समाज

    Showing ६६१-६७० of १०,२९६ items.
  • विवरण नबुझाई दुई वर्षदेखि निष्क्रिय मोरङ र सुनसरीका ७ सहकारीको इजाजत खारेज, कोशेली, नवजागरण, निलकण्ठ, आरोग्य, जब्दी, आदर्श र तिनकुने सहकारीको दर्ता रद्द

    इटहरी। लगातार दुई वर्षसम्म विवरण नबुझाई निष्क्रिय रहेका कोशी प्रदेशका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले प्रदेश सहकारी ऐन, २०७६ को दफा ७३ को उपदफा ९३० बमोजिम ती सहकारी संस्थाको दर्ता खारेज गरेको प्रदेश सहकारी रजिष्ट्रार भूपेन्द्र खनालले जानकारी दिनुभयो ।कार्यालयका अनुसार सम्बन्धित सहकारी संस्थालाई अद्यावधिक हुन आग्रह गर्दै २०८२ भदौ २ गते ३५ दिने र २०८२ पुस २ गते २१ दिने सूचना जारी गरिएको थियो । त्यसपछि पनि आवश्यक प्रक्रिया पूरा नगरेपछि ती संस्थाको स्थलगत अनुगमन गरिएको थियो ।अनुगमनका क्रममा

    • प्रकाशित मितिः साउन १, २०८३
    • १०३ पटक पढिएको
  • कोशी प्रदेशमा एमाले–कांग्रेस सत्ता गठबन्धन धरापमा,असार मसान्तभित्रै नेतृत्व परिवर्तनको सहमति संकटमा

    इटहरी । कोशी प्रदेशमा पनि नेकपा एमाले र नेपाली कांग्रेस बीचको गठबन्धन टुट्ने अवस्थामा पुगेको छ । २०८१ साल असारमा भएको आलोपालो गर्ने सहमति अनुसार कोशी प्रदेशमा नेपाली कांग्रेस र एमाले बीच सत्ता गठबन्धन भएको थियो । सोही सहमति अनुसार असार मसान्त भित्रै नेतृत्व परिवर्तनको तयारी भईरहेको बेला केन्द्र र अन्य प्रदेशको विवादका कारण कोशी प्रदेशमा गठबन्धन टुट्न लागेको हो । नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय संयन्त्रले केन्द्रको निर्णय पर्खने निर्णय भएकाले तत्कालै कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरुले राजिनामा नदिने भएका छन् ।  कांग्रेस कोशी प्रदेशका सभापति एवम् संसदीय दलका नेता उद्धव

    • प्रकाशित मितिः असार ३२, २०८३
    • १५८ पटक पढिएको
  • हिमालय मनसुन स्काउट क्याम्प–२०८३ आयोजना हुँदै, ५० भन्दा बढी विद्यार्थी सहभागी हुने

    इटहरी । स्थानीय स्काउट कमिटीको आयोजना तथा हिमालय इङ्लिस स्कुलको सह–आयोजनामा आगामी साउन १ देखि ३ गतेसम्म ’हिमालय मनसुन स्काउट क्याम्प–२०८३’ सञ्चालन हुने भएको छ । सुन्दरहरैंचा–१०, विराटचोक स्थित हिमालय इङ्लिस स्कुलमा हुने तीनदिने क्याम्पबारे बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो। पत्रकार सम्मेलनमा बोल्दै सुन्दरहरैंचाका स्थानीय स्काउट प्रमुख आयुक्त मनिज लामा कार्कीले स्काउट अभियानले अनुशासन र इमान्दारिता सिकाउँदै असल नागरिक निर्माणमा सघाउने बताउनुभयो। त्यस्तै, हिमालय स्काउट ट्रुपका प्रमुख सुजन थापाले क्याम्पमा स्काउट ड्रिल, प्राथमिक उपचार र विपद् व्यवस्थापन जस्ता व्यवहारिक सीप सिकाइने

