समाज

    Showing १,९३१-१,९४० of १०,३४३ items.
  • कोशी प्रदेश मन्त्रिपरिषद्को निर्णय: भवन नियमावली स्वीकृत, बिदा सूची पारित र विपद् कोषमा १५ करोड छुट्याइयो

    इटहरी । कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता इन्द्रमणि पराजुलीका अनुसार बैठकले प्रदेश प्रशासन, वित्तीय व्यवस्थापन र विपद् पुनर्निर्माणसँग सम्बन्धित निर्णयहरू अनुमोदन गरेको हो ।बैठकले प्रदेश भवन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै, सरकारले २०८३ सालको लागि सार्वजनिक बिदा सूची पनि स्वीकृत गरेको छ । यसैगरी बैठकले वित्तीय समानीकरण अनुदान र सवारी साधन कर बाँडफाँटको सीमा निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । यस्तै, फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा सहभागी हुनका लागि भौतिक पूर

    • प्रकाशित मितिः चैत १२, २०८२
    • २३२ पटक पढिएको
  • इलामको सन्दकपुरमा रेडपान्डा महोत्सवको तयारी तीव्र, हजारौँ पर्यटक भित्र्याउने लक्ष्य

    इटहरी । इलामको प्रसिद्ध पर्यटकीयस्थल सन्दकपुरमा आगामी चैत २० गतेदेखि २३ गतेसम्म आयोजना हुन लागेको तेस्रो रेडपान्डा महोत्सवका लागि १ हजार ५०० बढी पर्यटकहरूले प्याकेज बुकिङ गरेका छन् । महोत्सवमा १० हजार पर्यटकलाई प्याकेज बुकिङमार्फत भित्र्याउने लक्ष्य लिएर प्रचार–प्रसारलाई तीब्र बनाएको सन्दकपुर गाउँपालिकाले विगत वर्षको तुलनामा पर्यटकहरु वृद्धि हुने जनाएको छ । दुर्लभ वन्यजन्तु रेडपान्डाको संरक्षण र पर्यापर्यटन प्रवर्धन गर्ने उद्देश्यले सन्दकपुर गाउँपालिकाले वार्षिक पर्यटन क्यालेन्डर नै तयार पारेर यो महोत्सव आयोजना गर्न लागेको विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । यस पटक महोत

    • प्रकाशित मितिः चैत १२, २०८२
    • २०३ पटक पढिएको
  • अरूण गाउँपालिकामा एआई तथा साइबर सेक्युरिटी सम्बन्धी एक दिने तालिम सम्पन्न

    इटहरी । भोजपुरको अरूण गाउँपालिकाको आयोजनामा एआई तथा साइबर सेक्युरिटी सम्बन्धी एक दिने तालिम कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित उक्त तालिममा जनप्रतिनिधि तथा कर्मचारीहरूलाई कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग, यसको अवसर, चुनौती तथा साइबर सुरक्षाका आधारभूत पक्षबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले आधुनिक प्रविधिको प्रयोग बिना विकास सम्भव नरहेको उल्लेख गर्दै यस्ता तालिमले जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत जीतमान जिमीले साइबर सुरक्षाको महत्व

    • प्रकाशित मितिः चैत १२, २०८२
    • १७४ पटक पढिएको
  • उर्लाबारीमा सामाजिक र वित्तीय सीप रूपान्तरण सम्बन्धी ८ दिने TOT तालिम सुरु

    मोरङ/ मोरङको उर्लाबारीमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि सेवा पहुँच परियोजना अन्तर्गत सामाजिक र वित्तीय सिप रूपान्तरणसम्बन्धी ८ दिने प्रशिक्षक तथा तालिम (TOT) सुरु भएको छ। चैत्र १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने उक्त तालिम अपाङ्ग मैत्री भवन उर्लाबारीमा आयोजना गरिएको हो।उर्लाबारी नगरपालिका उपप्रमुख मिनाकुमारी खतिवडा पौडेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वडा अध्यक्ष भिष्मराज बुढाथोकी, लैङ्गिक हिंसा निवारण विज्ञ जानकी कुँवर, मामला व्यवस्थापक स्वस्तिका पोखरेल, प्रशिक्षक संजोग ठकुरी, मनोविमर्शकर्ता कल्पना बराल, महिला,

