इटहरी । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा सञ्चालित जडीबुटी प्रशोधन उद्योग सिल गरिएको एक महिना बितिसक्दा पनि पुनः सञ्चालनमा आउन नसक्दा करिब ५० लाख रुपैयाँ बराबरको कच्चा पदार्थ नोक्सानी भएको छ । आवश्यक कानुनी प्रक्रिया तथा वातावरणीय मापदण्ड पूरा नगरेको भन्दै डिभिजन वन कार्यालयले एक महिना अघि उद्योग सिल गरेको थियो । सो उद्योग सञ्चालन गर्दै आएको चाइनीज होओचेङ बायोटेक्नोलोजी प्रालिले आवश्यक कागजात पूरा नगरेको निष्कर्षसहित उद्योग बन्द गरिएको जनाइएको छ । उद्योगका व्यवस्थापक हरि श्रेष्ठका अनुसार आवश्यक कागजात पेश गरिसकिएको र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्रारम्भिक वातावर
इटहरी । देशभक्ति, एकता र राष्ट्रिय गौरवको प्रतीकका रूपमा सुनसरीको इनरुवा नगरपालिका–७ स्थित ग्रीन सिटी क्षेत्रमा मंगलबार २१० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । श्रीमद् भागवत महापुराण धन–धान्याञ्चल सप्ताह धार्मिक ज्ञान महायज्ञको छैटौं दिनको विशेष अवसर पारेर आयोजित कार्यक्रम आवास विकास संघ नेपालका अध्यक्ष विष्णु प्रसाद घिमिरेको प्रमुख आतिथ्यता तथा डीएन ग्रुप अफ कम्पनीका अध्यक्ष दीपक काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो । झण्डोत्तोलनको क्षणमा राष्ट्रिय गीतको धुनसँगै उपस्थित जनसमुदाय भावुक बनेका थिए भने ग्रीन सिटी क्षेत्र देशप्रेमको उत्साहले भरिएको देखिन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर
इटहरी । धनकुटाको हिलेमा जारी १८ औ संस्करणको कोशी प्रदेशस्तरीय अन्तरपालिका रामनवमी कप भलिबल प्रतियोगिता सभापोखरी, पाख्रिवास र कन्काइ विजयी भएका छन् । हिले भलिवल क्लवको आयोजना मंगलबार सुरु भएको प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो खेलमा संखुवासभाको सभापोखरी गाउँपालिकाले धनकुटाको महालक्ष्मी नगरपालिकालाई २५–१५, २५–१७ र २५–२३ को सोझो सेटले हराएको हो । त्यस्तै दोस्रो खेलमा धनकुटाको पाख्रिवास नगरपालिकाले भोजपुरको अरुण गाउँपालिकालाई २५–१८, २५–१९ र २५–१३ को सोझो सेटले हराउन सफल भयो । त्यस्तै, तेस्रो खेलमा झापाको कन्काइ नगरपालिकाले भोजपुरको आमचोक गाउँपालिकालाई २१–२५, २५–२१ र २५–२० र २६–२४ को सेटल
इटहरी । कोशी प्रदेशको पर्यटन प्रवद्र्धन र विकासलाई लक्ष्य गर्दै इस्र्टन ट्राभल मार्ट २०२६ को छैटौं संस्करण आगामी चैत १४ देखि १६ गतेसम्म इटहरीमा आयोजना हुने भएको छ । आयोजक समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मार्च २८, २९ र ३० (२०२६) मा कार्यक्रम सम्पन्न हुने जानकारी दिएको हो । कोशी प्रदेशको पर्यटन क्षेत्रलाई एकीकृत रूपमा प्रवद्र्धन गर्ने तथा भारतीय पर्यटक र स्थानीय पर्यटन व्यवसायीबीच व्यवसायिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको कार्यकमका संयोजक पुण्य प्रसाद भट्टराईले बताउनु भयो । कार्यक्रममा भारतका बंगाल, बिहार र सिक्किम तथा भुटानबाट करिब १०० भन्दा बढी पर्यट
इटहरी। झापामा मंगलबार विहान र साँझ आएको हावाहुरी तथा असिना पानीले बिभिन्न पालिकाहरुमा क्षति गरेको छ । एक साताअघि आएको हावाहुरी र असिना पानीले सो क्षति गरेको हो । एक साता नबित्दै झापामा पुनः हावाहुरी र असिनाले गरेको क्षतिको विवरण संकलन कार्य भइरहेको जिल्ला प्र्रहरी कार्यालय झापाले जनाएको छ । हावाहुरी र असिनापानी दमक –४ स्थित कृष्ण मन्दिर नजिकै पूर्व–पश्चिम लोकमार्गको छेउमा रहेका पाँचवटा विद्युत पोल ढालेर क्षति गरेको छ । पोल ढल्दा ६५ वर्षीय टंक कटुवालको जस्ताको छानो भएको दुई तले घरमाथि खस्दा क्षति पुगेको छ । तत्काल बिद्युत प्राधिकरणले उक्त पोल हटाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता क
