सुनसरी / इटहरी उपमहानगरपालिकामा १८ वटा कलेज सहभागी दुई दिने कोशी प्रदेश स्तरीय "Inter College Futsal Tournament -2080" सम्पन्न भएको छ । कोशी प्रदेश स्तरीय फुटसल प्रतियोगीता एस डि फुटसल इटहरीको आयोजनामा सम्पन्न भएको हो । कोशी प्रदेशका १८ वटा कलेज सहभागी रहेका फाइनल खेलमा धरान सिटी कलेज र इटहरी नमुना कलेजको प्रतिस्पर्धा भएको थियो । धरान सिटी कलेजले विजेता र इटहरी नमुना कलेजले उपबिजेताको उपाधि हात पारेको थिए। विजेतालाई नगद प्रमाण पत्र र ट्रफि हस्तान्तरण गरिएको थियो । नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष एवं प्रदेश खेलकुद विकास समितिका संस्थापक सदस्य-सचिव पर्शुराम
सुनसरी / इटहरीस्थित जनता बहुमुखी क्याम्पस सञ्चालक समितिको लागि गरिएको निर्वाचनको मतगणना सकिएको छ ।शनिवार भएको मत परिणाम अनुसार राजनीतिक दलको गठबन्धनमा आबद्ध बहुमत उम्मेदवारहरुले जितेका छन् ।१३ पदका लागि ३२ जना प्रतिस्पर्धामा थिए । कूल ७३० मतदातामध्ये ६०४ मत खसेको थियो । जसमध्ये शेखर लुइँटेल ४०८ मत प्राप्त गर्दै पहिलो स्थान प्राप्त गरे ।कुलबहादुर कार्की (राजकुमार) ३९९ मत, विकल रेग्मी ३६५ मत, विकास केसी ३५२ मत, अम्बिका श्रेष्ठ ३४६ मत, तीर्थराज पराजुली ३४१ मत, युगप्रिय निरौलाले ३३६ मत प्राप्त गरेका थिए ।यसैगरी, गङ्गा प्रसाद भट्टराई ३०३ मत, शिवराज दाहाल २९९ मत, ईश्वर भट्टराई २९६, उर्मिलादेवी
सुनसरी / भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ७ मा श्रमदान मार्फत दुइ दिनमा करिव सात किलोमिटर सडक मर्मत सम्भार तथा सरसफाई गरिएको छ ।युवा पलायन हुने र बसाइँसराइको लहरले गाउँघरमा बुढाबुढी र बालबालिका अनि कमै मात्र वस्तीहरू छन् । गाउँघरको अहिलेको स्थिति हेर्ने हो भने जिउदाको जन्ती र मर्दाको मलामी भन्ने कहावत नै हराउने अवस्था आइ सकेको छ। यस्तै विकास निर्माणको काममा पनि उपभोक्ताको लगानी र समय शुन्य प्रायः हुन थालेको छ । दशै, तिहार लगायतका चाडपर्वमा गाउँले मिलेर बाटो बनाउने, सरसफाई गर्ने जस्ता काम बिरलै मात्रामा देख्न पाइन्छ । खानेपानीका लागि श्रमदानबाटै अधिकांस काम हुने गर्थे । पाईप किनेर
सुनसरी / इटहरी धरान सडक खण्डको सेउतीपुलमा गोली प्रहार गरी लुटपाट भएको घटनामा प्रहरीले हालसम्म ६ जनालाई पक्राउ गरेको छ ।गत साउन ५ गते विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीलाई लुटेरा समूहले गोली हानी हत्या गरेको थियो । लुटेरा समूहका दुई जनालाई बुधबार, शुक्रबार तीन जना र शनिबार एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।शनिबार पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–४ का २७ वर्षीय ज्याङ्लो भनिने युनेश राई रहेका छन् । उनलाई आठ राउन्ड गोलीसहित घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।यसअघि शुक्रबार पक्राउ पर्नेमा विराटनगर–१५ का ४१ वर्षीय अजयकुमार शर्मा, भद्रपुर नगरपालिका–१ घर भई धरान उपमहानगरपालिका–८
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.