समाज

    Showing ४,९६१-४,९७० of ९,४०५ items.
  • पाँचथरमा भरुवा बन्दुक पड्किएर एक युवकको मृत्यु

    इटहरी । पाँचथरमा भरुवा बन्दुक बोकेर साथीसँग जंगल गएका एक युवकको मृत्यु भएको छ । फिदिम नगरपालिका ९ निवासी २० वर्षीय सुन्दर सारु मगरको मृत्यु भएको हो । स्थानीय मनबहादुर सम्बाहाम्फेसँग भरुवा बन्दुक लिएर फाल्गुनन्द १ को जंगलमा गएका सारुलाई बन्दुक पड्केर पेटमा लाग्दा मृत्यु भएको हो । बन्दुक सारुले नै बोकेका थिए । उनीसँगै बन्दुक लिएर जंगल गएका ३३ वर्षीय सम्बाहाम्फेलाई बुधबार भरुवा बन्दुकसहित पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १, २०८२
    • २३५ पटक पढिएको
  • धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–९ आहालेमा भीषण आगलागी

    इटहरी । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–९ आहालेमा गए राती भीषण आगलागी भएको छ । आगलागी वाट स्थानीय टेक बहादुर थापाको दुई वटा घर, एक वटा गोठ, बाख्राको खोर र भान्सा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीमा परेर दुई गाई र नौ वटा बाख्राको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । आगोले घरभित्र रहेका सबै सामग्री पूर्ण रूपमा नष्ट गरेको र क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीको भनाइ छ । बुधवार राति करिब ११ः३० बजे सुरु भएको आगो करिब ४ घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो । सबै तिर आगो सल्किएपछि मात्र थाहा पाएकाले आगो नियन्त्रण गर्न नसकेको महालक्ष्मी नगरपालिका वडा नम्बर नौ का व

    • प्रकाशित मितिः जेठ १, २०८२
    • २१३ पटक पढिएको
  • झापाको हल्दीबारीमा हुरीले घर भत्कँदा एक जनाको मृत्यु

    इटहरी। हुरीका कारण घर भत्किँदा झापाको हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो । यो घटना गए रातिको हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो । 

    • प्रकाशित मितिः जेठ १, २०८२
    • २६८ पटक पढिएको
  • नेपाल तरुण दल सुनसरीको प्रतिनिधि सभा क्षेत्र नं. १ तथा प्रदेश सभा १(१) र १(२) को अधिवेशन एवं पदस्थापन कार्यक्रम सम्पन्न

    सुनसरी | नेपाल तरुण दल सुनसरीअन्तर्गत प्रतिनिधि सभा क्षेत्र नं. १ तथा प्रदेश सभा क्षेत्र नं. १(१) र १(२) को पाँचौँ क्षेत्रीय अधिवेशन एवं पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई सुदृढ र प्रभावकारी बनाउनको लागि नयाँ रणनीतिहरू तय गर्ने प्रतिबद्धता जनाएको छ।कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले युवाको भूमिकाबारे प्रकाश पार्दै नेपालको राजनीतिक परिवर्तनमा युवाहरूको सक्रिय सहभागिता अनिवार्य रहेको बताए। उनले नेपाल तरुण दलजस्ता संगठनहरूलाई युवा नेतृत्वको आधारशिला भनी उल्लेख गर्दै दलभित्र जिम्मेवारी सम्हाल्ने य

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • ३३४ पटक पढिएको
  • कोशी प्रदेश बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान

    विराटनगर। नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा वैशाख ३१ गते प्राधिकरणको कोशी प्रदेश कार्यालयले रक्तदान कार्यक्रम  गरेको छ । गिभ ब्लड, सेभ ब्लड भन्ने नारा सहित वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख बिनोद कुमार पोखरेलको अध्यक्षता तथा  रेडक्रस मोरङका सभापति सुकदेब मण्डलको प्रमुख अतिथ्यतामा  भएको कार्यक्रममा ८१ पाउन्ड रगत संकलन भएको प्रमुख पोखरेलले बताउनुभयाे ।  रक्तदातालाई प्रमाणपत्र प्रदान गर्दै यस्तो पुण्य काममा सहभागी भएकोमा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्याल

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • ४४३ पटक पढिएको
  • इलामको फिक्कल–नयाँ बजार सडक खण्डमा पर्ने मयुँ खोलाको पुल मर्मत गरिँदै

    इटहरी । इलामको फिक्कल–नयाँ बजार सडक खण्डमा पर्ने मयुँ खोलाको पुल भाँचिएपछि स्थानीय पालिकाको पहलमा मर्मतको काम सुरु गरिएको छ । केहि दिनअघि पुल भाँचिएपछि माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको पहलमा मर्मतको काम सुरु गरिएको हो । पुल भाँचिएर यातायत सञ्चालनमा अवरोध भएपछि तत्काल यातायत सञ्चालन गर्नेगरी पुल मर्मत गर्नका लागि दुबै पालिकाले पाँच, पाँच लाख रुपियाँ छुट्याएका थिए । जनप्रतिनिधि र प्राविधिकले भाँचिएको पुलको अनुगमन गरी तत्काल मर्मत गर्ने निर्णय गरेको माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनुभयो । उहाँले भन्नु भयो, ‘नागरिकलाई समस्या आउन नदिनका लागि दुबै पालिकाको समन्वयमा

