समाज

    Showing २,९०१-२,९१० of ९,३६० items.
  • तुम्लिङटार विमानस्थलमा भिआइपी कक्ष बन्द

    इटहरी । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलले यात्रुलाई बराबर सुविधा हुने गरी भिआइपी कक्ष बन्द गरेको छ । विमानस्थल प्रशासनका अनुसार जेनजी आन्दोलनपछि सुरक्षासम्बन्धी चुनौती र भिआइपी कक्षको अनावश्यक प्रयोगका कारण उक्त सेवा स्थायी रूपमा बन्द गरिएको हो । विगतमा राजनीतिक दलका नेतासहित विशिष्ट व्यक्तिहरू भिआइपी कक्ष प्रयोग गर्ने र उनीहरूका समर्थक नाराबाजीसहित भिडभाड गर्ने गरेका कारण विमानस्थलमा सुरक्षा चुनौती हुने गरेको थियो । विमानस्थल प्रमुख नवराज दाहालले केन्द्रको निर्देशन अनुसार भिआइपी कक्ष बन्द गरिएको जानकारी दिनुभयो । उहाँले अब सबै यात्रुले एउटै कक्षबाटै सेवा लिनुपर्ने व्यवस्था गरिएको बताउनुभयो 

    • प्रकाशित मितिः असोज २८, २०८२
    • ३०३ पटक पढिएको
  • ओखलढुङ्गामा ११ कांग्रेस प्रतिनिधिद्वारा विशेष महाधिवेशनको माग

    इटहरी ।  नेपाली कांग्रेस ओखलढुङ्गाका २७ जना महाधिवेशन प्रतिनिधिमध्ये ११ जनाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्न नेतृत्वसमक्ष माग गरेका छन् । जेन–जेड पुस्ताको भावना अनुसार कांग्रेसलाई पुनःनिर्माण र पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनीहरूले औपचारिक रूपमा हस्ताक्षरसहित माग अघि सारेका हुन् । विशेष महाधिवेशनको पक्षमा उभिनेहरू नेताहरू कुमार लुइटेल, रुद्रप्रसाद अधिकारी, सविता राई, सर्वधन तामाङ, हरिप्रसाद दाहाल, बेदबहादुर रोक्का, कुमारबहादुर श्रेष्ठ, प्रकाश दाहाल, दुर्गाकुमारी तामाङ, होमबहादुर विक र अर्चना लुइटेल हुनुहुन्छ ।त्यसैगरी, केन्द्रीय सदस्यद्वय रामहरि खतिवडा र प्रदीप सुनुवार तथ

    • प्रकाशित मितिः असोज २८, २०८२
    • २७४ पटक पढिएको
  • मोटरसाइकल खोल्सामा खस्दा चालकको मृत्यु

    इटहरी । पाँचथरको फिदिम नगरपालिका १३ मा मोटरसाइकल खोल्सामा खस्दा चालकको निधन भएको छ । फिदिम नगरपालिका–१३ का ४२ वर्षीय हर्क राईको मङ्गलबार बिहान निधन भएको हो । गाउँबाट दुध सङ्कलन गरेर फिदिम १३ जेभालेको डेरीतर्फ फर्कदै गर्दा राईले चलाएको मोटरसाइकल स्थानीय सेतापानी खोल्सामा खसेको थियो । केही दिनअघि पहिरोले क्षति भएर मर्मत भइनसकेको सडकबाट दुध ओसार्ने क्रममा मोटरसाइकल दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले दुर्घटनाको खबर सुन्नासाथ त्यसतर्फ प्रहरी परिचालन गरी मुचुल्का बनाएर राईलाई पाँचथर अस्पताल ल्याउने तयारी भइरहेको बताउनुभयो । बाढी र पहिरोका कारण पाँचथरका

    • प्रकाशित मितिः असोज २८, २०८२
    • ३५३ पटक पढिएको
  • पहिरोले फेमे खोला थुनियो

    इटहरी । पाँचथरको फिदिम नगरपालिका १२ नांगीनमा गएको पहिरोले फेमे खोला थुनिएको छ । खोलामा बनेको ड्याम जुनसुकै बेला फुट्न सक्ने र त्यसबाट पुनः विपत्ति निम्तिने भन्दै पाँचथर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पाँचथरले सतर्कना अपनाउन नागरिकसमक्ष आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले सूचना जारी गर्दै फेमे खोला थुनिएको र अस्थायी ड्याम बनेको हुँदा खोला आसपास बस्ने नागरिकलाई सचेत रहन आग्रह गर्नुभएको हो। पाँचथर प्रहरीले पनि सूचना जारी गर्दै फेमेसँगै हेवा र तमोर गड्तीरका नागरिकलाई सचेत रहन आग्रह गरेको हो । बिहान ८ बजे लडेको पहिरोले खोला थुनिएको हो । थुनिएको स्थानमा रानीटारतर्

    • प्रकाशित मितिः असोज २८, २०८२
    • २१० पटक पढिएको
  • भोजपुर बेलबारी अन्तर्राष्ट्रिय रनिङ गोल्डकपको सेमिफाइनलमा

    इटहरी । भोजपुर मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा जारी आठौं बेलबारी आरजु राईस मेजर स्वर्गीय एनबि रुङ‌‌माहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको क्वार्टरफाइनल खेलमा भोजपुरले झापा–११ लाई टाइब्रेकरमा ५–४ गोलले हरायो । खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा भोजपुर भाग्यमानी बन्यो । टाइब्रेकरमा भोजपुरका विवेक राई, धिरेन क्षेत्री, विवेक राई ‘बी’ मिसाज लिम्बू र सुजन चौधरीले गोल गर्नुभयो । झापा–११ का मुसा कामाकाट, एरोन थापामगर, पेमा तामाङ, सुमन थापाले गरे गर्नुभयो ।  सिमान्त थापामगरको गोल विपक्षी गोलरक्षकले बचाउनुभयो । यसअघि ३९औँ मिन

