इटहरी, सुनसरी — लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडी र टेवा बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा इटहरी-६, संगीत चोकमा एक बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीकी अध्यक्ष अनिता ढकाल आचार्य र टेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोकुल सुवेदीको संयुक्त अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, इटहरी उपशाखाका अध्यक्ष दिनेश भट्टराई प्रमुख अतिथि रहनुभएको थियो।टेवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा रक्तदान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रम संयोजक मीना
रामधुनी, सुनसरी – रामधुनी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै आवश्यक सामग्रीहरूको नियमित रूपमा वितरण गरिरहेको छ। नगरपालिकामा हाल १,००० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूको विवरण अभिलेखमा रहेको छ।अपाङ्गताको प्रकृति हेरी नगरपालिकाले ह्विलचेयर, कमोड चियर, सेतो छडी, एल्बो क्रसेस, वैशाखी लगायतका सामग्रीहरू आवश्यकता अनुसार वितरण गर्दै आएको छ। सोही क्रममा रामधुनी नगरपालिका वडा नं. ९ का शंकर चौधरीलाई आधुनिक विलचेयर हस्तान्तरण गरिएको छ। wheelsear पाएपछि शंकर चौधकी श्रीमती कमल कुमारी चौधरीले बाल्टीमा दिशापिसाब गराउनुपर्ने बोकेर यताउता सार्नुपर्ने अवस्थामा नगरपालिकाले यो ह्विलचेयर दिँदा
इटहरी | उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै इटहरीमा ‘रिर्सोस एजुकेसन हब प्रा.लि’ सञ्चालनमा आएको छ । विद्यार्थीहरूलाई विदेशमा उच्च शिक्षाको अवसर, प्रक्रियागत जानकारी, भिसा मार्गदर्शन तथा पाठ्यक्रम छनोट जस्ता महत्वपूर्ण पक्षमा सशक्त परामर्श प्रदान गर्ने उद्देश्यसहित यस संस्थाले इटहरीको स्काई प्लाजाको तेस्रो तल्लाबाट सेवा सुरु गरेको हो । ‘रिर्सोस एजुकेसन हब’ ले अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका, जापान लगायतका देशमा उच्च शिक्षाका लागि चाहिने आवश्यक प्रक्रिया र परामर्श सेवा उपलब्ध गराउनेछ । संस्थाका सञ्चालक नरेन्द्र दंगालका अनुसार ‘रिर्सोस एजुकेसन हब’ ले इमान्दारिता
इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका–७, मधुमल्ला बजारमा आज ३२ औँ मदन–आश्रित स्मृति दिवसको अवसर पारेर खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रिटर्नी फेडेरेसन नेपालले आयोजना गरेको उक्त कार्यक्रम जेठ ३ गते शनिबार बिहान ७ बजेबाट १० बजेसम्म सञ्चालन गरिएको थियो । कार्यक्रम मधुमल्ला बजारस्थित जेष्ठ नागरिक चौतारोमा सम्पन्न भएको हो । बिराट मेडिकल कलेज टिचिङ हस्पिटल, बिराटनगरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको सो कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा कोसी प्रदेश इञ्चार्ज धर्मेन्द्र खड्का प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा सुमन नेम्बाङको उपस्थिति रहेको थियो ।
सुनसरी | सुनसरीको गढी गाउँपालिकामा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सुदृढीकरण तथा जीवनस्तर उकास्ने उद्देश्यका साथ दन्त उपहार कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकास्थित औरावनी स्वास्थ्य चौकी गढीमा आयोजित कार्यक्रमले गढीका दर्जनौं ज्येष्ठ नागरिकलाई लक्षित गरी पहिलो पटक निःशुल्क नयाँ दाँत प्रदान गरिएको हो।कार्यक्रम पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा वर्तमान संघीय सांसद भगवती चौधरीको विशेष पहलमा सम्पन्न भएको हो। चौधरीको पहलमा गढी गाउँपालिकाको समन्वय र पूर्वाञ्चल डेन्टल हस्पिटल प्रा.लि. इटहरीको प्राविधिक साझेदारीमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागी भएका ज्येष्ठ नागरिकहरू
