इटहरी । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयातित सामान बोकेको कार्गो रेल पहिलोपटक भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगर आइपुगेको छ। गत शुक्रबार कोलकाताबाट छुटेको औद्योगिक कच्चा पदार्थ बोकेको रेल सोमबार दिउँसो विराटनगरस्थित भन्सार यार्डमा आइपुगेको हो।पहिलो चरणमा आएको कार्गो रेलले मोरङ–सुनसरी औद्योगिक करिडोरमा रहेको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको औद्योगिक कच्चा पदार्थ ल्याएको छ। यसअघि यस्ता सामान सडक मार्ग वा भारतको बथनाहासम्म मात्र रेलमार्फत ल्याइने गरिएको थियो। अब भने कोलकाताबाट सिधै नेपालको भन्सार बिन्दुसम्म रेलमार्फत सामान आइपुग्न थालेपछि पूर्व
इटहरी । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार करोड १९ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८२–८३ को साउनदेखि असार मसान्तसम्ममा कुल चार लाख १९ हजार ६० हजार ८२५ रुपियाँ राजस्व सङ्कलन गरेको हो।अघिल्लो आर्थिक वर्ष २०८१–८२ को तुलनामा गत आर्थिक वर्ष २०८२–८३ मा ४७ लाख २१ हजार ३८८ रुपियाँ बढी राजश्व सङ्कलन गर्न सफल भएको कार्यालयका सूचना अधिकारी निर्मल शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षमा तीन करोड ७२ लाख ३९ हजार ४३४ रुपियाँ राजश्व सङ्कलन भएको कार्यालयको तथ्याङ्क छ। कार्यालयका अनुसार पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा राजश्व सङ्कलनको दर बढ्दो क्रममा र
इटहरी। सुनसरीको वराहक्षेत्रका स्थानीय बालबालिकालाई चरा अवलोकन गराउँदै प्रकृति तथा जैविक विविधता संरक्षणप्रति सचेत बनाउन अभियान सञ्चालन गरिदैँ आएको छ ।१२ वर्षदेखि प्रत्येक शनिबार कोशी बर्ड अब्जर्भेटरीले स्थानीय बालबालिकालाई कोशीटप्पु वन्यजन्तु आरक्ष आसपासका सिमसार, घाँसेमैदान र वन क्षेत्रमा लगेर चराको पहिचान, वासस्थान, आनीबानी र संरक्षणबारे व्यवहारिक ज्ञान दिदैँ आएको हो । हिमालयन नेचर संस्थाअन्तर्गत सञ्चालित कोशी बर्ड अब्जर्भेटरी ९सिमसार तथा घाँसेमैदान अध्ययन केन्द्र० मा वराहक्षेत्र नगरपालिका क्षेत्रका बालबालिका हरेक शनिबार सहभागी हुने गरेको स्थानीय नेचर गाइड तथा कोशी बर्ड अब्जर्भेटरीका कर्मचार
इटहरी । विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापारमा प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पहिलो स्थान रहेको छ । आर्थिक वर्ष २०८२र८३ को असार मसान्तसम्मको तथ्याङ्क अनुसार यस नाकाबाट ४९ अर्ब ९८ करोड ८४ लाख रुपियाँ बराबरको २२ करोड ५४ लाख ६५ हजार ४७० केजी प्रशोधित भटमासको तेल निर्यात भएको छ । भन्सार कार्यालयको वार्षिक प्रगति प्रतिवेदन अनुसार निर्याततर्फ भटमासको तेलपछि सिन्थेटिक यार्न र जुटजन्य सामग्रीको हिस्सा मुख्य रहेको छ । दोस्रो सूचीमा रहेको सिन्थेटिक यार्न ८ अर्ब २३ करोड रुपियाँको निर्यात भएको छ भने ७ अर्ब २६ करोड रुपियाँ बराबरको जुटको बुनिएका तयारी बस्तुहर
इटहरी । नेपाल आदिवासी जनजाति युवा महासंघ इटहरी उपमहानगर कार्यसमितिको नवौं उपमहानगर अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रूपमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै विसन राईको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो। नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा विसन राई, उपाध्यक्षमा राजकुमार तामाङ, महिला उपाध्यक्षमा दाछिकी शेर्पा, सचिवमा देवी राई, सहसचिवमा जीवन केरुङ तथा कोषाध्यक्षमा निकेश माझी निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरूमा बबिता थामी, ज्योति गुरुङ भुजेल, विपना साम्यु लिम्बू, नेत्रप्रसाद गुरुङ, गुडिया मण्डल, राजेश श्रेष्ठ, निमा तामाङ, पेम्बा दोर्ची शेर्पा, ज्योती जिमी, सुनिकन सुनुव