    • प्रकाशित मितिः चैत १२, २०८२
    • २५१ पटक पढिएको
  • इटहरीमा दमकल खरिदको प्रक्रिया अगाडि बढिसकेको नगर प्रवक्ता पोखरेलको भनाइ

    इटहरी । कोशी प्रदेशको प्रमुख व्यापारिक तथा शहरी केन्द्रका रूपमा विकसित हुँदै गएको इटहरीमा पछिल्ला वर्षहरूमा आगलागीका घटना बारम्बार दोहोरिन थालेका छन्। जनघनत्वको तीव्र वृद्धि, अव्यवस्थित विद्युतीय संरचना, तथा सावधानीको कमीका कारण सामान्य आगलागीसमेत ठूला दुर्घटनामा परिणत हुने गरेको सरोकारवालाहरू बताउँछन्। विशेषगरी गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनीले इटहरी उपमहानगरपालिकाको दमकल सेवा नै ठप्प बनाएको छ। आन्दोलनका क्रममा नगरपालिकाका दुवै दमकलमा आगजनी हुँदा ती पूर्ण रूपमा नष्ट भएका थिए। त्यसयता नगर क्षेत्रमा आगलागी हुँदा तत्काल नियन्त्रणका लागि पर्याप्त साधनस्रोतको अभाव झेल्नुपरेको छ। छि

    • प्रकाशित मितिः चैत १२, २०८२
    • २९३ पटक पढिएको
  • झापाको दमकमा बर्डफ्लु संक्रमण,दमक एग्रिकल्चर फार्ममा तीन करोडको क्षति

    इटहरी। झापा जिल्लाको दमक–१० स्थित एक ठूलो कुखुरा फार्ममा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ। यस घटनाले स्थानीय कुखुरापालक किसानहरूमा गम्भीर चिन्ता थपेको छ।दमक एग्रिकल्चर फार्मका सञ्चालक देवेन्द्र प्रशाईका अनुसार करिब २० हजार लेयर्स कुखुरा नष्ट गर्नुपर्यो। साथै, अण्डा, दाना  र फार्मका अन्य संरचनात्मक सामग्रीसमेत नष्ट भएपछि क्षति तीन करोड रुपियाँभन्दा बढी पुगेको छ। यसले १५ जना मजदुरलाई बेरोजगार बनाएको छ। यो फार्म झापाकै ठूला र व्यवस्थित कुखुरा पालन केन्द्रमध्ये एक मानिन्थ्यो। आधुनिक प्रविधि र नियमित व्यवस्थापनका कारण यसले स्थानीय बजारमा महत्वपूर्ण योगदान दिँ

    • प्रकाशित मितिः चैत १२, २०८२
    • १८८ पटक पढिएको
  • इलाममा एक सय दस वर्ष पुरानो घरमा ‘होमस्टे’

    इटहरी। इलाममा आउने पर्यटकलाई इलाम सदरमुकामनजिकै रहेको नेपाल भिलेज होमस्टेले निकै आकर्षण गर्ने गरेको छ । यो होमस्टे नयाँ बनेको घर भने होइन, न त यो कुनै सुविधा सम्पन्न होटेल रिसोर्ट नै हो । ११० वर्षअघि निर्माण भएको पुरानो घरलाई होमस्टेका रूप दिइएपछि देश विदेशका पाहुनाका लागि यो रोजाइ बन्न थालेको छ ।  इलाम नगरपालिका–५, घलेटारमा रहेको यो होमस्टे अहिले व्यवसायी नरेन्द्र गुरुङले सञ्चालन गरिरहनुभएको छ । गुरुङका हजुरबुवा रणवीर गुरुङले ११० वर्षअघि निर्माण गरेको घरमा नाति नरेन्द्रले नौ वर्षयता होमस्टे सञ्चालन गर्दै आउनुभएको हो । जाइकाबाट सन् २०१६ मा अवकाश पाएपछि नेरेन्द्रले यो घरलाई होमस्