    • प्रकाशित मितिः असोज २७, २०८२
    • ३२२ पटक पढिएको
  • प्रकाशपुरमा भेट्रान्स कप समुद्घन जनता भेट्रान्स फुटबल क्लबको जितको सुरुवात

    सुनसरी | सुनसरीको बराहक्षेत्र -१० प्रकाशपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता को समुद्घन भएको छ । आज सुरुवात खेल मा जनता भेट्रान्स फुटबल क्लबको जित भएको छ । खेल मा दुबै टिमले एक एक गोल गरेकाे थियो बराबरि भए पछि पेनाल्टि मा जनता भेट्रान्स फुटबल क्लबले जित हासिल गरेकाे हो । जसले गर्छ, उसको आयुसम्म सुस्वास्थ्य रहिरहन्छ साथै खेलले उमेर भन्दैन’ भन्ने नाराका साथ प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२ फुटबल प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेल मा सभापति को रुपमा क्लबको अध्यक्ष स्याम कट्वाल रहनु भएको थियो भने प्रमुख अतिथिको रुपमा बराहक्षेत्र नगरपालिका वडा -१० को वडा अध्यक्ष तेज बहादुर गुरुङ , बिशिष्ट अतिथ

    • प्रकाशित मितिः असोज २७, २०८२
    • ८५५ पटक पढिएको
  • खुल्यो अवरुद्ध फिदिम–फालौट सडक

    इटहरी । फिदिम–याङनाम–फालौट सडक सञ्चालनमा आएको छ । यो सडक फिदिम नगरपालिका –१ र ११ को सिमावर्ती फेमे खोलामा आएको बाढीले क्षति गरेपछि एक सातादेखि अवरुद्ध थियो । अबरुद्व सडक पूर्वाधार विकास कार्यालय पाँचथरले स्काभेटर र प्राविधिक परिचालन गरेर खुलाएको छ । बाढीले कल्भर्ट र डाइभर्सन बगाएको क्षेत्रमा २२ वटा ह्युमपाइप राखेर पानी कटाउन पाँचसय मिटर सडक क्षेत्रमा नयाँ ट्रयाक खोलेसँगै सडक सञ्चालनमा ल्याइएको पूर्वाधार विकास कार्यालयका प्रमुख सैलेन्द्र सिंहले जानकारी दिनुभयो । यो खोलाको पक्की पुल २०८१ असोज १२ को बाढीले बगाएको थियो । त्यसपछि पटक–पटक अवरुद्ध हुँदैआएको फेम खोलाखण्डमा बनाइएको कल्भर्ट र डाइभर्सन प

    • प्रकाशित मितिः असोज २७, २०८२
    • ४०४ पटक पढिएको
  • विपद्पछिको पुनर्निर्माणका लागि कोशी प्रदेश सरकारले २५ प्रतिशत बजेट कटौती गर्ने

    इटहरी । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको सोमवार बसेको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् प्रवक्ता रेवतीरमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याउने गरी रोक्का गर्न निर्णय गरिएको जानकारी दिए। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बेला भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त कार्यालयको पुननिर्माण र केही दिनअघि आएको बाढी पहिरोले भएको क्षतिको पुनर्निर्माणका लागि खर्च गर्नका लागि ती बजेट कटौती गर्ने निर्णय गरिएको मन्त्री भण्डारीले जानकारी दिए। प्रदेश सरका

    • प्रकाशित मितिः असोज २७, २०८२
    • ४०१ पटक पढिएको
  • इटहरीमा पूर्वी पृतनाद्वारा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ सुरु

    इटहरी । पूर्वी पृतनाको जिम्मेवारी क्षेत्रअन्तर्गतका जिल्लामा रहेका विभिन्न सञ्चार माध्यमका पत्रकारहरूलाई लक्षित गर्दै “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ सोमबारदेखि पूर्वी पृतना मुख्यालय, इटहरीमा सुरु भएको छ। कार्यक्रममा पूर्वी पृतनाको क्षेत्रमा कार्यरत २३ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको छ। कार्यक्रमको उद्घाटन गर्दै पूर्वी पृतनाका पृतनापति उपरथी गौरवकुमार केसीले सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो। उहाँले नेपाली सेनाको गतिविधि, जिम्मेवारी र राष्ट्रिय सुरक्षामा सेनाको भूमिकाबारे सञ्चारकर्मीहरूलाई सुसूचित हुनुपर्ने आवश्यकता औँल्याउनु

    • प्रकाशित मितिः असोज २७, २०८२
    • ३८२ पटक पढिएको
  • उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित मदनभण्डारी राजमार्गमा गुडिरहेको कारमा आगलागी

    इटहरी । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित मदनभण्डारी राजमार्गमा गुडिरहेको कारमा आगलागी भएको छ । इलामबाट काठमाडौतर्फ जाँदै गरेको बा। ९ च। ८६६८ नम्बरको फोर्ड कम्पनीको भिभो कारमा आगलागी हुँदा कार पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार इलामको चुलाचुली गाउँपालिका–५ का कार चालक ४२ वर्षिय प्रेम सेन्चुरी उहाँकी श्रीमती वर्ष २७ की अनिता सेन्चुरी, छोरा वर्ष १४ का आयुष सेन्चुरी सकुशल रहेका छन् । निजका सानो छोरा वर्ष ७ का आरोन सेन्चुरी सामान्य घाइते भएकाले उदयपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको स

    • प्रकाशित मितिः असोज २७, २०८२
    • ४२७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]