इटहरी । लक्ष्मी डान्स स्टुडियोको आयोजनामा तीज डान्सिङ स्टार सिजन–४ तथा किड्स डान्सिङ स्टार सिजन–२ को प्रतियोगिता सम्पन्न भएको छ ।नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा गरिएको उक्त प्रतियोगितामा ३० जना महिला तथा बालबालिकाले सहभागिता जनाएका थिए ।तीज डान्सिङ स्टार सिजन–४ मा विजेता स्वागत डान्स एकेडेमी (केर्खा), साइनिङ्ग स्टार एकेडेमी इटहरी दोस्रो , ह्याङ्गला डान्स स्टुडियो आपगाछी तेस्रो र द डान्स गार्डेन धरान चौथो बनेका छन् । त्यस्तै ,किड्स डान्सिङ स्टार सिजन–२ मा विजेता गुञ्जन लिम्बु , सिमरन मगर दोस्रो , कृतिका खड्का तेस्रो र सुहारिका कार्की चौथो बनेका छन् । विजेताहरूलाई प्रमाणपत्र र
इटहरी । नेपाल विद्यार्थी संघ, छात्रा विभाग जनता बहुमुखी क्याम्पसको आयोजनामा नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रम नेपाल विद्यार्थी संघ, छात्रा विभागकी अध्यक्ष सुप्रिया पुरीको अध्यक्षता तथा नेपाल महिला संघ की केन्द्रीय सदस्य गिता श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा तीजका गीतमा आधारित सांस्कृतिक नृत्य र गायन प्रस्तुत गरिएको थियो।अध्यक्ष पुरीले परम्परागत रीतिरिवाजलाई जोगाउँदै महिलाहरूको तीज पर्वलाई संरक्षण गर्न संघले क्याम्पसमा निरन्तर सामाजिक कार्य गर्दै आएको बताइन्। प्रमुख अतिथि श्रेष्ठले तीज केवल मनोरञ्ज
मोरङ / जिल्ला प्रशासन कार्यालय मोरङले बेलबारी नगरपालिकाको समन्वयमा सेवा प्रवाहसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले दिने सेवा प्रवाहका विभिन्न विषयमा सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रममा उपस्थितले गरेका सवाल जवाफमा सिडिओ, सहायक सिडिओ जिल्ला प्रहरी कार्यालय प्रमुख लगायतले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा स्थानीय पार्टी प्रतिनिधि स्थानीय जनता कर्मचारी जनप्रतिनिधि हरूले जिल्ला प्रशासन कार्यालय बाट लिने सेवाहरू मध्ये नागरिकता मा भएका विभिन्न समस्याहरू समाधानका उपायहरूको बारेमा प्रश्न उत
बराहक्षेत्र | नेपाल सरकार संङघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष २०८०/०८२ सालको स्थानित तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिसा) मा सुनसरी जिल्लाको कान्छो नगरपालिकाको रूपमा रहेको वराहक्षेत्र नगरपालिकाले लगातात ३ बर्ष जिल्लामा उत्कृष्ट नम्बर प्राप्त गर्दै प्रथम बनेको छ । वराहक्षेत्र नगरपालिकाले जिल्लामा रहेका उपमहानगरपालिका, नगरपालिकाहरू र गाउँपालिकाहरू भन्दा उत्कृष्ट अङ्क प्राप्त गरेको छ । वराहक्षेत्रले सय पूर्णाङ्कमा ८५.७५ अङ्क प्राप्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले बताए । सुनसरीमा प्रथम बनेको वराहक्षेत्र नगरपालिका कोशी प्रदेश १ सय ३६ वट
इटहरी । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयकलाई पत्रकार मैत्री बनाउन आफुले प्रयास गर्ने प्रतिवद्धता जनाउनुभएको छ । शनिबार बिराटनगरमा कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार समर्पण कार्यक्रममा सभामुख बिष्टले विधेयक बारे उठेको चासो र जिज्ञासालाई मुख्यमन्त्री र सम्बन्धित मन्त्री सम्म पु¥याउने जिकिर गर्नुभयो । उहाले अग्रजहरुलाई सम्मान र उनीहरुको विचार र सिद्धान्तलाई आत्मसात गर्न सके जीवन सुखमय हुने धारणा पनि राख्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८२ वरिष्ठ पत्र
