समाज

    Showing २,२९१-२,३०० of ११,१६३ items.
  • हातीमुडालाई जेनजी फुटबल प्रतियोगिताको उपाधि

    इटहरी । जेनजी नकाउट फुटबल प्रतियोगिताको उपाधि हातीमुडा फुलबल क्लब गढीले जितेको छ । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर(२ मा शिक्षा खेल मैदानमा शुक्रबार भएको खेलमा हातीमुडाले गितामा आयोजक जेनजी फुटबल क्लब इनरुवालाई ३(२ गोलले उपाधिसँगै हातीमुडाले १५ हजार रुपियाँ पुरस्कार पायो । उपविजेता जेनजी ले १० हजार रुपियाँ पुरस्कार पायो । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । 

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • १८५ पटक पढिएको
  • सुनसरीमा “तल्लो तमोर ल्यान्डस्केप संरक्षण परियोजना” को औपचारिक उद्घाटन

    इटहरी । ग्रामिण क्षेत्रमा जीविकोपार्जन सुधार, जैविक विविधता संरक्षण र दिगो कृषिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सुनसरीमा “तल्लो तमोर ल्यान्डस्केप संरक्षण परियोजना” को औपचारिक उद्घाटन गरिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. १ मा आयोजित एक विशेष समारोहका बीच उक्त परियोजनाको शुभारम्भ गरिएको हो । दुहबी–२ स्थित ग्रामिण महिला उत्सुकता विकास मञ्चको आयोजना तथा जापान सरकारको वातावरण मन्त्रालय, यूएनडीपी, र कमडेक्स लगायतका विभिन्न अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको प्राविधिक तथा वित्तीय सहयोगमा सञ्चालित यस कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवं नगर उपप्रमुख नन्द कुमारी सुनुवारले गर्नुभएको थिय

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • २४९ पटक पढिएको
  • धरानमा नेपाल प्याराग्लाइडिङ प्रिमियर लिगको तयारी, ६० खेलाडी सहभागी हुँदै

    इटहरी । सुनसरीको धरानमा पहिलो पटक नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग अन्तर्गत खुल्ला एक्युरेसी प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा वैशाख २५ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघका अध्यक्ष  भुपेन्द्र चाम्लिङ (भुपाल) का अनुसार प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ । एक्युरेसी ओभरअल तर्फ विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख र तेस्रो स्थान हासिल गर्नेले ७५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै, एक्युरे

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • २५१ पटक पढिएको
  • होटेल तथा पर्यटन व्यवसायी सङ्घको क्यालेन्डर सार्वजनिक

    इटहरी । जिल्ला होटेल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीको क्यालेन्डर सार्वजनिक भएको छ । इटहरीको होटेल त्रियुगामा एक कार्यक्रमका बिच नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक गरिएको हो । कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर इन्द्रप्रसाद सापकोटाले क्यालेन्डर विमोचन गर्नुृभएको हो । सुनसरीको पर्यटन प्रवद्र्धनमा सङ्घले प्रभावकारी काम गरिरहेको बताउँदै सचिव सापकोटाले मन्त्रालयले गर्ने सहयोग सदैव रहने प्रतिबद्धता जनाउनुभयो । सङ्घका अध्यक्ष तेजबहादुर पुरीले सङ्घले स्थापना काल देखि नै होटेल तथा पर्यटन व्यवसायीलाई जोडेर सुनसरीको पर्यटन प्रवर्धनमा जोडबल गरिरहेको बताउनुभयो । क्यालेन्डरले प

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • १५२ पटक पढिएको
  • पथरी शनिश्चरेमा बालबालिका तथा खेलाडीहरुको दुर्घटना बिमा सम्पन्न

    इटहरी । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले आफ्ना वडा भित्रका ३ बर्षदेखी १५ बर्षसम्मका सम्पुर्ण बालबालिका र १९ बर्षसम्मका युवा खेलाडीहरुको दुर्घटना पछिकोे सम्भाव्य जोखिम कम गन दुर्घटना बीमा कार्यक्रम सुरुवात गरेको छ । बैशाख १५, १६ र १७ गतेसम्म संचालन भएको बिमा शिविरमा ६ सय ६७ जना बालबालिका तथा खेलाडीहरुको बिमा भएको वडा अध्यक्ष नवीन कार्कीले बताउनुभयो । पथरी शनिश्चरे नगरपालिकामा नै सरकारी तवरमा पहिलो पटक वडाभित्रका खेलाडी तथा सबै बालबालिकाको दुर्घटना बिमा वडा नम्बर ८ ले गरेको हो । मेट लाइफ अमेरीकन लाइफ इन्स्योरेन्स कम्पनी सगँको सहकार्यमा भएको बिमा कार्यक्रम अन्तर्गत एक बर्षभित्र   

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • १७० पटक पढिएको
  • बराहक्षेत्र–९ को निःशुल्क उद्घोषण तालिम प्रभावकारी

