इटहरी : धरानमा डेंगु रोग फैलिदै गएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले दैनिक एक सय जनाको हाराहारीमा डेङगुका बिरामी थपिने गरेको जनाएको छ ।धरानका वडा नम्बर ८, ११, १५, १६, १७ र १८ मा डेंगुको प्रभाव बढी देखिएको छ ।धरानमा डेंगु बढेपछि प्रदेश सरुवा रोग नियन्त्रण महाशाखा काठमाडौँ र प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाको टोली धरान आउने भएको छ । यसका साथै वडा वडामा लामखुट्टे मार्ने विषादीहरुसमेत छर्किन थालिएको छ ।कोरोनाकाल अघि डेङगुले महामारीको रुप लिएको धरानमा कोरोना पछि दोस्रो पटक यसपालि वर्षा सुरु सँगै बढेको हो ।डेङगुका केही बिरामीहरूमा जटिल समस्या भई आन्तरिक रक्तस्राव, झटका र
काठमाडौं : इस्लाम धर्मावलम्बीहरुले बज बकरिद (इद उल अजहा) मनाउँदैछन् । यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो ।रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानहरुले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्दछन् ।धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश पालना गर्न लाग्दा अल्लाह प्रसत्र भएर इस्माइलको कुर्बानीको सटृा स्वर्ग जत्रतमा पालिएका दुम्बाको कुर्बानी गर
विराटनगर / कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संसद (प्रदेशसभा) बाट आज बिहीबार विश्वासको मत लिँदै छन्। नेकपा एमाले कोसी प्रदेश संसदीय दलका नेतासमेत रहेका कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको तेस्रो अधिवेशन दिउँसो १ बजेका लागि बोलाइएको छ । तेस्रो अधिवेशनको पहिलो बैठकबाटै उनले विश्वासको मत लिने भएका हुन् ।सत्तासाझेदार दल जनता समाजवादी पार्टी जनता समाजवादि र नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संसदमा आफ्नो बहुमतसिद्ध गर्न मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। ९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीलाई एम
विराटनगर : सहज च्यालेन्ज फण्डले कृषिमा नविनतम सेवा प्रदान गर्नेलाई सहयोग गर्ने भएको छ । बुधबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै फण्डले नविनतम् उत्पादन विकास र गुणस्तर सुधार तथा पर्यावरणीय पहलहरू सम्बन्धि सेवा प्रदान गर्ने सेवा प्रदायकलाई आवेदन आह्वान गरेको हो । फण्डले मकै, अलैंची, दुग्ध उत्पादन र तरकारीको मूल्यमा विद्यमान समस्या तथा अवरोधहरु समाधान गर्न चौथो चरणमा नवीन उत्पादन विकास तथा गुणस्तर सुधार र पाँचौ चरणमा पर्यायवरणीय तथा वातावरणीय पहलहरूका सेवाहरू प्रदान गर्ने सेवा प्रदायकहरूलाई सहयोग गर्ने बताएको छ ।नेपाल कृषि बजार विकास कार्यक्रमकी टिम लिडर रिमा श्रेष्ठले स्विस कोन्ट
विराटनगर / प्रदेश नम्बर १ को नाम कोशी राखिएपछि आन्दोलित बनेका पहिचानवादी र प्रदेश सरकारबीच आज हुने भनिएको वार्ता स्थगित भएको छ ।फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै आन्दोलन गरिरहेका प्रदेशको नाम पुनः संशोधन गर्न माग गर्दै आन्दोलनरत पक्षले सरकारसँग वार्तामा बस्न अस्वीकार गरेपछि आजको लागि निर्धारित वार्ता स्थगित भएको हो ।एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसँग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपूर्ण भएको भन्दै संघर्ष समितिले वार्ताको वातावरण नभएसम्म वार्तामा नबस्ने जनाएको छ।यता, प्रदेश सरकारका वार्ता टोलीका संयोजक खानेपानी सिँचाइ तथा ऊर्जा मन्
