समाज

    Showing १,६६१-१,६७० of १०,३३८ items.
  • नयाँ वर्षमा धनकुटाका पर्यटकीय स्थलमा पर्यटकको भीड

    इटहरी। नयाँ वर्षको सुरुवातसँगै धनकुटाका पर्यटकीय स्थलहरूमा वैशाखको पहिलो दिन बिहानैदेखि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ। जिल्लाका करिब दुई दर्जनभन्दा बढी पर्यटकीय स्थलहरूमा नयाँ वर्षको अवसरमा घुम्न आउने पर्यटकहरूको भीड देखिएको हो।पर्यटकको रोजाइमा पर्ने भेडेटार र नमस्ते झरना आन्तरिक तथा बाह्य पर्यटकका प्रमुख गन्तव्य बनेका छन्। तराई तथा भारत नजिकै भएकाले यहाँ पर्यटकहरूको आगमन बढी हुने गरेको छ। चिसो हावापानी, छिनछिनमा बदलिने मौसम तथा तराईका समथर फाँटदेखि पहाड र हिमशृङ्खलासम्मको दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकहरूको आकर्षण बढेको हो। भेडेटार स्काईवाक, भ्यू टावर, धार्मिक तथा पर्यटकीय

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १४७ पटक पढिएको
  • झापाको बिर्तामोडमा दुई उद्योगमा आगलागी

    इटहरी। बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुई उद्योगमा आज बिहान आगलागी भएको छ । आगलागी परी ती उद्योगमा ठूलो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । आज बिहान करिब ४ः१५ बजे भक्तिप्रसाद उप्रेतीले सञ्चालन गर्नुभएको ‘झापाली चिप्स फ्याक्ट्री’ र चन्द्रप्रसाद खरेलको ‘सौगात काष्ठ फर्निचर’मा एकैसाथ आगलागी भएको थियो । आगलागीबाट दुवै उद्योगका कच्चा पदार्थ, तयारी सामग्री तथा मेसिनरी सामान जलेर नष्ट हुँदा करिब एक करोड मूल्य बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोड, सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेको

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १६४ पटक पढिएको
  • केन्द्रीकृत सोच त्यागी सहकार्यबाट समृद्धि सम्भव

    इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै केन्द्रीकृत मानसिकता त्यागेर सहकार्य र सहअस्तित्वमार्फत समृद्धिको यात्रामा अघि बढ्न आग्रह गर्नुभएको छ। नयाँ वर्षको सन्देशमा मुख्यमन्त्री कार्कीले संविधान जारी भएको एक दशक बितिसक्दा पनि केन्द्रीकृत सोच पूर्ण रूपमा हट्न नसकेको उल्लेख गर्दै संघीय संरचनालाई व्यवहारमा अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले वर्तमान चुनौतीका बिच संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै तहबिच समन्वय अपरिहार्य रहेको बताउनुभयो। मुख्यमन्त्री कार्कीले लोकप्रियतावादी प्रवृत्तिका कारण प्रदेश

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १४५ पटक पढिएको
  • नयाँ वर्षको पहिलो सूर्योदय

    इटहरी। आज (मङ्गलबार)देखि विसं २०८३ प्रारम्भ भएको छ। नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा लिने गरिन्छ। वर्षको पहिलो दिन आज देशभर एकआपसमा शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासका साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिमा प्रवेश गर्ने दिन भएकाले वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिनसमेत हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत मानिन्छ। नयाँ वर्षको दिन हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता–असफलताको मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता हासिल गर्न नयाँ योजना निर्माण तथा सङ्कल्प गर्ने परम्परा रहेको छ।

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १२७ पटक पढिएको
  • प्रदेशमा आकस्मिक सेवा केन्द्र विस्तारलाई तीव्रता: मन्त्री इन्द्रमणि पराजुली

    झापा/ कोशी प्रदेशका विभिन्न ६ स्थानमा आकस्मिक सेवा केन्द्र स्थापना गरिने योजना अगाडि बढाइएको छ। झापाको अर्जुनधारा, मोरङको रंगेली, धनकुटाको हिले, तेह्रथुमको आठराई र खोटाङमा गरी हालसम्म ५ स्थानमा स्थापना प्रक्रिया अघि बढिसकेको छ भने सुनसरीमा स्थापना हुने सेवा केन्द्र भने अझै अन्योलमा परेको छ।स्वीस सरकार तथा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा स्थानीय तहहरूको २० प्रतिशत लागत निर्माण सहकार्यमा यी सेवा केन्द्रहरू स्थापना गरिनेछन्। प्रत्येक केन्द्रमा कम्तीमा ३ वटा वारूण यन्त्र (दमकल), शववाहन, उद्धारका सामग्री तथा ‘वाटर बोट’ लगायतका आवश्यक उपकरणहरू उपलब्ध गराइने जनाइएक

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • २३३ पटक पढिएको
  • गुणस्तरीय शिक्षाको यात्रामा अर्को सुनौलो अध्याय ः हिमालय इङ्ग्लिस स्कुल ‘राइजिङ स्कुल अवार्ड २०२६’ बाट गौरवान्वित

    इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० मा अवस्थित हिमालय इङ्ग्लिस स्कुलले शिक्षा क्षेत्रमा पु¥याउँदै आएको निरन्तर योगदान, मेहनत र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धताको कदरस्वरूप ‘राइजिङ स्कुल अवार्ड २०२६’ प्राप्त गरेको छ । यो सम्मानले विद्यालयले वर्षौंदेखि निर्माण गर्दै आएको शैक्षिक पहिचान र विश्वासलाई अझ सशक्त बनाएको छ । काठमाडौँको सिनामंगलस्थित बेष्ट वेस्टन प्लस होटलमा सम्पन्न समारोहमा ‘शिक्षा उत्कृष्टता अवार्ड २०२६’ अन्तर्गत हिमालय इङ्ग्लिस स्कुललाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रम एजुकेशन दैनिक र एक्जिटो एजुकेशन लगायतका संस्थाहरूको सहकार्यमा आयोजना गरिएको थियो, जसमा देशभरका विभिन्

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • १६४ पटक पढिएको
  • भोजपुरको चखेवामा लोकल रक्सि खाएर रैथाने खाना महोत्सव’ सुरू

    इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिकास्थित पर्यटकीय स्थल चखेवामा ‘रैथाने खाना महोत्सव’ को उद्घाटन गरिएको छ । सोमबारदेखि भोजपुरको चखेवा क्षेत्रमा स्थानीय रैथाने परिकार, कृषि उत्पादनको प्रवद्र्धन, बजारीकरण तथा मुन्दुम पदमार्ग पर्यटनको परिचय गराउने उद्देश्यले महोत्सव सुरु गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि भोजपुर जिल्लाका प्रदेश सभा सांसद तथा जिल्ला अर्थ समिति संयोजक विनोद वान्तावाले महोत्सवको उद्घाटन गर्नुभएको हो । महोत्सवमा रैथाने खानेकुराका २० वटा तथा कृषिसम्बन्धी विभिन्न स्टलहरू रहेका छन्। यस अवधिमा खानपानमा मात्र सीमित नभई स्थानीय उत्पादनको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम तथा विभिन्न पर्य

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • २४६ पटक पढिएको
  • महिला तथा बालबालिकामाथि हुने हिंसा बढ्दो, कानुनी कारबाही र न्याय प्रक्रिया सुस्त

    इटहरी। महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाका घटनाको तुलनामा कानुनी कारबाही र न्याय प्राप्तिको प्रक्रिया सुस्त देखिएको भन्दै त्यस क्षेत्रमा क्रियाशील सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । नेपाल प्रहरी र महिला हिंसाको क्षेत्रमा कार्यरत संस्था ओरेक नेपालको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०–८१ मा देशभर २१ हजार ६६७ वटा हिंसाका घटना दर्ता भएकोमा १७ हजार ४४२ वटा उजुरी घरेलु हिंसाका मात्र छन् । नेपालमा दैनिक औसत सातवटा जबरजस्ती करणीका घटना भएका छन् । वर्षभरिमा २ हजार २५३ वटा करणीका घटना दर्ता भएको छ ।हजारौँको संख्यामा उजुरी परे पनि ती उजुरीहरू मुद्दाका रूपमा दर्ता हुने प्रक्रिया अत्यन्त न्यू

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • १६९ पटक पढिएको
  • उदयपुरको त्रियुगा नगरपालिकामा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    इटहरी । उदयपुरको त्रियुगा नगरपालिका ९, राजाबासस्थित मदन भण्डारी लोकमार्गमा टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार बिहान करिब ९ः३० बजे त्रियुगा नगरपालिका(९, झिल्केटोलबाट राजाबासतर्फ जाँदै गरेको स। १० प। ४७१७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा। ५ ख। ६१७ नम्बरको टिप्परले ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक त्रियुगा नगरपालिका वडा नं। ९ डाँडाटोल बस्ने ३५ वर्षीय हरी दनुवारलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा बिहान ९ः५० बजे अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उद

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • १४९ पटक पढिएको
  • धनकुटाका आठपहरियाको बिसु पर्व धुमधामसँग सुरु

    इटहरी ।  धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोबास रहेको सीमान्तकृत आठपहरिया समुदायले आफ्नो महत्त्वपूर्ण सांस्कृतिक पर्व बिसु अर्थात् वैशाखे चाड मनाइरहेका छन्। नयाँ वर्षको आगमनसँगै मनाइने यस पर्वमा सुख, शान्ति, उन्नति र आपसी मेलमिलापको कामना गर्दै एकआपसमा शुभकामना आदान–प्रदान गर्ने चलन रहेको छ।आठ दिनसम्म मनाइने यस चाडलाई आठपहरिया समुदायले वर्षकै पहिलो तथा प्रमुख पर्वका रूपमा विशेष धुमधामका साथ मनाउने गर्छन्। तर यस वर्ष तिथिमा भएको घटबढका कारण चाड चैत महिनामै परेको हो। बिसु चाड रामनवमी पछिको दोस्रो सोमबारबाट सुरु भई आठ दिनसम्म अर्थात् तेस्रो सोमबारसम्म मनाउने गरिएको किरात आठपहरिया समाजका केन्

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • २१६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]