    इटहरी । बराहक्षेत्र नगरपालिका वडा नं. ९ को आयोजना, आर्थिक सहयोग तथा न्यु स्टार टेक्निकल इन्स्टिच्युटको समन्वयमा सञ्चालित चार दिने निःशुल्क उद्घोषण तालिम सम्पन्न भएको छ । वडाभरिका ३० जना युवाहरूलाई सार्वजनिक रूपमा आफ्ना भावना व्यक्त गर्न सक्षम बनाउने र मञ्चको डर हटाउने उद्देश्यले आयोजित यस तालिममा सहभागीहरूलाई आवाजको उतारचढाव, शब्द चयन र श्रोताको मनोविज्ञान बुझेर कार्यक्रम सञ्चालन गर्ने सीप सिकाइएको थियो। समापन कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख रमेश कार्कीले सहभागी विद्यार्थीहरूको उत्कृष्ट प्रस्तुतिबाट गौरवान्वित महसुस गरेको बताउँदै यस्ता कार्यक्रमले युवाको नेतृत्वदायी क्षमता अभिवृद्धिमा महत्त

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • १६८ पटक पढिएको
  • हुलाकमार्फत घरमै राहदानी पुग्ने सेवा उदयपुरमा सुरु

    इटहरी । अब उदयपुरका नागरिकले राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ।\ नेपाल सरकारको शासकीय सुधार अन्तर्गत सुरु गरिएको नयाँ व्यवस्थाअनुसार हुलाक सेवामार्फत घरमै राहदानी पुर्‍याउने सेवा उदयपुरमा औपचारिक रूपमा सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १३ गतेको निर्णयअनुसार सरकारी सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले हुलाक सेवालाई ‘गभर्नमेन्ट कुरियर सर्भिस’ का रूपमा विकास गर्ने योजना अघि बढाइएको थियो। सोही योजना कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुर र जिल्ला हुलाक कार्यालय उदयपुरबीच हिजो वैशाख १७ गते सम्झौता भई से

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • १८२ पटक पढिएको
  • एकै दिन एक्काइस जना फरार प्रतिबादी पक्राउ

    इटहरी। जिल्ला प्रहरी कार्यालय उदयपुरले एकैदिन विभिन्न मुद्दाका एक्काइस जना फरार प्रतिवादी पक्राउ गरी जिल्ला अदालत उदयपुरका बुझाएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दाका २१ जना फरार प्रतिवादीहरु एकै पटक पक्राउ गरिएको हो । विभिन्न मितिमा अदालतबाट दोषी करार भै सजाय तथा कैद जरिवाना तोकिएका २१ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको र फैसला कार्यान्वयनकालागि सम्मानित जिल्ला अदालत उदयपुुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेका मध्ये गाली बेइज्जती मुद्दाका ८ जना, कुटपिट मुद्दाका ६ जना, जालस

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • १३० पटक पढिएको
  • इटहरीको आपगाछीमा रहेको काका भतिज रिसोर्ट एण्ड बारले आफ्नो पहिलो वार्षिकोत्सव मनायो

    इटहरी | सुनसरीको व्यस्त बजार क्षेत्र आपगाछीमा अवस्थित काका भतिज रिसोर्ट एण्ड बारले आफ्नो पहिलो वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। इटहरी उपमहानगरपालिका–१, सोल्टी वेस्टएन्ड अगाडि रहेको उक्त रिसोर्टले वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरूका लागि विशेष परिकार, आकर्षक सेवा र छुटको व्यवस्था गर्दै उत्सवलाई अझ विशेष बनाएको थियो।वार्षिकोत्सव कार्यक्रममा होटलका सम्पूर्ण कर्मचारीहरू भेला भई केक काटेर हर्षोल्लासका साथ उत्सव मनाएका थिए। संगीत, रमाइलो वातावरण र स्वादिष्ट खानाका बीच ग्राहकहरूले पनि उत्सवको भरपूर आनन्द लिएका थिए। कार्यक्रमले रिसोर्टको सफल एक वर्षे यात्रालाई स्मरणीय बनाएको सञ्चालक पक्षले जनाएको छ

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • ४५२ पटक पढिएको
  • मापदण्डविपरीत चलेका मोरङका दुई क्रसर उद्योग बन्द

    इटहरी ।  मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा उद्योग बन्द भएपछि पूर्व–पश्चिम राजमार्ग विस्तारको कामसमेत प्रभावित भएको छ । प्रशासनले लेटाङ नगरपालिकामा कालिका कन्स्ट्रक्सनले सञ्चालन गरेको क्रसर र बेलबारी नगरपालिकाअन्तर्गत पर्ने चिसाङ खोलामै अम्बिका गुरागाईंले सञ्चालन गरेको कान्तिपुर क्रसर उद्योग बन्द गराएको हो । कालिका कन्स्ट्रक्सनले सडक निर्माणका लागि आवश्यक ‘अस्फाल्ट’ (गिटी र अलकत्राको मिश्रण) उत्पादन गर्दै आएको थियो । उक्त उद्योग कन्स्ट्रक्सनले निर्म

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १९२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]