    • प्रकाशित मितिः असार ३२, २०८३
    • १४९ पटक पढिएको
  • विराटचोकमा टिभिएस एक्सचेन्ज मेनिया पुरानो सवारी साटेर नयाँ टिभिएस लैजाने सुनौलो अवसर

    इटहरी । मोरङको सुन्दरहरैँचा–१० विराटचोकस्थित त्रिवेणी रोडमा रहेको शारदा हार्डवेयर परिसरमा सञ्चालन भइरहेको टिभिएस एक्सचेन्ज मेनिया प्रति ग्राहकहरूको आकर्षण बढ्दै गएको छ। आगामी श्रावण ४ गतेसम्म सञ्चालन हुने यस विशेष एक्सचेन्ज अभियानमा ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभिएस मोटरसाइकल तथा स्कुटर आकर्षक सुविधा सहित खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। आयोजकका अनुसार मेला सुरु भएयता हालसम्म ३० भन्दा बढी सवारी साधन बिक्री भइसकेका छन्। नागरिकता र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मात्रका आधारमा छिटो फाइनान्स सुविधा उपलब्ध रहेको छ भने न्यूनतम मासिक किस्ता ईएमआई १२४ बाट

    • प्रकाशित मितिः असार ३२, २०८३
    • १५५ पटक पढिएको
  • कोशी प्रदेशमा २३ प्रतिशत धान रोपाइँ सम्पन्न, बजारमा भने रासायनिक मलको हाहाकार

    इटहरी । मौसम अनुकुल हुँदा कोशी प्रदेशमा एक साताको अवधिमा २३ प्रतिशत रोपाइँ भएको छ । मनसुन सक्रिय भई पर्याप्त पानी परेका कारण रोपाइँमा सुधार आएको हो । कृषि विकास निर्देशनालय, विराटनगरले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार कोशी प्रदेशमा एक साताको अवधिमा धान रोपाइँको क्षेत्रफलमा झण्डै २३ प्रतिशतले वृद्धि भएको पाइएको हो।  निर्देशनालयको तेस्रो साता प्रकाशित जानकारी अनुसार प्रदेशमा ३१।९४ प्रतिशत मात्र रोपाइँ भएको थियो । तर, वर्षामा सुधार आएसँगै असार अन्तिम सातासम्म ५४।८६ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । जवकि अघिल्लो वर्षको समान अवधिमा कोशी प्रदेशमा ४१ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

    • प्रकाशित मितिः असार ३२, २०८३
    • ५२ पटक पढिएको
  • कोशी प्रदेशमै पहिलो पटक ‘मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९’ प्रशिक्षण सत्र सञ्चालन

    इटहरी । थारु संवत् २६४९ को अवसरलाई विशेष बनाउँदै कोशी प्रदेशमै पहिलो पटक आयोजना गरिएको ‘मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९’ अन्तर्गतको प्रशिक्षण सत्र उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ।थारु समुदायको मौलिक कला, संस्कृति, भाषा, परम्परा तथा पहिचानलाई राष्ट्रिय स्तरसम्म प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो। साथै, थारु युवा–युवतीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा आत्मविश्वास वृद्धि गर्ने लक्ष्यसमेत राखिएको आयोजकले जनाएको छ। प्रशिक्षण सत्रमा सहभागीहरूलाई थारु समुदायको इतिहास, कला, संस्कृति, परम्परा, चाड पर्व थारु परिकार, मौलिक हस्तकला, कन्टेन्ट क्रिएसन, सार्वजनि

    • प्रकाशित मितिः असार ३२, २०८३
    • २९२ पटक पढिएको
  • झापाको बिर्तामोड नगरपालिकाले बुधबारे हटिया क्षेत्रमा व्यापारिक भवन बनाउने योजना स्थगित गर्दै ‘देवी ग्रिन पार्क’ निर्माण गर्ने

