समाज

    Showing १,७११-१,७२० of १०,३५९ items.
  • खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

    इटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको छ । संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका आधारमा हलेसी तुवाचुङले उक्त सम्मान पाएको हो ।नेपाल नगरपालिका सङ्घको ३३औँ स्थापना दिवसको अवसरमा शुक्रबार सभामुख डोलप्रसाद अर्यालले नगरप्रमुख विमला राईलाई उक्त सम्मान प्रदान गरे ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१८२ को कार्यसम्पादन मूल्याङ्कनबाट हलेसी तुवाचुङ नगरपालिकालाई सर्वोत्कृष्ट घोषणा गरेको हो ।

    • प्रकाशित मितिः चैत २८, २०८२
    • २२५ पटक पढिएको
  • विराटनगरमा एक अर्बको लगानीमा सलाइन उद्योग सुरु

    इटहरी । कोशी प्रदेशमै पहिलो सलाइन उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ । एक अर्ब रुपियाँ भन्दा बढी लगानीमा मोरङको बुढीगंगा गाउँपालिका २ मा ‘एलेक्सा लाइफसाइन्सेज’ ले सबै कानुनी प्रक्रिया पूरा गरी व्यवसायिक उत्पादन थालेको हो । उद्योगको वरिष्ठ मुटु रोग विशेषज्ञ डा। भगवान कोइरालाले शुक्रबार उद्घाटन गर्नुभएको हो । स्वदेशी पुँजी र प्रविधिमा आधारित अन्तर्राष्ट्रिय मापदण्डको उद्योग सञ्चालनमा आएसँगै उद्योगमा १५० जनाले प्रत्यक्ष रोजगारी समेत प्राप्त गरेका छन् । उद्योगले उत्पादन थालेसँगै आयातमा निर्भर सलाइन र औषधिहरुमा आत्मनिर्भर बन्ने नेपालीहरुको चाहनामा एउटा सकारात्मक प्रयास थपेको उद्योगी दिनेश

    • प्रकाशित मितिः चैत २८, २०८२
    • १७५ पटक पढिएको
  • सुनसरीको कोशी गाउँपालिकास्थित भन्टावारिबाट स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

    इटहरी । सुनसरीको कोशी गाउँपालिका(८ भन्टावारिबाट स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ परेका छन् । प्रहरीले शुक्रबार बिहान  छ लाख ४८ हजार ७१० नेपाली रुपैयाँ र १२ हजार ९५० भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा तिलाठी कोइलाडी गाउँपालिका(५ बस्ने ५८ वर्षीय राम लखन यादव र भारत सुपौल छिटही हनुमान नगर(१५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् । इलाका प्रहरी कार्यालय भन्टावारिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को२१प १४९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत २८, २०८२
    • १४५ पटक पढिएको
  • ‘विराट गोल्डकप’ को ३८ औं संस्करण शनिबारदेखि विराटनगरमा सुरु ,झापा–आर्मी भिड्दै

    इटहरी। एतिहासिक प्रतियोगिता ‘विराट गोल्डकप’ को ३८ औं संस्करण शनिबारदेखि विराटनगरमा सुरु हुँदैछ । विराटनगरस्थित सहिद रंगशालामा साँझ ६ बजे हुने उद्घाटन खेलमा झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुने आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ । आजको खेलमा झापा र आर्मी ११ वर्षपछि पुनः यही मैदानमा आमनेसामने हुन लागेका हुन् । यसअघि २०७१ सालको फाइनल भिडन्तमा झापा–११ ले आर्मीलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।वि।सं। २०१८ मा ‘महेन्द्र गोल्डकप’ को नामबाट सुरु भएको यो प्रतियोगिता देशकै पुराना फुटबल प्रतियोगितामध्ये मानिन्छ । यसपटक प्रतियोगितालाई थप समावेशी बनाउन मोरङ जिल्ला लिग विज

    • प्रकाशित मितिः चैत २८, २०८२
    • १६४ पटक पढिएको
  • पाथीभरा याङ्वरक गाउँपालिकाले रैथाने बाली खेतीको प्रवर्धन गर्ने

    इटहरी । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले रैथाने बाली खेतीको प्रवर्धन  गर्ने भएको छ । गाउँपालिकाले भटमास, सेतो कोदो, फापरजस्ता पुरानो रैथाने बालीको संरक्षण तथा प्रवर्धन गर्न लागेको हो । खेती गर्न छोडिएका कारण मासिने अर्थात लोप हुने अवस्थामा पुगेको रैथाने बाली खेतीको प्रवर्धन योजना गाउँपालिकाले अघि सारेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रकमल श्रेष्ठका अनुसार रैथाने बालीको संरक्षण गर्ने उद्देश्यसहित खेती प्रवर्धन योजना कार्यान्वयन गर्न लागिएको हो । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत रैथाने बाली खेती प्रवर्धन कार्यक्रम सञ्चालन गर्न लागिएको निमित्त प्रमु

