समाज

    Showing २,५९१-२,६०० of ११,१६३ items.
  • हलेसी तुवाचुङका ९४ परिवारलाई निःशुल्क जस्तापाता

    इटहरी। हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका हलेसी तुवाचुङ नगरपालिकाका ९४ पीडित परिवारलाई नगरपालिकाले जस्तापाता उपलब्ध गराएको छ । यही चैत २ गते राति वर्षासँगै चलेको हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई पुनः सोही ठाउँमा स्थापित गराउन नगरपालिकाले रु ५० लाख बराबरको जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराएको हो । हावाहुरीले छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई प्राविधिक मूल्याङ्कनको आधारमा जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । बाँकी पीडित परिवारलाई नगरपालिकाको तर्फबाट त्रिपाललगायतका राहत सामग्री खरिद गरेर उपलब्ध गराएको उहाँ

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १३० पटक पढिएको
  • पछिल्लो १० दिनको अवधिमा १५ हजार भक्तजनले गरे पाथीभरा दर्शन

    इटहरी । चैते दसैँको अवधिमा करिव पन्ध्र हजार भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । चैते दसैँको समय अर्थात पछिल्लो १० दिनमा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार चैते दसैँ तथा रामनवमीको समय गत चैत १२ गतेदेखि शनिबार सम्ममा १४ हजार ७९६ भक्तजनले पाथीभराको दर्शन गरेका छन् । दसैँ तिहारको अवधिपछि पाथीभरा दर्शन गर्ने अर्को मुख्य सिजन ९मौसम०का रुपमा रामनवमी अर्थात चैते दसैँको समयलाई लिइने गरिएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार चैते दसैँको समयसँगै पाथीभरा दर्शन गर्ने मौसम सुरु भएकाले भक्तजनको उपस्थि

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १२४ पटक पढिएको
  • तीनजुरे क्षेत्रमा फुल्न थाल्यो गुराँस

    इटहरी। ताप्लेजुङ, तेह्रथम र सङ्खुवासभा जिल्लाको सिमानास्थित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा गुरास फुल्न थालेको छ । नयाँ वर्षको आगमनसँगै गुराँस फुल्ने समय भएको र अहिले टिएमजे क्षेत्रमा वनै ढकमक्क हुनेगरी गुराँस फुल्न थालेको हो । गुराँसको राजधानीका रुपमा परिचित पूर्वी नेपालकै एक प्रमुख पर्यटकीय गन्तव्य टिएमजे क्षेत्रमा गुराँस फुल्न थालेको छ । गुराँस फुल्न थालेसँगै अहिले टिएमजे क्षेत्रको वन गुराँसले ढकमक्क हुन थालेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाले बताउनुभयो । अध्यक्ष ओझाका अनुसार टिएमजे क्षेत्रको सबैतिर गुराँस फूल्न aथालेको छ । गुराँस फुलेर अहिले नै वन

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १५७ पटक पढिएको
  • नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राउत विजयी

    विराटनगर- नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत पुनः दोहरिएका छन् ।आइतबार अध्यक्षका लागि भएको निर्वाचनमा राउत ६६ दशमलव ३७ प्रतिशत मतसहित विजयी हुँदै दोस्रोकार्यकालका लागि निर्वाचित भएका हुन् ।आइतबार बेलुका भएको निर्वाचनको परिणामअनुसार विजयी राउतका प्रतिस्पर्धी नविन रिजालले ३२ दशमलव६३ प्रतिशत मत पाएका छन्। जित हात पारेका 

    • प्रकाशित मितिः चैत २३, २०८२
    • २६२ पटक पढिएको
  • सभामुख साझा अभिभावक बन्नुपर्नेमा हर्कराज राईको जोड

    इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । आइतबार सिंहदरबारस्थीत संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष राईले दलबाट छुटिएर एउटा साझा अभिभावकको रूपमा सवैलाई न्याय हुनेगरि नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको हो । उहाले अहिले पुरानो नभइ नयाँ खालको जनमत आएकाले सवै दललाई समान व्यवहार हुने उल्लेख गर्नुभयो । संसदमा फरक खालको व्यवहार भए प्रतिपक्षीको हैसियतमा आफुहरुले आवाज उठाउने उहाको भनाइ छ । अध्यक्ष राईले प्रतिनिधिसभा उपसभामुखमा आफ्नो पार्टीको पनि दावी र

    • प्रकाशित मितिः चैत २२, २०८२
    • २०२ पटक पढिएको
  • धार्मिक पर्यटकको आकर्षणका लागि धनकुटाको छथर जोरपाटी मन्दिरमा नयाँ स्वरूप

    इटहरी । धार्मिक पर्यटक आकर्षित गर्ने उद्देश्यले धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ६ मा रहेको सिंहदेवी मन्दिरलाई नयाँ रुप दिइएको छ । गुमनाम अवस्थामा सिधुवा बजार नजिकै कोशी राजमार्गसँगै रहेको यो मन्दिरलाई स्थानीय युवाहरूको सक्रियतामा नयाँ रुप दिन लागिएको हो।  करिब दुई रोपनी क्षेत्रफलमा छरपस्ट रूपमा रहेका ढुङ्गाहरूमा विभिन्न आकृति दिएको हो। शिव भगवान्, बुद्ध भगवान्, जरायो, ओमकार, आदिको आकृति कोरिएको छ । त्यस्तै पार्वती सहित विभिन्न हिमाल लगायतको कलाकृति कोर्ने काम गरिएको निर्माण समितिका अध्यक्ष मीन बहादुर थापाले जानकारी दिनुभयो। तिहारमा देउसीभैलो खेली सङ्कलन गरेको रकम, छथरजोरपाटी गाउँप

