समाज

    Showing १०,२४१-१०,२५० of ११,३०१ items.
  • कोशी प्रदेशमा ८ दशमलव ११ प्रतिशतले दुर्घटना कमि , असार मसान्तसम्म ४ सय १२ जनाको मृत्यु

    सुनसरी / नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय कोशी प्रदेशले सार्वजनिक गरेको अघिल्लो वर्ष र आर्थिक वर्षमा  भएको सवारीसाधन दुर्घटनाको दर ८ दशमलव ११प्रतिशतले कमी आएको छ ।ट्राफिक प्रहरी कार्यलय यातायात इटहरी सुनसरीले पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७८/७९  मा सवारी दुर्घटना ३ हजार ८ सय २० थिए भने आर्थिक वर्ष २०७९/८० असार मसान्तसम्म ३ हजार ५ सय १० भएको थियोे । गत सालको तुलनामा ८ दशमलव ११ प्रतिशतले कमि भएर आएको हो। गत वर्ष २०७८/७९ मा सवारी दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ५ सय ३१ थियोे भने यस वर्ष २०७९/८० असार मसान्तसम्म ४ सय १२ जनाको मृत्यु भएको थियोे

    • प्रकाशित मितिः साउन ४, २०८०
    • १०३ पटक पढिएको
  • इटहरीको हलगढा यातायात कार्यालयमा सिटी सफारी चालकहरुले गरे आन्दोलन

    सुनसरी / इटहरीको हलगडा यातायात व्यवस्था कार्यालयमा सिटी सफारी चालकहरूले आन्दोलन गरेका छन् ।मंगलबारबार दिउँसो चालकहरुले प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् । लाइसेन्सबिना काम गरिरहेका सिटी सफारीचालकलाई अनिवार्य बीमा गर्न लगाएर लुटतन्त्र मच्चाएको भन्दै उनीहरुले प्रदर्शनमा गरेको जनाएका छन् ।सफारी बीमा गरेर पनि बीमा बापतको सेवा सुविधा उपलब्ध नगराएको भन्दै बिना बिमा सिटी सफारी नवीकरण गर्न उनीहरुले माग राखेका थिए । सिटी चालकहरुले बिमा कम्पनीलाई संरक्षण गर्ने काम बन्द गर्न माग गरेका छन् । उनीहरुले नगरपालिकाले सफारी नविकरणका लागि बसाइसराई अनिवार्य गरेकोमा पनि विरोध गरिएको अखिल नेपाल यातायात मजदुर

    • प्रकाशित मितिः साउन २, २०८०
    • १५१ पटक पढिएको
  • संखुवासभाको खादबारीमा रहेको छहरे झरना परिसरमा बृक्षरोपण

    सुनसरी / संखुवासभाको खादबारी नगरपालीका- ११ स्थीत पर्यटकीय स्थान छहरे झरना वरिपरि बृक्षरोपण गरिएको छ ।छहरे झरना ब्यबस्थापन समितिको अगुवाईमा करिब २ सय जनताको सहभागितामा बृक्षरोपण गरिएको हो । कार्यक्रममा ११ नम्बर वडा का वडाध्यक्ष अनिल राई,राष्ट्रिय युवा संघ नेपाल संखुवासभाका अध्यक्ष ध्रुब खड्का,समृद्ध बहुदेश्यीय सहकारीका सिईओ मनिष श्रेष्ठ लगायतहरूले बृक्षरोपण गरेका हुन् ।छहरे झरना संरक्षण समिति अध्यक्ष भुवन राई,सचीव सुमन राई,अगुवा लक्ष्मी राई र स्थानीय समाजसेवी अगुवा विश्व राई,उत्तम दाहाल,अमिर चौहानको उपस्थिति रहेको थियोे ।

    • प्रकाशित मितिः साउन २, २०८०
    • २५५ पटक पढिएको
  • सुन्दरहरैंचाको ब्राईट फयूचर र सिद्धार्थका प्रिन्सिपललाई सिंगापुरमा अवार्ड

    मोरङ / सुन्दरहरैंचा नगरपालिका वडा- १० मा रहेको सिद्धार्थ सेकेन्डरी स्कुलका प्रिन्सिपल अर्जुन बस्नेतलाई सिंगापुरमा आयोजित ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३‘ बाट सम्मान गरिएको छ ।उनलाई कोशी प्रदेशका निजि विद्यालयहरु मध्ये उत्कृष्ट प्रिन्सिपलका रुपमा अवार्ड प्रदान गरिएको हो । त्यस्तै, सुन्दरहरैंचा नगरपालिका- ८ सलकपुरमा रहेको ब्राईट फ्युचर सेकेन्डरी स्कुललाई  ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३‘ बाट सम्मानित गरिएको छ । सोही बिद्यालय पनि कोशी प्रदेशमा उत्कृष्ट भएको दाबी सहित सम्मान गरिएको छ । विद्यालयका प्रिन्सिपल टिका ढकालले अवार्ड ग्रहण गरेका हुन् । लिंकन युनिभर्सिटीका च

    • प्रकाशित मितिः साउन २, २०८०
    • १०३ पटक पढिएको
  • विष्णु मेमोरियल स्कुलमा सामाजिक स्वास्थ्य क्लिनिकको ४१ औँ संस्करण