    • प्रकाशित मितिः चैत २८, २०८२
    • १५५ पटक पढिएको
  • जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार एक कैदी पक्राउ

    इटहरी । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एकजना कैदी पाँचथरको तुम्वेवा गाउँपालिका २ मितोकबाट प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तुम्वेवा गाउँपालिका २ मितोक निवासी ३५ वर्षीय रमेश लावती रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । लावतीलाई तुम्वेवा गाउँपालिका २ मितोक स्थित आफ्नै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख अनिषकुमार कर्णले जाकारी दिनुभयो ।प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका आङदेम्बे २०८२ भदौ  २४ गते जेनजी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका थिए ।  गोप्य सूचनाका आधारमा प्रहरीले पक

    • प्रकाशित मितिः चैत २८, २०८२
    • १०१ पटक पढिएको
  • ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयद्वारा सेवा प्रवाह सहज र जनमुखी बनाइयो

    इटहरी। ताप्लेजुङस्थित जिल्ला प्रशासन कार्यालयले थप सहज र सरल रूपमा सेवा प्रवाह सुरु गरेको छ । कार्यालयको सेवालाई सुदृढ गर्दै जनमुखी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यसहित सहज सेवा प्रवाह थालिएको हो ।जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार सेवा प्रवाहलाई परिष्कृत गर्दै थप सरल र सहज बनाइएको छ । प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रजस्ता सेवालाई सहज बनाउने प्रयत्न गरिएको सहायक प्रजिअ भट्टराईले बताउनुभयो ।उहाँका अनुसार उक्त सेवाका लागि सुरुमा कागजातमा तोक लगाउने र प्रक्रिया पूरा भएपछि प्रमाणित गर्नेजस्ता काम अह

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १९१ पटक पढिएको
  • नक्कली नम्बर प्लेटका ४ सवारी नियन्त्रणमा

    इटहरी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालन गरिरहेका ४ वटा चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिएको छ । मातहतका इकाइहरूको संयुक्त चेकिङका क्रममा लिइएका सवारी साधनहरु पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा विभिन्न मितिमा गरिएको सवारी चेकजाँचका क्रममा आवश्यक कागजात नभएका तथा आफुखुसी नक्कली नम्बर प्लेट प्रयोग गरी कानूनविपरीत सञ्चालन भइरहेका सवारी साधनहरू नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका सवारीमध्ये २०८२ चैत १० गते सुनसरीको इटहरी चोकबाट प्र।१(०१(००१ च ९९१२ नम्बरको सेतो रंगको टाटा

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १७१ पटक पढिएको
  • बजार अनुगमनमा कडाइ गर्दै इलाम नगरपालिका

    इटहरी। म्याद सकिएका दैनिक उपभोग्य वस्तुहरुको प्रयोग बढ्न थालेपछि इलाम नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । पछिल्लो समय नगरपालिकाले इलाम बजारसहित विल्याँटे, पुवाखोला, भन्ज्याङ लगायतका बजारको अनुगमन गरिरहेको छ । आज गरिएको अनुगमनका क्रममा पनि कुहिएका फलफूल, उपभोग्य समयावधि सकिएका पेय पदार्थ भेटिएको अनुगमनमा संलग्न इलाम नगरपालिकाकी कर्मचारी सिता खवासले जानकारी दिनुभयो। यसैबीच जिल्ला प्रशासन सहित इलाम नगरपालिका उपप्रमुख विष्णुकुमारी दाहाल नेतृत्वको बजार अनुगमन टोलीले इलाम बजार स्थित झापाली मिष्ठान्न भण्डारले म्याद गुज्रेका मिठाइ बिक्री गरेको भन्दै पाँच हजार रुपियाँ जरिवाना गरेको छ ।&nb

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १५९ पटक पढिएको
  • कोशी क्षेत्रमा चोरी पैठारीका सवारी विरुद्ध प्रहरीको कडाइ, चार गाडी बरामद

    इटहरी । भारत तथा नेपालका विभिन्न स्थानबाट चोरी पैठारी गरी ल्याई सञ्चालन गरिएका सवारी साधनहरू प्रहरीले नियन्त्रणमा लिएको छ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी तथा मातहतका निकायहरूको संयुक्त चेकिङ टोलीले विशेष सूचनाको आधारमा ती सवारी साधनहरू नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार आवश्यक कागजात बिना तथा नक्कली नम्बर प्लेट प्रयोग गरी कानूनविपरीत सञ्चालनमा रहेका चार वटा चारपाङ्ग्रे सवारी साधन बरामद गरिएको छ।नियन्त्रणमा लिइएका सवारी साधनहरूमा २०८२ चैत १० गते सुनसरीको इटहरी चौकबाट प्र।१(०१(००१ च ९९१२ नम्बरको सेतो रंगको टाटा कम्पनीको पन्च निजी कार, २०८२ चैत ५ गते सुनसरीक

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १२३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]