समाज

    Showing १,८९१-१,९०० of १०,३४३ items.
  • पर्यटकको रोजाइमा सुनसरीको रास ताल

    इटहरी। सुनसरी जिल्लामा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर तीमध्ये सुनसरीको रामधुनी नगरपालिका–७ मा अवस्थित रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र चारकोसे झाडीको घेराबन्दीमा शान्त रूपमा फैलिएको यो तालमा दैनिक रूपमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । अरु तालभन्दा फरक विशेषता बोकेको रास तालमा मनोरम दृश्यावलोकनसँगै दिनभर फिसिङ (माछा मार्ने) सुविधा उपलब्ध हुनु यहाँको मुख्य आकर्षण हो । यही कारणले यहाँ दैनिक रूपमा धरान, इटहरी, विराटनगर, धनकुटा, वीरगन्ज तथा भारतका विभिन्न स्थानबाट समेत पर्यटक यहाँ पुग्ने गरेका छन् । विशेषगरी वनभ

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १०९ पटक पढिएको
  • नेपालगञ्जमा एमाले कार्यकर्ताले गृहमन्त्री सुधन गुरूङको पुत्ला जलाए

    इटहरी । पूर्वप्रधानमन्त्री तथा आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा एमालेले बाँकेमा प्रदर्शन गरेको छ। नेपालगञ्जमा जनवर्गीय संगठनले आयोजना गरेको विरोध कार्यक्रममा गृहमन्त्री सुधन गुरूङको पुत्ला जलाइएको हो। नेपालगञ्जस्थित पासाङल्हामु मार्गस्थित पार्टी कार्यालयबाट निस्केको विरोध र्‍याली बिपी चोकमा पुग्दा गृहमन्त्री गुरूङको पुत्ला जलाएको थियो। उनीहरूले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री गुरूङ विरूद्ध नाराबाजी गरेका थिए। उनीहरूले सडकमा टायरसमेत बालेका थिए। त्यसक्रममा प्रहरी र एमाले कार्यकर्ताका बीचमा केहीबेर धकेलाधकेल पनि भएको थियो। एमाले बाँकेले १९ गतेसम्म आन्दोलनका कार्यक्रम

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १६४ पटक पढिएको
  • सिंहदरबारको दक्षिण गेटबाट ७ प्रदर्शनकारी पक्राउ

     काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले सिंहदरबारको दक्षिण गेटबाट ७ जनालाई पक्राउ गरेको हो । उनीहरू अहिले परिसरको हिरासतमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिनुभयो । त्यसबेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन शुरु गरेको हो ।

    • प्रकाशित मितिः चैत १४, २०८२
    • २४४ पटक पढिएको
  • पूर्वराष्ट्रपति भण्डारीको टिप्पणी– अपरिपक्व निर्णयले अस्थिरताको जोखिम बढाउन सक्छ

    काठमाडौँ  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।उनले विज्ञप्ति जारी गर्दै बालेन्द्र शाह नेतृत्वको सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विषय अत्यन्त संवेदनशील र दूरगामी प्रभाव पार्ने खालको रहेको उल्लेख गरेकी छन् । आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन र संस्थागत परामर्श आवश्यक हुने उनको भनाइ छ । हतारमा गरिएको निर्णयले विधिको शासनप्रति ज

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १५३ पटक पढिएको
  • लेखकको गृहजिल्ला कञ्चनपुरमा कांग्रेस(एमालेको विरोध प्रदर्शन

    काठमाडौं ।  पूर्व गृहमन्त्री रमेश लेखकको गृहजिल्ला कञ्चनपुरमा नेपाली कांग्रेसले प्रदर्शन गरिरहेको छ । लेखकलाई सरकारले शनिबार बिहान पक्राउ गरेको विरोधमा पार्टीले सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन सुरु गरेको हो ।पार्टी कार्यालयबाट सुरू भएको कांग्रेसको विरोध प्रदर्शन उद्योग बाणिज्य संघ भवन भएर पुष्पलाल चोकतर्फ अघि बढेको छ । प्रदर्शन पुष्पलाल चोक भएर बजारमा प्रदर्शन गर्दै राजा महेन्द्रको शालिक पुनर्स्थापना गरेको स्मारक नजिकै कोणसभामा परिणत हुने जिल्ला सचिव भीम भट्टले जानकारी दिए ।यसैबीच कांग्रेसको विरोध प्रदर्शनमा नेकपा एमाले पनि मिसिएको छ । कांग्रेसको प्रदर्शन पार्टी कार्यालय भएर पुष्पलाल चोकत