    सुनसरी / सामाजिक स्वास्थ्य क्लिनिको ४१ औँ संस्करण विष्णु मेमोरियल स्कुलमा भएको छ ।निःशुल्क स्वास्थ्य जाँच गरिने अभियानअन्तर्गतको ४१ औँ संस्करण विष्णु मेमोरियल स्कुल धरानमा आयोजना गरिएको छ । यस अवसरमा विद्यार्थी र अभिभावकहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।अभियानले करिब २ वर्ष अगाडिदेखि क्लिनिक आयोजना गर्दै आएको छ ।अभियानका अध्यक्ष विष्णु बरालका अनुसार ४१औँ संस्करणसम्म आयोजना गरिसकेको निःशुल्क क्लिनिकमा विशेषगरी ७० वर्षभन्दा माथिका वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरिएको थियोे ।उनका अनुसार मुटुरोग, रक्तचाप र मधुमेहसम्बन्धी जाँच गरिने यो क्लिनिक धरानका विभिन्न वडाहरु र झापा, इनरुवा, बराहक्षेत्रमा

    • प्रकाशित मितिः साउन २, २०८०
    • १०७ पटक पढिएको
  • इटहरी बजारका मासु पसल र मिठाई पसल अनुगमन , एक मासु पसलमा ताला

    सुनसरी / इटहरीमा उपमहानगरपालिकाले बजार अनुगमनका क्रममा सडेगलेको मासुका साथै खान अयोग्य मिठाई फेला पारेको छ ।आज सोमबार बजार अनुगमनका क्रममा बिपी चोकस्थित बत्सु मिट सेन्टरले बासी र गलेको मासु बिक्रीका लागि राखेको भेटिपछि सो मासु पसल ताला लगाएको छ ।नगरप्रमुख हेमकर्ण पौडेल , खाद्यान्नका कर्मचारी नगर प्रहरी  लगाएतको टिमले मिठाई पसल र मासु पसलमा अनुगमन गरेको थिए । इटहरीका केही मिठाई पसल अनुगमन गर्दा बिक्रीका लागि राखेका मिठाई तथा अन्य खाद्यवस्तुमा झिँगा भन्किएको, किरा परेको भेटिएको थियो । अनुगमन टोलीले इटहरीका विष्णु मिष्ठान्न भण्डार, नटराज मिठाई पसल, हीरा होटल, सगुन स्विट्स, बालाजी मिडाई

    • प्रकाशित मितिः साउन १, २०८०
    • ४८४ पटक पढिएको
  • आज देखि जोगवनी नाकामा कडाइ , सामान ल्याउदा भन्सार लाग्ने

    विराटनगर / विराटनगर महानगरपालिकाले आज देखि लागु हुने गरी जाेगवनी नाकामा कडाइ गर्ने भएको छ । सीमावर्ती क्षेत्रका भारतिय बजारमा ग्राहकको भिड लागेपछि सम्बन्धित निकायले यसलाई चासो राखेर नियन्त्रण गर्न अभियान थालेको छ । महानगरको आग्रहमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, आन्तरिक राजश्व कार्यालय, व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेश, विराट व्यापार संघ, उद्योग परिसंघ र विराटनगर भन्सार कार्यालयले सामूहिक ऐक्यबद्धता नै जनाएर कडाइ गर्ने भएका हुन ।नाकाबाट भ्याट छली गरी कराैडाै मूल्यका सामानहरू भित्रिन थाल्दा नेपाली बजार सुनसान बन्दै गएको र धेरै

    • प्रकाशित मितिः साउन १, २०८०
    • १३३ पटक पढिएको
  • झापाको कन्काइ नगरपालिकामा सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बन्द , अटेर गरे ५० हजार जरिवाना

    सुनसरी / झापाको कन्काई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । विराटनगर महानगरपालिकाले प्रतिबन्ध लगाएसँगै झापाको कन्काई नगरपालिकाका सुरू गरेको छ ।देशका विभिन्न नगरपालिकाहरुले आफ्नो क्षेत्रमा सुर्तीजन्य वस्तुको बिक्रि तथा प्रयोग निषेध गर्दै लगेका छन् ।नगरपालिकाले ऐन नै बनाएर आज साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो । नगरसभाबाटै सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।चुरोट, खैनी, गुट्खालगायतका सुर

    • प्रकाशित मितिः साउन १, २०८०
    • १०३ पटक पढिएको
  • आज साउने सङ्क्रान्ति अर्थात् लुतो फाल्ने दिन

    काठमाडौं / आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् । हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ ।परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने

    • प्रकाशित मितिः साउन १, २०८०
    • ११३ पटक पढिएको
  • इटहरी उपमहानगरपालीकाको १३ औं नगरसभाको बैठकबाट २०८०/८१ बजेट सर्वसम्मतले पारित

    सुनसरी / इटहरी उपमहानगरपालीकाको १३ औं नगरसभाको बैठकबाट २०८०/८१ को नीती तथा बजेट कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।नगर सभा अध्यक्षता हेमकर्ण पौडेल , उप प्रमुख संगिता कुमारी चौधरी , प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहता र नगरसभा सदस्यहरु लगाएतको उपस्थितिमा तेस्रो नगर सभा बैठक भएको हो ।विनियोजन विधयेक, २०८० र अर्थ विधेयक, २०८० माथी छलफल र इटहरीका समस्या नगरसभा ६ जनाले आफ्नो धारणा राखेका थिए ।न्यायिक समितिको वार्षिक प्रतिवेदन,बजेट, नीति तथा कार्यक्रम माथी उठेका प्रश्नको जवाफ ,आ.व.०८०/०८१ को बजेट, नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत , अर्थ विधेयक, २०८० र विनियोजन विधेयक, २०८० माघि उठेका प्र

    • प्रकाशित मितिः असार ३१, २०८०
    • २४२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]