इटहरी । विभिन्न आपराधिक आरोपमा पक्राउ परेका बिर्तामोड–४ का गंगा गिरीले प्रयोग गर्दै आएको भारतीय नम्बर प्लेटको जीप मेची भन्सार कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मारुती सुजुकी कम्पनीको डब्लुबी ७४ बीआर ७२१४ नम्बरको कालो जिम्नी जीप आवश्यक कागजात र कानुनी प्रक्रिया पूरा नभएको पाइएपछि अवैध ठहर गर्दै भन्सार कार्यालयमा बुझाइएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उक्त सवारी गिरीको नाममा नभई एक भारतीय नागरिकको नाममा दर्ता रहेको खुलेको छ। त्रिशुल सेक्युरिटी कम्पनी सञ्चालन गर्दै आएका ४४ वर्षीय गिरीलाई प्रहरीले असार २५ गते बिर्तामोड–३ स्थित बिर्ताबजारबाट
इटहरी। नम्बर नखुलेको सावरीसाधनले ठक्कर दिँदा मोरङको कानेपोखरीमा आइतबार राति एक जना पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा राति ११ः५० बजेतिर दुर्घटना भएको हो । पहिचान नखुलेको सवारीसाधनले ठक्कर दिँदा पैदलयात्री पथरीशनिश्चरे नगरपालिका–१० त्रिवेणी चोकका ६० वर्षीय गोविन्द लिम्बूको मृत्यु भएको जानकारी मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले दिए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएका हुन् । प्रहरीले ठक्कर दिने सवारी
इटहरी। मोरङको सुन्दरहरैँचा नगरपालिका–स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अश्लील म्यासेज पठाएको आरोप लागेका शिक्षक पक्राउ परेका छन् भने घटनासँग जोडिएका तीन जना शिक्षक तथा कर्मचारीलाई विद्यालयले निलम्बन गरेको छ।घटनापछि प्रहरी प्रशासनले अनुसन्धान तीव्र बनाएको छ भने विद्यालयले पनि प्रशासनिक कारबाही अघि बढाएको जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबारी र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले विद्यालयका लेखा अधिकृत तथा शिक्षक अबिरल मास्केलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीका अनुसार घटनासँग सम्बन्धित विद्यालयका बस चालक प्रदीप भट्टराईलाई पनि नियन्त्रणमा ल
इटहरी । आन्तरिक तथा विदेशी पर्यटकको रोजाइमा परेको पर्यटकीय स्थल अन्तु क्षेत्र पछिल्लो समय अशान्त बन्न थालेको छ । व्यवसायी र स्थानीय प्रहरीबिच उत्पन्न विवादले अन्तु पर्यटकीय क्षेत्रमा बेथितिको चाङ रहेको खुलेको हो । छोटो समयमा तीव्र रूपमा विकास भई पर्यटकीय क्षेत्रका रूपमा कहलिएको अन्तु हेर्दा जस्तो छ यस क्षेत्रको व्यथा, भोग्नेका लागि अलि फरक बन्ने गरेको छ । अन्तुमा होमस्टे, होटेल र कटेज खुल्ने क्रम अत्यधिक बढेसँगै यस क्षेत्रका धेरै कुरा नियन्त्रणबाहिर गएको पाइएको छ । लामो समयदेखि अन्तु क्षेत्रमा सञ्चालन भएका होमस्टे, होटेल र कटेजमा आउने पर्यटकले अनेकथरी समस्या भोग्नु परेको पाइएको छ । फुर्स
इटहरी । मेची राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्ग नहुँदा नगर्दा इलामसहित तीन जिल्लामा सवारीसाधन आवागमनमा समस्या हुँदै आएको छ । मेची राजमार्गको राजदुवाली सडकखण्ड दबिने क्रमसँगै पहिरो झरेर पूर्ण रूपमा अवरुद्ध भएपछि झापादेखि इलाम, पाँचथर र ताप्लेजुङ जाने र यी जिल्लाबाट झापा हुँदै अन्यत्र जाने सावारीसाधन सञ्चालनमा समस्या आएको हो । मेची राजमार्गको विकल्प भए पनि विकल्प खोज्ने काममा डिभिजन सडक कार्यालय इलामसहितका सरोकारवाला निकायले ध्यान नदिँदा समस्या थप जटिल बन्दै गएको छ । माईखोला ९राजदुवाली० सडकखण्ड मर्मत सम्भव नहुने भए पनि सडक कार्यालयले गत वर्षदेखि उक्त स्थान कोट्याउन छोडेको छैन । उक्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.