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १७७ पटक पढिएको
  • बबरमहल क्षेत्रको अवस्था तनावग्रस्त, प्रदर्शनकारीमाथि प्रहरीले गर्‍यो लाठीचार्ज

    काठमाडौं । नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीचको झडपले बबरमहल क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच काठमाडौं जिल्ला अदालत अगाडि झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले सडकमा गुडिरहेका निजी सवारीसाधनमाथि तोडफोड गरेका छन् । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन् ।प्रदर्शनका क्रममा उग्र भएर एमाले कार्यकर्ताहरूले निजी सवारीसाधनमाथि तोडफोड गरेका हुन् । प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरिरहेका छन् ।

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १८० पटक पढिएको
  • बलात्कार आरोपमा एमालेका पूर्व सभासद मल्ल पक्राउ

    काठमाडौं । नेकपा एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन् । उनी पूर्व संविधान सभा सदस्य हुन् । मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो । एमल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले शनिबार मल्ललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर ललितपुर र मातहतको सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनीविरुद्ध पीडित महिलाले फागुन ५ गते

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १७७ पटक पढिएको
  • चिल्ड्रेन मन्टेश्वरी स्कुलको ११ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

    इटहरी । मोरङको सुन्दरहरैंचा–४ स्थित दुलारीमा रहेको चिल्ड्रेन मन्टेश्वरी स्कुलको ११ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल तथा कार्यक्रमका अध्यक्ष सन्तोष कुमार राईको अध्यक्षतामा आयोजित कार्यक्रममा सुन्दरहरैंचा–४ का वडा अध्यक्ष कैलाश बस्नेत प्रमुख अतिथि तथा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेशका अध्यक्ष कमल खनाल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष बस्नेतले शिक्षा समाज रूपान्तरणको मुख्य आधार भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय र अभिभावकबीच सहकार्य

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १६२ पटक पढिएको
  • झापामा हावाहुरीले दर्जनौँ घरका छाना उडायो, विद्युत् सेवा अवरुद्ध

    इटहरी  । झापामा शुक्रबार राति आएको हावाहुरी तथा असिनापानीका कारण एक दर्जनभन्दा बढी घरका छाना उडाएको छ भने ठाउँठाउँमा बिजुलीका पोल ढलेका छन् । हावाहुरीले विद्यालय भवन, सर्वसाधारणका घर, गोठ तथा अन्नबालीमा समेत क्षति पुर्‍याएको छ ।शिवसताक्षी नगरपालिका–६ स्थित शिवगञ्ज बजार र आसपासका क्षेत्रमा हावाहुरीले ठुलो नोक्सानी पुर्‍याएको वडाध्यक्ष मनोज खुलालले जानकारी दिनुभयो । उहाँका अनुसार धेरै घर तथा विद्यालयका छाना उडेका छन् भने सडकमा रुख ढल्दा आवतजावत पूर्ण रूपमा अवरुद्ध बनेको छ । वडाभित्र क्षतिको विवरण सङ्कलन भइरहेको र कृषि बालीमा पनि निकै क्षति पुगेको उहाँले बताउनुभयो ।यता भद्रपुर नगरपालिका–३ मा

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १५६ पटक पढिएको
  • ओली–लेखक पक्राउको विरोधमा झापामा प्रदर्शन, रिहाइको माग

    इटहरी ।  केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेसँगै उनीहरूको रिहाइको माग गर्दै गृह जिल्ला झापामा विरोध प्रदर्शन सुरु भएको छ। नेकपा एमाले झापाको आयोजनामा बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयबाट निकालिएको विरोध र्‍याली नगर परिक्रमा गर्दै मुक्ति चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभामा बोल्ने अधिकांश वक्ताहरूले नयाँ सरकार गठन भएको छोटो समयमै प्रतिशोधपूर्ण कदम चालिएको आरोप लगाउँदै कडा विरोध जनाए। उनीहरूले यस्तो अभ्यासले राजनीतिक प्रतिशोधको खतरनाक नजिर बस्न सक्ने चेतावनी दिँदै पार्टी अध्यक्ष ओली र पूर्व गृहमन्त्री लेखकलाई विना सर्त रिहा गर्न माग गरेका छन्। सभालाई सम्बोधन गर्दै जिल्ला अ

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १३८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]