    इटहरी । बिर्तामोड नगरपालिकाले वडा नं। ५ स्थित बुधबारे हटिया क्षेत्रलाई हरियाली सार्वजनिक पार्कका रूपमा विकास गर्ने निर्णय गरेको छ। नगरसभाबाट पारित निर्णयअनुसार उक्त क्षेत्रमा ‘देवी ग्रिन पार्क’ निर्माण गरिने भएको हो। सार्वजनिक खुला स्थानको अभाव झेलिरहेको बिर्तामोडमा पार्क निर्माणको निर्णयलाई नगरको दीर्घकालीन शहरी योजनासँग जोडेर हेरिएको छ। नगरपालिकाका अनुसार पार्कको नाम जग्गादाता स्वर्गीय देवीप्रसाद प्रसाईंको स्मृतिमा राखिनेछ। पार्क निर्माणको विस्तृत डिजाइन अन्तिम चरणमा पुगेको छ भने निर्माण कार्य चाँडै सुरु गर्ने तयारी गरिएको छ। नगरप्रमुख पवित्रा महतारा प्रसाईका अनुसार पार्कलाई हरियाली, विश्राम

    • प्रकाशित मितिः असार ३२, २०८३
    • ११८ पटक पढिएको
  • धनकुटाको पाख्रीबास नगरपालिकाद्वारा गुणस्तरहीन बिरुवा आपूर्ति गर्ने रौतहटको नर्सरीसँगको १४ लाखको ठेक्का रद्द

    इटहरी । सम्झौताअनुसारको गुणस्तरीय फलफूलका बिरुवा तोकिएको समयभित्र उपलब्ध नभएपछि धनकुटाको पाख्रीबास नगरपालिकाले किसानलाई वितरणका लागि गरिएको १४ लाख रुपैयाँको बिरुवा आपूर्ति ठेक्का रद्द गरेको छ।सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत नगरपालिकाका १० वटै वडामा फलफूल बगैंचा विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा किसानलाई बिरुवा वितरण गर्ने योजना थियो। त्यसका लागि नगरपालिकाले रौतहटको चन्द्रपुर–५ स्थित हरिओम हाइटेक कृषि नर्सरी फार्मसँग ३८ हजार बिरुवा आपूर्ति गर्ने सम्झौता गरेको थियो। तर आवश्यक परिमाण र गुणस्तरका बिरुवा तोकिएको समयभित्र उपलब्ध नभएपछि सम्झौता रद्द गरिएको नगरपालिकाले जनाएको छ।

    • प्रकाशित मितिः असार ३२, २०८३
    • १७१ पटक पढिएको
  • इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुससहित झापाको दमकबाट रंगेहात पक्राउ

    इटहरी । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट पक्राउ परेका छन्।अख्तियारको इटहरी कार्यालय र केन्द्रीय कार्यालय टंगालबाट खटिएको संयुक्त टोलीले खड्कालाई झापाको दमक नगरपालिका–९ स्थित एक खाजाघरबाट बुधबार रंगेहात पक्राउ गरेको हो। आयोगका अनुसार खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा निर्माण ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेका थिए।सेवाग्राहीबाट उक्त रकम बुझिसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। पक्राउ परेका खड्काविरुद्ध भ्रष

    • प्रकाशित मितिः असार ३२, २०८३
    • १३७ पटक पढिएको
  • कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न सुनसरीको धरानमा साउन २ गते ३० किलोमिटर दूरीको ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ हुने

    इटहरी । कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी साउन २ गते  ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ आयोजना हुने भएको छ।आयोजक पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबले आज पत्रकार सम्मेलन गरी ‘कोशी प्रदेश पर्यटन वर्ष’ अभियानलाई थप प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाएको हो।क्लबका अध्यक्ष किशन मास्केका अनुसार साइक्लिङमार्फत प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्दै दिगो र वातावरणमैत्री पर्यटन विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रम संयोजक विजय श्रेष्ठका अनुसार ३० किलोमिटर दूरीको साइक्लिङ राइड साउन

    • प्रकाशित मितिः असार ३२, २०८३
    • १२० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]