इटहरी। ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा सहभागी हुने विद्यार्थीलाई बिदाइ गरेको छ। विद्यालयले मङ्गलबार एक कार्यक्रमको आयोजना गरी यस वर्षको परीक्षामा सामेल हुने विद्यार्थीलाई शुभकामनासहित बिदाइ गरेको हो ।विद्यालयका सहायक प्रधानाध्यापक राजमणि प्याकुरेलका अनुसार विद्यार्थीको मनोबल उच्च बनाउन र परीक्षामा सफलताको कामना गर्न बिदाइ कार्यक्रम आयोजना गरिएको हो। यस कार्यक्रमले विद्यार्थीको पढाइ र परीक्षाको तयारीमा थप उर्जा प्रदान गर्ने विश्वास विद्यालयले लिएको छ । भानुजन माविबाट यस वर्ष साधारणतर्फ १४८, प्राविधिक धारतर्फ ४५ र खुलातर्फ सात गरी कु
इटहरी । पुर्वी मोरङको पथरी शनिश्चरे वडा नं २ को पारुहाङ सरस्वती टोल विकास समितिले सार्वजनिक बिसौनी चौतारा र धारा निर्माण गरेको छ । यात्रीहरू तथा बुढापाकाहरुलाई आफ्नो साथी संगीसँग मनको भावना साटासाट गर्न र तिर्खा लाग्दा पानी पिउन सजिलो होस् भन्ने उद्देश्यले सार्वजनिक फलैचा र धारा निर्माण गरिएको हो । नयाँ शुद्ध पिउने पानीका सार्वजनिक धाराहरू र फलैचाहरुको औपचारिक रुपमा सोमबार पथरी शनिश्चरे वडा नं २ का वडाध्यक्ष नैना साम्पाङ राईले उद्घाटन गर्नुभएको थियो । पारुहाङ सरस्वती टोल विकास समितिको संयुक्त पहलमा सार्वजनिक चौतारा, धारा र अफिसको निर्माणका लागि १ लाख १५ हजार रुपैयाँ बराब
इटहरी । सुनसरीको धरानमा एक युवतीलाई अपहरण गरी जङ्गलमा लगेर बलात्कार तथा लुटपाट गरेको आरोपमा सीटी सफारी चालक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानका अनुसार चैत ६ गते साँझ १९ वर्षीया युवती उक्त घटनाको शिकार बनेकी हुन्। प्रहरीका अनुसार मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँस्थित मावली घरबाट पुरानो कपडा लिन धरान आएकी ती युवती फर्किने क्रममा भोटेपुल क्षेत्रमा बसको प्रतीक्षा गरिरहेकी थिइन्। सोही बेला एक अपरिचित व्यक्तिले सीटी सफारीमा चढ्न आग्रह गरी उनलाई लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आरोपितले युवतीलाई साकेला पार्क नजिकको एकान्त जङ्गल क्षेत्रमा लगेर कुटपिट गरी अचेत बनाएको र त्यसप
इटहरी । मेची पहाड जोड्ने मेची राजमार्गअन्तर्गत इलामको माइखोला माथि राजदुवाली–भन्ज्याङ सडकखण्ड अवरुद्ध हुने निश्चितजस्तै भएको भन्दै इलामबासीले यस खण्डको विकल्प दिन सरकारलाई आग्रह गरेका छन् । वर्षौंदेखि जमिन भासिने र बग्ने समस्या हुँदैआएको यो खण्डमा गएको असोज १८ को वर्षा र बाढी पहिरोसँगै पुनः अवरुद्ध भएपछि अबको वर्षाको समयमा पनि यहाँबाट यातायात सञ्चालन नहुने अवस्था रहेको भन्दै जिल्लाबासीले सरकार र जिल्लास्थित सरोकारवाला निकायलाई तत्काल यसको विकल्पमा काम गर्न आग्रह गरेका हुन् । जिल्ला प्रशासन कार्यालय इलाममा भएको सर्वपक्षीय भेलामा सहभागीले असोज १८ को विपद्पछि उक्त स्थानमा विभिन्न प्रविधि अप
इटहरी । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आईसक्रिम पार्लरमा बुधवार बिहान आगलागी भएको छ । इटहरी उपमहानगरपालिका ६ मा रहेको क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी भएको हो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । आगलागी कसरी भयो भन्नेबारे भने अनुसन्धान भइरहेको उहाँले जानकारी दिाुभयो । आगलागी नियन्त्रणका लागि सुनसरीका धरान, रामधुनी, इनरुवा तथा मोरङका विराटनगर र सुन्दरहरैंचा लगायत स्थानीय तहका बारुणयन्त्र परिचालन गरिएको थियो । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको हो । इटहरी उपमहानगरपालिकाको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.