इटहरी । विद्यालयलाई सामान्यतया विद्यार्थीले शैक्षिक ज्ञान र सीप हासिल गर्ने थलोका रूपमा लिइन्छ। कतिपय विद्यालयमा आवश्यक स्रोतसाधनको अभावका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न चुनौती हुने गरेको छ। तर, सङ्खुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न–अम्बिका माध्यमिक विद्यालयले भने शैक्षिक ज्ञानसँगै पुरातात्विक सामग्रीको संरक्षण गर्दै विद्यालयमै संग्रहालय स्थापना गरेको छ।सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा रहेको उक्त विद्यालय विश्वकै होचो अरुण उपत्यकामा अवस्थित छ। समुद्री सतहबाट ४५७ मिटर उचाइमा रहेको तुम्लिङटारमा वि।सं। २०१६ सालमा स्थापना भएको यस विद्यालयले २०७३ सालदेखि माध्यमिक तहमा प्राविधि
इटहरी । एक समय धानखेतीका लागि परिचित झापाका धेरै किसान अहिले माछापालनतर्फ आकर्षित भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा फैलिएका पोखरीहरूले स्थानीय उत्पादन बढाएको छ भने माछा खाने संस्कृतिसमेत विस्तार हुँदै गएको छ । तर उत्पादन बढाउने सपना बोकेका व्यावसायिक माछा किसान अहिले भने व्यवसाय जोगाउने संघर्षमा छन् । बढ्दो उत्पादन लागत, महँगो विद्युत् महसुल, दाना तथा औषधीको मूल्यवृद्धि, बजार व्यवस्थापनको कमजोरी र भारतीय माछासँगको असमान प्रतिस्पर्धाले माछापालन व्यवसाय सङ्कटतर्फ धकेलिएको उनीहरूको गुनासो छ । नेपाल मत्स्य विकास संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी शिवाकोटीका अनुसार माछापालन कृषि उद्यम
इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समूहबिच भएको झडप नियन्त्रणका क्रममा गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको आदेशअनुसार सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम तोकिएका क्षेत्रमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्नाजस्ता गतिविधि गर्न निषेध गरिएको छ। प्रशासनले न
इटहरी । झापाको धुलाबारी माध्यमिक विद्यालयको सभाहलमा दुईदिने ‘आईभीटी रोटा मोक पार्लियामेन्ट २०२६’ नमुना संसद सफलतापूर्वक सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ इटाभट्टा म्युनिसिपलको आयोजनामा सम्पन्न उक्त कार्यक्रम युवाहरूमा संसदीय अभ्यास, नेतृत्व विकास तथा उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले गर्नुभएको थियो। उहाँले युवाहरूलाई संविधान, लोकतन्त्र र संसदीय प्रणालीप्रति जागरूक बनाउँदै नेतृत्व क्षमता निखार्न यस्ता व्यावहारिक अभ्यासहरू प्रभावकारी हुने बताउनुभयो। विशेष मन्तव्यका क्रममा झापा जिल्ल
इटहरी । जीवन विज्ञान प्रयोगशाला सुन्दरहरैँचा–४ को दोस्रो वार्षिक साधारण सभा नेवा सामुदायिक भवनमा सम्पन्न भएको छ । साधारण सभाले संस्थाका वार्षिक गतिविधिको समीक्षा गर्दै आगामी कार्यक्रमबारे गहन छलफल गरेको छ। संस्थाकी अध्यक्ष बिमला श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कोषाध्यक्ष गोमामाया ढकालले आय–व्यय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा भूमि चौधरीले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन विज्ञानले समाजमा सकारात्मक सोच, अनुशासन र स्वस्थ जीवनशैलीको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो। प्रमुख अतिथि निवर्तमान वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले मानसिक त