    • प्रकाशित मितिः चैत २२, २०८२
    • २०९ पटक पढिएको
  • विराटनगरमा युवाहरूका लागि आधारभूत पत्रकारिता तालिम सम्पन्न

    इटहरी । विराटनगर महानगरपालिकाकी उप–प्रमुख शिल्पा निराला कार्कीले पत्रकारले सधैं सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको छ । विराटनगरमा सम्पन्न तीन दिवसीय युवाहरुको लागि आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिमको समापन कार्यक्रममा बोल्दै उप–प्रमुख कार्कीले तालिमबाट धेरै ज्ञान हासिल गर्न सकिने उल्लेख गर्दै सिकेका सीपलाई व्यवहारमा उतार्न सके मात्र त्यसको सार्थकता हुने बताउनुभयो । उहाँले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि महानगरपालिका सधैं सहयोग गर्न तयार रहेको पनि स्पष्ट पार्नुभयो । उप–प्रमुख कार्कीले पत्रकारितालाई राज्यको चौथो अंगका रूपमा उल्लेख गरेको स्मरण गर्दै यसले समा

    • प्रकाशित मितिः चैत २२, २०८२
    • ८२२ पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टी इटहरी वडा नम्बर १४ र १५ को का वडा समिति गठन

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इटहरी उपमहानगर समितिले वडा नम्बर १४ र १५ मा आयोजना गरेको वडा भेलाबाट नयाँ वडा समितिहरू गठन गरिएको छ। भेलाले दुवै वडामा नयाँ नेतृत्व चयन गर्दै समिति गठन गरेको हो। स्थानीय नेताहरूका अनुसार जनताको विश्वासलाई आत्मसात गर्दै पारदर्शिता, उत्तरदायित्व र जनहितका कार्यहरूलाई  प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै, सुन्दर र समुन्नत इटहरी निर्माणमा नवगठित समितिहरूले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ । वडा नम्बर १४ को संयोजकमा मोहम्मद अकिल चयन हुनुभएको छ भने सह–संयोजकमा शिव कुमार शाह र सचिवमा प्रमिका कुमारी चौधरी

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १८९ पटक पढिएको
  • मुन्दुम पदमार्ग प्रवद्र्धनका लागि भोजपुरमा अन्तर्राष्ट्रिय स्रष्टा सम्मेलन हुँदै

    इटहरी । सरकारले प्राथमिकतामा राखेको पर्यटकीय गन्तव्य मुन्दुम पदमार्गको विकास र प्रवद्र्धनका लागि भोजपुरमा अन्तर्राष्ट्रिय स्रष्टा सम्मेलन तथा पदयात्रा कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रममा नेपालका सातै प्रदेशसँगै भारत, भुटान, जापान, कोरिया, नेदरल्याण्ड र अमेरिका लगायत करिब एक दर्जन देशका स्रष्टाहरूको सहभागिता रहने जनाइएको छ । संस्कृतिविद् भक्त राईका अनुसार मुन्दुम पदमार्गलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित सम्मेलन र पदयात्राको तयारी गरिएको जानकारी दिनुभयो । शनिबार टेम्केमैयुङ गाउँपालिकामा आयोजित पत्रकार सम्मेलन मार्फत कार्यक्रमबारे जानकारी दिइएको थियो। यसले मुन्दुम पदमार्गसँगै

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १९९ पटक पढिएको
  • एमआरआर भजन कार्यक्रम कोशी प्रदेशमा जारी

    इटहरी । एमआरआर टीम कोशी प्रदेशद्वारा केही समयअघि देखि इटहरीस्थित बुढीगंगा मुक्तिघाट नजिकै रहेको मन्दिर परिसरमा प्रत्येक शनिबार भजन–कीर्तन कार्यक्रम गरिदैछ । भजन–कीर्तन मार्फत आध्यात्मिक आनन्द र आत्मिक शान्ति अनुभूति गर्ने अवसर मिल्ने आयोजकको भनाइ छ । भजन–कीर्तन कार्यक्रममा सबै उमेर समूहका श्रद्धालुहरु सहभागी हुने गरेका छन् । आयोजकका अनुसार प्रत्येक शनिबार आयोजना हुने यस भजन कार्यक्रममा भक्तजनहरू भेला भई भक्ति, सेवा र श्रद्धाको वातावरणमा सहभागी भइरहेका छन् । यस्ता धार्मिक तथा आध्यात्मिक गतिविधिले समाजमा सकारात्मक ऊर्जा र आध्यात्मिक चेतना फैलाउने विश्वास गरिएको छ । एमआरआर टीमले सबै भक्तजनलाई समय

    • प्रकाशित मितिः चैत २२, २०८२
    • २९२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]