इटहरी । कुशे औँसी तथा तीजको अवसर पारेर आत्मा जागृति नेपाल, इटहरीले निःशुल्क भोजन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले विशेषगरी इटहरी क्षेत्रमा क्रियाशील रिक्सा चालक, श्रमिक मजदुर तथा सर्वसाधारणलाई लक्षित गरी निःशुल्क खाना खुवाएको हो । आत्मा जागृति नेपालका कार्यक्रम संयोजक शिवराज नेपालका अनुसार चाडपर्वमा समेत न्यून आम्दानी हुने वर्गका श्रमिक, मजदुर र दैनिक ज्यालादारीले राम्ररी खान–पान गर्न पाउँदैनन् भन्ने सोचका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो । उहाँले समाजमा आर्थिक रूपमा पछाडि परेका वर्गलाई चाडपर्वमा आत्मीयता दिलाउने उद्देश्यले यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता संस्थाका मेख
इटहरी । सुनसरीको दुहवीमा श्री गणेश चतुर्थीको अवसरमा आठौँ श्री गणेश पूजा महोत्सव हुने भएको छ । दुहवी नगरपालिका वडा नं। ५ स्थित श्री शिब मन्दिर छेउमा श्री गणेश पुजा समिति दुहवीको आयोजनामा भदौ ११ गते देखि १३ गते सम्म श्री गणेश पूजा महोत्सव हुँने शनिवार पत्रकार सम्मेलन मार्फत श्री गणेश पूजा समितिका सदस्य रितेश हलुवाईले जानकारी दिनुभएको छ । उक्त गणेश पूजा महोत्सवमा अनुमानित पन्ध्र लाख खर्च हुने आयोजकले जनाएको छ । दुहबी नगरपालिका वडा नं। ५ मा सात वर्ष देखि मनाउदै आएको श्री गणेश पूजा महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी नै तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताइएको हो । गणेश
इटहरी । ईटहरी उपमहानगरपालिका–९ स्थित ईटहरी आवास टोल विकास संस्थाको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । करिब ७ सय जना पुरुष तथा महिलाको सहभागितामा सम्पन्न कार्यक्रमको अध्यक्षता दीनेश कार्कीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष जितेन्द्र थापा रहनु भएको थियो भने अन्य जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा ३२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिनुका साथै उनीहरूको मनोरञ्जनका लागि विभिन्न खेलकुद कार्यक्रम गराइएको थियो । खेलतर्फ ७७ वर्षका तेजकुमार पन्धक लिम्बू प्रथम, ८२ वर्षीया छत्रमाया आचार्य द्वितीय र ७१ वर्षीया पद्मादेवी निरौला तृतीय हुनुभएको थियो । त्यस्त
इटहरी । नेपालका फिल्म हलहरुमा हाल प्रदर्शनरत नेपाली फिल्म ‘जनै हराएको मान्छे’ले भावनात्मक कथावाचन मार्फत दर्शकको मन छुने प्रयास गरेको छ । कोरिया जाने सपना बोकेर शहर पसेको एक सोझो युवाको जीवनमा आएको पीडा र परिस्थितिले ल्याएको अनेक दुःख र सुखका मोडलाई यसमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ । फिल्मको सुरुवातदेखि नै कलाकारको जीवन्त अभिनय, संवाद र दृश्यहरूले दर्शकलाई भावनामा डुबाउन सफल देखिन्छ । विशेषगरी ’जनै संस्कार’को बन्धनमा बाँधिएको अवस्थाको पीडा र त्यसबीच अनायास भेटिएका साथीहरू बाट पाएको अकल्पनीय काम र दवाव मात्रै हैन यथार्थ बुझेपछि ती साथीहरूबाट पाएको न्यानो साथ र सहयोगलाई निर्देशकले निकै
इटहरी । लायन्स एण्ड लियो क्लब अफ बिराटनगर यङ्ग हर्टले स्व. पुष्प थारुको सम्झनामा अन्तर–कलेज वक्तृत्व प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी भदौ १३ गते शुक्रबार बिहान मोरङ मर्चेन्ट्स एशोसिएसनको सभाहलमा हुने कार्यक्रममा १६ वटा विद्यालय तथा कलेज सहभागी हुनेछन् । बिहीबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताबारे जानकारी दिँदै लियो क्लब अफ बिराटनगर यङ्ग हर्टका अध्यक्ष कुशल कोइरालाले समाजसेवी स्व. थारुको योगदान, नेतृत्व र समर्पणलाई स्मरण गर्दै युवाहरुलाई आत्मविश्वासी र अभिव्यक्तिशील बनाउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगिताको सञ्चालन अभिष निरौला र आयुषा बान्तवा राईले गर्नुहुने छ भने निर्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.