विराटनगर। नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा वैशाख ३१ गते प्राधिकरणको कोशी प्रदेश कार्यालयले रक्तदान कार्यक्रम गरेको छ । गिभ ब्लड, सेभ ब्लड भन्ने नारा सहित वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख बिनोद कुमार पोखरेलको अध्यक्षता तथा रेडक्रस मोरङका सभापति सुकदेब मण्डलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा ८१ पाउन्ड रगत संकलन भएको प्रमुख पोखरेलले बताउनुभयाे । रक्तदातालाई प्रमाणपत्र प्रदान गर्दै यस्तो पुण्य काममा सहभागी भएकोमा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्याल
इटहरी । पाँचथरको हिलिहाङ गाउँपालिकाका ९ जना नागरिकमा कालाजार संक्रमण पुष्टि भएको छ । वैशाख लागेपछि यहाँका वडा नम्वर ४,५ र ७ मा गरी ५ र अघिल्लो साउनदेखि चैतसम्म ४ गरी ९जनामा कालाजार संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमूख चन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाखमा संक्रमण पुष्टि भएकोमा वडा नं ४ का १ साथै वडा नं ५ र ७ मा २–२ गरी ५ जना नागरिक हुनुहुन्छ । कालाजार ’स्याण्ड फ्लाई’ नामक भुसुनाको टोकाइबाट सर्ने गर्दछ । एकपटक संक्रमित व्यक्तिलाई टोकेपछि, सोही भुसुनाले अन्य व्यक्तिलाई टोक्दा रोग सर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण प्रमूख
इटहरी । रामधुनी नगरपालिका वडा नं. १ झुम्कामा स्थापना गरिएको ‘झुम्का आधारभूत अस्पतालको सोमबार उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा नगर प्रमुख शकरलाल चौधरी र उप–प्रमुख तारा थापाले संयुक्त रूपमा अस्पतालको उद्घाटन गर्नुभएको थियो । दैनिक जीवनमा स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा समस्या भोग्दै आएका स्थानीय बासिन्दालाई लक्षित गर्दै स्थापना गरिएको उक्त अस्पतालले अब देखि नियमित रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान गर्ने नगरपालिकाले जनाएको छ । “स्वास्थ्य जस्तो आधारभूत सेवाका लागि नगरबासीलाई टाढा जानू पर्ने समस्या समाधान हुने नगर प्रमुख चौधरीले बताउनु भयो । रामधुनी नगरपालिकाभित्र स्वास्थ्य सेवा र बीमा सुविध
इटहरी। भोजपुरको दक्षिणमा रहेको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटारमा सञ्चालित दुई दिने आँखा स्वास्थ्य शिविरमा ७३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित हतुवागढी आँखा उपचार केन्द्र घोडेटारको आयोजनामा भएको सो शिविरमा ३०५ जनाले आँखा जाँचको सेवा लिएका थिए । शिविरमा मोतिविन्दु र मासु पलाएको समस्याको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको थियो । विराटनगर आँखा अस्पताल रानीले प्राविधिक सहयोग गरेको शिविरमा आर्थिक अवस्था कमजोर भएका विरामीलाई पायक पर्ने स्थानमै उपचार गर्न पाउँदा राहत मिलेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।
इटहरी – नेपाल तरुण दल इटहरी उप-महानगरपालिका समितिको आयोजनामा इटहरी उप-महानगरपालिका वडा नं. १८, डकाहा स्थित पञ्चायत आधारभूत विद्यालयको प्राङ्गणमा निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न गरिएको छ।सामाजिक उत्तरदायित्व वहन गर्दै आयोजित यस शिविरमा अरविन्द आई केयर, खनारा र बी एण्ड बी डेन्टलको प्राविधिक सहयोग रहेको थियो। शिविरमा २०० भन्दा बढी स्थानीय बासिन्दाहरूले आँखा तथा दन्त परीक्षण सेवा लिएका छन्। परीक्षणका क्रममा कतिपय बिरामीलाई थप उपचार तथा शल्यक्रियाको परामर्शसमेत दिइएको आयोजकहरूले जनाएका छन्।कार्यक्रमको सफलतामा खुसी व्यक्त गर्दै नेपाल तरुण दल इटहरी उप-महानगरपालिका कार्यसमितिका अध्य
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.