इटहरी । पाँचथरको फालेलुङ गाउँपालिका–५ लुङमादिनमा शनिबार बिहान गएको पहिरोका कारण चार परिवार विस्थापित भएका छन्। यहाँका ३५ परिवार पहिरोको उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।बस्तीको पुछारमा रहेको हेवा खोला नजिकैबाट बगेको पहिरोले घर तान्न थालेपछि स्थानीय विक्रम साँवा, चन्द्रप्रसाद साँवा, विष्णु साँवा र गणेशप्रसाद लिम्बूको परिवार पूर्ण रूपमा विस्थापित भएको हो। बस्तीको पुछारबाट निरन्तर पहिरो झरिरहेकाले फालेलुङ–५ लुङमादिनका ४२ मध्ये ३५ घरपरिवार उच्च जोखिममा रहेको स्थानीय वडाध्यक्ष भरतकुमार खपाङ्गी मगरले बताउनुभयो।पहिरोका कारण नरेन्द्र केरुङ, लाखबहादुर केरुङ, सुकराज केरुङ, लक्
इटहरी । आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग सम्बन्ध रहेको आशंकामा पक्राउ परेका विराटनगरका मुकेश कार्की प्रारम्भिक सोधपुछपछि परिवारको जिम्मामा रिहा भएका छन्। प्रहरीले थप अनुसन्धानका लागि आवश्यक पर्दा उपस्थित हुने सर्तमा उनलाई छाडेको जनाएको छ।मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार कार्कीमाथिको अनुसन्धान भने रोकिएको छैन। आवश्यक परे पुनः बोलाएर सोधपुछ गरिने उनले बताए। विराटनगर महानगरपालिका–७ का ४६ वर्षीय कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाको संयुक्त टोलीले शनिबार बिहान घरबाटै नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा लगेर सोधपुछ गरिएको
इटहरी । करिब डेढ महिनादेखि खेलकुद गतिविधिका लागि बन्द रहेको धनकुटाको तल्लो टुँडिखेल पुनः सञ्चालनको तयारी सुरु गरिएको छ। जिल्ला खेलकुद विकास समितिले शनिबारदेखि मैदानको सरसफाइ तथा व्यवस्थापन अभियान थालेसँगै खेलाडी र खेलप्रेमीका लागि मैदान खुलाउने प्रक्रिया अघि बढाएको हो।जिल्लाको प्रमुख खेलमैदानका रूपमा रहेको टुँडिखेलमा सशस्त्र प्रहरी, नेपाली सेना, पूर्वखेलाडी, वर्तमान खेलाडी तथा स्थानीयवासीको सहभागितामा सरसफाइ अभियान सञ्चालन भइरहेको छ। मैदानमा बढेको घाँस–झार हटाउने, सतह सफा गर्ने र खेल सञ्चालनका लागि उपयुक्त बनाउने काम भइरहेको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज चाम्लिङ राईले केही
इटहरी । मोरङको पथरीशनिश्चरेस्थित एक विद्यालयका विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पथरीशनिश्चरे नगरपालिका–५ स्कुलचोकस्थित श्री अमरसिंह माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएको उजुरीपछि सोही विद्यालयका शिक्षक ३८ वर्षीय प्रकाश अधिकारीलाई पक्राउ गरिएको हो।झापाको गौरादह नगरपालिका–४ निवासी अधिकारीलाई आइतबार ९साउन ९० इलाका प्रहरी कार्यालय पथरीको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटना साउन ६ गते बिहान करिब १०ः१५ बजे भएको थियो। उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पथरी र अस्थायी प्
इटहरी । सामान्य फोन विवादले उग्र रूप लिँदा झापाको झापा गाउँपालिकामा खुकुरी र छुरीसहित आक्रमणको प्रयास गरेको आरोपमा चार युवक पक्राउ परेका छन्। शनिबार राति करिब ११ बजे झापा गाउँपालिका–५ पुरानो शरणामति निवासी २६ वर्षीय सुरेश हेमरमको घरमा पुगेर आक्रमणको प्रयास गरेको आरोपमा झापा गाउँपालिका–६ शरणामति चन्द्रबस्तीका २० वर्षीय आकाश मुर्मु, १७ वर्षीय किरण कर्मकार, १९ वर्षीय लोकबहादुर विक र १८ वर्षीय रोहन कर्मकारलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीहरू धारिलो हतियार बोकेर हेमरमको घर घेराउ गर्दै ‘काटिदिन्छु, मारिदिन्छु’ भन्दै धम्की दिइरहेका बेला स्थानीयले प्रहरीलाई
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.