काठमाडौं | बकर ईदको अवसरमा भोलि सरकाले देशभर सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा असार १४ भोलि बिहीबार गृहमन्त्रालयले एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।’नेपाल राजपत्रमा मिति २०७९/ १२/०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) वि सं. २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ सुचना भनिएको छ ।
सुनसरी : इटहरी उपमहानगरपालिकाले इटहरी चोकमा दुई वटा आकाशे पुल निर्माण गर्ने आगामी वर्षको बजेटमा विनियोजन गरेको छ ।इटहरी उपमहानगरपालिकाले धरान विराटनगर कोशी राजमार्गको इटहरी खण्ड मुख्य बजार क्षेत्रमा २ वटा आकाशे पल निर्माण गरिनेछ । यसको लागि आवश्यक बजेट विनियोजन गरेको गरेको उपमेयर संगीता कुमारी चौधरीले नगरको १३ औं नगरसभामा आइतबार प्रस्तुत बजटमा समेटिएको हो ।त्यस्तै इटहरीको मुख्य समस्या रहेको इटहरी वडा नं. ६ हुँदै मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेंग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रिन बेल्ट (हरित पार्क) निर्माण गरिनेछ । यसको लागि आवश्यक बजेट विनियोजन गरेको प्रस्तुत गरेको बजेट भाषणम
इटहरी : मोरङको बेलबारी - ११ लक्ष्मीमार्गबाट बिद्युतिय पोईन्ट नियन्त्रण बिन्दु स्थापना गरेर नापजाँचको काम शुरु भएको छ । भुमिहिन दलित,सुकुम्बासी तथा अब्यबस्थित बसोबासका लागि जग्गा प्राप्ति सहित समस्या समाधानका लागि नापजाँचका लागि नियन्त्रण बिन्दु स्थापना गरिएको हो । बिन्दु स्थापना कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई,उपप्रमुख नितु थापा (कोईराला) वडाध्यक्ष बिक्रम बान्तवा राई,राष्ट्रिय भुमि आयोग जिल्ला समिति मोरङका बिज्ञ सदस्य प्रेमराज भारती,प्राबिधिक टोली सहितको उपस्थिति रहेका थिए ।बेलबारी नगरपालिकामा नापजाँचका लागि लक्ष्मीमार्गबाट काम शुरु भएको र अन्य वडामा समेत सो कार्य निर
विराटनगर : धरान उपमहानगरपालिकाका पूर्वमेयर मनोजकुमार मेन्याङ्बोले नेकपा एमालेमा फर्किने तयारीमा गरेका छन् ।गत मंसिरमा सुनसरी क्षेत्र नम्बर १ मा एमालेले जसपालाई सहयोग गर्ने निर्णय गरेपछि उनी बागी उम्मेदवार उठेका थिए । त्यस क्षेत्रमा एमालेले आधिकारिक रुपमा अशोक राईलाई सहयोग गरेको थियोे।एमाले कोशी प्रदेश कमिटी सदस्यसमेत रहेका मेन्याङ्बोलाई पार्टीले सदस्यसमेत नरहने गरि कारबाही गरेको थियोे । उनीमाथि भएको कारबाही फुकुवा भइसकेको छैन् ।मेन्याङ्बोले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँगे भेट गरेका छन् । उनले ओली निवास बालकोट पुगेर भेट गरेका हुन् ।एमाले अध्यक्ष ओलीसँग भएको भेटमा सकारात्मक कुरा भएक
विराटनगर : बचतकर्ताको रकम हिनामिना गरेर फरार रहेका तुलसी बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । शर्मालाई सिआइवीको टोलीले भारतबाट पक्राउ गरेको हो ।विराटनगर – ३ मा मुख्य कार्यालय रहेका सहकारीका अध्यक्ष शर्मालाई पक्राउ गरेर काठमाडौँ ल्याइएको छ । उनले वचतकर्ताको १ अर्ब ४५ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ ।शर्मा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पनि पूर्वअध्यक्ष हुन् । शिव शिखरका निक्षेपकर्ताहरूको १४ अर्ब रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको अर्को आरोप पनि उनलाई लागेको छ ।आफूहरुले सहकारीमा बचत गरेको पैसा फिर्ता नपाएपछि बचतकर्ताहरुले उजुरी दिएका थिए । सहकारीका अध
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.