सुन्दरहरैँचा । सुन्दरहरैँचामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएसँगै नगरले दिने सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।मोरङको विराटनगर महानगरपालिका पछिको दोस्रो ठूलो शहरमा प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको हो ।२०७४ सालमा भएको स्थानीय तहको निर्वाचन भए यता सुन्दरहरैँचामा ११ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भईसकेको छ । हरेक आउने प्रमुख प्रशासकीय अधिकृत प्राय:९ महिना देखि ६ महिनासम्म मात्र नगरपालिकाको कार्यभार सम्हालेर बस्ने गरेको देखिएको छ ।मोरङ जिल्लाको अन्य पालिकाहरु हेर्दा धेरै प्रमुख प्रशासकीय अधिकृत फेरिने नगरमा सुन्दरहरैँचा नगरपालिका पर्दछ । जनप्रत
सुन्दरहरैचा । यातायातमा देखिएको विकृतिको अन्त्य गर्न भाडामा चल्ने सार्वजनिक सवारी साधनमा सुधारको गर्नको लागि हाम्रो राइडले अनलाइन एप सञ्चालनमा ल्याएको छ । राइडले हाम्रो राइड एप्प नामक अनलाइन एप निर्माण गरेर सेवा सुचारु गरेको छ ।बुधवार सुन्दरहरैचाको बासबारीमा एक कार्यक्रम गरी राइडले नेपालका सबै सात वटा प्रदेशमा सेवा विस्तार गरिसकेको जानकारी दिएको हो । सहरी क्षेत्रको भिडभाडलाई मध्यनजर गर्दै एक ठाउँबाट अर्को ठाउँमा जाने सवारीले बाटोमा पर्ने यात्रुलाई बोक्ने ब्यबस्था मिलाइदिने र उक्त कार्यका लागि मध्यस्थकर्ताको रुपमा काम गर्ने गराउने गरेको हाम्रो राइडका प्रबन्ध निर्देशक सरोज मगरले जानकारी दिए ।अनल
सुन्दरहरैचा । इन्द्रपुर समस्त भजन सञ्जालको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार सुन्दरहरैचा १२ स्थित सिद्देश्वर शिवालय मन्दिरको सभाहलमा भजन सञ्जालले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।कार्यक्रममा प्रमुख अतिथी सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रशाद ढकालले भजन सञ्जाललाई बाध्यवादनका सामानहरु वितरण गरेका थिए । ढकालले भजन सञ्जालको आफ्नै भवन नभएका कारण नगरले भजन सञ्जालको लागि छुट्टै भवन निर्माण गरिदिने बताए ।उनले नगरमा बहेका सबै भजन समुहहरुलाई समेट्न समेत आग्रह गरेका थिए । कार्यक्रममा कोभिडको समयमा राहत सामग्री वितरण गरेर सहयोग पुर्याएको भन्दै विभिन्न भजन समुहहरुलाई सम्मान
सुनसरी/ नेकपा (एमाले) सुनसरीले आफ्नो पार्टीबाट पाँच सयजना नेकपा(एकिकृत)मा प्रवेश गरेको भन्दै गरिएको प्रति आपत्ति जनाएको छ। एमाले सुनसरी अध्यक्ष खेमराज पोख्रेलद्वारा जारी बिज्ञप्तीमा आपत्ति जनाइएको हो।बिज्ञप्तीमा केहि बिचारले स्खलित तथा पदलोलुप व्यक्तिहरु नेकपा(एस) नाम गरेको अबैधानिक पार्टीमा एमाले कार्यकर्तासहित पार्टी प्रवेश गरेको समाचार प्रति (एमाले) सुनसरीको गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ।बिज्ञप्तीमा सँधै एउटै पदमा बसिरहन पर्ने आफूलाई केन्द्र बिन्दुमा राखेर न्याय र अन्याय छुट्याउन नसक्ने तथा एक कार्यकाल पद नपाउदैमा पहाड खसे जस्तो गर्ने, आफु सरहका कमरेडहरुको बिषयमा चिन्ता न गर्ने, आद
लेटाङ । राष्ट्रिय युवा संघ लेटाङका अध्यक्ष उर्गेन योञ्जन तामाङले लेटाङ-५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गर्नु भएको छ । नेकपा एमाले लेटाङ-५ का उपाध्यक्ष समेत रहेका तामाङले आफ्नो बाबुको स्मृतीमा सो विद्यालयमा अध्ययन गर्ने विपन्न तथा जेहेनदार विद्याथीहरुलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गर्नु भएको हो । सो अक्षयकोषको रकमबाट आउने ब्याजको रकमले विद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने विपन्न तथा जेहेन्दार विद्यार्थीलाई हरेकवर्ष छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापा गरेको तामाङले जानकारी दिनुभयो । शुक्र