    • प्रकाशित मितिः चैत १२, २०८२
    • १०३ पटक पढिएको
  • सुनसरीका किसान चैते धान रोपाइँमा व्यस्त

    इटहरी ।  सुनसरीका किसान यतिबेला चैते धान रोप्न व्यस्त छन् । पर्याप्त सिँचाइ सुविधा पुगेका र सिमसार क्षेत्रका किसानलाई हाल धान रोपाइँ गर्न भ्याइनभ्याइ छ । सुनसरी जिल्लामा चैते (हिउँदे) र बर्खे गरी दुईपटक धान उत्पादन हुने गरेको छ । मकैभन्दा धानबाट राम्रो उत्पादन हुने र दुईपटक धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षण छ । सुनसरीको रामधुनी नगरपालिका–६ का किसान भावना माझीका अनुसार एउटै खेतमा वर्षमा तीनपटकसम्म बाली लगाउन सकिन्छ । चैते धान समयमा रोपाइँ गर्न सकियो भने उत्पादन पनि राम्रो हुन्छ । एउटै खेतबारीमा बर्खे धान, चैते धानका साथै फापर÷तोरी लगाइने गरेको

    • प्रकाशित मितिः चैत १२, २०८२
    • ११६ पटक पढिएको
  • पाथीभराको सुन लिलामीमा पाँचौँ प्रयास पनि असफल, आवेदन शून्य

    इटहरी । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका लागि पाँचौ पटक सूचना जारी गरिएपनि आवेदन परेको छैन । मन्दिरमा सङ्कलित सुन रिफाइन गरि पाथीभरा क्षेत्र विकास समितिले लिलामीका लागि सिलबन्दी बोलपत्र आह्वान गरि पटकपटक सूचना जारी गर्दा समेत कुनै आवेदन नपरेको हो । समितिसँग मौज्दात रहेको एक सय ७८ तोला ८२ लाल सुन लिलामीको लागि सूचना जारी गरिएको भए पनि आवेदन नपरेको समितिका सूचना अधिकारी नवीन निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले गत गत फागुन २१ गते १५ दिने सूचना जारी गरि प्रतितोला न्यनतम तीन लाख १५ हजार चार सय रुपियाँबाट बढेर सिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको थियो ।१५ दिने सूचना जारी

    • प्रकाशित मितिः चैत ११, २०८२
    • २२८ पटक पढिएको
  • उदयपुरको त्रियुगा–८ साहिखोलास्थित विद्यालय भवन नेपाली सेना द्वारा मर्मतपछि हस्तान्तरण

    इटहरी  । नेपाली सेनाले उदयपुरको त्रियुगा नगरपालिका वडा ८ साहिखोलास्थित खाटमन्दिर आधारभूत विद्यालयको पूरानो जीर्ण भवन मर्मत सम्हार तथा स्तरवृद्धि गरी स्थानीय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको कल्याणकारी निर्देशनालयको करिव पाँच लाख रुपियाँको आर्थिक सहयोगमा मर्मत सम्हार गरिएको उक्त विद्यालय सैनिक श्रीमती संघकी अध्यक्ष निता क्षेत्री सिग्देलले विद्यालयको प्राङ्गणमा आयोजित एक समारोहकाबिच बुधवार व्यवस्थापन समितिका अध्यक्ष रणवहादुर विकलाई हसतान्तरण गर्नुभएको हो । सैनिक श्रीमती संघकी अध्यक्ष सिग्देलल सो विद्यालयमा अध्ययनरत एकसय ३० जना बालबालिकाहरुलाई किताव बोक्ने झोला, डट

    • प्रकाशित मितिः चैत ११, २०८२
    • १८० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]