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • ३४८ पटक पढिएको
  • इटहरीमा घर निर्माणसम्बन्धि एक दिने निःशुल्क परामर्श सेवा

    इटहरी । स्किल सेवाले इटहरीमा घर निर्माणसम्बन्धी एक दिने निःशुल्क प्राविधिक परामर्श सेवा कार्यक्रम गर्ने भएको छ । जेष्ठ ३ गते शनिबार इटहरीस्थित रोयल रिसोर्ट होटलमा उक्त कार्यक्रम गर्न लागेको हो । उक्त कार्यक्रममा समस्यारहित, दिगो र सुरक्षित घर कसरी निर्माण गर्ने भन्ने विषयमा विशेष परामर्श दिइने कम्पनीले जनाएको छ । कार्यक्रममा स्किल सेवाको प्रमुख कार्यालयबाट संस्थापक तथा विज्ञहरुको समूहले परामर्श दिने जनाइएको छ । इटहरीमा बनेका प्रायः नयाँ घरहरूमा सिपेज, लिकेज र क्र्याकजस्ता समस्या बढी देखिएकाले कार्यक्रम आयोजना गरेको इटहरी शाखा प्रमुख सुगन्ध मिश्रले जानकारी दिए ।मिश्रका अनुसार, जीवनभरको मेहनतको

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • ३०१ पटक पढिएको
  • भोजपुरमा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम सुरु

    इटहरी । भोजपुरको पौवादुङमा गाउँपालिकामा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम सुरु भएको छ ।कोशी प्रदेश सरकार, पौवादुङमा गाउँपालिका र दायित्व नामक संस्थाको लागत साझेदारीमा कार्यक्रम सुरु भएको हो ।दायित्व संस्थाका कोशी प्रदेश संयोजक भविन विश्वकर्माका अनुसार गाउँपालिकाभित्रका ४० जना उद्यमीलाई छनोट गरिएको छ । छनोटमा परेकालाई उद्यमशीलतासम्बन्धी तीनदिने प्रशिक्षण पनि प्रदान गरिएको छ । छनोटमा परेका १० जना व्यवसायीलाई नवप्रवर्द्धन गर्न एक–एक लाख सहयोग गरिने संयोजक विश्वकर्माले जानकारी दिए ।गाउँपालिकाका व्यवसायीहरूमा उद्यमशीलताको विकासका लागि प्रस्तसत कार्यक्रमबाट मद्दत पुग्ने

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • ३५९ पटक पढिएको
  • मोरङको रतुवामाई नगरपालिकामा करेन्ट लागेर दुई महिलाको मृत्यु

    इटहरी । विवाहमा गीत गाएर मस्त मनोरञ्जन गरिरहनु भएका दुई जना महिलाको मङ्गलबार राति ८ बजे करेन्ट लागेर मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका ३ को मिर्चाडाँगीका मङ्गललाल सिंहको छोरा नीरजकुमार सिंहको विवाहमा  गीत गाएर नाचिरहनु भएका सोही स्थानका सतारुलाल गनगाईकी श्रीमती ७३ वर्षीय सूर्य देवी गनगाई र जतरुलाल गनगाईकी श्रीमती ७० वर्षीया रामुदेवी गनगाईको करेन्ट लागेर मृत्यु भएको हो । रतुवामाई –३ का वडाध्यक्ष देवीलाल ताजपुरियाका अनुसार हरियो बाँसमा बाँधेर टेण्ड टाँगिएको थियो । राति हावा हुरी आएर हरियो बाँस ११ हजार केभीको हाई टेन्सनमा बाँस ढलेपछि सूर्यदेवी र रामुदेवीलाई करेन्ट लागेको थियो । सोही

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • २५४ पटक पढिएको
  • इटहरीमा सफाइ अभियान तीव्र: फोहोर छर्नेहरूलाई कडा चेतावनी

    इटहरी – वेस्ट एन्ड इन्भारो म्यानेजमेन्ट प्रा.लि. द्वारा इटहरी क्षेत्रमा सञ्चालन भइरहेको सफाइ अभियानलाई अझ प्रभावकारी बनाउँदै स्थानीय प्रशासन र समुदायको सहयोगमा सशक्त रुपमा अगाडि बढाइएको छ। यद्यपि, अभियानका बीचमा कतिपय व्यक्तिहरूको गैरजिम्मेवार रवैयाले समस्या थपिएको जनाइएको छ।सडक, गल्ली, तथा सार्वजनिक स्थलहरूमा फोहोर जथाभाबी छर्ने प्रवृत्तिका कारण सफाइ अभियानमा अवरोध पुगेको र वातावरणमा नकारात्मक असर परेको बताइएको छ । यसरी फोहोर व्यवस्थापनमा लापरबाही गर्नु न त समाजप्रति उत्तरदायी व्यवहार हो, न नै स्वच्छ शहर निर्माणमा सहयोगी।वेष्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रालिका अध्यक्ष देशभन्दु कार्कीका अनुसा

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • ४४१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]