इटहरी, १७ पुस । शनिवार इटहरीको होटल इस्टर्न प्यालेसमा भएको साधारण सभाबाट मुलुकको सबैभन्दा पुरानो उद्योगी व्यवसायीहरुको साझा सङ्गठन इटहरी चेम्बर अफ कमर्सले व्यवसायीहरुमा एकता कायम गर्दै निजी क्षेत्रको संरक्षण साथै व्यवसायको प्रवर्द्धनका लागी आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने उद्येश्यले व्यवसायी सामाजिक अभियन्ता यज्ञ बहादुर कटवाल (गणेश) को अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ। सभाबाट संस्थापक सदस्यता शुल्क , लेखा परीक्षक नियुक्ति, कार्यलय स्थापना साथै नयाँ कार्यसमितिमा नगरका, बस्तुगत, संस्थागत जस्ता क्षेत्रलाई पनि समे
जाँते । लेटाङ ९ जाँते स्थित उज्ज्वल वचत तथा ऋण सहकारी संस्थाले शनिबार १५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको उपलक्ष्यमा सहकारी संस्थाले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । सबैभन्दा बढी बचत गर्ने बचतकर्ता, बाल वचतकर्ता, उत्कृष्ट ऋणी, जेष्ठ शेयरसदस्य, शेयरसदस्यका छोराछोरीमध्ये कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने एकजना र विभिन्न संस्थामा रहेर समाजमा सहयोग पुर्याउने महानुभावलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले सहकारीहरुले स्थानीयबासीको आर्थिक अवस्था सुधारमा उल्लेख्य काम गरेको भन्दै नगरपालिकाले पनि सहकारीहरुको
इटहरी । नेतालाई देवत्वकरण गर्ने व्यक्तिवाद हावी भएपछि केपी ओलीले आफुलाई देउता ठानेको आरोप नेपाल कम्युष्टि पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन । सुनसरीको इटहरीमा नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियुको प्रदेस स्तरीय सम्मेलनलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले ओलीका भजनमण्डलीले देवत्वकरण गर्ने कार्य गरेपछि ओलीले आफु देउता भएको ठानेको आरोप लगाएका हुन । पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले कम्युष्टि पार्टीका नाममा धेरै पार्टी रहेको वताउदै देश र जनताको पक्षमा काम गर्ने पार्टी मात्र वास्तविक कम्युनिष्ट पार्टी भएको भनाई राखे ।एमाले अ
इटहरी । कोरोना कहरको कारण लामो समय देखि खेलकुद गतिविधिहरु हुन नसकिरहेका तर्फ मध्यनजर गर्दै इटहरी सुनसरीलियो क्लवको आयोजनामा प्रथम अन्तर लियो फुटसल प्रतियोगिता हुने भएको छ । इटहरीमा सामाजिक कार्यका क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको इटहरी सुनसरी लियो क्लवको आयोजनामा लियो जिल्ला परिषद ३२५ ए वान अन्तर्गतका लियो क्लवहरुको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा कोरोना कहरका कारण लामो समय देखि लियो क्लवहरुको सहभागितामा औपचारिक कार्यक्रमहरु हुन सकीरहेको समयमा भाईचार सम्वन्धका साथै युवाहरुको शारिरिक स्वास्थ्यका
मोरङ्ग । मोरङ्गको ग्रामथान गाउँपालिकामा उपाध्यक्षसँग छात्रा कार्यक्रम सुरु गरीएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्ष शिव नारायण माझीको प्रमुख आथित्यमा आज ग्रामथान गाउँपालिका वडा नं. २ मा रहेको श्री रबि आधारभुत्त बिध्यालय झोराहाटमा उपाध्यक्ष संग छात्रा कार्यक्रमको उद्घाटन गरीएको छ ।ग्रामथान गाउृँपालिका भरीको २१ वटा अधारभुत तथा माध्यमिक सामुदायिक र सँस्थागत बिद्यालयहरुमा १२ बर्ष भन्दा माथि रहेका १४ सय भन्दा बढी छात्राहरु संग उपाध्यक्ष सँग छात्रा कार्यक्रम सँचालनमा ल्याएका छन् ।दिनानुदिन बढदै गईरहेको छात्रा हिंसा को बारेमा स्कुल तथा घरमा हिंसामा परेका छात्राहरुलाई कसरी निदान गर्न सकिने विषयमा ग्रा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.